Tag Archives: nepali sahitya

कथा : शहीदपत्नीको आत्मगन्थन

~पुण्य कार्की~ मनका कुरा यसरी कापीमा लेखेपछि, मन साँच्चै हलुड्डो हुन्छ । दुई महिना जति भो यसरी मैले लेख्न थालेको । भित्री मनका छटपटीहरू, उकुसमुकुसहरू, उहापोहहरू जति उतार्दै जान्छु, उति मेरो मन फूलको थुड्डोजस्तो हलुड्डो बन्छ । दुइटा कापी ठ्याप्पै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बक्बक् नगरे हुन्थ्यो

~विजय सुब्बा~ अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो सीमा यो नाघ्नै थ्यो भने चक्चक् नगरे हुन्थ्यो मान्छेको वेश्यावृत्तिले पर्खाल् भत्काइसक्यो कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रभु माइला

~उपेन्द्र सुब्बा~ चुरे पहाड पेरिफेरी चुलाचुली । एउटा अजङ्ग गोहिको दाँत जस्ता तिखा होचा अग्ला पहाडहरु । त्यही पहाडको चेपबाट बग्दै आउने मौवा खोला । बर्खा मासमा मै हुँ भन्ने लाठेहरु पनि कति चीत पर्छन् तर, हिउँदमा भने तरुनीको घुँडा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आफ्नो भाग्य आफैं कोरौं

~चट्याङ मास्टर~ स्कुलले परीक्षाफल प्रकाशित गर्‍यो महान विद्यार्थीको सिङ्गै समूहलाई फेल गर्‍यो बाध्य भएर महान विद्यार्थीको सशक्त समूहले खबरदारी शभाको आयोजना गर्‍यो स्कुल चौरमा शक्ति प्रदर्शन गर्‍यो सबै जाति, जनजाति, लिङ्ग, बर्ग र समुदायका विद्यार्थी जांच नदिएका, दिन नसकेका र … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : तिम्रो मनमा बस्ने

~साधना शर्मा~ तिम्रो मनमा बस्ने मान्छे बन्नु कसो गरी माया गर्छु तिमीलाई भन्नु कसो गरी तिमी सामु आउँछौ जब गला सुके जस्तो हुन्छ केही भन्न खोज्छु शब्द रुके रुके जस्तो हुन्छ गला सुक्दा, शब्द रुक्दा बोल्नु कसो गरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैले युद्ध जितेको छैनँ

~नन्दलाल आचार्य~ (१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मन मनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटक पटक भूकम्प ल्याइस् सडक तताइस्, निद्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुना कन्दराबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ वेग लिएर आउँछ

~शैलेश आचार्य~ ऊ वेग लिएर आउँछ, हामी पर्खाल भएर उभौं। ऊ विध्वंश छाडेर जान्छ, हामी त्यहीं निर्माण थालौं। एक हातमा मल्हम, अर्को हातमा ज्यावल, हामी हाम्रै खातिर एकजुट भएर उठौं ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : अधरो कहानी

~तिब्वत दर्लामी~ म चुपचाप फिर्ता भएँ तिम्रो जिन्दगीबाट तिम्रो बस्तिबाट सुख र सम्पन्नताले सजिएको तिम्रो सुन्दर दुनियाँबाट हो, म चुपचाप फिर्किएँ । तिमीले, धेरै अपमानहरु सह्यौ धेरै चोटहरु सह्यौ कैंयौ घाउहरु लुकायौ आँशु लुकायौ दुःखेर पनि नदुःखे झैं गर्यौ सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नांगो छ !

~विक्रम सुब्बा~ मुलुकका अनेक दलमा मेरा साथीहरू थिए एउटा दलको साथीले मेरो शिरको टोपी माग्यो मैले दिइनँ उसले अरु दलसँग मिलेर मेरो विरुद्ध जुलुस गर्‍यो मेरो टोपी खोस्यो र लगायो दोस्रो दलको साथीले कोट माग्यो तेस्रो दलको साथीले सर्ट माग्यो … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : झरी – १

~उमेश लुइटेल~ छाना चुहाओस् चुटाइले भित्ता गलाओस् बाछिटाले चाहे रुझाओस् पानीले या त कँपाओस् आर्द्रताले मेनियाग्रस्त लाग्छ यो झरी ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मान्छे जागेको दिन

~लेनिन बन्जाडे~ दराजबाट खुत्रुके खसेर एकैसासमा भुइँमा बजारिएर फुटेपछि छोरोलाई च्याप्प समातेर घोप्टो परेँ। ऊ दुइटा हातले आँखा छोपेर मेरो छातीमा लपक्कै टाँसियो। घर यसरी हल्लिएको थियो मानौं ऊ र म फनपार्कको रोटेपिङमा डराईडराई मच्चिरहेछौं। संसारमा सबैभन्दा बलवान र शक्तिशाली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आशा

~राजेश्वर देवकोटा ~ आज म पचासी लागेँ उकालो चढ्दै छु पहिरो चलिरहेको छ त्यसको पाखोमा म उक्लिरहेको छु जति हिँड्दैछु उद्देश्यको शिखर टाढा हुँदैछ । म हिँडिरहन्छु अनि के हुन्छ ? मेरो वजनले पहिरो थामिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्तो

~सरुभक्त~ सम्प्रति यातनालय खुम्बू हिमनदीका खरपसजाल हुडिनीजात्राहरुमा हामीले पाएका छौ आखेटोपहार – मुक्त कमैयाका वन्धनहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : दु:ख भोली फेर भन्यो

~मीरा मन थापा~ हिँजो दु:ख आजै दु:ख भोली फेर भन्यो! यो गाउँका संगिनीको टोली फेर भन्यो! सिन्दुरले सजाएर लान्छु मोटरमा! बेरङ्गी यो अभावको डोली फेर भन्यो!

Posted in गजल | Tagged | Leave a comment

गजल : कम्मर भाँच्न सिकाईदेउन

~तिब्बत दर्लामी~ कस्तो हुन्छ मारुनीमा कम्मर भाँच्न सिकाईदेउन । लौन लाफा मलाई पनि हुर्रा नाँच्न सिकाईदेउन। रातैभरी रोधीघरमा सालैजोको भाका टिपी दोहोरीमा पिरतीको नाता गाँस्न सिकाईदेउन ।

Posted in गजल | Tagged | Leave a comment

सोनू गुरुङ (राना)का ३ हाइकु

~सोनू गुरुङ (राना)~ पहाडी दशैं हँसिलो अनुहार स्वाद भातको पेरुङ्गो भरी

Posted in हाइकु | Tagged | Leave a comment

निबन्ध : फेरीरहने अनुभुति, फेरीरहेका लेखाईहरु

~गिरिराज बाँस्कोटा~ छेउमा केटि साथि परेको परिक्षाको दिन मैले राम्रो लेख्न सकिन ।गाला रातै भएका थिए सायद ।त्यो वर्ष कक्षा छ मा पढ्दाको हो ।पहिल्लो पल्ट ति केटि साथि परिक्षामा सँगै परेकी थिईन ।साथिहरुले के भने भन्ने कुरा दोश्रो वनाईयो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : समर्पणमा सधैं चुके झैँ प्रिय

~भगवती कंडेल~ समर्पणमा सधैं चुके झैँ प्रिय देख्ने हजारौं छन् लुके झैँ प्रिय!! बचनले त सधैं उचाइमै थियौ बेबहारमा भने झुके झैँ प्रिय!!

Posted in गजल | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : ‘बा’लाई उत्तर

~डा. टीकाराम पोखरेल~ गाउँगाउँमा मोबाइल पुगेपछि मेरा बाले पनि एउटा मोबाइल टेलिफोन भिरेछन् । मेरा बा न परे, मोबाइल टेलिफोन भेटेपछि किन चुप लागि बस्थे । शहरमा बस्ने छोरालाई फोन गर्छु भन्दै कनि कुथी मेरो नम्बर थिचिहालेछन् । मैले “हल्लो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अस्मिता

~शिव प्रकाश~ जीवनको सरल रेखालाई समयले एकाएक बङ्ग्याइदियो ! आज म मेरा मनका भित्ताहरुलाई चिर्छु र उदाङ्गो बनाउँछु आफूलाई । एउटा वसन्त मरिसक्यो ! थाह छैन, अर्को आउँछ कि आउँदैन ? बरु अब मेरो जीवनमा कुनै वसन्तहरु नआउन् ! सोचेँ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : याद

~सर्वजित थापा मगर~ गैरी बजार घुम्दै जाँदा फेरी तिम्रो याद आयो शहिद भयौ जिवन भर दुखी रहने चोट लायो । हरेक वस्ति जहाँ पुग्छ तिम्रै गाथा लेख्छु हरेक पाइला जहाँ टेक्छु तिमै छाँया देख्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आगोको भावुक यात्रा

~नविन लोचन मगर~ कुनै क्षण उत्साहले उर्लिएको ज्वाला सल्काउँदै एक–एक राँको छर्दै, छरिँदै निर्वस्त्र खण्डहरहरुमा कोही कान्लापारि/कोही साउने झरी कोही तारेभीरको पखेरामा/कोही बिलासिताको माधुर्यमा लाग्थ्यो– उनीहरु सत्यको विस्तारमा छन् ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~सुरेन उप्रेती~ राधाले मन्त्री क्वाटरको वरण्डाबाट तल हेरीन् । मन्द गतिमा आएको हावाले क्वाटरको अगाडि गेट छेउमा झुण्डिएको झण्डा हल्लिदा ख्याट ख्याट आवाज आउंदै थियो । गेटकै छेउमा राइफल लिएर उभिएको पुलिस टिलिक्क टल्किएका बुट हेर्दै सोचाइमा मग्न भए झैँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : कृष्णभूषण बल

~डा. ध्रुवचन्द्र गौतम~ २०२९ साल हुनुपर्दछ। हामी विराटनगर गएका थियौं। जहाँ गए पनि, साहित्यकारसँग भेटघाट गर्न खोजिन्छ। त्यहाँ पनि एक दिन केही कविहरुसँगको भेट भयो, थोरै मात्र परिचित, धेरै अपरिचित। कवि भएपछि कविता पाठ होस् यो त हामी पनि चाहन्थ्यौं। … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

आचार्य प्रभाका ४ रुबाईहरु

~आचार्य प्रभा~ (श्री कृष्णप्रती समर्पित भाव) जन्मियो ऊ प्रतिभा बनी नेपाली यो माटोमा सकिन्जेल हिँड्यो कलाकार बनी कलाकै बाटोमा निष्ठुरी कालले चुँडेर लग्यो अल्पायुमा नै उस्लाइे दुष्टलाई बरु लग्या भए हुन्थ्यो श्रीकृष्णको साटोमा । ——————————————— सबैको आँखामा आसुँ दियौ श्रीकृष्ण … Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

गजल : भन्दैछ देश बचाऊ

~मनु लोहोरुङ राई~ माग्दैछ एक अठोट,आफ्नै जगतले आज भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज राष्ट्रको चिन्ह खुकुरी,आफ्नै गर्दनमा हेर ! थामेर राख्न सकेनौं,अन्धो मगजले आज

Posted in गजल | Tagged | Leave a comment

कथा : मैतिदेवीको मुस्कान

~रमेश क्षितिज~ कथा एकदमै सानो घटनाबाट सुरु हुन्छ, मानौँ यो कुनै घटनानै होइन । मैतिदेवीको विश्रान्ती चियापसलअगाडि ऊ दुई वटै हात पैन्टको गोजीमा घुसारेर उभिएको थियो । एक हुल कलेजका विद्यार्थीजस्ता देखिने केटीहरू उसको अगाडिबाट गए र जाँदाजाँदै एक जना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मलार्इ माफ गर आमा

~अनुषा न्यौपाने~ मलार्इ माफ गर आमा आउन सकिन म तिम्रो आँसु पुछ्न भत्किएको घर बनाउन हो आमा यहाँ कैयौं तिमिजस्तै आमाहरु छोरा को पर्खाइमा छन् म उनीहरुको आशा बन्दै छु उठाउँदै छु भत्केका संचनाहरु जोड्दैछु टुक्रीएका खुशीहरु तर मलार्इ माफ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडागीत

~दीपज्योति थापा~ हामीलाई नसोध्नुहोस आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ ? आँखाबाट चस्मा उतार्नुहोस । यतिबेला– हामी मरे–मरेजस्तो देखिन्छौं हजुरको एसएलआर क्यामेराले कैद गर्नुहोस हाम्रा मोटा मोटा आँसुहरू सुन्नुहोस… ! रुँदारुँदै थाकेका आँखाले के भन्छन ? तपाईंहरू–

Posted in कविता | Tagged | Leave a comment

कविता : नआएको भुइँचालो

~राजेन्द्र तारकिणी~ कहाँ आयो र भुइँचालो ? तिमी भन्छौ– आयो, आयो भुइँचालो आयो ! खाटमा/निद्रामा बाथरुममा/भान्सामा अफिसमा/क्यान्टिनमा तिमी निकै ठूलो भ्रम चिच्याइरहेछौ– भुइँचालो आयो, भुइँचालो… ! ए ! बेवकुफ हल्लाहरू कहाँ आयो र ! खोइ भुइँचालो ?

Posted in कविता | Tagged | Leave a comment

कथा : तिम्री छोरी

~मिङ लिवाङ~ ’’ बाबा , भगवानको घरबाट आमा कहिले फर्किन्छ ?’’ आफ्नी चार वर्षीया अबोध छोरीको प्रश्न सुनेर पहिले त मलाई कुनै जवाफ् सुझेन….हुन त गत पाँच महीनादेखि मैले आफ्नी छोरीलाई ढाँट्दै आएको छु। उसको आमाको मृत्यु भइसकेको कठोर सत्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुःस्वप्न

~सुमन रौरभ~ निस्पष्ट अँध्यारो बगैंचामा फुलेका दुर्घन्धित काला फूलहरू, फूलहरूमा झुम्मिरहेका घीनलाग्दा पुतलीहरू । बगैंचाको बीचमा उभिएको हतास, एक्लो ऊ । भित्र डरले उसको रगत बरफजस्तै चीसो हुँदै थियो, बाहिर ऊ पसिनाले निथ्रुक्क भिजेको थियो । दुःस्वप्नको बीचमा ऊ झल्याँस्स … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment