Tag Archives: nepali sahitya

कथा : अधुरा सपनाको बाटो हुँदै ढुङ्गाका लस्करहरु

~कृष्ण थापा ‘कृष्णपक्ष’~ १. अधुरा सपना : जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो रातमा रहस्यमय

~सुबिसुधा आचार्य~ निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफ्नै आँङमा हात्ती

~महेश राई~ “अचम्भै भयो-कस्तो लाजैबिनाकि रहिछे, काग र बकुल्लोको कस्तो नमिल्दो जोडी !” ऊ विस्मातले भरिपूर्ण मनभित्र भुट्भुटाउँछ । उसलाई लाग्छ, कुनै वाहृय पुरुषको अतृप्त ओडारे आँखाहरु गाडिएकोछ, ती नारी सुकोमल अङ्ग प्रत्याङ्गमा । गाडीको हुइँकाइसंगै युगलजोडीको प्रेमलापरुपी चङ्गा अझ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोटका लयहरु !

~प्रकाश के.सी.~ यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तरालभने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योलर् इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो निष्ठुरी दश कदम

~रोहित शाही~ जाडो याममा सूर्यले भर्खरै घुम्टो खोल्नै लागेको एक मध्यदिन । बोट चढेर मूइवो आइल्याण्ड जाँदै गर्दा एकतमास, एक्लोपनले गिज्याइरहेको ओसिलो मनका ढोकाहरुमा अचनाक कतैबाट ढोका ढक्ढकाए जस्तोगरी एउटा पूर्वीय लवज मिश्रित स्वरले बोलाए जस्तो लाग्यो । यसो पछाडि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नयाँ साइनो जोड्‍दै गएछु

~चन्‍द्र तामाङ~ नयाँ साइनो जोड्‍दै गएछु पत्तै नपाईकन पुरानो जति तोड्‍दै गएछु पत्तै नपाईकन

Posted in गजल | Tagged | Leave a comment

गीत : आफै भुले आफ्नो खुसी

~दिलिप योन्जन~ आफै भुले आफ्नो खुसी निस्ठुरीको माया जालमा परी। ढुखि रहने मुटु पाए बाचुन्जेली सधै-सधै भरी।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे

~बसन्त मोहन अधिकारी~ फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे। लास भए जिन्दगी चिता जलाई दिन्थे। जिउँदो रैछ यो जिन्दगी स्वास चलीराछ यो स्वासमा आस भए मलम लाई दिन्थे।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई खुशी दिने

~आचार्य प्रभा~ तिमीलाई खुशी दिने बाचा जती सबै हारें आफुलाई नुनिलो आशुको सागर तारें यस्तै नै हो बाचा बन्धन पुरा हुन गार्हो भो

Posted in गजल | Tagged | Leave a comment

कविता : जब तिमीलाई भेटछु

~जसु पुन~ जब तिमीलाई भेटछु.. झुक्छ आँखा,रोकिन्छ सास र पनि, दर्द अधुरै-अपुरै हुन्छ, खुलेर भनौं भन्छु दिल भित्रको कुरा र पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर यशोधरा

~हाङयुग अज्ञात~ आज यी शासक र उनीहरूले बनाको नीति नियम ऐन कानुन भन्दा अलिपर कुनै ठाममा गएर बाँच्नु खोज्दैछु यशोधरा ! मलाई माफ गर फेरि एक खेप

Posted in कविता | Tagged | Leave a comment

कविता : म तपाइँको को हुँ ?

~हाङयुग अज्ञात~ म तपाइँको को हुँ ? -लोग्ने ? -प्रेमी ? -बुबा ? -भाइ ? -साथी ? -या मात्र पुरुष ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदहरू रून थालेका छन्

~हाङयुग अज्ञात~ ओ ! माओ जे दोङ तिम्रा कविताका हरफहरूमा अचेल शहीदहरू रून थालेका छन् । रगत उमाल्ने तिम्रा विचारहरू बोक्दाबोक्दा बूढो भएको कुनै मजदुरजस्तो

Posted in कविता | Tagged | Leave a comment

गजल : कसैको फूलबारीमा

~केशब लामिछाने~ कसैको फूलबारीमा शीत बनेर झर्छ माया कसैको जिन्दगानीमा चित बनेर मर्छ माया फाप्नेलाई त राम्रै हुन्छ, नफाप्नेलाई साह्रो

Posted in गजल | Tagged | Leave a comment

कविता : समवेदनाका सन्देशहरू

~कुसुम ज्ञवाली~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

कविता : किन खोजि हिड्छौ मसानमा

~अज्ञात~ किन खोजि हिड्छौ मसानमा म चित्तामा जलेको खरानी होइन आऊ आज मेरो अगेनीमा आगो विना म जलेको हेर खरानी भई बतासमा उडेको हेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको परिवर्तन

~आचार्य प्रभा~ बारीको कान्लामा डल्ला फुटाइ सकेर दौराको फेरामा अलौटा र ठेट्ना खाँदै चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने धने र बिरे त आज भोली आधुनिक शहरमा पसी आधुनिक सभ्यताको आनुयायी भएछन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नझरोस् है

~भुमिराज इच्छुक~ फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है चोरीलान काँडाबाट आँट कोही नगरोस् है मोहित होलान् भमरा र माहुरीका ताँतीहरु आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम प्रश्न !

~राजिव “बसन्त”~ आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमा

~सुनिता गिरी~ आमा तिमीलाई सम्झँदा , नयनमा मोती टल्पलाउँछ, गाँठो पर्छ मुटुमा भक्कानीएर, लर्बराउछ पाइला धर्तिमा, हुर्कायौ बढायौ सहेर हजार चोटहरु अनिदो ,छटपटीका रातहरु अनि भोकहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : यति भए पुग्छ

~राजकुमार फुयाल~ मलाई जुनेली रात होइन, सूनौलो विहानी भए पुग्छ, तडकभडक फेशन होइन, एकसरो कपडा बेरे पुग्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहिन भएछ

~अरुण “म” मेहता~ अर्थहिन भएछ यो जिन्दगानी शब्दहरु बटुली लेख्दै नँया कहानी । रात मेटाउने खै कहाँ छ त्यो विहानी जिउँदो लाश भयो पुरै यो जवानी ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरी जगाउनु पर्ने भा’छ आज

~मदन अधिकारी “उदास “~ बुद्ध र सेता परेवालाई फेरी जगाउनु पर्ने भा’छ आज | हिंसक ति नजरहरु फुटाउनु पर्ने भा’छ आज || कारुणिक रोदनसगै चर्कदै छ हत्त्या हिँशा खेल अर्थहीन मराइलाई मेटाउने पर्ने भा’छ आज ||

Posted in गजल | Tagged | Leave a comment

कविता : जय माओवादी

~राकेश कार्की~ असाइलम भन्ने यो दान हो कि वरदान तिम्रै समग्र कारण यो अमेरिकन पहिचान हरियो पत्ताको यो देशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दन्त्य कथा

~विक्रम सुब्बा~ सुनाउँने पालो आयो आमाको र सुनाउँनु थाल्नु भयो दन्त्य कथा – ‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे

Posted in कविता | Tagged | Leave a comment

कथा : छोरीको जिज्ञासा

~अर्जुन जि.सी.~ गृहकार्य सकेपछि आफ्नो ल्यापटप कम्पुटर वन्द गरी अरुणा बुवाको छेउमा वस्दै आफ्नो जिज्ञासा प्रकट गरिन ूबुवा मैले भर्खरै नेटमा २१ औं सताब्दीमा नेपालको इतिहास सरसर्ती हेरेकी थिए त्यति खेर त अहिले भन्दा धेरै फरक रहेछ नि है बुवा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण

~डा. विष्णुप्रसाद पौडेल~ सारसङ्क्षेप: प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : देशपरदेशका तस्वीर

~युवराज नयाँघरे~ सम्झना गर्छु त्यो पहिलो पाइलोलाई १ पाइलासँग आउने मनग्गे कुरा छन् । ‘घुम्’ शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सर्न्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना

~केदार ‘संकेत’~ ‘हामी वीर छौं, तर बुद्धु छौ हामी बुद्धु छौं र त हामी वीर भयौं…..- भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्फ अवतरण गरेको छु । आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

व्यङ्ग्य : स्वच्छ छविको कवि

~अनिल कोइराला~ बेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फरारहरूको फ्रेस विज्ञप्ती

~लक्ष्मण गाम्नागे~ आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू, क्रान्तिकारी अभिवादन् । केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली उपन्यास : हिन्दु नारी

~युवराज बराल~ हिन्दु नारी | नेपाली उपन्यास | युवराज बराल भाग – १ मातातीर्थ औंसीका दिन गङ्गाले जसरी भए पनि माइत जान पाउनुपथ्र्यो । मैले ऊसँग विवाह गरेको पाँच वर्ष बितिसक्यो । अहिलेसम्म मैले उसलाई हिन्दूहरूको एउटा उल्लेख्य पर्व मातातीर्थ … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment