Tag Archives: nepali sahitya

सत्यकथा : वेदनाका शूलहरु

~विष्णु गौतम~ सन् २००८ को २७ तारिखको टेलिफोनवार्ता नै म र मेरो छोरा कुमार वीचको अन्तिम वार्ता हुन पुग्यो !! हामीविच कुराकानी भएको २० मिनेटपछि सडक दुर्घटनामा उसको निधन हुन पुग्यो ! शनिबारको दिन परेकाले कुमारले एकछिन साथीहरुसँग समय बिताउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आजभोलि आकांक्षा

~आभास~ आजभोलि आकांक्षा किन यसरी चम्केको लाग्छ कहिले फुल भएर फुलूँ र ढपक्क ढाकूँ प्रिय धरतीलाई अरु केही नसके अलिकति सुगन्ध छर्न सकिन्थ्यो लाग्छ कहिले आकाश भएर फैलिऊँ र काखमा लपेटूँ सिङ्गै पृथ्वीलाई

Posted in कविता | Tagged | Leave a comment

समालोचना : सांस्कृतिक साम्राज्यवाद र जनसांस्कृतिककर्मीहरुको दायित्व

~अमर गिरी~ १. प्राक्कथन : सांस्कृतिक साम्राज्यवाद र जनसंस्कृतिकर्मीहरूको दायित्व जस्तो गम्भीर विषयमा नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा एक साझा संस्थाका माध्यबाट समान धारणा र निष्कर्षहरूमा पुग्नाका निम्ति छलफल चलाउन खोजिएको सम्भवतः यो पहिलो अवसर हो। यस विषयमा हाम्रो मुलुकको प्रगतिवादी … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : मान्छेको परिचय

~ठाकुर मान लामा~ मान्छे पहाड बन्छन् होइनन पहाड बन्ने कोशिश गर्छन् नसक्नेले पनि सक्छु भनी कोर्रा कुरा त्यसै पनि हाक्छन् हुनेसँग सम्पति त हुने नै भए नहुने पनि छ भन्छन् कोही किन कोसँग झुक्ने कोही किन त्यसै झुक्छन्

Posted in कविता | Tagged | Leave a comment

गीत : एउटा परदेशी आई

~ललिजन रावल~ एउटा परदेशी आई सोध्यो मेरो नाम तर चाँडै छाडी गयो यो रमाइलो याम एउटा चिठी उसैलाई पठाउनु थियो भनिदेऊ जुनतारा कुन हो उसको गाउँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो स्थिती

~डा तारानाथ शर्मा~ चरर चरर गर्दै पीरले चिर्छ छाती समय सुलुलु गर्दै चिप्लियो यो नजाती घर र पर गरेरै देहले शक्ति त्याग्छ नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ। सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै अलिकति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ओ बनारस ! ओ बनारस !

~दीपकप्रसाद ढकाल~ हिँड्न खोजेको थिएँ बनारस । तर, खर्च, व्यक्तिगत सामानको तयारी, बाटोमा सवारीको रुटको अवस्था, सवारी आदिबारे केही पनि जानकारी नलिएरै हान्निएको थिएँ उता । हतारको काम लतरपतर, त्यही बेला जानेँ । जे भए पनि बनारस घुम्दाको आनन्द मज्जालाग्दो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : गाउँ फर्की आऊ

~श्याम तमोट~ एउटा खबर पठाउदै छु परदेशीको नाउँ , घर खेत आफ्नो भो है फर्की आऊ गाउँ सात कोठे बनेको छ चिटिक्क को घर यसैलाई सिंगार्नु छ यो नै हाम्रो भर खाँचो परे, पछि पछि कोठा थप्दै जाँउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उज्यालो देखिएन त ?

~कणाद महर्षि~ उज्यालो देखिन्छ त ? उज्यालोमा जाओभन्दा नजाने अँध्यारोमा जानुपर्ने -यो कस्तो अफसोच ! -यो कस्तो विडम्बना !! -भनौं यो कस्तो नरकीय यात्रा !! उज्यालोमा आँखा चिम्लियो भने अँध्यारो हुन्छ/अँध्यारै देखिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अली बाबाको शहरमा

~दिपा एवाई राई~ अली बाबा के यो शहर तिम्रै हो ? जताततै आगोको ज्वलामुखी गई रहेको देख्दैछु वरीपरी कैयैां भुगर्भबाट आगोको लप्का उम्लीएर मुल्तानी माटोसँगसँगै पुत पुताई धुवा आकाशमा मडारीएर रक्तीम साँझ बनेको रहेछ त्रासदी !

