Tag Archives: kabita

कविता : रामेश्वरको घर दरबारे झुपडी

~रामेश्वर पौडेल~ कसैले महल भन्छन् कसैले घर घाम पानीबाट बच्ने एकै छ भर कसैका भवन त दर्वार कसैका शान्तिःले निदाउछन् झुपडी घरका नाम जस्ले जे राखे नि काम एकै गर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : म वेश्या रे ?

~मुस्कान बोध~ म वेश्या रे ? मलाई कसले बनायो वेश्या ? के यही समाज अनि समाजका ठेकेदारहरू नै होइनन र ! मलाइ यो उपाधि दिने तिनीहरू नभइदिए के यो वेश्याको जन्म हुन्थ्यो होला र ? देख्नेहरूले मलाई नै गलत अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकारका नाममा

~किरण दहाल~ बसेर नयाँ आलीको डिलमा चोबलेर एउटा खुट्टा पानी भरिएको खेतमा म हेरिरहेछु– भर्खरै जोतेका आफ्नै गोरूका थकित मुहार र, आफैले कोरेका हलोका धमिला धर्साहरू फलाउनुछ यसपालि अलि बढि धान

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्वीसँग प्रेम

~मिरा आचार्य~ आउ पृथ्वी यो तिमीले मन पराएको शहर म यस शहरकी किशोरी तिम्रा बारेका कथा र किस्साहरु सुन्दा सुन्दै मेरो किशोरी मन तिमीलाई प्रेम गर्न पुगेछ एक अमिट प्रेम !

Posted in कविता | Tagged | Leave a comment

कविता : समय दुख्छ यहाँ बाट

~पूर्ण विराम~ यो समय चितुवाले चिथोरेको आभास लिँदै घाउ हेर्दै हिँड्नुपर्ने समय घाम फर्केको इतिहास नाङ्गा आँखा लिएर दुःखी हुँदै पढ्नुपर्ने समय तिमी आज पनि मेरा आँखामा लुक्यौ केवल बतास पोखेर दिन पनि लुक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन कविताजस्तो किन हुँदैन ?

~प्रमोद प्रधान~ म फूललाई हेर्छु र, फूलसँग जीवनलाई दाँज्छु; मभित्र एउटा प्रश्न उम्रन्छ— जीवन फूलजस्तो सुन्दर किन छैन ? नदी प्रवाहपूर्ण वेगमा बगिरहेको छ म जीवनलाई त्यही नदीजस्तै बाँचेको हेर्न खोज्छु;

Posted in कविता | Tagged | Leave a comment

कविता : दोभानहरु भेट्न

~नाकारा~ तिमी र म फरक फरक ठाउमा नजन्मेको हो भने कसरी बन्थ्यो र यो दोभान !? र , तयार हुन्थ्यो साझा लक्ष्य चुम्ने महान यात्रा !? भेट भएको छ – चलिरहने हावासङ्गै हिडिरहने बाटोसङ्गै बगिरहने नदिसङ्गै ए कान्छी ! नथाक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आर्यघाटमा केही लेखिरहेको छैन

~सुमन पोखरेल~ यस्तो बेलामा मान्छे आम मान्छे भए झोक्राएर बस्ने थियो कुनामा वा फाल हाल्ने थियो भीरबाट खोल्सामा वा एक गिलास पानी खाने थियो, धारामा थापेर । तर सबै म विशिष्ट हुन्छ त्यसैले म त्यसो गरिरहेको छुइनँ । यो बेलामा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना बगाउँ

~अमृत सिङ थिङ~ बाँजो खेतमा खसाउ तिम्रो पसिना सुनको वाला लहकिनेछ त्यहाँ भिर पाखामा पोखाउ तिम्रो पाैंरख लहरा बनि झाँगिने छ त्यहाँ जहाँ पसिनाको थोपा खस्नेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम :गंगामाया, उमेर: ५३ बर्ष

~योगेन पौडेल~ म गङ्गामाया बर्ष ५३, बेहोशीमै बर्बराउछु, आँशुले लेखेको मेरो कहानी आज तिमीलाई सुनाउछु। यो चीसो बेड भन्दा अली पर यो अस्पताल भन्दा अझै पर यी चीसा मनहरु भन्दा धेरै पर

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वास

~उपेन्द्र सुब्बा~ देउरालीमा सिन्दुरले रातै पोतिएर फूलपातीले छ्याप्पै छोपिएर एउटा ढुङ्गा देउता भएर बसेको छ। देउता ढुङ्गा पनि हुन सक्छ ढुङ्गा देउता पनि हुन सक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षर

~विधान आचार्य~ १ अक्षरहरूको जुलुस विचारको ब्यानर र नीबका प्लेकार्ड लिएर आएपछि अक्षर नरुचाउने भाषण र शब्दहरू हाहाकार गर्दै दौडिरहेको दृश्य हेर । २ देश सधैँ झूठको फसल खाँदैन देश सधैँ रगतको टीका लगाउँदैन देशमा मानिसहरू छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कुनै नाम छान्दैन

~श्यामल~ बुस, गोर्भाचोभ, तेङ वा राजीव गान्धी अहँ, ऊ कुनै नाम छान्दैन कुनै पनि नाम सद्दाम होस् चाहे कुवेतको अमीरको नाम होस् या अली खमेनीको

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्वामित् यस् गिरिधारिले

~भानुभक्त आचार्य~ ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी, यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी। ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ, मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।। बीस् साल् सम्म त ज्यान त्यान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाहिनेशक्ती

~विक्रम सुब्बा~ भ्यालेन्टाइनको रातो थुंगाका ओँठले मेरो निँधारको स्वाभिमान चुमेर तिमीले मायाको वीउ छरिदिएपछि मेरा मनका पातहरूमा टेकेर जवान मायाको भुवैभुवा फुलेकोछ ओँठका किरणहरू चुमेर तिमीले मेरो मुस्कानमा प्राण हालिदिएपछि दुई अधरका तरंगहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कविता अनशनमा छे

~बद्री पलिखे~ १. मेरी कविता पर्चाबाँड्दा र पोस्टर टाँस्दाटाँस्दै भागदौडमा पक्राउ परी । २. मेरी कविता हातमा प्लेकार्डबोकेर जुलुसमा नारा लगाउँदालगाउँदै पुलिसको लाठीचार्जमा सख्त घाइते भई।

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्रोह

~किरण दहाल~ बरालिँदा साँझपख यो सहरमा नदेखियोस् तिमीलाई ढल्न आँटेको कुनै राणाकालीन पुरानो घरजस्तो सम्झिराख्नु हरहमेसा– सहर आधुनिकता मन पराउँछ कुनै ब्रान्डेड स्प्रे छरेर बास्नादार फूलजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : लु त जवाफ देउ

~बी .पी. बजगाईँ~ ए राज्य सत्ता! मलाई थाहा छ, तिमी हाम्रो मृत्युको उत्सव मनाउने तयारीमा लागेको छौ, यहाँ भेला भएर हामी तिमीलाई नयाँ आकार दिने तयारीमा लागेका छौं| हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शशि शाहका घोडाहरू

~मदन राई ‘लामाखुले’~ ऊ उड्छ आकशमा ऊमाथि घोडा चड्छ करेली खैंचेर घोडाले उस्लाई दौडाउछ् हातमा कुचिको सिर्कना लिएर शसी शाहको टाउकोमा दुख्ने गरी हिर्काउछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : हावा

~बिमल गुरुङ~ अहा ! कति मिठो हावा चलिरहेछ बहोस् … बहिरहोस् … युगयुगसम्म जुगजुगसम्म आजकल गरम दिउँसो कत्ति साह्रो अनुभब हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बलात्कार

~प्रज्वल अधिकारी~ केही जड्याहाहरू दिनदहाडै भट्टी पसेर रक्सिको इज्जत लुटेर निस्केका छन! स्खलित भएर निस्केका उनीहरुको- होस हराएको छ शरीर बेहालत हल्लिएको छ कोहि नग्न सरि छन कोहि छाद्दै छन

Posted in कविता | Tagged | Leave a comment

कविता : टोपीका कुरा

~मोहन बन्जाडे~ तिनका क्राउन र सेता टोपीले कति युद्ध रचे, ग्यास च्याम्बर लादे सभ्यता सके , भाषा बिर्साए संस्कृति, संस्कार मासे सम्पदा नासे सम्पति लुटे खै अफ्रीकी र माया सभ्यता

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आलोक

~प्रह्लाद पोख्रेल~ १. मान्छेले जब भोग्नुपर्छ सहसा अत्याउँदो वेदना चिन्ताको चुचुरो चुलिन्छ जहिले खुस्काउँदै चेतना यात्रामा तब हिँड्नुपर्दछ उँभो हेर्दै गुराँसे वन यात्रा गर्न जुराइए सहजमै बन्ने मनै कञ्चन । २. छन् छाँगा छहरा कतै मनहरा चौडा सफा पोखरी पीडा, … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : राष्ट्रिय वियोग

~हुमाकान्त आचार्य~ आपत्ति पर्‍यो विपत्ति पर्‍यो पर्‍यो नि बज्रपात भन्दै रुदैछिन नेपाल आमा खोज्दै लौ हाम्रो साथ यो काख लुट्यो, सिन्दुर पुछियो

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध आमालाई

~एम. वि. बुढा~ आँगनीमा नखोज्नु आमा मेरो अर्कै संसार छ आफ्नै छेउ नडाक्नु आमा लडाइँको संघार छ । बाटो छेक्ने हैन आमा पुगिसके मेरा मित्र छैन मुक्ति यहाँ आमा पुरानो उही जन्जिरभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : भन पण्डित्

~कमल कुमार~ भन पण्डित् फलाकेर क्लिष्ट मन्त्रहरु कति बालिकालाई पढ्न सिकायौ? घिउमा मुछेका अन्नका दानाहरु होमेर अग्नी देवतालाई कति भोकलाई शान्त पार्यौ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–२

~गोविन्दप्रसाद आचार्य~ खान नपाएजस्ता तिम्रा दूतहरू जो–कोहीसँग एक गिलास चिया माग्ने गर्छन् कस्ता दूत पालेछौँ यमराज ? कहिल्यै अन्न नदेखेजस्ता सुकिला पोशाकमा रूमाल ओछ्याएर सडकमा माग्लान्जस्ता तिम्रो भाँडा माझ्न पाउँदा फुल्ने दूतहरू तिम्रो ठाउँ पाए कस्ता होलान् यमराज ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवित अभिभावकको टुहुरो म

~रमेश भट्टराई ‘सहृदयी’~ १. मेरा बाबा आमाको प्रेमिल अनन्य सपनासँग म पहिलो भविष्यको कल्पना सागर…. कैयौँ रात म गृहकार्यका पानासँगै मेरो भाग्य रेखाका गन्थन सुन्थेँ म मुक थिएँ सायदै तर, मेरा मगजले बेलवज तर्कना पस्किरहन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : ओत लाग्न कहाँ जाऊँ ?

~निर्मोही व्यास~ ढले आदर्शका मेरा सहारा बर-पीपल ओत लाग्न कहाँ जाऊँ ? कहाँ तापूँ म शीतल ? दधीची-शिविका निम्ति छन् ताता झीर आज झन् पासो थापेर जो चारो छर्छन्, ती दानवीर छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : चर्किएको घर

~अनुष्कर पुष्कर गुरुङ~ पोथ्रा पोथ्रैले पोतिएको पात्रो घर पत्ता र पत्तकरको पतारिंगेको पात्रो जस्तो रनेको चर्किएको घर छ त्यो घरमा के छ भनेर हेर एउटा थाल ,एउटा बटुको र एउटा ग्लास भूइमा लड़ेको छ कालो मोसोले रंगिएको कराइ , डेक्चि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐतिहासिक मुकुन्डो

~अनुप जोशी~ सबैभन्दा सजिलो हुन्छ कहिल्यै नदेखेको अनुहार सम्झिन जुनको चमकता लेपेर उज्यालै उज्यालो छरिदिए पनि हुन्छ फूलको कोमलता मिसाएर मनैभरी सुम्सुम्याईरहे पनि हुन्छ हुन्छ-कल्पनाको क्यानभाषमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~अनिल श्रेष्ठ~ जिन्दगी म जिन्दगी जिइरहेको छु म जिन्दगी महसुश गरिरहेको छु म जिन्दगी खोलाझैं बगिरहेको छु समुन्द्रको मझदारबाट म जिन्दगी किनारा पु-याउने कोसिशमा छु जिन्दगी शब्द मै ज्यान भरिएको छ यसैमा सबै बाँच्न चाहिरहेको छ यसैलाई सबैले खोजिरहेको छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment