Tag Archives: sangrahalaya

गजल : प्यारो सहेलिले पनि

~कृष्ण कुसुम~ छोडि जाँदा आफ्नै प्यारो सहेलिले पनि आँशु भेल बगाउँदैछ परेलिले पनि फूललाई जतिसुकै कोमल मन तिमी मलाई घोच्यो बेली अनी चमेलीले पनि

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ नेपालमा

~सविता शर्मा~ नेपालमा मानव–अधिकार सधैँ–सधैँ कुण्ठित रह्यो दानव–अधिकारवादीहरूबाट चुरे पहाडको यति दोहन हुँदैछ कि कालान्तरमा सगरमाथाको देश नेपाल

Posted in कविता | Tagged | Leave a comment

गजल : दलाल जति भगाइ दिन्छु

~राम गैरे ‘पाल्पाली’~ आँधीहुरी चलाएर दलाल जति भगाइ दिन्छु खोज्दै जाली तमसुक, त्रिशुलीमा बगाइ दिन्छु सुन्दर, शान्त देश मेरो संसारमा चम्केको छ

Posted in गजल | Tagged | Leave a comment

कविता : अलाप

~मीन राना~ यहाँ ठगिएकाहरूको सूची हेर्ने हो भने पढे लेखेकाहरू पनि बढी नै ठगिएका छन् बेचेर राष्ट्रको स्वाभिमान उर्बर मगजहरूलाई एक्कामा टाँगिएको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : चिसो हुँदाखेरी

~हीरारत्न श्रीशा~ पहाड काप्छ तराईमा चिसो हुँदाखेरी हिमाल बग्छ पहाड तराई दुःखी रूँदाखेरी हामी सबै नेपाली हौँ भाषा,बसाई फरक

Posted in गजल | Tagged | Leave a comment

कथा : टाइम ट्रावल

~सविना सिन्धु~ प्रयोगशालामा धेरै वस्तुमाथि प्रयोग र परिक्षण गरिसकेपछि डा. एस डी नयाँ अनुसन्धानमा लागेका थिए । उनी चाहान्थे वर्तमान समयबाट बिगतमा फर्किन सकियोस् । सदियौं पहिलेका ब्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट होस् । त्यस्तै पँचासौं वर्ष पछिको आफ्नो प्रतिरुप र त्यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : धोका दियौ तिमीले

~धिताल चिरिच्याँट्ट~ धोका दियौ तिमीले राष्ट्रपति छेउ लाग्यो सहमति तोडिनाले बदनामको दाग लाग्यो सेना मिलाउँ सरकार छैन

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

गीत : कस्तो रोग लाग्यो

~थरेन्द्र बराल~ साउने झरी उर्लीदा जोरै ढुकुर कुर्लीदा यो मन बतासिदै जान्छ धेरै माथि हो कस्तो रोग लाग्यो होला भन्देउ साथि हो । आकाशका सबै तारा राति चम्किने

Posted in नेपाली गीत | Tagged | Leave a comment

पौराणिक मैथिली कथा : सिता जन्म के कथा

~मनोज कुमार राउत~ कथा अछि जे एक बेरा सीरध्वज जनक जी के राज्य मिथिला मे वर्षा नै भेल। लोग अकाल सँ पीड़ित होमय लागल। लोगके दशा देखी के राजा जनक ऋषि-मुनि आ विद्वान के सभा बजेलैंथ। एही सभा मे उपस्थित … Continue reading

Posted in पौराणिक कथा, मैथिली कथा | Tagged | Leave a comment

कथा : दुर्गमको गरिबी

~रामहरी तिम्सिना~ पाईलाहरु आफ्नै रफ्तारमा अघि बढिरहेका छन्। लामो समय पछिको हि‌डाई, हिड्ने बानी नै हराईसकेछ​। ५/७ वर्ष पहिले यहि बाटो २ दिनमा सदरमुकाम पुगेर फर्किन्थ्यौँ। अहिले सदरमुकामबाट हिडेको नै ३ दिन भईसक्यो अझै गाउँ आईपुगेको छैन​। शहरीया भई खाको। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतीतका पल

~बिमला कुमारी कठायत~ सायद रातको २ बजेको हुनुपर्छ एक्कासि म ब्यूझिएँ । सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ । वातावरण सुनसान थियो । दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए । त्यसलाई कापीमा उतार्नु पर्ने थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : संविधान

~यकिना अगाध~ यो देशको संविधान ? साइनबोर्ड मन्दिरको

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : शब्दयात्रीलाई अवलोकन गर्दा

~सदानन्द अभागी~ परिचय कवि लोकनाथ खरेल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २ मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~ ऋतुराज वसन्त बयष्कतामा पदार्पण उद्बेगमा अबिछीन्न विचरण कटाक्षीत अपल्वीत बृक्षहरु बाँझोपनको विरहले लोलाय झैं सर्माय झैं मुर्झाय झैं आफ्ना नमुजुरायका लतीकाहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरी अनिच्छित छोरी

~अमृता बुढाथोकी~ असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बीर्खे ठुलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नकावधारी मान्छे

~रमेश भट्टराई ‘सहृदयी’~ तिमीले मलाई सोचे जति….. भगवान्को सुमीरण गर्‍या भए तिम्रो मोक्षको ढोका खुल्थ्यो सायद म तिम्रो शुभ चिन्तक तिमी मनभित्र कुँडिन्छौ पोखिएका क्रोधी नजर नकाव र मान्छेमा अलमल्ल भयो

Posted in कविता | Tagged | Leave a comment

Essay : Dream, Insight, Crime and Penalty

~Rajendra Ojha ‘Nayan’~ Different types of stories are created with the flow of time. Some stories are natural and some are artificial in nature. Some stories are still being created by nature according to the need of time and (sometime) … Continue reading

Posted in Essay | Tagged | Leave a comment

कविता : ज्यूँदो लास रहेछ छोरी मान्छे

~लक्ष्मी बिष्ट~ कस्तो बुझ्नै नसकिने, छोरीले घर स्वर्ग बनाउँछे रे आमाको कोखबाटै, मरेतुल्य जन्मेकी छोरी मान्छे । सुन्दा अनौठो लाग्छ, शान्ति, खुसी, गिता र लक्ष्मी रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदाको आगो आफैंभित्र हुन्छ….

~ज्ञानेन्द्र खतिवडा~ शेली र देवकोटाले मुर्दा प्रमिथसलाई आगो चोर्न पठाए… के शेली र देवकोटा पनि मुर्दा नै थिए ! आफुलाई चाहिने आगो आफैं बाल्न सक्दैनथे,,,? म त गर्भमा छँदा नै आगोसितै हुर्किएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा पुजारीको आत्मव्यथा

~मातृका पोखरेल~ म प्रत्येक बिहान शहीदलाई पूजा गर्न शहीदगेट जान्छु तर शहीदभन्दा माथि ढसमस्स बसेको मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक शहीदभन्दा पहिले आफ्नो घाँटीमा माला थाप्छ म शहीदगेटको एउटा पीडित पुजारी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हे पैसा तँ कति शक्तिशाली ?

~प्रल्हाद बुढाथोकी~ मै हुँ भन्नेलाई तँ थुक चटाउन सक्छस् नैतिक अनैतिक सबै भेद मेटाउन सक्छस् इमान र बलिदानको तँ बजार लगाउन सक्छस् मौका परे देशकै सीमा हटाउन सक्छस् हे पैसा तँ कति शक्तिशाली ? न्यायको चिहान त कति खनिस खनिस

Posted in कविता | Tagged | Leave a comment

कविता : कलुवा डोमको समाजवाद

~घनश्याम शर्मा पौड्याल~ क्रान्ति भइसक्यो आइसक्यो गणतन्त्र ढोकैमा हाजिर छ समाजवाद गाऔँ अब सबले एकसाथ : ‘सबै नेपाली समाजवादी सबै समाजवादी नेपाली ।’ मेरो देशमा छन् छत्तीसको अङ्क जस्ता दुई समाजवाद नं.१ हो सिंहदरवारको समृद्ध समाजवाद

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुहार

~इन्द्र गिरी~ यो अनुहार कस्तो कस्तो भर्खरै ब्युटिपार्लरबाट फेसियल गरेर निस्किएकी काली केटीको उज्यालो अनुहारजस्तो यो अनुहार कस्तो कस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक अनुभुती

~घनश्याम प्याकुरेल~ एकदम फरक अनुभुती एकदम फरक मान्छे बाट महसुस गर्दै छु अचेल सोचिराको पनि छु फरक कोणबाट फरक के हामी बिच म आफूलाई अरु भन्दा फरक ठान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गरिदेउ

~रिजन ताम्राकार~ माफ गरिदेउ मलाई ए मेरा मित्र झाक्न सकिन मैले तिम्रो मन भित्र बुझ्न सकिन तिम्रो सुन्दर हृदय चित्र छोडेँ सदा मैले तिमीलाई अलपत्र असल मान्छे बन्ने नै हो मेरो रहर कोसिस गरिरहेको छु म हर प्रहर

Posted in कविता | Tagged | Leave a comment

कविता : म मधेस बोल्दैछु

~ऋतिक यादव~ विभेदको खुल्ला तरङ्गमा पराधीन म सहारा वेगर विमार छु राजनीतिको तकरारमा सीमित म सधैं आन्दोलन गर्न तयार छु म मधेस बोल्दैछु।।

Posted in कविता | Tagged | Leave a comment

गजल : रुनु पनि पर्दो रहेछ

~निशब्द प्रमोद~ जिन्दगि हो कहिले कहिँ रुनु पनि पर्दो रहेछ मन हो कहिले कहिँ टुटनु पनि पर्दो रहेछ सधै सङ्गै बाँच्छु भनेर पाईन्छ र कहाँ ? नलेखे पछि आफ्नो सङ्ग पनि छुट्नु पर्दो रहेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : ज

~अनुपम ‘नवोदित’~ जतिवेला अन्यायले सीमा नाघ्दै थियो त्यतिबेला पसेको हुँ बाक्लो-बाक्लो जनताको जङ्गल गाएको हुँ स्वतन्त्रताको गीत लाएको हुँ वर्गीय प्रीत लगाएको हुँ जङ्गल जस्तै पाटे लुगा बोकेको हुँ आफूभन्दा अग्लो बन्दुक

Posted in कविता | Tagged | Leave a comment

कथा : समर्पित

~अर्जुन थापा~ आकाशमा बादल टम्न लागेको थियो । पानी पर्ने सङ्केत भने थिएन । त्यत्रो फराकिलो आकाश नीला पहाडका असङ्ख्य टाकुराहरूले बाँधेको काठमाडौँभित्र म पीडा लिएर बसिराखेको छु, मैले दोहो¥याएर सोचेँ । सानैदेखि रातो रङ मन पर्ने मलाई । विवाहपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : भुलेकै छु सानी

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजंगप्रयात / बहर : मुतकारिव मिठो याद सानी भुलेकै छु सानी मिठाथे कहानी भुलेकै छु सानी तिनै याद बोकी म बाच्ने भनेको निसंकोच् नमानी भुलेकै छु सानी

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~चन्द्र मेघि गुरुङ्ग~ मेरो गाउँ गाउँ थियो जहाँ चरक्क चहर्‍याउने घाउ थियो हामी सुम्सुम्याउथ्यौं माया गर्थ्यौ ती घाउहरुलाई अब अहिले न गाउँ गाउँ रह्यो न घाउहरु रहे न रहे ती मायालु स्पर्श गर्ने हातहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बगैंचाहरु

~दिल थापा~ मैले हिड्ने बाटोको दायाबायाँ तिरै किन बनाउछन् बगैंचाहरु मेरै आंखा पर्ने दिशातिरै किन फुल्छन् फुलहरु ।l टिप्नलाई मनाही छ भनेर लेखेको हुन्छ फूलनिरको सुचनापाटीमा टिप्न मनाही छ भन्ने कुरा थाहा हुँदा हुदै

Posted in कविता | Tagged | Leave a comment