Tag Archives: nepali sahitya

समीक्षा : अनन्य लेखनमा सञ्जय विष्टका कथा

~धनबहादुर मगर~ कथिने कथा र बाँचिने कथा हुन्छ भन्ने मत र यसका व्याख्यहरूसमेत पाठकहरूले पढ्न तथा बुझ्न पाइसकेको छ। …कथिने कथा र बाँचिने कथामा अन्तर देख्छौँ हामी। यो मान्छौँ कि कथिने कथाहरू बाँचिने कथाहरूकै अनुभूतिजन्य प्रस्फुटन हो तर कथिने कथाहरूमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

सौगात सङ्घर्षका ५ हाइकुहरु

~सौगात सङ्घर्ष~ हरायौ तिमी भेटियो होला अर्कै चट्ट परेको । जून हेरेर भोक मार्न सकिन्न बिहे गरे’सि । झर्छ नि फूल समय आएपछि

Posted in हाइकु | Tagged | Leave a comment

कविता : युध्दमा

~गोविन्दबहादुर कुँवर~ हरेक युध्दमा भौतिक बलमा गरिने विजय पनि विजय नै हो र नैतिक बलमा गरिने बिजय पनि विजय नै हो तर ती दुईटामा दुई ध्रुबजत्तिकै फरक छैन र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रामा

~गण्डकीपुत्र~ जब निस्किए सडकमा भेटिए थुप्रै मान्छेहरु | मान्छेहरु कोहि चुपचाप हिडिरहेका कोहि हल्ला गर्दै हिडिरहेका कोहि बुद्धजस्तै शान्त कोहि हिटलरजस्तै क्रुध्द हजारौको भिडमा हजार थरि मान्छेहरु | त्यही भिडमा समताको गीत गाउने एउटा मान्छे भेटे मैले अनुहारमा ज्योति बोकेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मृत्युबाट भागेर आएको मान्छे

~तीर्थ गुरुङ~ कविलाई बचाउने कवि नै हुन्छन् । भूपिनको यो कुरामा म दुईवटा कुरा पाउँछु, पहिलो कुरा म कवि हुँ तर म स्वयम्लाई कवि मान्न सकिरहेको छैन । कविता नलेखेकै लामो अन्तराल भइसकेको छ र लाग्छ, मेरा कविताहरु त्यति सम्प्रेषणीय … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

अनूदित कविता : मनको भाषा

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. प्रिय, तिमी देख्दैनौ कि क्या हो ? जे जति देख्छौं हामी सब त्यो केवल झल्को, केवल छाया त्यस्कै हो, छ अदृश्य जो ।। प्रिय, तिमी सुन्दैनौ कि क्या हो ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : उस्ले रातीको संसारमा

~अर्जुन दृष्टि पौडेल~ कमाउछे धन उस्ले रातीको संसारमा अनौठो निलो डाम देखिन्छ अनुहारमा अशिक्षा, अज्ञानता हो की ? वाध्यता आफ्नो शरिर वेचि रहिछे वजारमा

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानोमा शिर राखिदियो

~कपिल अञ्जान~ उसले अचानोमा शिर राखिदियो अनि तराजुमा शरीर राखिदियो बनाउनेले कस्तो अजिब बनायो मुटु राखिदियो पीर राखिदियो हेरौं क–कसले के–के पाउँछन्

Posted in गजल | Tagged | Leave a comment

कथा : गोस्ट राइटर

~राजेन्द्र पराजुली~ ठ्याक्कै दस वर्ष भएको छ मैले आफ्नो स्वरूप बदलेको। हुलिया परिवर्तन गरेको। गेरु रङको यो वस्त्र। तिलचामले कपाल र त्यस्तै दाह्रीजुँगा। अब म राजेन्द्र पराजुली कहीँकतै पनि छैन। स्वामी ‘प्रेमराज’ भएको छु। यो दशक लामो अवधिमा मैले कम्तीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेपालीहरु बाँचिरहेछन्

~भीम उदास~ एकसरो लुगाले एक हिउँद आड. ढाकेर एक मुठ्ठी कनिकामा नेपालीहरु, सगरमाथाको टाउको उठाउँदै शान्तिको मन्त्र जपेर सिस्नो र भ्याकुरमा बाँचिरहेछन् । एउटा बालक रोइरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दना

~डा. बिनोद मणि बराल~ हिमाल पारी उषाको लाली सुनौलो बिहान आ’का छौँ हामी साहित्यप्रेमी सबैलाई जुटाउन क्षितिज पारी कहाँ हो कहाँ डढेलो गगन भालेको डाकमा साहित्य बोल्छ सबैलाई ब्युझाँउन

Posted in कविता | Tagged | Leave a comment

कथा : जनताको जात्रा गर्न पाइन्न ! पाइन्न, पाइन्न !

