Tag Archives: kabita

कविता : अलबिदा महम्मद अली

~प्रकाश सुनुवार ‘निराकार’~ सद्भाव र सदाचारको खेलमा क्यासिस क्ले भएर खेल्यौ अनगिन्ती खेलहरुमा विजय हासिल ग¥यौ तर कट्टर रंगभेदीहरुको नजरमा क्यासिस क्लेलाई हेर्ने आँखामा परिवर्तन आएन शोषणको श्रृंखला यथावतै रहयो तिम्रो जीतले

Posted in कविता | Tagged | Leave a comment

कविता : सोचको भूकम्प र परकम्पन

~प्रणिका कोयु~ कोही घर र पहराहरुसँगै ढले कोही सडक र गराहरुजस्तै चिरिए कोही डरसँग साहस साटी उत्रे सुस्केरालाई सुसेलीमा बदल्न तिमीले चाही के गर्यौ? ए छाँया भन त तिमीले के गर्यौ? ए छाँया तिमीले सोच्यौ आँशु बगाइदिने हो अझै झुत्रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : तिमीले

~कुन्दन काफ्ले~ वैशालु नजरको पासोमा पारी, कायल बनायौ लजाई तिमीले । म भोको मायाको के नै गर्न सक्थें, बादल बनायौ गलाई तिमीले । प्रेममा अन्धो भएर गएसी, घायल बनायौ रमाई तिमीले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा कलम र युरोपका देशहरु

~मनीषा अवस्थी~ म भोकै छु हिजो र अस्ती देखि नै जानी जानी आफैलाई सास्ती दिने अनौठो रहर जागेको छ । हो म चिन्तनमा छु त्यो दिन देखि जुन दिन मैले थाहा पाएँ मेरा कलमहरु कमजोर भएको मेरो देशमा छरपष्ट मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पित्कासन

~शरद पाैडेल~ अटेन्छेन (एटन्सन) ठन्डेईच (स्ट्यान्ड इजी) एक कदम अागे मारकस तरफ । दाे कदम अागे साेसलिष्ट तरफ । बट, नाे काेइसन्स । अाधा घुम् लेनिन तरफ । अाै पूरा घुम् ख्रुस्चेव तरफ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दोधार

~सिर्जन अविरल~ कमरेड ! आज तपाईँकै चुनाव चिह्न बोकेर अपरिचित झैँ उभिएको छु, आफ्नै द्वारमा खालि गोडा डुलिरहेको छु गाउँगाउँ बाँडिरहेछु तपाईँकै सपना र, लेखिरहेको छु तपाईंको नारा बोल्दै हिँडेको छु, तपाईंको भाषा तपाईंको गाडीले उडाउँदै आएको धूलोले

Posted in कविता | Tagged | Leave a comment

कविता : बुबाको जुत्ता

~नारायण पोखरेल~ धेरै रिसाएर म घरबाट निक्लिएको थिएँ यति रिस थियो कि गल्तिले मैले बुबा को जुत्ता लिएर हिँडेको थिएँ । म आज बस् घर छोडिदिन्छु , र तब फर्कन्छु जब म ठुलो मान्छे बन्छु । जब मोटरसाईकल किन्न सक्दैनन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिलासी मन

~यशोदा अधिकारी~ वास्तविकता नबुझने मान्छ लाटोकोसेरो जस्त पीडाले छट्पटाउँछ समयलाई नबुझने मान्छ विना औचित्य झयाउँकिरीजस्तै चिच्याउछ अँध्यारोलाई उज्यालोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हिँड्नुअघि

~सुको साइबर~ घामले पोल्न सक्छ पानीले निथ्रुक्कै रुझाउन सक्छ बाटोमा धुलो उड्न सक्छ बाटो हिलो हुन सक्छ बाटो हो कसैले

Posted in कविता | Tagged | Leave a comment

कविता : आँधी चलिरहयो

~लेखनाथ काफ्ले ‘राजन’~ आँधी चलिरहयो म पनि त्यही आँधीसगै लम्किये आँधीलाई रोक्ने बाधकहरुलाई तर्साये आँधीको जयजयकार गर्दै मासपेशी र रक्तपिण्डहरु चपाये आँधीले खरको छानोहरु उडायो मक्किएका खम्बाहरु भत्कायो

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको मान्छे

~विनोदविक्रम के.सी.~ सडक किनारका खोरण्डा बिम्बहरूसँग ठोकिन्छ (ऊ आफैँ पनि त प्रताडित प्रतीक हो यौटा) त्यसो त कविताको मान्छे जेमा पनि, जोसँग पनि ठोकिन्छन् धेरैजसो चामल, पहाड र दाल पहरोसँग ठोकिन्छ र, झ्¥याम्म फुट्छ त्यसैले त अचेल अखबारहरू कविताको मान्छेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : जती चुम्यो

~दिलिप योन्जन~ जती चुम्यो उती मिठो, पिपल पाते ओठ तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग ! जति हेर्यो उती राम्री, चन्चले तिनको रुप मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : गुलाब

~सत्यमोहन जोशी~ तीखा काँढा सब छ यसका, ‍चिर्न हर्दम् तयार । हावा चल्दा सिर सिर गरी, पातको हुन्छ मार ।। हाँगा नाच्छन् फर फर चली, कोपिला फेरि हाँस्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परालको त्यान्द्रो

~केदारमान व्यथित~ गौंथलीले खसालेको म हूँ त्यान्द्रो परालको, परन्तु नटुवा हूँ म असीमित अकासको ! हुरीको नै इशारामा जीवनबाट नाचको प्वाँख फुकी अकासिन्छ झर्ना झर्दछ गीतको !

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसेको साहित्य सागर

~लेखनाथ पौडेल~ १ कोही वायुकुमार तुल्य बलिया गर्छन् ऊडी लङ्कन कोही बन्धन हाल्दछन् नभसरी ढुङ्गा मुढा लीकन । कोही अङ्गद नील झैं घुमी घुमी आलोचना गर्दछन् सीता निश्चय भेट्दछौं भनि कुनै आनन्दमा पर्दछन् ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : किन

~करिश्मा तामाङ~ जनताको आवाज सम्बिधानमा लेखिएन किन ? भुकम्प पिडित राहत सबैलाइ बाँडिएन किन ? देश द्रोही र बलत्कारिलाइ मृत्य्दण्ड दिइँदैन किन ? बृद्व– वृद्वालाइ सुरिक्षित आश्रममा राखिन्न किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चेलीबेटीमाथि अत्याचार

~सक्षम अर्याल~ किन बेच्छन् मानिसहरूले आफ्नो चेलीबेटी आफ्नो मान, मर्यादा र सबै इज्जत मेटी काम दिन्छु भनी लैजान्छन् ठूलो शहरमा पैसा कमाउाछु भनी जान्छन् ठूलो रहरमा चेलीबेटीहरू लिएर जान्छन् कति ठूलो आश

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हामी सप्रेको नेता

~वैद्यनाथ ठाकुर~ जनतालाई जे चाहिन्छ लेओस् हामीतिर चोर औंला नउठाओस् विकृति विस·ति फुलोस फलोस् शहीदको सपना सबले भुलोस् नारा क्रान्तिकारी, काम जनतामारा देशभन्दा पनि पद, पैसा प्यारा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कला चाहिदोरहेछ

~इन्दिरा थापा~ कसैको आदर्श लाग्छ ओइलिएको फूल जस्तो कसैको सिद्धान्त लाग्छ च्यातिएको झुल जस्तो कसले गर्ला यो समाजको हित

Posted in कविता | Tagged | Leave a comment

कविता : काे हाे प्रेम दिवसकाे आविष्कारक ?

~विक्रम पवन~ कसरी बिर्सन सक्यौ अतीत जुनदिन तिमीले मलाई गम्ल्याङ्ग अंगालो हालेकी थियौ र टोकेकी थियौ बिहानको कलिलो घामले फूलहरूलाई नचुम्दै मेरो ओठ ।। *** को हो प्रेम दिवसको आविष्कारक ? जो कि सधैँ मेरो दृष्टिबाट बाहिरिन्छ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : देशमण्ड टुटुको दृश्टिबाट काठमाडौँको नेवा:लाई हेर्दा

~शंकर लिम्बू~ उनीहरु रित्तो हात, मित लगाउँदै आए, हामीले मित छोरा त छौरा नै हो भनी पाल्यौँ पोस्यौँ । उ लक्का जवान भएपछि…. हामीले इन्द्रजात्राको पर्व मान्दै गर्दा, हामी निहत्था भएको बेला खुँडा र तरवार ल्याएर आए, हामीलाई जो हुकुम, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी महिमा

~सोम खनाल~ थामेर श्रृष्टी जगतै चलाइ बांडेर शान्ति सबको भलाइ सोच्ने कोही ब्यक्ति छ आज्ञाकारी भने तिनै हुन् शील-योग्य नारी । कस्तै कहरमा पनि हार नमानी कर्तब्यमा टिक्नु छ भन्ने ठानी लुकाइ पीडाहरू पन्ध्र भारी बाड्छिन खुसीका पल भद्र नारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो गुलाव रोपेकी छु

~निर्मला अवस्थी~ तिम्रो जीवनको हरेक पलमा खुशिहरु भरिदिन तिम्रा हरेक सुकार्यमा सफलताले चुमिदिन धेरै धेरै शभकामना साचेंकी छु नयां वर्षमा तिमीलाई दिन रातो गुलाव आफनै बगैचामा रोपेकी छु। जूनसंग अलिकति शितलता लिएकी छु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ

~अशोक ‘खलानको मान्छे’~ तिश बर्से १६ बर्से १०४ लाई जित्नु पर्छ जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ जन मन जित्नु भन्दा बुत्ले कुल्चि मार्नु पर्छ दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा अझै पनि सुधखोर् को नाममा … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अरण्य–रोदन

~अमर त्यागी~ आपसमा पराई छन् मान्छे कसलाई सुनाएँ यो छातीभित्र देश दुखेको पीडा सर्पहरू पालेर वरिपरि आफू सुरद्य्रिात हुनुको नियति संस्कृति बनेको बेला कसलाई सुनाएँ यो जिन्दगी नै दुखेको पीडा जति चिच्याए पनि सुन्दैनन् आजका सभ्य रावणहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड !! राष्ट्रियता आगोले जल्दैन

~मोहराज शर्मा ‘मोहबाबु’~ कमरेड !! तिम्रो अदुरदर्शिताको पराकाष्टा हो यो । आफ्नो स्वार्थका लागी माटो खल्बलाउन खोज्ने, आफै हिडने बाटो खल्बलाउन खोज्ने तिमी भित्रको लघुमानव तिम्रो आवरणले छोप्न सकेन ।। बिरता एकता र राष्ट्रियताको गरिमा भत्काएर बस्ति कुरुक्षेत्र बनाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामीको देश

~योगेश ढकाल~ देशको अर्को दुर्भाग्य यी काँधहरु लाश बोकेर मसानघाट झरिरहेकाछन् । कर्णालीको यात्रा गाउँहरु शुन्य छन् सपना बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद

~अरुणबहादुर खत्री “नदी”~ हे मेरा सहीद तिमी बाँचुञ्जेल आफैंलाई बिर्सिएर देसलाई बलियो बनाउनतिर लाग्यौ हे मेरा सहीद आफूलाई अलग्याएर रित्याएर तिमीले प्रजातन्त्रको गीत गायौ

Posted in कविता | Tagged | Leave a comment

छोक : घामजूनको प्रेम

~रुमानी राई~ वैंशले, धपक्क बलेकी जून रातभरी आकासमा चुपचाप रोइरहन्छे घामको यादमा र, रातको अन्तिम प्रहर घामले धर्ती चुम्नु अगावै

Posted in कविता | Tagged | Leave a comment

कविता : शाहजहाँको इच्छा

~लक्ष्मी प्रसाद देवकोटा~ क. यमुनाजलमा बज्दछ मुरली ! जलमा बुलबुल रुन्छन् पिलपिल ! रुन्छन् कलकल ! यो तटको, वन छाया छवियुक्त यौवन, यौवन ! दिवानिशाको छाया अङ्कित, वियोगमिलनको क्रीडाभूमि, वृन्दावन ! यो मिलनको रोइरहेको इतिहास ! याद रुँदाको बास ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो पहाड

~घिमिरे युवराज ‘कर्जुना’~ यो पहाड साह्रै छुच्चो छ हुनेखानेहरुको लागि यहाँ जति आनन्द छ कामगरी खानेहरुको लागि यो जिन्दगी पेरुङ्गेको चेपबाट हिंडे जस्तै हो । मजदूरी गरी खाने कयौं आदाङ्बेहरु साहुको भारी बोकेर मधेस झर्छन् कति मुग्लान पस्छन् । बाँच्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उपदेश

~श्रीराम पटेल~ अल्छी गरी नसुत साथी बिहानसम्म सारा शरीर गर सफा भएर टम्म जोडेर हात गर ईश्वरलाई प्रणाम सङ्कट हट्छ जसबाट यहाा तमाम आफ्नो आमाबुबाको चित्त कहिल्यै नदुखाऊ

Posted in कविता | Tagged | 1 Comment