Tag Archives: sangrahalaya

कविता : रुवाउछ

~रीता सञ्जेल~ सृष्टिको सृजना रहस्य केही त छ जन्म किन अन्त्यसँग जोडिएछ दुनियाँ त आज रमिता न हेर्ने रहेछ थाहा छ मृत्यु ढिलोचाडो अकाट्य छ कारण अकाट्य केही कमजोरी बनिदिन्छ । बिस्तारै भुलिदिने बहाना चल्छ कोहिको आखामा पानी पर्छ

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरा सहर

~श्रीकृष्ण श्रेष्ठ~ मेरो देश नेपाल, काठमाडौं मेरो सहर के छैन यहाॅ, हरेक छ जुन हेर्न लाग्दो हो रहर प्रकृति धाक्दै रमाउने मानवको ठूलो लहर छ देशको मुटु भनि चर्चित, काठमाडौं मेरो सहर छ। यहाँ घर बिनाको लावारिस् मान्छे छ

Posted in कविता | Tagged | Leave a comment

कथा : क्राइम ग्याङ्ग

~सविना सिन्धु~ “पटक–पटक मोबाइलमा रिङ्ग टोन बझ्छ । रिसिभ गर्‍यो ।…हेलो भन्यो । तीन मिनेट होल्ड गर्दा पनि कोही बोल्दैन ।”, उर्वशीले मलाई सुनाई । “तँ जस्तोलाई त हो नि घरिघरि मिस कल आउने…यस्तो कल आउने । खै हामीलाई आउँदैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : घाम हेरे घाम राम्रो

~उद्धव सिलवाल~ जून हेरे जून राम्रो घाम हेरे घाम राम्रो सीतालाई वन छोड्ने कठै हाम्रो राम राम्रो त्याग भन्दा अरु ठूलो आविस्कार भएछ कि ? अर्कालाई अफ्ठेरोमा पार्ने मात्रै काम राम्रो

Posted in गजल | Tagged | Leave a comment

कविता : सञ्चेतना

~वासुदेव पाण्डे~ छ फाटो हामीमा कलुष छ सधैँ हुन्छ झगडा सिमाना मिच्दै गो दिनदिन छिमेकी छ तगडा । छ नेता कुर्सीमा फगत उसको दृष्टि धनमा र चिन्ता चासो क्यै मुलुक हितको छैन मनमा ।। नपुग्दा सत्तामा मुलुक हितको गर्जन ठुलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद र समय

~आविष्कार कला~ कोतपर्वले जग हालेको शासनका लागि मात्रै होइन इतिहास देखिको थिचोमिचो १९०३ भन्दा पुर्वको असमानता अमानवीयता र अपराधको राज्य

Posted in कविता | Tagged | Leave a comment

गजल : परदेश लागें बाध्यताले

~कमला दाहाल~ घर घडेरी बन्धक राखी परदेश लागें बाध्यताले देवी देउराली भाकी प्रदेश लागें बाध्यताले यसो गरें उसो गरें हात लाग्यो मात्रै शुन्य बिकल्पै रहेन बाकि परदेश लागें बाध्यताले

Posted in गजल | Tagged | Leave a comment

गीत : यति सुन्दर प्रीत नलाउ

~अम्बर गुरुङ~ यति सुन्दर प्रीत नलाउ दिल झरेर सुकि रहेछ । अब फेरि कसम नखाउ यौवनले थुकि रहेछ ।। जलन देउ आगो गहुँ आफै जलि खाक हुन्छु । तारा थिए आँखाको म आँसु सम्झि झरि दिन्छु ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाको चिनो माला गाँसी

~रवीन्द्र शाह~ मायाको चिनो माला गाँसी लगाई दिउँला नागबेली चुल्ठो तिम्रो हाँसी सजाई दिउँला आकाशको आँगनमा दौडेको चन्द्र किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुनका किरणहरूले प्रेमपत्र

~किरण खरेल~ जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म फुलका कलिला पातमा खोजिदिनु है यसलाई भोलि सबेरै तिमीले खोलिदिनु है यसलाई जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म धेरै भयो हजुरको केही खबर मिलेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले देखेको सपनालाई

~राकेश कार्की~ तिमीले देखेको सपनालाई चुपचाप पछ्याइ आएँ तिम्रो पलकको निम्तामा आफैलाई मनाइ ल्याएँ जब मेरो हाँसो ब्यूँझन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सपनाको आतङ्क

~अर्जुन दाहाल “अपवाद”~ धेरै भयो अनिँदोमा रात वितेको सपनाहरुसँगको भेट पातालिएर गएको अनि चिसो आच्छ्यानसंग सुतेको । खै कसरी हो

Posted in कविता | Tagged | Leave a comment

कविता : झरि पर्ने आशामा

~महेश्वर नेपाल~ खडेरी परेकोत्योगाउँका असंख्य तृषित्अनुहारहरु आकाशगंगा तिर हेर्दै झरि पर्ने आशामा छटपटाई रहेछन यहि खडेरीका कारण मृग तृषित देहहरु

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : पियार

~दीपक कुमार ज्ञवाली~ केटाः जुनतारा नखोज त्यो क्षीतीज पारी छ म मानव धर्तिको क्षितीजमा कसरी पुग्न सक्छु र मायाको गहीराई अञ्जुली ले उघाई पिलाऊँछु तिमीलाई मायारुपी अमृत

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भ्यालेन्टाएन डेको अन्धो प्रेम

~जीवनस्पर्शी~ रोज डेको रातो गुलाफले लजाएर रातो भए प्रपोज डेको प्रेम प्रस्तावले पग्लिएर पागल भए

Posted in कविता | Tagged | Leave a comment

कथा: अवसान..प्रेमको

~केशव प्रसाद पाण्डे~ “असिमलाई चिन्नुहुन्छ ?” “को असिम?” “याद गर्नुस त !” उ ‘ईट एण्ड स्माईल क्याफे’को कुनापट्टिको टेबलमा छ, म उसको समिपमै छु।अाउनेजानेहरुले हामितिर नि अाँखा सोझ्याएकै थिए !हेर्नेहरुले के को भनेर सोचे अनुमान लगाउन अावश्यकता नै के थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झी बस्छु कता कता

~बिक्रम भक्त जोशी ‘हेलो…’ ‘………’ ‘हेलो…’ ‘………’ उताबाट फोन राखेको चाल पाउंछु। मोबाईलको घडीले रातिको १२:३० देखाईरहेको थियो। हिजो पनि यति खेरै यसरी नै ब्ल्याङ्क कल आको थियो। नम्बर नयाँ थियो। मेरो मोबाईलको लिस्टमा थिएन। ट्रुकलरबाट हेर्दा पनि नम्बर रजिष्टर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद !!

~नारायण आचार्य~ पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब हामी मान्छेलाई पनि पुच्छरविनाको पशु अर्थात् दुईखुट्टे जनावर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो गाउँ, मेरो थातथलो

~टंक कार्की~ म यात्रामा थिएँ धेरै डाँडा काटी सकेको थिएँ मेरो गाउँ, मेरो थातथलो अझै टाढा थियो धेरै टाढा थियो बसन्तपुर पारी तीनजुरे नाघेर खोजीमा निसकेको म लखतरान थिएँ तै पनि म बसन्तपुरको बीचो–बीच गुराँसको बागमा आइपुगेको थिएँ गोधुलीको बेला

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : वर्गीय चिन्तनका कविताहरू

~प्रकाश सिलवाल~ ‘म कर्नाली ! तिमीबाट बलात्कृत छु युगौंदेखि तर अब कसरी बोल्नेछु म– हेरिराख ओ निर्दयी काठमाडौं ?’ (म कर्नाली) निरंकुश भएर निरंकुश राज्यसत्ताको विरोधमा जनता जगाउन भूमिगत राजनीति गर्नुपर्ने पञ्चायतकालमा ‘शीतबिन्दु’का नामले साहित्य र राजनीतिमा सक्रिय प्रदीप ज्ञवाली … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : बाघको नागरिकता

~सनत रेग्मी~ आज भोली गाउँमा वाघ पल्केको छ।सधै कसैन कसैको बस्तु भाउ बाघले घिसारेर लाने गरेको छ। गाउँलेहरू बन्य जन्तु आरक्षमा बाघलाई नियंत्रण गरिदिन अनुरोध गर्न गए। आरक्षका कर साहबले। सोधनी भयो कता तिरको गाउँमा पुगे छ बाघ। गाउँले ले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा: सारनाथमा नेहरु शर्त

~युवराज नयाँघरे~ निकै बसेँ म सारनाथमा ! वाराणसी पुगेपछि प्रायःजसोको बसाइ गङ्गा वरपर भए पनि म सारनाथमा बसेको थिएँ । तिब्बती मन्दिर नजिक बसेको हुनाले यहाँबाट वरपर जतै पनि पुगिन्थ्यो । पर्बल र सानो लामा थिए मेरा साथी । ती … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मिस्टर भ्रष्टाचारी

~खगेन्द्र न्यौपाने~ जग्गा जमिन धरो थेन खुर्सानीको बारी अहिले भने डल्लु कपन नैकाप सल्लाघारी महिनैपिच्छे विदेश भ्रमण चिल्लो छ सवारी मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी । हिजोसम्म नामर्द छ भन्थे ज्वाईं छुसी

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना सालिकका नायकहरू

~प्रदीप ज्ञवाली~ निहुरेर अलिकति खसाइदेउ ए आकाश ! नबिटुलिएका शीतका थोपाहरू ताराको टल्किने जर्री बादलको श्यामश्वेत पछ्यौरी र रेसुङ्गाको शिरमाथि पोतिएका अलिकति गोधुली रङ्गहरू म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिकस

Posted in कविता | Tagged | Leave a comment

गजल : हात समाएर के हुन्छ ?

~सन्तोष दहाल~ हालत हेर देशको प्रिय,हात समाएर के हुन्छ ? अहिले खाने दूध छैन,दहि जमाएर के हुन्छ ? प्रिती प्रिती,माया प्रिती यो त सबले गरेकै छन देशको निम्ति एक मुठी रगत बगाएर के हुन्छ ?

Posted in गजल | Tagged | Leave a comment

राकेश कार्कीका तीन मुक्तक

~राकेश कार्की राष्ट्रपति एमाले भन्छ हामी गल्हत्याउछौँ काँग्रेस भन्छ सुम्सुमाइ रत्याउछौँ एमाओवादी र साना दल भन्छन् कसोरी अडिन्छ हेरूँ हामी बत्याउछौँ ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संविधान लेखिदैन ….

~कल्पना खरेल यी नेताहरुको छाँट राम्रो देखिंदैन ! यसपाली पनि संविधान लेखिंदैन ! पटक पटक संविधान गर्भमै तुईन्छ, हर्कत इतिहासमा कहिल्यै मेटिंदैन ! नेतामा इन्मान्दारी कहिल्यै भेटिंदैन !

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छक्का सत्ता र अट्ठाको फरक

~चट्याङ मास्टर~ महँगी किन बढेको हो ? हातमा सत्ता छ भने अन्तर्राष्टिय स्तरमै भाउ बढेर हो हातमा अट्ठा छ भने नेता र कर्मचारीले घपलाबाजी गरेरै हो । देश विकास किन नभएको हो ? हातमा सत्ता छ भने अट्ठाले काम गर्नै … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : वि.पी.को लेखन र यौनमनोविश्लेषण

~दीपक सुवेदी~ नेपाली राजनीतिका साथै आधुनिक नेपाली कथाका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भाद्र २४ गते (सन् १९१४ सेप्टेम्बर ९) का दिन बुबा कृष्णप्रसाद कोइराला र आमा दिव्याका पुत्ररत्नका रुपमा भारतको धार्मिक सहर बनारसमा भएको थियो । मोरङ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : स्वास्नी

~सबिन प्रभात~ म आफ्नै सुरमा चल्छु, अरुसँग खासै मतलब हुन्न । मेरो यही बानीको कारण धेरै कुरा गुमाएँ। कलेज पढ्दापढ्दै प्रेमिका गुमाएँ, वर्ष दिनमात्र भएको थियो – हाम्रो प्रेम अंकुराएको । जतनसाथ राखेको थिएँ उसको फोटो, कतै कुनाकन्तरामा अझै हुनुपर्छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहासको पानाबाट

~केशव अर्याल~ मखमली र कालिका एउटै घरका दुईवटी बुहारी थिए । उनीहरूको सत्र जनाको ठूलो परिवार थियो । घरमा दैलो कसिङ्गरदेखि खानाका लागि चामल पिठोको व्यवस्था गर्नु उनीहरू दुइटीको मानौँ ठेक्का नै थियो । घडी घुम्दै हुन्थ्यो दिन हप्ता महिना वर्ष बित्ने क्रम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली गजल : हमरा गामेमे

~विद्यानन्द वेदर्दी~ मधुरी पियार भेटैए हमरा गामेमे खूशी अपार भेटैए हमरा गामेमे॥ दलान,खेत-खरिहान,चौरी चाँचर, अंगना दुआर भेटैए हमरा गामेमे॥

Posted in मैथिली गजल | Tagged | Leave a comment