~डा. कविताराम श्रेष्ठ~ सपनीको कुरा गर्दै छु म । सपनीमा एउटा जात्रा भाथ्यो र त्यस जात्राको सहभागी मैले आफ्नै जात्र भाको देखेँ । अझ यसो भनौँ मेरो होइन जात्रा गर्नेहरुकै सही मानेमा जात्रा भाको सपना देखेँ । ओखल्ढुंगाको मान्छे म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आज एउटा गजल लेखेँ

~रामकुमार परियार~ गुम्सिएका मनका कुरा,खोल्न बल्ल बाटो भेटेँ। पिडाहरु फुकाएर , आज एउटा गजल लेखेँ। हराएको मान्छे म त , भिडमा एक्लिएर, टोलाएर जुन हेरेँ , जुन भित्र तिमी देखेँ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म अनि उनिहरु

~मित्र लाल पार्दे~ मैले देखेको सपना मैले भोगेको बिपना निरन्तर जुट्न नसक्दा फुट्मै रमाउन सक्ने बिपना मस्तिमै हराउने सपना ताल मेल मिल्न नसक्दा कता कता मेरो पित्त जस्तो मन सम्हाल्न नसकेर सोचाइहरुका चर्के पिङ्मा अनी भावनाबिहिन कठोर कसाइको तराजुमा सपना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : हरियो जामा

~सरिता तिवारी~ बाटोको किनारमा लहरै थिए बकाइनाका रूखहरू । र तिनका छेउछेउमा दबदबे र इपिलइपिलका स–साना बोटहरू पनि थिए । ती बोटभन्दा पल्तिर टौवा थियो । टौवा पल्तिर लामो गोठ । गोठपल्तिर अलिकती बारि । बारिको पल्लोछेउमा पानीको कल । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : तिमीमै समाहित हुन सकूँ

~दीपक दर्शन~ प्रिय सपना, पूरा हुन खोज्छन् मेरा रहरहरू चुलिन खोज्छन् सगरमाथाझैं आकांक्षाहरू हार्न जान्दैनन् मेरा अनन्त कल्पनाहरू साँघुरो परिवेशमा अटाउन नमानेर चाहन्छन् विस्फोट हुन सपनाका बाढीहरू भत्काएर सीमिततालाई उन्मुक्त म सपनासँगै हुत्तिन सकूँ तिम्रो भूगोलभरि नील गगनको विराट चुलीसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : फर्किएर गयौ

~रामचन्द्र अधिकारी~ देखे पनि नदेखेझैं फर्किएर गयौ मेरै समीपबाट तिमी तर्किएर गयौ मेरै बारे बोल्न सुन्न चासो देखाउनेले कस्ले फुक्यो कान आज झर्किएर गयौ

Posted in गजल | Tagged | Leave a comment

कविता : बाटो

~जगत नवोदित राइ~ चारैतिर बाटोको लास देखेर केही काम गर्न सकेको छैन छोराछोरीलाई स्कूल पठाउन सकेको छैन श्रीमतीलाई माइत पठाउन सकेको छैन अरु त त्यस्तै हो बिरामी आमालाई पनि अस्पताल पुर्याउन सकेको छैन । यहाँ,

Posted in कविता | Tagged | Leave a comment

गजल : कुनै भर हुँदैन

~राजेन्द्र अधिकारी~ हुँर्दैन पापी दुनियाँको कुनै भर हुँदैन। यो शहरमा त अब मेरो घर हुँदैन। नाराबाजी छ उस्तै,हड्ताल छ आज पनि, भन्छन बन्दुकको कुनै नाम थर हुँदैन।

Posted in गजल | Tagged | Leave a comment

कविता : आगाका गीतहरु

~डा.मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ कति नियास्रो लाग्दो छ सिउँडीको घारी छिचोल्दै देउराली नहिंडेको दिन ज्वालामुखीको लाभा टेक्दै मेलापात नहिंडेको दिन कति टीठलाग्दो छ बाढी र पहिरोसंगै आत्मसात नगरेको दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाका यामहरु र जिन्दगी

~सरुभक्त~ मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदी गाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु ज्वालामुखी पर्वततिर लागे जाउँ बसाई सरौं अन्तरक्षतिर अहिले नेपालमा बस्नु ठीक छैन

Posted in कविता | Tagged | Leave a comment

गजल : कुरा होस् न !

~आवाज शर्मा~ जयगान उस्कै थियो चाहे हातमा छुरा होस् न ! त्यो जुंगाको कदर हुन्थ्यो बोलेपछि पुरा होस् न !! ॰ खडेरीको बालुवामा व्यर्थै पानी राखिएछ । पसिनाले पाउँथ्यो न्याय मानो रोपी मुरा होस् न !!

Posted in गजल | Tagged | Leave a comment

गजल : रुँदैछु म

~नवीन लामा `सुरेश`~ अनायसै आज आँशु छुपाएर रुँदैछु म मनको कुरा मन भित्रै लुकाएर रुँदैछु म!! हरेक प्रहर हर समय तिम्रो याद आइदिँदा नदुखेको मन पनि दुखाएर रुँदैछु म!!

Posted in गजल | Tagged | Leave a comment

कविता : विरोधाभाष

~मुक्ति भण्डारी~ एकाबिहानै उठेर दौडिन्छु दौडधुपलाई जिन्दगी भनेर। सडकमा एउटा ठिटो विज्ञापनलाई समाचार भनेर बेचिरहेछ, हेडलाइन हेर्छु स्पष्ट देखिन्छ पत्रिकाले गधालाई “नेता” भनेर छापेछ। एउटा चिया पसलमा पस्छु पसल्नीले कालो चियालाई “ब्ल्याक टि” भनेर खुवाई म पनि दङ्गै परेर पिइदिएँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मेचीकाली जस्तो रैछ…..

~मनु लोहोरुङ राई~ मेची-काली जस्तै रै’छ, मानिसको जिवन पनि यहाँ सम्म बग्दै आयो, सागरलाई चुम्छु भनि कैले वल्लो तीर छुँदै, कैले हुँदै पल्लो तीरमा यो कर्मको रेखा मेट्दै, फाल हान्दै तारे भीरमा खहरे झैं उर्लिएर, बग्दो रै’छ जीवन पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मागिरहेछु

~अनु शाह~ तिम्रो जीवनको हर दिनरात मागिरहेछु। सधैंभरीको लागि तिम्रो साथ मागिरहेछु। अल्मलिन सक्छु यो दुनियाँको भिडँमा। त्यसैले साहारा तिम्रो हात मागिरहेछु।

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रतिवन्धित सपना

~शिशिर परियार~ भाले को पहिलो डाको संगै सन्त बहादुरका आँखा खुले ।खाट को अघिल्लो खुट्टा नेर राखिएको अंखोरा तानेर उसले पानि पियो,लामो हाइ काड्यो अनि आंग मर्कायो। झोकमा झुण्डिएको उसको आस्कोट को बगलीबाट चुरोटको ठुटो निकालेर सल्कायो ।आँखीझ्यालका प्वाल बाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छालसँग

~उमेश लुइटेल~ संसार फाँडूला झैं गरेर छालहरू उर्लिरहेछन् उन्मत्तिएर चिथोर्दै किनारलाई कमजोर र विरूप बनाइरहेछन् । उता किनारमै उभिएर कविहरू छाललाई बिम्ब र प्रतीकमा उनिरहेछन् । प्रेमिल संसारको कल्पनामा मग्न जोडीहरू छालको हिर्काइले दुई वदन एक हुने

Posted in कविता | Tagged | Leave a comment

गजल : यो जिन्दगी छ र पो

~रमेश विमान~ यो जिन्दगी छ र पो उतार चढाब छ नजिउँनेंलाई कहाँ ? जिउँन दबाब छ बुझ्दैमा न अर्थ खुल्छ नबुझिन्छ मन यस्तै एउटा बहुगुणी पिउँनें सराब छ

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्त्य पछिको शुरुआत

~डा. मन मुर्ति भुर्त्याल~ यी पतझडका अस्थीपञ्जरहरु अझै नग्न मात्र होइन स क्षतविक्षत् होउन् । हड्डी हड्डी टुक्रिई छरिउन् । अनि ती हड्डीलाई सुक्ष्मजीवले टोक्दै चपाउन् र विलाउन तिनका अस्तीत्वहरु म त्यसपछिको जीवनको प्रतिक्षमा छु ।। यी काला खग्रासे वादलका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बादल वर्षा

~बादल सुरेश~ एस.एल.सी. पछि गाउँबाट प्लस टु पढ्न काठमाण्डु आएको म असाध्यै सोझो थिएँ।मानिसहरुसँग खुलेर बोल्न पनि धक लाग्थ्यो।कलेजमा पनि कसैसँग बोल्दैनथिएँ।साथीहरुले पनि मेरो सोझोपनको फाइदा उठाउँदै मलाई मजाकको पात्र बनाइरहन्थे। उनीहरु मलाई वर्षासँग नाम जोडेर जिस्काउँथे।म लाजले निहुरिरहन्थेँ। साथीहरुका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : यो कस्तो प्रेम

~राजु दाहाल~ भाग १ रात करिब करिब अनिँदो बित्यो, बिहान युगौँ सरि लाग्यो । सत्र चोटी सत्र लुगा फुकाल्दै र लगाउँदै गरेर तयार पारेँ आफैँलाई, आज मेरो बिबाह जो हुँदै थियो । त्यो स्वर, स्वरको माधुर्यता, मेरो जिबन, मेरो प्राण, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment