Tag Archives: nepali sahitya

अनूदित कविता : वसन्त क्रृतुमा

~जाई योङ्गमिङ्ग~ अनु : केशव सिग्देल वसन्त क्रृतुमा, जब रुखभरी जड्याँहाको अनुहार जस्तै कृत्रिम फूलहरु फूल्छन् राताम्य भएर म परम्परा खोज्छु ति वास्तविक हिमालहरु वास्तविक पानी असली चरा र फूलका वास्तविक चित्रणहरु ति रङ्गहरु जसले युवतीहरुलाई सुन्दर वर्ण दियो तिनिहरु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : संक्रमित बुद्ध

~सन्देश राई~ असम्भव यहाँ केही रहेन पिपलको फेदमा बस्ने बुद्धलाई एच.आई.भी. भएको छ परिवर्तित छन् सोँचाईहरु हराएको छ आफ्नोपन मौलाएको छ गलत मानसिक्ता बुद्ध संक्रमित छ सम्झी सम्झी विर्सँदैछौँ आफैलाई मष्तिष्कमा भर्दैछौँ हिंसाका कुहिराहरु बाध्य पार्दैछौँ पुछिनलाई सिउँदोहरु टुहुराको सम्मान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्व छापामार

~स्वप्निल स्मृति~ १६ वर्षको हुँदा पहिलो पल्ट पुग्यो ऊ सदरमुकाम र थर्थरी काँप्दै लियो नागरिकता २० वर्षको उमेरमा आफूलाई अनागरिक घोषणा गर्‍यो र युद्धमा आफूलाई होमिदियो युद्धमा कब्जा हुँदा सदरमुकाम उसले फस्ट एसल्टको जिम्मेवारी निभाएको थियो सिडिओ कार्यालयको प्रवेशद्वार छिचोल्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्को हिटलरको जन्म

~मनु लोहोरुङ्~ भोक र शोकको सन्तापमा कहिले सम्म उभ्याउछौ ? उभ्याउ मलाई आकाश खस्दा सम्म उभ्याउ मलाई धर्ति फाट्दा सम्म किन कि, मेरा पुर्खाले हिम्मत हार्न जानेन, हरेसका धर्सा गनेन निधारमा नारीवादको नाराले ढाँट,,सारीवादको पाराले थिच म बेत्ताल भएर यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आशा र ज्याकरान्डा

~भुवनेश्वर शर्मा~ दरबारमार्ग उजाड हुंदा हामीले रूखहरू रोप्यौ ज्याकरान्डा र पैयुंका रुखहरू सुन्दरता ल्याउनलाई हिउंद आयो दरबारमार्गमा पतझड बृक्षका पातहरू झरे

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम छ

~शिरीष~ जन्मदेखि मृत्युसम्म जीवनको त्यो लामो यात्रा यसमा मेरो प्रेरणा तिमी, मेरो गीत हौ, संगित हौ । जन्म दिने आमा तिमी, ज्ञान र ममताको सागर सफलताको सही बाटो देखाउने प्रदीप हौ ।। बुवा तिमी सबैभन्दा सहयोगी मित्र हौ आत्मीय साथी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको निर्माण गरौ

~राजन पौडेल~ मेची देखी महाकाली सम्म, तराइ देखी पहाड सम्म चारै तिर बिकास को फुल फुलाउनु छ देश लाई अब प्रगती को मार्ग देखाउनु छ सारा नेपाली मिली नयाँ नेपाल को निर्माण गर्नु छ जाग नेपाली हो, हिम्सा र हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : टुल्कीको प्रेम अनि पुर्पुरोको खत

~मणि बनबाशी~ लामो होस्टेलको बसाइबाट बिरक्तिएर बा आमा अनि घर गाउँको नियास्रो मेटाउन म घर तर्फ बढ्दै रहदा अनायस एक महिलाको चिच्चाहट्ले म झस्कन पुग्छु। गुहार, गुहार, मलाइ बचाउ, चिरपरिचितझैं लाग्ने उक्त आवाज आरु कसैको नभएर मेरी छिमेकी टुल्कीको थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कहिलेकाही त नाच न चरी।

~नवराज दाहाल~ बथान छोडी चारोको आसमा नौ डाँडा काटी यहाँसम्म आयौ ति साथी-संगी , ति डाँडा-काँडा ति दिन सम्झी हाँस न चरी। त्यो हरियो फाँट त्यो चिसो बतास त्यो निलो आकाश, निस्फिक्री उडान तस्विर मनमा टाँस न चरी।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~केशव थापा~ चन्द्रमाको सतहमा उफ्रिनेनि मान्छे सगरमाथा चुचुरोमा पाइला टेक्ने मान्छे । बाटो-घाटो घर-पुल बनाउने मान्छे बनाएका आक्रितीलाइ भत्काउने मान्छे ।। मध्ये रातमा जाली नोट कमाउने मान्छे पसिनाले भाग्य कोर्ने मेहनती मान्छे । आकाशको छानो मुनी सडकमै सुत्ने मान्छे भोकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका उकालीहरु

~कमल भण्डारी~ जीवनका उकालीहरु तिमीलाई मैले सापटी दिएथे। एक हल मनको बगैचामा तिमीलाई नै नासोको रुपमा दिएथे। आज म जीवनको ओराली हिड्दै गर्दा जीवनका उकालीहरु सम्झिरहेछु। तिमिले भर्‍याङ् चढाउन खोज्दा मैले चढ्न नमानेका कथा पनि सम्झिरहेकि छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल हाम्रो देश

~आभाष वाग्ले~ नेपाल हाम्रो देश बनाउनु छ, विश्व सामु हामी मिली चिनाउनु छ । नेपाल अब नेपालीको, हामी नेपाली, मिलिजुली सबै मिली हामी बनाउने । अङ्रेज पनि आए गए, राणा पनि छैनन्, राजातन्त्र सकीइ सक्यो, नेपाल हाम्रै हो। नेपाल हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी घरको याद आयो

~सहदेव पौडेल~ काठे पुल तर्दै धुलौटे माटोमा खेल्न मन लाग्यो घासे चौरमा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो फुल्दै गएको मेरी आमाको कालो कपाल केलाउन मन लाग्यो यसपटक फेरी घरको याद आयो बाक्लिदै गएको मेरो गाउ, पातलीदै गएको परिवार भेट्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गिन सपनाहरु

~उषा गिरी~ जीबनका रङ्गिन सपनाहरु जङ्गलका कन्दमुल खाएर होस् वा रमाइला क्षेणहरु लुटेर होस् भाबुकताको पोखरीमा स्वतन्त्ररुपमा अरुको मन नदुखाइ भुगोलको कुनै पनि कुनामा संकटहरुलाई भुली आफुलाई जलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~पवन चाम्लिङ ‘किरण’~ तिम्रो दु:ख मलाई लाग्छ मुटु मेरै दुखे जस्तो, तिम्रो आँसु मलाई लाग्छ मेरै आँसु बहे जस्तो । यति धेरै लाग्छ मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रफुल्लित मन

~केशर थुलुङ~ मन त्यसै-त्यसै फुरुङ्गिएको छ खुसीले नयाँ विचारले नयाँ पाइलाले मैले सोधेँ- कोसी किनारै-किनार हिँडिरहेका आमाबुबाहरुलाई भन्दै थिए उहाँहरु- साकेवा सिल्ली, मारुनी, सोरठी, कौरा, देउडा, च्याब्रुङ, वैरभ, धाननाच, लाठीनाच, लाखेनाच, देउसी-भैलो खेल्न /नाच्न हिँडेका हामी त उकालिदै आपस-आपसमा कुरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अब्यक्त प्रेम

~रेवती राज खड्का~ न्यूरोट गेट अगाडी अभ्यस्त यी मेरा आँखाहरु परिचित अनुहार खोजिरहेका छन् । आँखा गेटतिरवाट आइरहेको भिडमा अडेको छ । बेला बेलामा अगाडीको शनिश्चरे मन्दिरतिर पनि हेर्र्छु । मैले कुर्दा कुर्दै ४÷५ वटा संयुक्त यातायात छुटाइसकेको थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~कला राई~ यो धर्तीको सवैभन्दा नयाँ गीत गाएर सम्झनाको सवैभन्दा पुरानो प्रेम सन्देश बोकेर उडिरहने प्रिय बादल र मेरो प्रियतमको अनुहार आइरहन्छ आँखामा एकसाथ | समयलाई चुनैति दिएर दौडने

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : के तीज छोरीचेलीलाई मात्र आउँछ ?

~आचार्य प्रभा~ तीज नजिकै आएकोले मिना माइेती आउने खबरले उस्की आमा बडो हर्षित र बेचैन थिइेन्,छोरीको प्रतिक्षामा । निक्कै चुस्तीफुर्तीकोसाथ घरमा अर्‍हाइेकराइे गरिरहेकी थिइेन् । यता बुहारीपनि धेरै बर्षपछी माइेती जान पाउने खुशीमा हर्षित हुँदै आफ्नो तयारीमा लागेकी थिइे । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दुई जिउकी नर्स

~सन्तोष पौड्याल~ अनिताका श्रीमान काम विशेषले शहर छाडेको दुई हप्ता भयो। एक्कासी उनलाई ब्यथा लाग्यो। डेटअनुसार त १५ दिन पछाडि हुनुपर्ने। आफैं अस्पताल आइन्। अब्ट्राटिक वार्डमा भर्ना भएको सात घण्टा बितिसक्यो। ब्यथा साह्रै लामो लाग्यो। उनलाई पुरुष नर्सले केयर गरिरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पैलो प्रस्ताव

~कृष्ण प्र. पाण्डे~ पैलो प्रस्तावमै यदि सत्कार पाए अझ कुन हाल होला ? पत्यार पाए मुटु दिनेलाई मुटु दिनेछु भन्ने मेरो मनलाई जित्ने बिचार पाए

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी नै तिमी पाउँछु

~रजित ओझा~ तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा होश आजकल रहन छोड्यो भनाई र गराईमा लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ? तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमा

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के हो के हो?

~आर पि दाहाल~ म त तिमीलाई सम्झन्छु नि तिमी त खै के हो के हो? मलाई त लाग्छ तिमी आफ्नै मान्छे म त खै को हो को हो? हिजो हैन र? परिचय भएको आज फेरी को हो को हो?

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर र अवयव इन्द्रियहरु

~मोती चाम्लिङ~ शहर तिम्रो नेत्र ज्योती अद्यावधि ठिकै हो भने छदम कांचको चस्मा लगाउने रहर किन ।।? चुच्चे नेप्टे नाकको डाडीलाई सास्ती दिने हो भने, सदाकांक्षा वांच्दैन त सादा कात्रोले नयन छोप लौ ।। यसो गर्दा श्मसानको निनादमा संगीत अंकुरिन्थ्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~रामचन्द्र कार्की~ रुन्छौं आमा बनपाखामा, म शहरको माझमा, दियो बाली सम्झँदै हौली, मलाई झम्के साँझमा। बनका माझ खेतका आली, पानी धारा सँगै, रातदिन एकैनाश, आकाशका तारासँगै। गोठालो र घाँस दाउरा, जंगलको बास, मेलापात पधेरोले छैन, बेलामा गाँस। सगै हुदाँ साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : षड्यन्त्र

~तारामणि राई~ खट्प्वाल लिम्सो भित्तो झ्यालका काप अथवा कहीँ कतैबाट आईरहेछ- एक तमास षड्यन्त्रको गन्ध षड्यन्त्रको प्रपञ्च: -मेरो थात बास उठाउनका लागि हुन सक्छ -सर्बश्वहरणका लागि हुन सक्छ -अथवा यसो भनौँ मलाई दुई टुक्रा पारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख

~जगदीश घिमिरे~ कवि, केही त सार्थक लेख शब्द धेरै लेख्यौ केही सार्थक भाव पनि लेख तिमीले सधैँ फूलका कविता लेख्यौ अब रूखका कविता लेख हाँगाबिँगा र मूलका कुरा लेख ती अझ बढी सौन्दर्यमय र यथार्थ छन्जराका कुरा लेख ती जराले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो मन र जीवन

~विश्वास दीप तिगेला~ यो मन क्षणक्षण टोलाइ दिन्छ खोइ बैरागिएर पो हो की यो मन बतासिन्दै बहिरहन्छ खोइ कुनै सीमा परिधि नपाएर हो की कतै माया पि्रर्तिलाइ गुथेर कतै बैशालु जोवनलाइ छोपेर फेरी यो मन र जीवन उडिरहन्छ उडिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : चोट

~डा. वानीरा गिरी~ चोट तिम्रो परशुको सशक्त प्रथम प्रहार मैबाट सुरु गर दुइ आँखाका कुलाबाट यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू आँखा खडेरी परून् मेरा हरिया बनून् खेत तिम्रा र पाकिरहून् चोटका बालीहरू र पाकिरहून् चोटका बालीहरू तिमी र म मितेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको कथा

~रुपेश राई~ इन्फेचुएसन जस्तै ईश्वर तिम्रो कथा। प्रेमको। रिमिक्स छ कथा। पात्रहरूले भोग्न परेको। मान्छेको आस्था। तिमी वेपर्वाह छौ। तिम्रो नाटक। विपरित लिङ्गमा। प्रयोजनीय छ। कार्यकलाप पनि। कथानक होला अलिक फेरबदल। प्रश्न उठ्छ। शिवलिङ्गमा अङ्गालिएकी युवती,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन् देख्दछन् तिमीले झैँ उनीहरूले पनि सुन्दर सपना नठान— ममात्रै सत्य हुँ र, भ्रम हुन् अरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मैले जन्माएको बाउ

~प्रदीप कन्दङवा~ मेरो वालसुलभ प्राकृतिकताको उपज हुन सक्छ त्यो, जो अकारण र निर्विघ्न मेरो मानसपटलमा आएर उफ्रिरहन्छ, नाचिरहन्छ, जिस्किरहन्छ र खेलिरहन्छ अनि भत्किन्छ यसरी, जस्तो त्यहाँ बम ब्लाष्ट भएको होस, र वस्तुतः म हलचल गर्न सक्दिन । लाग्दछ, म र्सवाङ्ग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment