Tag Archives: nepali literature

कविता : काठमाण्डौ

~स्नेह सायमी~ काठमाण्डौ नदेख्दै ऊ जब काठमाण्डौ सुन्छ काठमाण्डौ सपना देख्छ काठमाण्डौ कल्पिन्छ ऊ आफै काठमाण्डौ नैं काठमाण्डौ हुन्छ र काठमाण्डौ हेर्ने अवसर खोज्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झझल्को

~रेणु राई~ मृत्यु, यो शब्द किन लाग्छ मलाई अति घृणा जीवनको प्यासी छु, मेटाउने कहिले तृ्ष्णा घाईते बघिनी झैं म गर्लम्म ढलेकी छु उठेर हिड्ने चेष्टा म गरिरहेकी छु

Posted in कविता | Tagged | Leave a comment

गजल : घाम भनी थापे

~भुपेन्द्र महत~ राप हो कि ताप,जे भए नि घाम भनी थापे छानै जलाई सेकाको अन्न माम भनी थापे मल र जलको भलले थिचिएकी गंगा मन्दिरको किनरा पुगेछी,धाम भनी थापे

Posted in गजल | Tagged | Leave a comment

गीत : बिर्सेंर आफ्नै ढुकढुकी

~देव बहादुर थापा मगर~ बिर्सेंर आफ्नै ढुकढुकी म अन्त कहाँ जाउँला बिश्वस गर हे प्रिय मेरी म चाडै आउँला सजौला केश फुल बनि लाली बनि आहार चुरा बनेर नारी अनि गजल बनि नजर सिन्दुर बनेर तिम्रो उजाड सिउदो सजौँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ

~निर्मलमणि अधिकारी~ (१) सुप्रिया ! आऊ आज एउटा पुस्तक पढौँ — त्यही पुस्तक, जुन भुलेको थिएँ मैले उहिल्यै पढूँला भन्दाभन्दै — आऊ हामी आज पढौँ तिमी र म मिली — उही पुस्तक । (२) छोरी !

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : सूक्तिसिन्धुका सय वर्ष

~पद्मा अर्याल~ आऊ प्रिय! नगर बेर भनी मलाई राखेर काखबीच हात दुवै समाई ती लाल ओठ मुखनेर पुर्‍याउनुभो लौ भन्न सक्तिनँ म ता पछि कुन्नि के भो? पछि जरुर केही भो! यो त्यही कविताको अंश हो, जुन कविताका कारणबाट आजभन्दा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : सखा ! जून र घाम पनि हौ तिमी

~डा. वानीरा गिरि~ भन्नेहरू त कतिसम्म भन्छन्‌ भने- तिम्रो हृदयको नदेखिने पानामा सम्भवत: एउटा प्रणयी-अक्षर कोरिएको थियो रे ! कुन हौ त्यो अक्षर ? के हो त्यो अक्षर ? को हो त्यो अक्षर ? तिमी स्वयम्‌को खोज त होइन त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर-स्तुति

~लेखनाथ पौड्याल~ जय जगदीश्वर ! जय अविनाशी जय जय भगवन । करुणाराशि । शक्ति छ प्रभुको अपरम्पार घुम्दछ जसमा सब संसार ॥१॥ जलचर, थलचर, ग्रहगण, तारा सूर्य लगायत सुर, मुनि सारा । केवल प्रभुको करुणा पाई गर्छन् निज-निज कर्म रमाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : कथा लेखन थालेका छौ

~टेक थजाली मगर~ हामी पनी देशको कथा लेखन थालेका छौ जिन्दगीका लोडसेडिङमा दियो बालेका छौ देशको लागी बाँच्नुपर्छ देशको लागी मर्नु पर्छ बन्दुकको होईन लडाई बिचारको लड्नु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिमीले सिकाएको क्रान्ति

~खगेन्द्र विष्ट~ बन्दुकका नाल तेर्साएर आफ्ना अभिष्टताहरु खोज्दै पहाडका कुनाकाप्चा र तराइका गाउँमा अधिकारका नाममा निर्दोषका सम्पतीमाथिको पहिलो हमला

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : बुख्याँचा

~सत्यजित रे~ अनुवाद : खगेन्द्र संग्रौला उनीहरू पनाघरमा पुग्न लागेका के थिए, मृगान्कोबाबुको आशंकाको पुष्टि भइहाल्यो। उनका कारको पेट्रोल सकियो। निकै समययता पेट्रोल देखाउने यन्त्रले राम्ररी काम गर्न छाडेको थियो। आज बिहान बाटो लाग्नुअघि उनले यो कुरा उनको चालक सुधीरलाई … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

बाल कथा : झाँक्री हैन अहेवा

~नेत्र तामाङ~ दावा र उसका बा पासाङ चिहानघर कुरिरहेका छन् । चिहानडाँडामा चकमन्न अध्याँरो छ । बेलाबेला चिसो स्याँठले माझघरे झाक्री बा जलाएको चिहानघरबाट केही झिल्का आगो उड्दै खरानी बन्छ । दावाले मोबाइलमा हे¥यो, १२ बज्नै लागेको थियो । चिहानडाँडाको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : तिम्रो तस्वीर

~अनमोल पीडित खालिङ~ अतितको ब्यथ यो मुटुमाझ मैले साँच्न सकिन बियोगको कथा साँचेर एक्लै मैले हाँस्न सकिन! खोला बनी बग्छ जीवन मैले एक्लै छेक्न सकिन आँशु बनी झर्छ जीवन मैले एक्लै रोक्न सकिन!

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बाँसुरी बजाइराख

~ज्ञानुवाकर पौडेल~ निरोले झैँ बाँसुरी बजाइराख हो, देशलाई यसरीनै जलाइराख । को आफनो यहाँ अब को पराई ?

Posted in गजल | Tagged | Leave a comment

कविता : भो मलाई चाहिंदैन घुम्ने कुर्सी

~शोभित नेपाल~ कसैले दान दिएको बाहिरकाहरूले मान दिएको ‘असल छिमेकी’ ले पिठ्युँमा धाप मारेर सम्मान दिएको दुई ठाउँमा हारेकाले लाजमर्दो उठान पाएको दुई ठाउँमा जितेकाले दुःखलाग्दो बैठान खाएको भो चाहिंदैन मलाई घुम्ने कुर्सी !!

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश अँध्यारो नै छ

~जिबीहाङ राई~ गुन्द्रिबाट पलङमा सरेपछि त निन्द्रापनि राम्रै लाग्दो रहेछ क्यारे !! डसनामाथि शिरक ओढेपछि त सपनापनि राम्रै देखिन्छ क्यारे !!! बार्दलि उक्लेपछि कुन्नी आकाशमात्र देखिन्छ क्यारे !!!! कौशिमा चढेपछि त भुइतलाको चिसो थाहा हुँदैनकी कसो ??

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो हो यो मेरो

~गणेश पुर्बछाने मगर~ कस्तो हो यो मेरो जीवन को बेदनारु जहा एकै थोपा पनी सुखको आशु छैन कस्तो हो यो मेरो जीवन को सुरुवात जून यो मस्तिस्क मा कुनै लक्छ्य नै छैन । कस्तो हो यो मेरो जीवनको इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिनको शुभकामना छोरा

~रेखा पन्त~ खुशी त्यो दिन पनि थिएँ उत्तिकै जब निस्कन्थे खादै नखाएको खाना शरीर तातो अनुहार रातो भएर दुर्गन्ध मिश्रित बाँकी हुन्थ्यो त केवल रित्तो आमाशय !! रित्तो आमाशयमा भरिभराउ गर्भाशय आपसमा ठोक्किदा निस्कने मधुर धुनमा महसुस गरेकी हुँ कयौंपटक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो पवित्रता?

~तिर्थराज जोशी~ सुन् गोठाले सुन्। अनि भन्! म अब कसरी तेरि रहिन? कसरी? पवित्रता के हो तैँ भनिदे मलाई? यदि कुमारीत्व पवित्रता हो भने

Posted in कविता | Tagged | Leave a comment

कथा : कलियुगका जोगी

~डा. एकप्रसाद दुवाडी~ केही वर्ष पहिले गगन गैरे उर्फ कमल लुम्बिनी विकास समितिका अध्यक्षका हैसियतले न्युयोर्क गएर संयुक्त्त राष्टसंघका तत्कालिन महासचिवसंग भेटेर नेपालको तर्फबाट अन्तराष्ट्रीय सयोग जुटाउन जोडदार लबिङ गर्न सफल भएका छन् । महासचिव बान कि मुनसंगको भेटमा उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आउँदै छु है भनी

~शीतल शर्मा~ धेरै पटक निम्ता दियौ आउँदै छु है भनी । दुविधामा परिरहें होइन जस्तै मानी ।। लगातार सायरीका वर्षाहरु वर्षे । करै लाग्यो स्वीकार गर्न आफ्नै जस्तै मानी ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : झल्को

~आनन्द पौड्याल~ धेरै समृद्धिबाट प्रभावित हुँदै जाँदा, अरुको उन्नतीदेखि नतमस्तक हुँदै, मातृभूमिको पूर्व झल्को दिन्छु मैले, उच्च समृद्धि हेर्न आतुर हुँदैछु आज म, ज्ञान बुद्धि र सीप विकास निम्ति, निरन्तर अघि वढ्ने प्रण गर्दै,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मातृत्व

~शोभा गुरुङ्ग~ गोफ्ले कुकुरलाई अति मन पराउथ्यो। कुकुर पाल्ने साह्रै हठ गर्न थाले पछी गोफ्लेकी आमा डोलमायाले एउटा कुकुरको छाउरा ल्याई दिईन । गोफ्ले साह्रै खुशी भयो । संगसंगै खेल्ने, खाने, सुत्ने, बाहिर घुम्न जाने गर्थ्यो । घरका सदस्य गोफ्ले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : नेपाली बनि मर्नेछु देशमा

~इलामेली टीकाराम दुलाल~ देशको खातिर् नेपाली बनि मर्नेछु देशमा तिर्नलाई भारा बीर् गति प्रप्त गर्नेछु देशमा भोलीका पुस्ता स्वतन्त्र बनि हासेर जिउनेछन् शान्तिको शन्देश उजागर गरी छर्नेछु देशमा

Posted in गजल | Tagged | Leave a comment

विचार मन्थन : समय “सत्य कि झुट”

~भरत खत्री~ उकाली निस्कदै गरेको बुवाले सिरको टोपी हातमा समात्दै चौतारीमा थयाच्च बस्नु भयो । पुरानो कोटको खलतीमा हात राख्दै, पुरानो झुत्रो कुसुमे रुमाल निकाल्नु भयो । कपालका कापा बाट निधार हुँदै मुख तर्फ झर्दै गरेका पसिनाका ढिक्का पुछ्दै यसो … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : ईश्वरको अदालतमा बयान

~राजेन्द्र तारकिणी~ गरिखानु जत्रो ठूलो अपराध शिरछेदन गर्नु होइन ! ईश्वर, म अपराधी थिएँ ! मरन्च्याँसे आइमाईको पेट च्यातेर जबरजस्ती लोकमा छिर्नु पहिलो अपराध थियो चुहिने छानामुनि भोकले आन्द्ररा खोतलेपछि

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मुसी नाटकको समीक्षा

~मुकुन्दप्रसाद शर्मा~ क) नाटक पूर्वकथन पुसले दुर्गम पहाडको कुनाकन्दरा ठिहिर्‍याइरहेको बखत पहाडी जिल्ला रुकुमको तापक्रमको पारो भने एउटा समाचारले उकालोतिर लागिरहेको थियो । त्यो थियो मुसिकोट राज्य स्थापना सम्बन्धी कथानकमा आधारित रही साहित्यकार पूर्ण ओलीले लेखेको मुसी नाटक  छिट्टै प्रदर्शित … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

नियात्रा : वीरताको इतिहास दर्साउने स्थानबाट

~आविष्कार कला~ घुम्नु आफैमा रमाईलो मात्र होइन , घुम्नु कोठामा बसेर अध्ययन गर्नु भन्दा ज्ञान हासिल गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । घुमाई आफैमा मलाई एक उत्साहजनक कार्य लाग्दछ । मलाई घुमाई बालपनदेखि नै रमाइलो लाग्दथ्यो । जुन दिन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : पिंजडा रहेछ

~छविलाल खड्का~ जागिर भन्नु त केवल, पिंजडा रहेछ गणेश प्रवृत्तिको मात्र, अखडा रहेछ । गणेश गणेश रहे , कुमार कुमार नै नियम कानून त मात्रै, बखेडा रहेछ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : अस्मिताको अस्मिता

~सिमियोन रोक्का~ अनुत्तरित हजार प्रश्नहरु हुन्छन, जस्को बर्तमानमा कुनै जवाफ हुँदैन । अपवादमा कसैको बिगत राम्रो होला तर अक्सर नराम्रा बिगतले बर्तमानमा अप्ठ्यारा प्रश्नहरु खडा गराइ राख्छन । जस्को उत्तर कहिले पाउनै सकिन्न त कहिले उत्तर, असाधारण र अनुपेक्षित हुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : धेरै मन्दिर धाएकोछु

~डा बच्चु कैलाश कैनी~ तिमीलाई पाउन मैले धेरै मन्दिर धाएकोछु बदलामा मैले यहाँ तिमीलाई पाएको छु । सुख दुख आउँछन् जान्छन सबै भोग्नु पर्छ तिमी मेरी मनको देवता मैले ढोग्नु पर्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भिजिट नेपाल

~दिल थापा~ ऋतुहरुले प्रकृतिको रङ्गहरू प्रयोग गरेर मेरो देशको हिमालहरुमा तराईका फाँटहरुमा अनि हिमाल र तराईको न्यानो मायाँ पाएको पहाडहरुमा मनको आँखालाई खुसी बनाउने द्श्यहरु कुँदि रहन्छ ।

Posted in कविता | Tagged | Leave a comment