Tag Archives: sangrahalaya

कथा : नर्स

~रमेश दियाली~ रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ । दु:ख त त्यतिबेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भित्र्याएकी छोरी

~पुरुषोत्तम खनाल~ कुन्ता बिरामी भएर ओछ्यानमा परेको पनि धेरै दिन भइसक्यो । औषधीले पनि कहिले छोएजस्तो गर्छ, कहिले कामै गर्दैन । डाक्टरहरुले चिन्ता नलिनुस् आमा, आत्मबल बढाउनुहोस्, दुःख सबैलाई पर्छ, बाँच्नेले त्यस्ता कुरामा अल्झिरहनु हुन्न, हरेक मान्छेले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Junkeri

~Dweep Mustang~ They say it rained yesterday Putting the flames to rest As if overnight someone Ran an undercover operation Wiping all evidence and allaying our fears. But the pelting of stones and The broken glasses tell a different tale.

Posted in Poem | Tagged | Leave a comment

कौशिला रिसालका चार मुक्तकहरु

~कौशिला रिसाल~ मायाले चुमेको थेँ ती हात हेर साक्षी थिए अँध्यारा ती रात हेर छोड्छौ मलाई केही भन्नु छैन कस्तो होला – विछोडका ती घात हेर । तिम्रो माया मुटुभरि साँचेको छु प्रिया

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : हजारौँ चोटि

~ठाकुर मान लामा~ हजारौँ चोटि नियाली हेरे तिमी आईछ्यौ कि भनेर तर भ्रम मात्र रहेछ बतासको सुस्केरासँगै आउने त रुखको पात पो रहेछ

Posted in कविता | Tagged | Leave a comment

समालोचना : आँधी उपन्यासको बिश्लेषण

~अज्ञात~  1. ऑधी उपन्यासको परिचय :- सन् 1999 मा प्रकाशित लोकनाथ चापागाईको उपन्यास “आँधी” एउटा उत्कृष्ट कृति हो ! जम्मा 121पृष्ठमा आवद्ध प्रस्तुत उपन्यासले असमेली नेपाली जनजीवनको सूक्ष्म रुपमा स्थलगत सर्वेक्षण गरी सामाजिक,आर्थिक,धार्मिक-सांस्कृतिक,शैक्षित पक्षहरुको लेखाजोखा गरेको छ ! रातको समयमा … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

कथा : कौब्रु

~महेश पौड्याल~ बोलसाङ् लेक्, निकै रमाइलो । पाखामा कताकति एक–दुइवटा घर देखिन्थे । भर्खरै फूलेको तोरीले ढप्प ढाकिएको भिरालो बगान, पहाडको देहमा पहेँलो पछ्यौरा लगाई बिहेको निमित्त सिँगारे जस्तो । माथि, कौब्रु पहाडको टुप्पोमा ढप्प हिउँ परेको, मणिको किरिट लगाएजस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : धनको गजल

~आशांक उपाध्याय~ बन्दैछ, पिरती यो धनको गजल लेख्दैन, मसी कालो जनको गजल फुर्दैन, कत्ति गर्दा दिमाग घुमाई झम्टिन्छ, फर्की फर्की तनको गजल

Posted in गजल | Tagged | Leave a comment

वीरकालीन कविता : जनरैल खसम प्रभु !

~सुन्दरानन्द बाँडा~ बलिया हाकिम्ले बल मिचि लियाका सहि भया कहाँ पाऊँ नीसाप् जनरलविना भूमिभरमा । प्रभु स्वामीजीका धरममय अर्द्धागंमुरुती दुनीयाँका स्रेस्ता दुनिञसित राख्न्या धरमी हुन् ।।१।।

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

गजल : थोरै थोरै मरेको छु

~हरि कट्टेल~ आज-भोलि थोरै बाँच्छु थोरै थोरै मरेको छु मरौँ बाचौँ या के गरौँ दोधारमा परेको छु । वैगुनीले साथ छोडिन् जंघारको बीच आऊ माझी साथ देऊ आधा भेल तरेको छु ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : छेपारो

~हरिप्रसाद भण्डारी~ जगते अर्थात् हाम्रो टोलको प्रमुख दादा । मसल देखाएर मान्छेलाई थर्काउनु, मादक पदार्थ खाएर मात्तिनु, अँध्यारोमा कसैलाई एक्लै भेट्यो भने लुटपाट गर्नु यी सबै उसका नानीदेखि लागेका बानी हुन् । ऊजस्तै दुई÷चारजना हुल्याहाहरू उसका पछि लाग्ने हुँदा उसले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुरस्कारमाथि एक कार्यपत्र

~नरनाथ लुइटेल~ पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्वित हुने गरेका छन् आज भोलि । पुरस्कार सम्बन्धी अवधारणा र सोचाइमै आमुल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शिर्षक विनाको कविता !

~ध्रुव गजुरेल~ नेपालसँग सिमाना जोडिएका शक्तिशाली देशहरु, दक्षिण, उत्तर हुदै चारैतिरबाट घेरिरहेका छन् । आफ्नै अधिकारको लागि बोल्नचल्न नसक्नाले, उनिहरुले नेपाल र नेपालीलार्इ पेलिरहेका छन् ।।

Posted in कविता | Tagged | Leave a comment

भुवन निस्तेज १३ हाइकुहरु

~भुवन निस्तेज~ १ बिर्सिने यत्न थपिंदै गैरहेका सम्झनाहरू! २ अनिंदो रात बरालिएका स्वप्न व्यर्थ प्रतीक्षा!

Posted in हाइकु | Tagged | Leave a comment

संस्कृति परिचय : मुन्धुमको अर्थ र परिभाषा

~राधा राई~ मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम = मुन्धुम, मुन + हल्लनु = थुम जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम = मुन्धुम अर्थात मुन … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कथा : हटारु

~नवीन विभास~ आँधीसहितको असिना परिरहेछ । बिस्र्यो कि भनेर सम्झाउन जसरी बेला–बेलामा चट्याङ पर्छ । उही रातमा मनबहादुर हाटका कुरा सुनाउन आमालाई जिद्दि कसेका छन् । ‘आज फेरि सुन्न मन छ । हाटका कुरा । हटारुका कुरा ।’ प्रसंगबिना नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : म अचानो भएछु

~शेखर ‘अस्तित्व’~ समय खुकुरी भो म अचानो भएछु म आफ्नै शहरमा बिरानो भएछु ! बुवा-आमासंगै गयो मेरो बचपन, हिजो आज घरको म छानो भएछु !

Posted in गजल | Tagged | Leave a comment

कथा : ह्यांगओभर

~चिरञ्जीवी आचार्य~ “रमेश ! ए रमेश !! हैन यो केटालाई ढोका खोल्न पनिकति बेर लाग्छ हँ?” बाहिरबाट आएको आवाजले रमेश झस्किन्छ र हत्तपत्त ढोका खोल्छ । “के भयो किन ढोका खोल्न धेरै बेर लगाएको ?” ढोका खोल्नेबित्तिकै रमेशमाथि बाबुको अर्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको आसुमा सहिदको वर्णन

~मिरा सङ्कल्प~ आमा धमिलो बार्दलीको दाहिने कुनापट्टि बसेर अलि-अलि धुलोले छोपिएका चारै फ्रेमका फोटा हेरेर, टोलाइरहनुभएको थियो सॅगै आॅसु पनि उक्त फोटाको निधार भरि खस्दै थिए, तप्प-तप्प गरेर,

Posted in कविता | Tagged | Leave a comment

मगर भाषी कविता : मोई ङाई आसीक याहनी

~वेगबहादुर आले~ डाबूरूट्की डाबूरूटा मोई नाकोकी पूरूट्की पूरूटा मोई नाकोकी हाडो छाला हीर माडाम चूप्की सम्म चूपा नाकोकी नाकोङन होसे मोलो ल्याक्च झट्केलो मीजाकै । ईला नाकोङ स्वाभीमान

Posted in मगर कविता | Tagged | Leave a comment

कथा : म उन्नाइस, ऊ चौंतीस

~फुर्बान रायमाझी~ आइए पास गरेँ, कमर्सबाट । बिकम कसरी पढ्ने होला भनेर दिक्क मान्दै थिएँ । रहरले पढेको कमर्स, बल्लबल्ल १२ सकाएपछि निल्नु न ओकल्नुजस्तो हुँदै थियो । बैंकर भएर टाइसुटको जिन्दगी बाँच्ने रहरले कहिलेकाहीँ पढ्नुपर्छ झैँ लाग्थ्यो । घरकी … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : गुरुलाई नमन

~आनन्द पोखरेल~ सावाँ अक्षर सिकायौ, गुरुलाई नमन । सबै ठाउँमा टिकायौ, गुरुलाई नमन ।। सम्पूर्ण गुरुहरुको, यादले सताउँछ सँधै । अज्ञानता सबै झिकायौ, गुरुलाई नमन ।।

Posted in गजल | Tagged | Leave a comment

ध्रुव गजुरेलका अठाह्र हाइकुहरु

~ध्रुव गजुरेल~ साउनको ब्रत पहेंलो चूरा साउँन महिनामा हरीयो बस्त्र । खुशी भएका सजाउँदै आफुले आफु नै दंग । शिवको लीङ्ग पवीत्र हुन गएको नारीको लागी ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : हाम्रो भाग्यदाता

~मोहन सिटौला~ नेपाल मेरो, सवको पियारो फारी धेरै दुख अघी बढेको आयो नयाँ काल षड्यन्त्र तोडी स्वतन्त्र—विकाश मितेरी जोडी समाज होस् उत्तम स्थान मानको समान सम्मान र न्याय, धर्मको पियारमा चल्दछ पुर्ण कर्म नै

Posted in कविता | Tagged | Leave a comment

कविता : स्कुलको मृत्यु

~जीवनस्पर्शी~ आज स्कुल मरेको छ यो अचेत अचेत लम्पसार छ फगत फलामे गेटदेखी सुनसान लाइब्रेरीसम्म । स्कुल ज्ञान निर्माण गर्दैन लम्पसार छ अक्षरहरुको सेतो पानामा स्कुल नया बाटो पहिल्याउदैन

Posted in कविता | Tagged | Leave a comment

कथा : श्राप

~ईशा शाह~ रचिताले कोठा भित्र पसेर ढोका बन्द गरिन् र बिछ्यौनामा सिरक मिलाएर पल्टिन् । प्रणवलाई कुर्दाकुर्दै बिथोलिएको निन्द्रा अब कति बेला लाग्ने हो उनैलाई थाहा थिएन । रचिताले बिछ्यौनामै पल्टिएर रिमोट थिचिन् र टि. भि. अन गरिन तर कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : किमको देशमा छछल्किएको आँशु

~अर्जुन थापा~ मान्छेको जिवनमा अनवरत जारी रहेको यात्रामा जे जस्ता घटनाहरुले बिथोले पनि कहिले काँही ऐतिहासिक ठाउँ र मनोरम दृश्यहरुसंग खेल्न पाउदा एउटा बेग्लै आनन्द प्राप्त हुने रहेछ भन्ने कुरा भियतनामको यात्राबाट अनुभव भयो । पढाईको सिलसिलामा जापान रहँदा “किम” … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : बिसे र घाँसीकाे बिलाैना

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ तिम्रो आँखा भएर के गर्नु पृथ्वीनारायणलाई मात्रै बडामहाराज देख्याै, बिसे नगर्चीलाई देखेनाै । कलम, तिम्रो हातमा भएर के गर्नु भानुभक्तलाई मात्रै महान देख्याै, घाँसीलाई चिनेनाै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको अनुरोध

~लक्ष्मी बिष्ट~ नरोज साथीभाई मलाई, नखोज आफन्तजन बिन्ति चढाउछु, यो भुनवेश्वरमा नतताऊ मलाई बगरसरी हँु म, केबल बालुवाको थुप्रो यो संसारिक प्रलोभनले नछोप मलाई निस्वार्थ, मनले श्रदा बोकेर निस्केको बेला

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : गंगाको यात्रामा एक लहड

~सदानन्द अभागी~ आमुख – ‘‘सम्भवतःअमेरिका यात्रालाई केन्द्रीय विषय बनाएर यात्रा साहित्य लेख्ने नारीमा गंगा ‘कपुरी क’ नै हो कि अहिले मलाई अरु नामको संझना आएन ।’ – यी शब्द शिवप्रसाद सत्याल ‘पीठ’ले भूमिका लेखनमा प्रस्तुत गरेका धारणा हुन् । यसको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : चित्रगुप्तको गुप्तचित्र : समसामयिक बिब्ल्याँटाप्रति व्यङ्ग्य

~दीपक सुवेदी~ अनाकाङ्क्षित घटना वा कार्यरूप जब समाजलाई कलुषित पार्ने कारण बन्दछन्, तब समाजमा एउटा स्रष्टाले लज्जित र अपमानित भएको महशुस गर्दोरहेछ । जब द्रष्टाले आफ्नो क्षोभलाई संयमका साथ हास्य रसमा भिजाएर लिपिबद्ध गर्दछ तब व्यङ्ग्य रचनाको सृष्टि हुँदोरहेछ । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : पानी को फोका

~दीपक कुमार ज्ञवाली~ अति ताप दियौ अति राप दियौ अनि घातमा रमायौ आऊँथ्यौ काखमा गोधुली साँझमा खोलेर दन्तहार

Posted in नेपाली गीत | Tagged | Leave a comment