Tag Archives: nepali literature

कविता : आस्था र विश्वास डग्मगाएको छ

~दीपक कुमार ज्ञवाली~ श्रावण महिनाको कृष्ण पक्षको रातमा जुनकीरीको पिल पील उज्यालोमा जीवनको गन्तब्यमा हिडीरहेका बटुवाहरु भालेको डाँकसँगै सूर्याेदयको प्रतिक्षामा सहज जीवनलाई तिलाञ्जली दिएर देश र समाज बदल्ने अठोटले

Posted in कविता | Tagged | Leave a comment

कविता : समवेदना मरेको बेला

~कृष्ण प्रसाई~ अभ्यस्त भैसकेका छन् अखबारका पानाहरू- सहज बनाउन दिनहुँ रगतका खबरहरूलाई, कति सस्तो भएको छ मृत्यु ! कति बोधो भएको छ समवेदना ! ! आफू हराउँदा आफै खोज्न सक्दैन । आफ्नो अन्तेष्टिमा आफैं रुन पाउँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई उत्पन्न गराउने संयोगहरूप्रति

~डा. कविताराम श्रेष्ठ~ योजनाहीन मान्छेको जुनी पाएको छु । न मेरो पूर्वयोजना थियो यसमा । न मातापिताकै माया । न कसैको चाह न भगवनकै वरदान । काकतालीले म यहाँ उत्पन्न भएँ । तथापि म भन्दिनँ कि

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : अमर कथा

~टंक ‘विकल्प’~ लाक्पा सोनाम आँगनमा बसेर एकहोरोसँगले सगरमाथा तर्फ हेरिरहन्छ । ऊ पासाङको प्रतिक्षामा झै देखिन्छ । र्मिर्मिरे  बिहानको सिरसिर बतास सगरमाथाको देखि चौरी खर्क हुँदै ओरालो लाग्छ । प्रभाती चराहरूको चिरविर ताना र लामो स्मृति धुन गुञ्जिरहन्छ । लाक्पा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : मेरी छोरी, मेरा कथा र चित्रहरू

~गणेश ईजम~ मेरी छोरी तिमी ठूली भइसक्यौ अब आमालाई सघाउ चुला जलाउने अभ्यास गर पानी तताउने कोसिस गर स्कूलको होमवर्क आफै सिध्याउने गर आफ्नो कपाल आफै सम्याउ मेरी छोरी तिमी ठूली भइसक्यौ, मैले तिमीलाई धेरै पटक एस्सै भनेको थिए,

Posted in कविता | Tagged | Leave a comment

कविता : भक्षक रक्षक

~सुमिना अभिलाषी~ दाजु , मलाइ याद छ बालापनको त्यो दिन ! दशैको बेला टीका र जमरा थालभरी राखेर हजुरलाइ पनि मेरो आडमै राखि आमाले आशिर्वाद दिदै गर्दा अक्सर यहि भन्नुहुन्थ्यो , भोलि म रहुँला नरहुँला बाबु बहिनिको सधै रक्षा गर्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटु जब छुन्छ हजुर

~धीरेन्द्र प्रेमर्षि~ वेदनाको लहरले मुटु जब छुन्छ हजुर ढुङ्गा जस्तो मुटु पनि त्यतिखेर रुन्छ हजुर रुन सक्नु भनेको नि वीरताकै निशानी हो छल-छाम, अहङ्कार आँसुले नै धुन्छ हजुर

Posted in गजल | Tagged | Leave a comment

कथा : ट्वान्टीवान

~स्नेह सायमि~ हिजो हरिले अचानक चुन्नेभैरव मार्ग अर्थात् चुन्नेपाखामा देख्यो ट्वान्टीवान । यहाँ बस्न आएको ७ बर्षपछि अचानक ट्वान्टीवानलाई देख्नासाथ हरिका बाल्यकालका घटनाहरू फिल्म झैँ आँखा अगाडि घुम्न थाले । हरिभन्दा केही महिनाले मात्र जेठो थियो ट्वान्टीवान । उनीहरू सडकमा, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रात ढल्दासम्म

~शीतल शर्मा~ कुरिराख्छु तिमीलाई रात ढल्दासम्म बिहानीको मिर्मिरेमा भाले बास्दासम्म । झुल्के घामको किरणले लाली फूल्दासम्म सन्ध्याकालिन आरतीको घण्टी बज्दासम्म ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अरूलाई हँसाउनेहरू देखेँ

~भीम विराग~ आफू रोएर अरूलाई हँसाउनेहरू देखेँ अरूमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ सहन त सक्ने रहेछ मानिसले पीडाहरू चोटले त ढुङ्गा पनि टुक्रिरहेको देखेँ

Posted in कविता | Tagged | Leave a comment

गजल : थुनामा राख्न खोज्दैछन

~जैनेन्द्र जीवन~ पक्रिएर हावालाई थुनामा राख्न खोज्दैछन, पन्छाएर देउतालाई कुनामा राख्न खोज्दैछन । कुनै कमी छैन पाखण्डहरुको यो दुनियाँमा समुन्द्रका छाललाई दुनामा राख्न खोज्दैछन,

Posted in गजल | Tagged | Leave a comment

गजल : जिस्काइदिउँ झैं लाग्छ

~तिलाचन चापागाईं~ कहिले काहीँ उनलाई हेरी, जिस्काइदिउँ झैं लाग्छ।। मेरो घरको झा्यल खोली, चिहाइदिउँ झैं लाग्छ।। नसालु छ उनको हेराई, तर पनी डराइ डराइ उनकै लागी एउटा गीत, गाइदिउँ झैं लाग्छ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : भगवान्ले भलो गरुन् !

~गोरखबहादुर सिंह~ “वृद्धहरूको आदर-सम्मान गर्नुपर्दछ, उहाँहरूजस्ता पाकालाई उभ्याएर हामी बस्नु लाजमर्दो कुरा हो । ल, तिमी पनि उठ र उहाँहरूलाई बस्न देऊ ।” एउटा अधवैंसे जोडीले सिट खाली गरिदियो र पहिल्यैदेखि सँगै उभिएका वृद्ध दम्पती खाली गरेको सिटमा बसालिए। लामो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : लघुकथाका एकलव्य रवीन्द्र

~श्याम रिमाल~ छोटो बसाइमा पढ्न सकिने आख्यान उपविधा ‘लघुकथा’ साहित्यकारका लागि कति प्रिय भइसकेछ भने खोज, अनुसन्धान, निबन्ध र प्रबन्धमा समर्पित भएका र कवितामा पनि औधि रुचि लिएका छयासी वर्षीय साहित्यकार कमल दीक्षितसमेतले यो उमेरमा ‘लघुकथा’(खण्ड १ र २) भर्खरै … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

संस्मरण : अक्षरहरूसितको भेट

~नारायण तिवारी~ गोरखबहादुर सिंहका बारेमा लेख्न बसेको छु । स्मृतिमा चलचित्र भाँति विभिन्न सन्दर्भ, स्थान र घटनाहरू आउँछन् । गोरखबहादुर सिंहको हँसिलो प्रिय अनुहार आउँछ स्मृतिमा । साहित्य यात्रामा लागेका धेरै यात्रीहरू पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूबाट, पुस्तकहरूबाट परिचित भइरहेकै हुन्छन् । … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

नियात्रा : नाङ्गा पहाडका कथा

~दामोदर पुडासैनी ‘किशोर’~ फरक हुनुपर्छ प्रत्येकको पहिचान। बेग्लै परिभाषामा बाँच्दै छन्, रङ्गीन पहाडहरू जिजीविषाका। मैले सानैदेखि देखेँ- पहाडहरू भनेपछि रूखबिरुवाहरू हुन्छन् नै। हरियोपरियो र खेतीपाती हुन्छ नै। सके पोखरी र कुलाहरू होलान्, घाँस-स्याउला गर्नेहरू गीत गाइरहेका होलान्, बाली लगाउने, हुर्काउने … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : अनगिन्ती कथाहरू

~लामा दोर्जे पासाङ~ म कति लेखूँ विक्षिप्त मनहरूका वेदनाको कथा चुहिएका छानाहरूको, बगाइएका बस्तीहरूको बर्दिया र जाजरकोटको निको नहुने घाउहरूको अनगिन्ती कथा कथाहरू पढ्नु पनि त पर्छ म कति पढूँ

Posted in कविता | Tagged | Leave a comment

कथा : श्वेत उपत्यका

~अनुपम रोशी~ तपार्इंलाई थाहा छ, यहाँ मानिसहरू कसरी मर्छन् ? यो रुख, त्यो पहरा, तल बगिरहेको नदी वा यी छाप्राहरू, त्यो गाउँ, त्यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मानिसले आफ्नो शरीर सजिलै सुिम्पन्छन् । कोही झुन्डिन्छन् । कोही फाल हाल्छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उपहार

~विष्णुकुमार श्रेष्ठ~ अञ्जली भरी फूलका थुंगा तिमीलाई उपहार । उपहार मेरो खुसीको संसार तिमीलाई उपहार ।। यो नीलो आकाश जति म देख्छु तिमीलाई उपहार । म खेली हिडने पाखा र चउर तिमीलाई उपहार ।।

Posted in कविता | Tagged | Leave a comment

बाल कथा: निमाको अनुशासन

~भोला दुलाल~ शनिबारको छुट्टी थियो। निमा,पासाङ,राजु र उर्मिला बुढानीलकण्ठ स्थित शिवपुरी डाडामा रहेको गुम्बामा घुम्न जाने सल्लाह गर्छन। “भोलि बिहान चाडैं आउँ है सबैजना!” राजुले भन्यो। कतिबेला जम्मा हुने हो हामीहरु?” निमाले सोधी। ठीक आठ बजे हामी सबै नारनथानको बसपार्कमा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : स्वास्नी

~मधु श्री~ “….बिक्रम तिम्रो अफिस छुटेपछि अन्त जानु त छैन नि ?” “छैन” “उसोभए मलाई लिन आउ है । आज बैठकमा अलि ढिलो हुन सक्नेछ । धेरै एजेन्डसहरुको छिनोफानो गर्नु छ ।” “सक्दिन म । सधैँ के को मिटिङ नि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : के दिएकी थियौ तिमीले ?

~प्रनिता शर्मा~ “खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विछोड !!!

~अर्जुन उपाध्याय~ यतै कतै हुरि रहेछ सम्झनाको खरानी तिम्रो त्यसै बाट बनेर बर्ष आएछ श्रावण मेरो पिई त्यो वर्षातको पानी रगत झन बलियो भो

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय को बाटो

~रितु खनाल~ न्याय को बाटो मा देखाऊ हिडेर तिमी यो देश तिम्रो हो , बन्नु पर्छ नेता तिमी दुनियाको रिति , भन्नु हुन्न कसैलाई तिमी सत्यता को बलमा सधै अगाडी बढ्नु तिमी

Posted in कविता | Tagged | Leave a comment

यौन कविता : अर्ग

~पुष्कर लोहनी~ सम्पूर्ण आफूलाई चोखो राखेर अझ चन्द्रमालाई साछी उत्तानो पारेर थापेको अर्ग यौटा लामो केरा छोरो पाउने रहरमा लोग्नेलाई प्रसाद ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चटक र क्रान्ति

~नर्मदेश्वर प्रधान~ त्यस जादुगरले झोलाबाट क्रान्ति झिक्यो… भोटो जात्रामा भोटोलाई झैँ उसले चारै कुनाबाट देखायो…. म विस्मित,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा सपना छन्

~इश्वरवल्लभ~ म भित्र फूलझै फक्रिरहेका सपना छन् म तिमीलाई दिन सकूँ हरेक हरियालीबाट सरसता टिपी तिमीलाई सुम्पन सकूँ कि मेरो निम्ति एउटा गीत बनोस् तिम्रा कोमलताहरूले,

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाहरु स्वतन्त्र हुन खोज्छन्

~इश्वरवल्लभ~ म एकफेरा निर्लिप्त हुने मन गर्छु ती अँध्यारा कोठाहरुझैं, जो सधैं कुनै बेस्यहार परेको – परिवेश जिउँछ, तिमीहरु भन्छौ, ती अघिल्ला झ्यालहरु पनि अनुहार हुन्, जस्तै बगिरहेका खोलाहरु, जस्तै अल्झिरहेका बार्दली र झ्यालहरु, तिमीहरुले जस्तै,

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~रामगोपाल आशुतोष~ सफलताको पहाड झरेर पीडाको नदी तर्नु आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु विश्वासको छाताबाट छलको छुरी मुटुमाथि तपतप खस्दा रगत जमेको घाउ सिएर बाँच्नु कठिन हुँदो रहेछ

Posted in कविता | Tagged | Leave a comment

‘इखालु’ रमेशका पाँच हाइकु-सेन्र्यू

~‘इखालु’ रमेश~ १. डुबेनी चन्द्र उषाको आगमन संघर्ष गर २. भुलेर पिडा संघर्ष हो जीवन मन सम्हाल

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कविता : प्रश्न ?

~देवब्रत घिमिरे~ उत्तरविहिन जीवनका प्रश्नहरूले प्यसा मच्छर झैं कान वरिपरि रन्थनिएर कोलाहल मच्चाइदिँदा समाधानका प्याट्ट प्याट् लबटाहरूले प्रत्येक असफल प्रयास आफ्नै गाला नमिठो चहर्याेइदिन्छन्। एकान्तले एउटा कोलाहल मच्चाएजस्तो

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : समालोचनाकी देवी

~सेवा भट्टराई~ लक्खीदेवी सुन्दास, २५ जेठ १९९१ – ३० साउन २०७६ । कोलकातामा जन्मिएकी लक्खी (बङ्गाली भाषामा लक्ष्मी) कालान्तरमा नेपाली भाषाको साहित्यमा सरस्वतीकै वरदान बनिन्। हँसिलो अनुहारमा सेतै फुलेको कपाल, लर्बरिएको बोली र धुमिल स्मृति । मैले दुई वर्षअघि सिलिगुडीको … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment