Tag Archives: nepali sahitya

कविता : आफ्नो संस्कार

~रामकृष्ण वान्तवा~ प्राणीमध्ये बुद्धि-विवेक भएको मानिस बुद्धि भएर गर्दैन पुण्य किन मानिस ? धेरै छ यहाँ गर्ने गरी कुनै साध्य छैन केही गरी जाऊँ, जन्मेर मर्नु मात्र हैन प्राणी जन्मेर मर्नु त संसारको रीतै हो अमर नाम राखी जानु अति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर हिंड्ने बाटो

~सन्जिव राई~ उर्लिरहेका थिए एक हूल आवाजका हिंस्रक लहरहरू आक्रोशको समूद्रमा … किंकर्तब्यबिमूढभई टोलाएर हेरिरहेका थिए चालकहरू,पसलेहरू

Posted in कविता | Tagged | Leave a comment

लेख : उत्तर आधुनिकता भत्केको-साकेला

~देश सुब्बा~ म स्तब्ध भएँ । फेरि पनि स्तब्ध भएँ । म २५ तारिख आइतबार ताइमोसान पहाडमा किराँत राई यायोक्खा हङकङले आयोजना गरेको उत्तर आधुनिक साकेला पर्वमा पुगेको थिएँ । यो एउटा महान पर्व हो आदिवासी किराँत जातिहरूको । यो … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

~राजा पुनियानी ~ संसारकै पहिलो मान्छे यही माटोबाट संसारभरि छरिएको हो। तात्तातो बुलेटले चिसिरहने छिया-छिया छात्ती छ उसको। रगत जति बाटै-बाटो झरिसकेपछि कठ्याङ्ग्रिएको नसा छ उसको। बुद्धको अक्षरको बीऊ यतै कतै खसेको हो जो अहिले युद्ध बिसाएको गुरिल्लाको बन्दुकको नालछेउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मरेको छैन

~अनिल किराती~ पहाड झरेको छ ममाथि घर भत्किएको छ ढुङ्गा माटोले पुरिएको छु म छुट्टिन लागेका छन् शरीरबाट – हात, खुट्टा र टाउको घोचिएको छ काठका चोइटाले कोखा, तिघ्रा र कम्मर नङको फेद, गीजा र कुर्कुच्चाबाट बगेको छ रगत

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~साँझ किराती~ ऊ साह्रै खराब छ यसो पनि के भनिहाल्नु ! यो दुनियाँमा झुठो बोल्ने ऊ एक्लो मान्छे हुँदै होइन सायद सत्य बोल्नु उकालो चढ्नु जस्तै हो क्यारे ! बरू झुट नै सही ओरालै झरिरहन्छ, मान्छे । साह्रै घाती छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रन्थ सूचि

~विमल कोइराला~ अनुसन्धानको सिलसिलामा पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी आफूभित्र हराएर बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ, उसले तयार पारेको सूचिभित्र सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : छक्क

~गोबिन्दबाबु तिवारी~ भातसात खाएर घरका सबैजना टिभीमा झुम्मिरहेका थिए, अचानक घरका बुढा घुप्लुक्क ढले । मुर्छा परे खैलाबैला भो, रुवावासी चल्यो । सवै अक्क न बक्क भए । के गर्ने, कसो गर्ने ? यस्तैमा झट्ट बुढी कराइन् – डाक्टर बोलाओ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो कोशी

~लक्ष्मी गौडेल~ तराईका बिशाल फाँटहरुमा पौरखीका पाखुरा साहसीका आँटहरुमा तिमी बिना बन्देज बग्थ्यौ भने मेरो कोशी तिमी पहेलापुर धान फलाउँथ्यौ लटरम्म तोरी फलाउँथ्यौ तिमी नहर बनेर गर्हाहरुमा तिमी अदृश्य शक्ति बनेर टाँगिएका सराहरुमा मेरो कोशी

Posted in कविता | Tagged | Leave a comment

कविता : एक संकल्प

~सागर तामाङ ~ _फुटेका सपनाका टुक्राहरु बटुलेर … मलाई बनाउँनु छ एउटा तारा र सजाउनु छ त्यो मनको निलो आकाशमा । _झरेका आँशुका थोपाहरु अञ्जुलीमा थमाएर मलाई बनाउँनु छ त्यो हृदयको मझेरिमा एउटा तलाउ र फुलाउनु छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी याङ्सिला र घर

~रिना बम्जन ‘तामाङ’~ प्रकृतिले लुटेको… बैशाख बाह्रसँगै बस्तीहरूमा ठूलो मानव नरसंहार लाशहरूको लस्कर सपनाहरूको निमेषमै कन्त बिजोक । हूरीले खच्याखुच्युक बनाएको, मुसलधारे बर्षाले

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना

~आशिष दनाई~ यो ‘कंकृट’हरुको जंगलमा, पिल्लरहरु जस्तै उभिएका छन् मान्छे, ‘कंकृट’लनैे बनेको चार पर्खालभित्र एउटा सोफा छ, एउटा ‘लो-बेड’ छ, र छन् एक थान कुर्षी-टेबलहरु !

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : दंगा-2

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ यसपटक दंगाफसाद निकै ठूलो थियो निकै परेको थियो रगतको वर्षा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मृत्युबोध

~माधव मूल~ मेरो मृत्युपश्चात् बीचमै म भट्किरहेछु कतिञ्जेल यो अवस्थामा म भइरहनेछु थाहा भएन विचरा म मेरो आफ्ना घरपरिवार शेषपछिको ममाथि मृतात्माको पूर्णतामा लागिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : दिलमा हिलो भैदिए

~कमल संघर्ष~ कमल बनिदिन्थे त्यो दिलमा हिलो भैदिए यो जिन्दगीलाइ फेर्न यति सजिलो भैदिए भित्तामा टाङ्गिएको घडि बिग्रिएको रहेछ म पनि समय संगै चल्ने मान्छे ढिलो भैदिए

Posted in गजल | Tagged | Leave a comment

गजल : धड्क्यो सास छातिभित्र

~अनिल थापा~ आयौ तिमी र पो धड्क्यो सास छातिभित्र जाग्दै गयो नयाँ नौलो आस छातिभित्र जाग्दै छ चाह आँधी बढ्दै छ आँट खोला उत्साहको बढ्यो न्यानो रास छातिभित्र

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : ब्याक टू बागेश्वरी

~पुरुषोत्तम लम्साल~ अरुको मनको कुरा म जान्दिन तर मलाई के लाग्छ भने सात समुद्रपारी आएदेखि मलाई नेपालमा मनाइने कुनै पनि चाडपर्व यहाँ मनाउन नपरिदिए हुन्थ्यो भन्ने लाग्छ । हिजो पनि आज पनि । मनजति सबै थातथलोमा राखेर यहाँ पर्वको उल्लास … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : बुचर चिकित्सा

~डा रवीन्द्र समीर~ ‘तपाईंको बच्चा एकदम गम्भीर छ । तुरुन्त आइसियुमा भर्ना गर्नुपर्दछ ।’ डाक्टर बुचरले उसको सातोपुत्लो उडाए । ‘उसको आँखा हल्का पहेंलो भएर मात्र देखाउन ल्याएको हँु । बाबु हिँडेरै आएको हो । किन आइसियुमा भर्ना गर्ने ?’ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रैकरी देखि रैथाने सम्म

~मनु लोहोरुङ राई~ बन्डलै बन्डल मायाको ठेली भित्र कतै एक पन्ना पहाडे कागजमा बाँसको कप्टेरोले लेखिएको ‘म’ऐलानी जग्गाको भरपाई हुँदो हुँ ! एक पुरानू खेस्रा, मेटिन लागेका रैकरी अक्षरहरुको अस्तित्व……’म’ An ancient ego. अब ! विस्तारै आधुनिक डिजिटल खबटाभित्र प्रवेश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वेदना हीनता

~लालकाजी श्रेष्ठ “कमल”~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ काठमाण्डू !

~तीर्थ श्रेष्ठ~ आफ्नै चेतनाका किरणहरूको स्पर्शबाट म ब्यूँझेको छु र, तिमीलाई भन्दै छु ओ काठमाण्डू ! सिँगान खकार थुक र मलमूत्रले आल्हादित छौ तिमी । कसले काटिदियो तिम्रो हात ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जाग युवा

~अनुराधा पाण्डेय~ हत्या हिंसा आतंकले दन्किएको आगो । शान्तिको महल बल्यो चाहियो शीतल हाँगो ।। अन्धकारमा देश डुब्यो खोजौँ अब ज्योति । धेरै नष्ट गरिसक्यौ रोकौँ अब क्षति ।।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~ पिचर, ब्रोकर हार्भी म्यक्सवेलको निजी कारिन्दा हो। उसले अन्नदाता म्याक्सवेल साढे नौमा जवान सेक्रेटेरी लिस्लीसँगै कार्यालयभित्र छिर्‍यो र यस्सो आँखा उठाएर हेर्‍यो। मुखबाट निस्केको ‘गुड मर्निङ् पिचर’ अभिवादन सँगसँगै म्यक्सवेल आफ्नो टेबलतिर हुर्रियो। यस्तो लग्थ्यो उसले टेबललाई नै … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कविता : पुरुष

~उर्मिला थपलिया~ ऊ पुरुष तिमी पुरुष तपाईं पुरुष हजुर पुरुष मात्र सम्बोधन फरक ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रप्रसाद

~पूर्ण इन्फादा~ पोतेको छु- पसिनाले यो माटोको कण-कण भिजाएको छु- लछप्पै रगतले अहोरात्र खटेर बचाएको छु- मृत्युको मुखबाट सिकाएको छु- जीवन बाँच्ने कला जीवनको लय बिग्रेका मान्छेलाई मजस्तै दीनहीन बेसहारालाई । सिंगो जिन्दगी सहर्ष दिएँ गाउँलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : छायाँ

~राजेश क्षेत्री~ म धकेल्न खोज्छु यसलाई, पर सारिदेऊ न भन्दै म लत्याउन खोज्छु यसलाई, कहिले देख्नु नपरोस् भन्दै झन् टाँस्सिन्छे, हात तान्दै डोर्‍याउँछे मलाई झन् नदेख्ने गरी कहिले घचेड्छे मलाई । जर्फरिएर बिउँझन्छु, मलाई एक टकले हेरी बस्छे उठेर झ्याल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : चमत्कार

~विचन्द्र प्रधान~ सलाममा जुन रफ्तार छ त्यो नमस्कारमा पनि छैन तिम्रो र मेरो मिलनमा-

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कलमलाई मेरो आज्ञा

~ज्याकब खालिङ~ आज , एकापट्टी सुनको थालमा चाँदीको चामल जस्तो टुक्राहरु राखेर अनि अर्कोपट्टी पात गांसेर बनाएको टपरामा एक सरो दाल-भात राखेर म मेरो कलमलाई आज्ञा गर्दैछु –

Posted in कविता | Tagged | Leave a comment

कथा : सीपीको ढिपी

~मिलन बगाले~ दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ? सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए। दिनदिनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : साँझको चमक

~यि थाइ—गुग~ अनु : केशव सिग्देल ओहो, त्यहाँ पानी उम्लिरहेछ; बादल आफैँ जलिरहेछ एउटा वृत्ताकार ग्लोब आगोको भकुण्डोझैँ दन्किरहेछ यो अहिले अस्ताउँदो क्षितिजमा झुण्डिरहेछ रातो रगतले लत्पतिएको अग्निको महान चक्र अहिले डुबिरहेको छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : केवल आठसय त्रिपन्न शब्दमा

~डा. गोविन्दराज भट्टराई~ अघिल्लो महिना एकजना अन्तर्वार्ताकारले मेरो सामू एउटा सन्देह उभ्याइन् “यसरी अखबारी लेखनपट्टि समर्पित भएर लाग्दा तपाईको सिर्जना ओझेल पर्ने हो कि -” त्यो दिनसम्म म जे लेख्छु सिर्जना त्यही होला भन्ने विश्वासमा थिएं । मैले लेखनका यी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

छेस्का : हिजो आज दिन अनि

~रोहित राना~ हिजो आज दिन अनि रातले सताउँछ उही झुठो बोलीचाली बातले सताउँछ

Posted in छेस्का | Tagged | Leave a comment