Tag Archives: nepali sahitya

कथा : रे !

~हिमाल घिमिरे~ एकदम भीड थियो, साँझको समय । मान्छेहरू कताबाट कता गइरहेका हुन्, थाहा पाउनै कठिन थियो । गन्तव्य हराएझैँ लाग्ने अनुहार बोकेका मान्छेहरू यताउता हिँडेकाहिँड्यै थिए । बजार घुमेपछि हामी दुईवटा पसलबाट निस्किसकेका थियौँ । दशैँको बेला थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : तातेसिना पढेपछि

~कृष्णादेवी शर्मा श्रेष्ठ~ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरबाट प्रकाशित तातेसिना (हाइकु संकलन, २०७४) मेरो हातमा छ । प्रकाश पौडेल ‘माइला’ बाट सम्पादन गरिएको यो हाइकु संग्रहमा ९९ पृष्ठ छन् । पहाडको काखमा अत्यन्त आकर्षक आकारको वृक्ष राखिएको पुस्तकको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लोक कथा : कल्पबृक्ष

~प्रस्तुति : श्यामसुन्दर श्रेष्ठ नेपालको कुनै एक गाउँमा भरखर विवाह गरेको एक जना केटो भदौको चर्काे घाममा पहाडको बाटो हुंदै धन कमाउन भनी लाहोर जान एक्लै हिंडिरहेको थियो । प्रचण्ड गर्मीको कारण केही बेर हिंडेपछि उसलाई खुब थकाई तथा तिर्खा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : माफ गर प्रिय ! आज फेरी पिए

~बच्चु विक~ प्रिय ! पिउन त पिए उहिले पिए अहिले पिए कुन्नी के के हो पिए । ठूले झै खुट्टा लरखराउन पिए, काले झै जिब्रो लरबराउन पिए । स्कुल जादा बजारमा देखेर पिए, घर फर्किदा गाउँलेसंगै पिए । साँचो प्रिय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : हेडसरकी छोरी

~बच्चु विक~ सदीक्षासँग म धेरै बोल्न सक्दिँन । ऊ मलाई सधैँ जित्छे, बोल्ने कुरामा । मलाई वादविवाद प्रतियोगितामा जहिले पनि हराउँछे । उसले वादविवाद प्रतियोगितामा भाग लिएदेखि म कहिल्यै पहिलो भएको छैन । दोस्रो, तेस्रो हुँदै पछारिन थालेको छु । … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

स्वदेश गान : जय जय नेपाल

~डिल्लीराज आचार्य~ जयजय नेपाल जय नेपाल जन्मभूमि कर्मभूमि, पूण्यभूमि नेपालीको मेची र काली तराई पहाड

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : चाहे म जहाँ बसे पनि

~जसु पुन~ चाहे म जहाँ बसे पनि, जता रहे पनि तिम्रो याद हरदम-हरपल मेरो साथ छ, चाहे म अहिले तिम्रो नजरमा, नरहे पनि तिम्रो हर धड्न मेरो साथ छ। जिन्दगीको यो सुनौलो यात्रामा हरबखत तिम्रो माया, मेरो साथ छ, तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : फुलौ झै लाग्छ

~कुलबहादुर तामाङ~ तिम्रो मनको फूलवारीमा फुलौ झै लाग्छ, शितल तिम्रो छहारीमा झुलौ झै लाग्छ, सपनीमा झै विपनीमा तिमी संग, तिम्रै नजर भित्र भित्रै डुलौ झै लाग्छ,

Posted in गजल | Tagged | Leave a comment

कथा : विदेश

~सुरेन उप्रेती~ हजुर हाकिम भएर पनि यस्तो । हाम्रो चैं एउटा घर पनि छैन । मुखिया र खर्दार त के त्यो दलबहादुर भन्सारको पिउन अरे । उसको पनि घट्टेकुलामा कस्तो राम्रो दुई तले घर छ । भुइँ तलाको भाडा मात्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शोक

~धर्म सापकोटा राजु~ सांहिली साह्रै आत्तिईन । सांहिली मात्र हैन । रत्यौली खेल्न लागेका सबैजना आत्तिए । रत्यौलीको माहोल नै बदलियो । अघिसम्म नाचिरहेका आईमाई केटीहरु एकाएक रोकिए । कारण थियो कसैले समाचार ल्याएको थियो- “जन्ती बस दुर्घटनामा पर्यो” । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

तामाङ लोककथा : पेङदोर्जे र डम्फू

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ सिकारी युगको कुरा हो । पेङदार्जे जङ्गल घुम्दै खेल्ने गर्दथ्यो । उसको जीवन यसरी ने बितिरहेको थियो । कहिले सिकार फेला पर्थ्यो भने कहिले त्यत्तिकै फर्कनु परेको उसले बिर्सेको थिएन । यसै बीच … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

यौनकथा : सर्वज्ञ र सेक्स

~किशोर पहाडी~ कोठा सानो छ। अँध्यारो हुनुपर्ने हो, तर … झ्यालबाट घाम आइरहेको हुनाले उज्यालो छ अलिकति । चारवटा भित्ता छन्‌ । सेता छन्‌ । एउटा भित्तामा यस वर्षको क्यालेन्डर छ । अर्को भित्तामा गत वर्षको पनि छ। एउटा भित्तामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवनको अन्तिम पल

~प्रमोद चाम्लिङ~ जीवनको अन्तिम पल तिम्रो सामु मेरो निर्जिव शरीर अलपत्रै पसारिएर ढल्यो भने बाँकी रहेका मेरा पाहुनाहरु त्यो शरीरको प्रत्यक पत्र खोतल्नु है किनकी,

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो गुलाफ

~विमला तुम्खेवा~ मायाले मेरो आँखामा नियाल्दै भन्यो- गहिरो पीडा छ तिमीसँग सबै सपना भत्किएको समुद्र हिमाल र महादेशहरु नाघ्दै आइपुगेको एक्लो मान्छे तिमी कुनै देशको एक्लो राजा जस्तै

Posted in कविता | Tagged | Leave a comment

गजल : नखुलेको आकाश खुलेर आयो

~रवि प्राञ्जल~ नखुलेको आकाश खुलेर आयो उ सायद यो बाटो भुलेर आयो झर्यो त के भो त्यो जुई र जाइ त्यो पलास मनमा फुलेर आयो

Posted in गजल | Tagged | Leave a comment

कविता : विघठन र आरम्भ मान्यताहरुको

~डा.मधु माधुर्य~ बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो – येतिखेर दोबाटोको चौतारीमा विराजमान छ बटुवाहरु आउँछन् चढाउँछन् फूल, स्याउला, चन्दन र फलफूल हुने खानेले चढाउँछन् बोका, भाले र भेंडाहरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको क्यानभासबाट पोखिएका बिरंगहरु

~डा.मधु माधुर्य~ देखिरहेछु : माघ-८ को सतही व्याख्यामा – ढुंगा- मुढा, टाएर-आगो , लाठि-मुङ्ग्रो, बन्दुक… र फेटाहरु सल्बलाई रहेछन् जिन्दावाद-मुर्दावादको आदिम आवाजहरु ‘फर्मालिटि”को घन्किरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : रहर नै रहरमा

~रवि प्राञ्जल~ बित्यो आधी जीवन, रहर नै रहरमा चलेको छ आँधी, यो मनको शहरमा । यता यो नजरमा छ कुवा जमेको

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~सुधीर छेत्री~ यदि तिम्रा तिलस्मी कोखिलाहरूमा विकासका प्वाँखहरू उम्रेका भए धुलो हटाउँदै, तुवाँलो चिर्दै, खेतहरू उफ्रँदै माटोले लिपेको गाउँमा नाङ्गै उफ्रिरहेको भोको बालकलाई छाम्न जानू। उसका सुकेका आन्द्राभित्र शीत भएर पस्नू।

Posted in कविता | Tagged | Leave a comment

कविता : निरीह

~इश्वरवल्लभ~ केही विम्ब देखिन थालेका छन् पानीमा घाम अल्झेको छ, कतै गीत जस्तो नदीको किनार फेरि मनमा बल्झेको छ । बिराना बादल

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~इश्वरवल्लभ~ क्षोबको आकाश साँझजस्तो आकाश किनारहरू छुँदै पहाड र पर्वत पनि त्यो, गइरहेछ त्यसतिर क्षितिजमा – शब्दहरू बन्दै – दूरन्तमा स्वरहरू बन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरिजुआनाको लत

~इश्वरवल्लभ~ पानी रोकिदिएकै हो तलाउले, दहले कि पोखरीले आखिर सागर पुग्नु भनेको त हो त्यसैले बादल भएकै हो शिखरमा परेका साँझ र सखारका किरणहरूसित पानीले भिजेकै हो शीतमा थोपा-थोपा परिणत भएकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले सुनें– विष पिउने रहर रहेछ

~इश्वरवल्लभ~ विष पिउने रहर रहेछ, मैले सुनें तिमीले विष पिएछौ, सायद समाप्त गर्न यो जिन्दगी र यो वैंसहरू कुनै शून्यकोखोजी या निस्तारका लागि तिमीले गरेको अभूतपूर्व व्यक्तिगत आयोजना पलायन गर्ने आयोजना,

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा प्रेम–गीत

~इश्वरवल्लभ~ अब म अलिकति आराम गर्नेछु बिहानपखका शून्यता र साँझको आकाशसित मेरो कुनै सम्बन्ध रहनेछैन, तृष्णारहित तिनीहरुका सबै जीवनलाई वास्ता हुनेछैन, केही क्षोभका र केही विश्वासका समर्पणलाई सच्याएर केही बिग्रेका जस्ता रेखाहरुलाई पनि सच्याएर कति युगदेखि थकाइ लागेको छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै त्यो आएन

~इश्वरवल्लभ~ कति दिनदेखिन् पर्खें, अनुहारलाई आउँछ कि भन्दै यहाँ हिंड्दै मसित बोल्छ कि भनेर नयाँ सूर्यको भाषा किरण लिएर, अरु आनन्दका युग पनि छुन सक्लान्, अरु प्रसन्नताको जगत पनि, मैले अनुहार पर्खें |

Posted in कविता | Tagged | Leave a comment

कविता : म झोला फेक्न लागेको थिएँ

~इश्वरवल्लभ~ म भाँचिदै गरेको क्षणहरु जोड्न लागेको थिएँ, र तिनलाई एक एक गरी जोड्दै झोलामा भर्न लागेको थिएँ मेरो यो जिजीविषा देखेर उनीहरु हाँसे, उनीहरु भन्न थाले – ” कस्तो बाँच्न मन लागेको यसलाई क्षणहरु कस्तो साँच्न मन लागेको यसलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विधिको बिडम्वना

~अर्जुन उपाध्याय~ कती उज्यालो छ यो संसार फेरी किन यती अन्ध्यारो छ ? जलले छ्याप्त छ यो संसार फेरी किन यती प्यासी छ ?

Posted in कविता | Tagged | Leave a comment

विचार मन्थन : भक्ति-योग

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ मोक्ष प्राप्त गर्ने विभिन्न उपायहरु छन् । तीमध्ये सबैभन्दा सहज उपाय हो- भक्तियोग । भक्तिमा यस्तो गुण छकि यसको आत्मसातताले मानवलाई तथा उसको जीवनलाई सार्थकता प्रदान गर्दछ । जब मानव बुद्धिले सही बाटो पक्डन्छ तब त्यसले भक्तिको … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

निबन्ध : उज्यालोतिर

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ पूर्व : सूर्योदय उज्यालोको प्राप्ति । पश्चिम : सूर्यास्त अन्धकारमा पतन । पूर्व हुनु र पश्चिम हुनु बीचको भेद नै यस्तो छ कि प्रत्येक चेतनशील व्यक्ति पूर्वतिर अभिमुख हुन उत्पे्रित भइहाल्छ । जीवनलाई जगतका असल पक्षहरुले सुवासित … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : माफ गर्नुहोला मेडम

~बि कुलुङ रंगबुले राई~ आउनु होस् याहाँ चाहे सौदागार बनेर चाहे भ्रमणकारी बनेर चाहे पर्यटकको नैं रूपमा निर्धक्कसितले यहाँ आउनु होस् मेडम ! सदैव हाम्रो न्यानो स्वागत छ हजुरलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : उ डक्टर म चाँही लाहुरे

~सोनु कुमार सुनार~ हतेरी आज स्कुल जान अलि ढिलो भए जस्तो छ । नौ बजेर ४५ अहो स्कुलमा दशबजे पुग्नु छ । आज त फेरी स्कुलमा शुक्रवारिय कार्यक्रम पनि हुन्छ साथिहरु सँग कार्यक्रममा भागलिने बारे सल्लाह गर्नु पर्ने कस्तो खेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसव गराउने ड्राइभर

~सुरेन उप्रेती~ विदेश जान भनेपछि के नै होला भनेर आइयो, आखिर भनेर रहिमले खुइय गर्यो । लामो सास तान्यो । उसका अनुहारमा नैराश्यका ज्वारभाटाहरू आन्ध्रमहासागरका छालहरूझैं दौडिरहेका देखिन्थे । उसले क्यानडा आउनुअघि क्यानडाबारे देखेका सपनाहरू सुनाउन थाल्यो । ऊ आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment