Tag Archives: nepali sahitya

नेपाली उपन्यास : थुम्काबाट चियाउँदा

~गणेश शर्मा~ समर्पण : साहित्य प्रेमीहरुमा  थुम्काबाट चियाउँदा | नेपाली उपन्यास | गणेश शर्मा भाग-१ काभ्रेको खोरियालाई हुस्सेले ढाकेको थियो । त्यसकारण विजयछापका झुप्राहरु बादलभित्र हराएका थिए । थुम्काहरुले कालो बादलको टोपी लाएकाले वरिपरिका रुखहरु प्रष्ट देखिदैन थिए । भष्मे … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

आधुनिक गीत : प्रतीक्षा गर मेरी मायालु

~राजेन्द्र रिजाल~ प्रतीक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुराउँछ कहिले हसाँउछ कहिले रुवाउँछ आँसु र हाँसोको संगम पनि गराउँछ पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : गाउँ–गाउँबाट उठ

~श्याम तमोट~ गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ। हातमा कलम हुनेहरू, कलम लिएर उठ बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ।

Posted in स्वदेश गान | Tagged , | Leave a comment

अनूदित छोक : युद्ध

~दया दिसानायेके~ अनु : केशव सिग्देल कति आमाहरु कति पत्नीहरु व कति छोराछोरीको आँशु र रगतको मूल्य

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : किन होला?

~विजय महर्जन ‘श्रीजय’~ समय सधैं एउटै हुन्न रे कहिले घाम त कहिले छाया हुन्छ रे कहिले रित्तो त कहिले भरीभराउ हुन्छ रे तर साथी मेरो समय सधैं रित्तो र छाया मात्र किन? समय भाग्यको खेल हो रे कहिले पापी त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन एकचोटि आउँछ

~गोपालप्रसाद रिमाल~ एक जुगमा एक दिन एकचोटि आउँछ उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ लाटा-सुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् गए भनी नदेखिएका फर्की-फर्की आउँछन्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विपरीतको आकर्षण

~दिलिप आचार्य~ उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : यहाँ नेपाल छ !!

~स्वरूप पाल्पाली~ हिमाल, पहाड़ ,तराई छैनन यहाँ डाँफे र मयूर नाच्दैन यहाँ लालीगुरांस फुल्दैन यहाँ तर पनी, हामी नेपाली छौ यहाँ नेपाली भाषा र नेपालीपन छन यहाँ रातो टिका र जमराले दशैं मनाउछौँ यहाँ फर्फराउँदै नेपाली झंडा गौरव मानी नेपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवा

~यशोदा तिम्सिना~ हिजो तिमीले सेतो परेवा उडाउँदा शान्तिको प्रतीक त्यो कावा खाँदै सगरमाथातिर जान्थ्यो उचाइ लिँदो परेवा र तिम्रो उस्तै चर्चा हुन्थ्यो सर्वत्र शान्ति छाउने आशा जाग्थ्यो। आज पनि तिमी परेवा उडाउँदैछौ

Posted in कविता | Tagged | Leave a comment

गजल : जमातमा

~कृष्ण प्र. पाण्डे~ चुनिएन बिषय जान्नेको जमातमा। गाता हेरी किताब छान्नेको जमातमा।। भो असभ्य, अछाम, बेकम्मा, आलटाले । उ जाँदैन जे पनि मान्नेको जमातमा।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अमृत

~आकाश दवाडी~ आज म यहाँ आइपुगे। हिजोसम्म त उमङ्ग थियो, जोश थियो। आज याताउता हेर्छु, अनी थाहा पाउछु कि यहाँ त केही रहेनछ। लौन यो त मरभुमी पो रहेछ। म छाँगबाट खसे जस्तो भएँ। ला म त फसेछु नि। आँङ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पचास वर्ष पछिको दन्त्यकथा

~सन्जोग नेपाली~ “उहिले नै नेपाल भन्ने देशमा जनताले १९ दिन आन्दोलन गरेर राजा हटाए | राजालाई हटाएपछि संबिधानसभा बनाए | एक अर्कालाई दोष दिदै दलहरुले संबिधान बनाएनन् | संबिधान नबने पछी मन परि भयो | सत्ता र सरकारको लागि हानाथाप … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : मेरो टोपी

~गोपाल योन्जन~ मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने नेपाली वीर जस्तो नेपाली धीर जस्तो मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ अहिलेसम्म भोगेको मैले मेरै घाम-छाँयाको बास छ मेरो टोपी … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

लघुकथा : जिउँदै खाल्डोमा

~भवसागर घिमिरे~ ‘अब यसलाई गाड्नु पर्छ’ ‘म जिउँदै छु’ ‘कसले मरिस भन्यो र ?’ ‘किन गाड्न लाग्या त ?’ ‘हामी जिउँदो मान्छेलाई मात्र गाड्छौं’ ‘किन ?’

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली कविता : शान्ति सन्देश

~विनीत ठाकुर~ ए ! शान्तिदूत परवा उड़िकऽ आ अप्पन देशमे फैलऽवै तों शान्ति हिमाल, पहाड़ आ मधेशमे एतऽकेँ सभ नर–नारी अछि शान्तिकेँ पूजारी सहत कोना हिंशा पसरल अछि समस्या भारी हिमालक अमृत जलमे मिलिगेल शोनितकेँ धारा

Posted in अनूदित कविता, मैथिली कविता | Tagged | Leave a comment

कविता : जय ध्वनि

~युद्धप्रसाद मिश्र~ गुज्रिंदै चारै तरफ छन् देशका जय जय ध्वनि खोल्दैछन् नेत्र केही धर्म-अन्धाले पनि क्रान्तिकी रण – चण्डिका छन् खूनकी प्यासी बनी झल्कने बेला छ ऐले शान्तिको नव रोसनी

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीले जति नै

~चाँदनी शाह~ तिमीले जति नै माया दिए पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरिमा तिमीलाई जति दिउँ यो मुटुबाट झिकेर माया यो मेरो सिद्धिने छैन सयौँ सय जुनीमा आँसुका झरीले ब्यथाका बादलले आएर कहिले सक्नेछैनन् पखाल्न धमिल्याउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँखामा फुलेको जीवन

~साबित्रा काफ्ले~ धानखेतमा शिला खोज्दै, उकालो लागेका, झुमा र मारुनीहरु सुनकोशीमा रोप्छन बैशका रङहरु। फुङ्ग उडेको, कुपोषीत अनुहार पारिजात जस्तै, हतासमा झरेका उत्कण्ठा, सम्हाल्न खोजेर बिहानमा, छरपष्ट छन् सुकोमल मनहरु।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पाठ

~आचार्य प्रभा~ महिला सम्मेलन हलमा महिलाहरुको निक्कै जमघट थियो । एक महिला – “त्यो रमाले साडी लाएकी हेरन!कस्तो नमिलेको” ? दोश्री महिला- “उस्को जहाँ जाँदापनी त्यही साडी फेमस छ” !!!

Posted in लघुकथा | Tagged | Leave a comment

आधुनिक गीत : विवश मेरो कथा भनुँ त

~कृष्ण प्र. पाण्डे~ विवश मेरो कथा भनुँ त ,निरस झर्कै लाग्ने होला संदेह ग-यौ केही नबोले ,नराम्रो अर्थै लाग्ने होला विवश मेरो कथा भनुँ त***** ल आऊ बस मारी पलेंटी , गर्नुछ मैले धेरै कुरा भो क्रोध छोड मेरी प्रेमिका … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : उज्यालोको प्रतीक्षा

~मातृका पोखरेल~ “म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई । “ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के यो कुरुक्षेत्र हो ?

~नवराज सुब्बा~ जताततै मुकुन्डामा छेलिएर मान्छे मान्छेलाई नै तर्साइरहेछन् आपसमा तीर, पीर सबै बर्साइरहेछ अनगिन्ती निसानाबाट जोगिँदै कताकता भागौँ म ? डसिँदै कहाँकहाँ लखेटिऔँ म ? चिन्दिनँ खै ! को मान्छे ? को हो ! केवल मुकुन्डै–मुकुन्डा मात्र छन् ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बहादुर भरिया

~श्रीशीशा राई~ अढाई सय वर्ष पुरानो ढुंगाको भारी बोकेर उभिईरह्यो ठिँगै विसौनीमा आईपुगेपछि भारीको संस्करण फेरिएको छ यो अब संघियताको भारी हो छदैँछ पिठ्युँमा गह्रौँ भारी ईतिहास–फलामको समयसँगै पिठ्युँमा घोप्टिने भारीहरु सवै बोक्नुपरेको छ देशबहादुरले छोटा र खुकुला पाखुरी र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी त उही चन्द्रमा रहिछौ

~नवराज दाहाल~ तिमी त उही चन्द्रमा रहिछौ मैले कहिल्यै जानिन। नजर उठाइ एक फेर हेर्न जरुरी कहिल्यै ठानिन। सात समुद्र पारि तिमीलाई छाडेर आएथे। मिलन अब नहुने हो कि अनुमान यस्तै लाएथे। तिमी त मेरै चन्द्रमा रहिछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : जलदेवीको गीत

~विप्लव ढकाल~ रातभरि आँसुले नुहाइदिएर सुकिलो बनाएको जून कहाँ पुगिसक्यो ! कोक्रोमा सुताएर तेल घसीघसी हुर्काएका ताराहरू कहाँ पुगिसके ! बिहानै डोलीमा राखेर कलिलो बेहुलोजस्तो घामसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि होइन

~प्रमित आचार्य ‘लिबाङी’~ जब म भोलिका बिहानहरु आज निशाको अधेरोले निलेको देख्छु जब म हजार कोपिलाहरु नफक्रदै दुष्ट पाउहरुले कुल्चेको पाउछु तब संसारबाटै लोप भइसकेर केबल कथा अनि कहानीमा सिमित भएका हजार ड्रेगनहरु मेरो कमलो शरिरभित्र भूकम्प लिएर सल्बलाउन थाल्दछन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : ढुंगा पो भइएछ

~श्रीबाबु कार्की ‘उदास’~ ढुंगा पो भइएछ अचेल। ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक बन्दो रहेछ। लक्खा! अन्ततः म पनि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : चरीको बिलौना

~कल्पना पौडेल~ घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ति थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : म सानो

~हिरण्य भोजपुरे~ म सानो, घाम, जून र आकाश सानो जब मेरो मन सानो, जब मेरो आँखा सानो म ठूलो, घाम, जून र आकाश ठूलो जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो । दुबोको तरेली र तरेलीमा लझने दुई थोप … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

पत्र साहित्य : सञ्चारको विकासमा बस्तीको आवाज

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, तिमीलाई थाहै छ । आजकोृ आधुनिक मान्छेले गरेको विकासका नयाँ नयाँ प्रयोगले दुनियाँ एउटा सानो गाउँमा परिणत गरिदिएको छ । थुप्रै सुगमताहरुको प्रयोग गरेर हामी अगाडी बढिरहेका छौ । जमाना अनुसारका प्रविधिहरु विकास भइरहेका छन् । … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र कथा : सपना !!‏

~चकेन्द्र राई ‘कैदी’~ सपना, यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! ! आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाईपनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : म तिम्रो बन्न चाहन्छु

~राधा मल्ल~ निलो आकाशको त्यो गहिराइमा, निस्कपट तिम्रो नयनको सागरमा, म डुबुल्की मार्न मार्न चाहन्छु। एक पटक अनुमति दीइ हेर तिमी, म अझ पवित्र बन्न चाहन्छु। बिहानिको त्यो चिसो बतासलाई सोध, साँझको यो मिठो गोधुलीलाई सोध, म सधैं सधैं तिम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment