Tag Archives: nepali sahitya

कविता : मेरो जोकास्टा आमाको समर्थनमा

~हाङयुग अज्ञात~ महावाणी ओ मेरो जोकास्टा आमा अब म तिमीसित बिहे गर्छु, र टाइरासीयस बूढोको छाला काढेर एकजोर जुत्ता सिलाउँछु ! -श्री ५ हाङयुग अज्ञात ओ ! मेरो जोकास्टा आमा जसरी नपुंशक समयको विरूद्घमा कुनै बेला भर्जिन मेरीले येशु ख्रिष्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्रै ठूले प्रधानमन्तरी भो !

~गोबिन्दबाबु तिवारी~ हौ झुम्से ! के के न गर्छु भन्थे तोरीलाहुरेहरू खूबै पो गरेछन् त हौ ! अचाक्ली नै गरेछन् छाती पिटी पिटी रुनुपर्ने बखत्मा पनि मरी मरी हाँसेछन् आफ्नो भन्नु त्यै एउटा लँगौटी त्यो पनि सूनको किस्तीमा हालेर बिचरो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना देख्ने बानी गरौं

~केशव भट्टराई~ सपना देख्नु पर्छ यस्तो मलाई लागेको छ, मैले, तिमीले अनि हामी सबैले सपना देख्नैपर्छ सपनाविना विपना कसरी सुखद हुन सक्छ र ? कल्पनाविना यथार्थ कसरी श्रृजना हुन सक्छ र ? सपना देख्नमा पनि किन कंजुस्याई ? आखिर सपना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराध बोध

~टंक वनेम~ मान्छेभित्र पलाउने संवेदना पहाड जस्तै ठिङ्ग उभ्न थालेपछि वर्तमानको बिरुद्धमा कविताले नङ्ग्रा तिखार्न थाल्छ, तरवार उध्याउन थाल्छ, बन्दुक पड्काउन थाल्छ, कविताको अनुहार कविता जस्तो नभएर द्वैध चरित्रको नक्कली अनुहारले सिँगारिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सुखको पर्याय

~शिव प्रकाश~ मात्तिएका यौवनहरु पात्तिएका जीवनहरु आधुनिकताभित्र यौनका नवीन सँस्करण घाम-जूनको पर्वाह छैन वसन्तको उन्मादलाई जिस्क्याउँदै छताछुल्ल पोखिन्छन् सभ्यताको आडम्बर ओढेको सभ्य शहरभित्र समय आधुनिकतको

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडकी रानी

~महेश रेग्मी~ तिमी हिँडेपछि तिमीसँगै म हिँड्ने बाटो पनि हिँडेछ । अब मसँग हिँड्ने बाटाहरु छैनन् अब मसँग हेर्ने आँखाहरु छैनन् । छोरी हिँड्ने गरेको बाटोमा एउटा छाया हिँडिरहेको छ तिमी हिँड्ने गरेको बाटोमा लासैलास हिँडिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रष्टाचारी दुबो

~आयाम फुयाल~ बेजोडले गड्गडाउँछ खोलो गर्जेर बग्छ हजारौँ टरबाइन घुमाउने शक्ति भिरी आउँछ तर… टरबाइन झोलामा बोकिन्छन् र शक्ति गएर गाउँमा पोखिन्छन्! एक साता पछी, ताल बनेको गाउँमाथी हेलिकप्टर भट्भटाउँछ सजीव लासले गिज्याउँछ निर्जीव लासले पनि गिज्याउँछ र तीन पाउण्ड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : डायनाः मेरो पार्टनर

~पवन आलोक~ म इम्मा स्मिथ । डायना मेरो पार्टनर – मेरी श्रीमती । म डायनाको पार्टनर उस्की श्रीमती । आज ४ जुलाई २०१५ । संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस । अमेरिकाभरि आजको यो दिनलाई धुमधामसँग मनाइयो । फायर वक्र्स र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : साँढेहरु

~तीर्थराज अधिकारी~ यी मान्छेका नामधारीहरु जहिले पनि आफूलाई साँढ नै ठानिरहन्छन् यिनले जन्मदैमा थप उपहारमा दुइटा खुट्टा

Posted in कविता | Tagged | Leave a comment

कथा : विवशता

~बिनोद गुरागाँई~ एक थप्पड हानिन् उनले । गला रातो भएर आयो , ऑखाका डिलसम्म मोतीका दानाहरु भेल भएर आए, तर विशाल पाहाडलाई नाघेर दर्किन सकिरहेका थिएनन् । तेरो खुट्टा भाँचिदिन्छु । तेरो हात भाचिदिन्छु । एक थप्पड हानिन् उनले त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मायाको मुल्य …..

~राजु छेत्री ‘अपुरो’~ हरेक आइतबारको बिदामा झैँ आज पनि नास्ता बोकेर आइ ऊ । तर आज उसको एकदम निन्याउरो अनुहार देखेर मैले सोधेँ – तबियत त ठिक छ ? म त ठिकै छु तर मम्मी….! अचानक रोकिन पुगि ऊ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा: शहीद

~सुशीला देउजा~ आज सहिद दिवस । स्वर्गमा पुगेका सहिदहरु आफूहरुले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलब्धिबारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा जनता दासत्वबाट मुक्त भई अधिकार सम्पन्न नागरिक हुनेछन् । देशले द्रूत गतिमा विकास … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हस्ते घर आउन मानेन

~माधव बुढ़ाथोकी~ दँशैमा आनुपर्ने हस्ते, आएन । बंगलोर गएको तीन बर्ष भयो । यसपाली त आउँछु भन्थ्यो आएन । आमाले यो पाली छोरो आउँछ भनेर आशा गरेकी थिइन् , बाबुलाई पनि छोरोले आएर दँशै उज्यालो बनाउनेछ भन्ने लागेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुँगुर चेतना

~जीवन दहाल~ एउटा अनुचरले मलाई चित्रगुप्तका अघि उभ्यायो यमलोकको दरवारमा र चित्रगुप्तलाइ जम्लाहात गरेर भन्यो-“यसलाइ पनि लिएर आएँ भगवन ।” “अकस्मात मलाइ यमलोकमा देखेर चित्रगुप्तले बिष्फारित नेत्रले मलाइ हेरे अनि अनुचरतिर फर्किएर सोधे-“यो मनुवालाई यति चाँडै किन ल्याएको ? यसलाइ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मधु माधुर्यका पाँच हाइकु

~मधु माधुर्य~ अण्डा कि फूल ? मात्र ढाँटको गेडो – अप्रिल फुल ! गणतन्त्र? खै – गाँस-बास-कपास ? अप्रिल फुल !

Posted in हाइकु | Tagged | Leave a comment

लघुकथा : डोरीतान्ने खेल

~खेमलाल पहारी~ तथाकथित ”मधेस पहाड’ विखण्डन कप’ डोरीतान्ने खेल झण्डै छ महिनाको राजनितिक रस्साकस्सीपछि दर्जनौं खेलाडी र सयौं रमितेहरूको प्राणकै आहुति दिएर बल्लतल्ल टुंगियो। यति लामो समयसम्म डोरी तानिरहदँदा कतिका हत्केलाका खाला गए र कतिका पैतालै च्यातिए। टन्टलापुर घाममा बिच … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : अन्त माया लाएको छैन

~बाबु लामा~ उकाली नै उकाली परेछ भाग्यमा समथर भेटीएको छैन ! मन भरी चोट भए पनी मुटु रेट्ने साराङ्गी धुन सँगै बिराहि गीत गाएको छैन ! तिमीले पो हजारौ साथी पाएकी हौली हजार संग माया लाएकी हौली म त तिमीले … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ट्याक्सी नम्बर २२८०

~हरिहर खनाल~ झण्डै दु्ई महिना पहिले लामो विदेश बसाइपछि ऊ घर आइपुगेको थियो । त्यति बेला उसको मन असाध्यै प्रफुल्ल भएको थियो । अमेरिकामा उसको लागि सबै कुरा सुलभ थियो । बाह्र वर्षसम्म त्यहाँ बस्ता ऊ पूर्ण रूपमा त्यहाँको वातावरणसित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विपरीत फल

~मिना लामिछाने~ समय—समयको कुरा हो । समयचक्रकै कारण ‘रामसिं’ पनि टाढा रहन सकेन त्यसैले अब ऊ बुढेसकालको चपेटामा घचेटिँदै गएको छ । आफ्नो जिन्दगीमा अत्यधिक सङ्घर्षहरूको सामना गरेर बुढेसकालमा सुखमय जीवनयापन गर्ने उसका सपनाहरू सपनामै परिणत भएका छन् । उसले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रात ढलेको थिएन

~गोपीकृष्ण प्रसाई~ यो रात औंसीको रात आकाशमा टह टह ताराहरु चम्किरहेछन जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला बगिरहेछ कतै जीवन रुपी खोला थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर निन्द्रा बल्झाउनुको पीडाले वार्तालाप चलिरहेछ रात संग आज रात पनि बोल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : विभक्ति

~डा. राजेन्द्र भण्डारी~ म छु तिमी छौ बीचमा ‘लाई’ भइदिएको भए मलाई तिमी हुनेथियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो माझी

~बिष्णु सुवेदी ‘दोलखे’~ पुरानो टालोमा एक मुट्ठी सातु पोको पारेर एकाबिहानै लाग्छ ओरालो नदी किनार ! नाङ्लो जत्रो मन लिएर र्झछ तल-तल र्फकंदा चाल्नो हुन्छ उसको मन छिया-छिया खुइय्य र्फकन्छ ऊ निरस र्फकन्छ ऊ ! सेतै फुलेको कपाल चाउरी परेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शीरबाट खसेको त्यो गुराँस !

~रामनाथ खनाल~ अझै उस्तै होला कि फेरियो होला त्यो गुराँसे लेक ? माथि थुम्कोमा बादलका थेग्लाहरू त्यसै गरि बास बस्न आउँँछन कि आउँदैनन् होला ? कुहुकुहुको श्वरमा बिरह गाउने कोइलीको भाका फेरियो या उस्तै होला ? सिम्लेको फेदिनेर छङ्छङ् खस्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अँ साँची

~आयाम फुयाल~ अँ साँची, अब कर्णाली नबग्ने अरे, मर्स्याङ्दी नसुसाउने अरे, भोटेकोसी सन्यास लिने अरे, अनि त्रिशुली सुख्ने अरे! अँ साँची, अब सगरमाथा शिर निहुराउँछ अरे, कन्चनजंघा पग्लिदिन्छ अरे, मकालु र मनास्लु एकादेशका भइदिने अरे, अनि साइपल र जुगल भासिदिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होटलमा

~नरेन्द्रकुमार नगरकोटी~ घरिघरि ऐना हेर्छु र कानमाथिबाट मिलाउँछु छरिएका कपाल मिलाउँछु आफ्नै कमाइले अस्ति भर्खरै फुटपाथमा किनेको सर्टको कलर मनमा खेलिरहने कुराहरू भने कहिल्यै मिलेर आएनन् जतिचोटि बल्छ ग्याँसको चुल्हो

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : लाहुरे फूलहरुलाई सम्झँदै

~ईश्वर चाम्लिङ~ सम्झनाहरुको के कुरा र ? सम्झनाले त पलभरमै निथ्रुक्क रुझाई दिन सक्छ । वर्षाको दर्के पानीले झैं वा उडाई लान पनि सक्दछ, चैत-बैशाखको हुरीले सुकेका पातहरु उडाएझैं । न यसको आउने कुनै क्रम नै हुन्छ, न त यसलाई … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जलेको छ देश मा

~स्वामी सुभाष चन्द्र~ गाउँ अन्धकार छ शहर, जलेको छ देश मा बिकाश निर्माण बिना प्रहर, ढलेको छ देश मा बाटो, पुल त्यो बन्छ भन्थे, खोई त बनिए उल्टै भत्की जन लहर , गलेको छ देश मा

Posted in गजल | Tagged | Leave a comment

कविता : फर्कँदैछु आमा अब म

~राजेन्द्र कुमार थापा~ संविधान-सभाको नतिजा हेरेँ, महिलाको अत्यधिक सहभागिता देखेँ, नयाँ नेपालको नयाँपन ठान्दै भनेँ- ‘दिदी-बहिनीहरु, तिम्रा आँट तथा हौसलालाई सलाम !’ संविधान-सभाको नतिजा हेरेँ, जनताको सर्वोपरि सत्य रुप देखेँ, नयाँ नेपालको आधार खण्ड मान्दै भनेँ- ‘स्वदेशी वन्धुहरु, तिम्रा प्रकट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बरु धावा नै बोल न प्रिय !

~नीर खड्का~ बरु धावा नै बोल न प्रिय ! के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ? म हारेर लम्पसारिएको होइन, पराजिताको पराधीन मानसभित्र लम्पसार पर्नुको नियति भोगेको पनि होइन, त्यो त समय हो, जसको चक्रपथमा नियतिले यो पल्ट फड्का खाएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घर्ष गर यहीं

~ठाकुर मान लामा~ ए बाबु ! अब तिमीले कतै जानु पर्दैन रे । तिम्रो सपना फुल्नलाई, अन्तै कतै भूमि खोज्नु पर्दैन रे । ए बाबु ! अब तिमी आफ्नो शीप, यही माटोमा छर्न सक्छौ रे ! परिश्रमको एक एक पसिना, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालका प्रथम राष्ट्रपतिहरु

~मोती चाम्लिङ~ लिगलिग कोटको दौडजस्तै लाखौंबाट छानिएका धावकहरु उछिन-पाछिन धकेलेर खुट्टा खुट्टामा छिर्के हालेर तँछाड-मछाडको स्पर्धामा हतास दौडिरहेका

Posted in कविता | Tagged | Leave a comment