Posted in कविता | Tagged | Leave a comment

गीत : लाउन त प्रीत लाइदियौ

~रवीन्द्र शाह~ लाउन त प्रीत लाइदियौ यो फूलमा बहार बनी आउन त तिमी आइदियौ यो दिलमा प्यार बनी जीवनमा आँसु लिएर पाउ त्यसै नचाल यौवनमा दिल दिएर जवानी त्यसै नफाल

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो देशको पुस्तक

~वासु शशी~ मेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ–ठाउँमा च्यातिएका छन् ! यसलाई पढ्ने मेरा बालकहरूले अवश्य ‘यो त भएन बा !’ भन्नेछन् ! यसका पन्नाहरूको अक्षर नै मेटिने गरी

Posted in कविता | Tagged | Leave a comment

छोक : गोठालो दृष्टि

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ यो समय आहाल बसिरहेको भैँसीमाथि बसिरहेछन् भ्यागुताहरु र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान । केही समयअघि

Posted in कविता | Tagged | Leave a comment

कथा : पेट्रियोटिक इन्लाइटमेन्ट

~शिव प्रकाश~ “तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ– ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन, डराएको हो– मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी

~झमक घिमिरे~ समयका पानाहरुमा मानव आक्रोश पोखिए मूर्दावाद र जिन्दावादका नारा लेखिए थुप्रैको पुत्ला सल्काइए जिन्दगी त्यहाँ उभियो, विना रङ्ग ऊ शालिक जस्तै मौन, स्थिर उभिरहेछ अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ । ऊ कञ्चन आकाश हेरिरहेछ, जिन्दगी,

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रचन्ड हूँ

~शिरीष~ बाल्यकाल आफ्नो एक सपना झैँ सम्झन्छु मन लाग्छ यि यादहरूलाई पछाडी नै छोड्न तर मेरो वर्तमान हर दिन यिनलाई नै पुकार्छ स्मरण भयो अब कि केही उत्तर छ यसमा खोज्न राजसत्ता ढाल्ने प्रयासमा एककृत सब दलहरू भूलेर अनेकता आफ्ना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरैले आशा देखाए

~बाबु लामा~ धेरैले आशा देखाए कतिले भरोसा दिलाए तिम्रो गितमा संगीत भर्छु भनेर हात पनि मिलाए तर सबै झुट रहेछन सबै अबसरबादी रहेछन निभेको आगो होईन बलेको आगो ताप्दारहेछन

Posted in कविता | Tagged | Leave a comment

गीत : ऋतुहरूमा तिमी

~राजेन्द्र रिजाल~ ऋतुहरूमा तिमी हरियाली बसन्त हौ नदीहरूमा तिमी हो पवित्र गंगा हौ (निर्दोष छन् ती तिम्रा हत्केलाहरू तर मायाले भरिएका छन् औलाहरू) २ पवित्र छन् तिम्रा लाजका गहना २ तर चाहनाले भिजेका छन् ओठहरू

Posted in नेपाली गीत | Tagged | 3 Comments

कविता : स्वप्नहरू

~ईश्वर बल्लभ~ त्यसो त एउटा स्वप्नजस्तो रङ्गी-विरङ्गी अनेकौं विम्बहरू कति परीहरू उड्छन्, पुतली र चराहरू माथि, कहिले आकाशको नीलोमा र गहिरोमा समावेश हुन्छन् फेरि विस्तारै-विस्तारै फूल बन्दै विस्तारै-विस्तारै झिनो पर्दा बन्दै, पारदर्शी समायोजनको उत्सव ओर्लिन्छन्, उक्लिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विसर्जनको दिशामा

~मिनबहादुर राना~ विदेशीले दिएको नारा बोकेर देशले यत्रो गति लिइसकोको वेला आफुलाई जनताको नेता भन्नेहरू बेचेर देशको स्वाधिनता र स्वाभिमान राता रात महलका मालिक भइरहेछन। देखेर हाम्रो पानीको मुहान लोभले लालचले, सुटुक्क उस्ले र्‍याल चुहाउँदै मुख वाई रहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आदि

~तोया गुरुङ~ अँध्यारोमा वेदाङ्किनी उदाई दियोको सलेदो छोटो- तेलको किमत महँगो छ । मैनवत्तीको शिखा पग्लन्छ निरन्तर मुद्राको मोल कति नै र मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ न मस्र्याङ्दी न कालीगण्डकी सप्तकोसीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:स्वप्न

~श्यामल~ खोलाहरुमा बग्नै छोडयो कञ्चन पानी रगतको बेगवान् नदीमाथि हल्लिदै छ झोलुङ्गे पुल भन्छन् योद्धाअरुले डामेका ढाडहरु अब के—के हुने हो । कोचिएको छ खचाखच दिमागमा बदलाको भूत बाटाहरु यति धेरै छन् यस ठाउँमा कुन बाटामा कोही किन जाने हो

Posted in कविता | Tagged | Leave a comment

छोक : फाली नहाल्नु

~आरती केसी~ ढुङ्गा भनेर झट्ट फाली नहाल्नु त्यो देवता पनि हुन् सक्छ टाढा छ भनि झट्ट बिर्सी नहाल्नु

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : गिरगिर

~चर्चित ढुंगेल~ खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ। ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो। उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई यतातिर ‘गिरगिर’ भनिन्छ। पहिले नै खाडीमा … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : गोडधुवा

~नारायण तिवारी~ घरबाट निस्किएको छु । मधेस आन्दोलनको मौसम छ । रिक्सा पाइने हो कि नपाइने हो, सोच्दै अघि बढिरहेको छु पैदल । त्यसो त म रिक्सा चढ्ने मान्छे कहाँ हो ? अहा ! कुनै भारी सामान वा धेरै सामान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : चिच्च्याहट

~साइमोन आर्मिटेज~ अनु : सुरेश हाचेकाली म र त्यो केटा हामी दुवै जना पाठशालाको आँगनमा सँगै बाहिर निस्किएका थियौँ उसको नाम र अनुहार मेरो स्मृतिमा छैन सुरक्षित । हामी मापन गरिरहेका थियौँ मानव ध्वनिले ढाक्न सक्ने विस्तृति उसले सके जति … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : देश बनाउन सिक

~तुलसी पान्डे~ जीवनका हर पाइलामा संयम हुन सिक, अशान्तिमा रूझेको यो देशलाई शान्त पार्न सिक तिमी पंक्षी होइनौ तर पनि अडिग भई अग्ला हिउँचुली अनि शिखर चुम्न सिक जहाँ बुद्ध जन्मे अनि सीता र भृकुटी उदाइन शिर ठड्याई गौरव गर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी आवाज !

~बिष्णु सुवेदी ‘दोलखे’~ त्यो पारिको उन्यू फुलेको पाखो र तितेपाती घारी छ, नी उ त्यो भीर मौरीको मह काढ्ने पहरो सबै–सबै आदिबासी हुन् ! कहिल्यै घाम छिर्न नसक्ने त्यो भीमकाय जङ्गल र त्यही जङ्गलको बूढो ढुङ्गा जतिकै पुरानो छु म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म भित्र को अर्को म !

~ज्योतिराज अधिकारी~ म को हो ! म के हो म म नै हो वा होइन कि म भित्र अर्को म छ कि म भित्र नै छैन म ! त्यो म लाई म कसरी भनुं म जब उ मेरो मान्दैन आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : दमौलीको जादुगर

~यज्ञश~ पोखराको फरेस्ट्री क्याम्पसको दुई-तीन चक्कर लगाएपछि मेरो पढाइको हेलिकप्टरले अन्तत: आदिकवि भानुभक्त क्याम्पस दमौलीमा ल्यान्डिङ गरेको थियो । भागेर फिल्म हेर्ने बानी स्कुल पढ्दै लागिसकेको थियो । ०५३ मा एसएलसीको ट्युसन पढ्नका लागि दुई महिना दमौलीको डेरा बसाइले त्यो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : धर्म र अफिम

~चन्द्र गुरुङ~ सडकैभरि पोखिएका भक्तजन् जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन उफ्रिँदैछन् जोश र आक्रोश कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे ओऽऽम माने पेमे ओऽऽम माने पेमे चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी लट्ठिएको छ समय- गल्ली-गल्ली, चोक-चोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज, नदी र म

~तुलसी दिवस~ समय थुनिएको बुइगलको भत्किएको पाखामा शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज, युगको आफ्नै छिंडीको चिसो भुइँतलामा युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज, बन्दीघरमा थुनिएका तर नसुनिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment