Tag Archives: kabita

कविता : माल्दाइको अभिवादन

~राजकुमार बराल~ म सानो छँदा “हा’ले कुसाबे?,” “आता’न् केबेक्पा?” भनेर जिस्काउने हाम्रा गाउँका माइला दाइ, अहिले त, बेंसीतिर बसाइँ सरेछन् । खै किन जान्न खोज्थे उनी, मेरो नालीबेली । पोहोर साल घर जाँदा भेट्नै पाइएन उनलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नौलो कथा

~सन्तोष आचार्य~ म कथा लेख्न बस्छु, कथाको पाटो छिचोल्न खोज्छु, नायकलाई स्थापित गर्नखोज्छु, तर नायक मान्दैन, थकित स्वरमा उ इन्कार गरिरहन्छ। उता खलनायकले मलाई धम्काईरहेकोछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो चुरिफुरि

~केपी अनमोल~ दसैँ कति भड्किलो, हेर न ! छिमेकीको मन दुखाई रहेछौँ । चाड नि यसरी मनाउँछन् र ? यसमा त, सबै खुसी हुनुपर्छ । जुम्लामा, चामल छैन, बाजुरा नुनै छैन , उनको पनि त दसैँ हो नि, फेरि अस्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिले काँही

~श्रीजना राजबहक~ कहिले काँही म भेटिन्छु त्यही चौतारा मा तिमी त आउँदैनौ तै पनि कुरी रहेको हुन्छु भिड मा पनि एक्लाई हुन्छु तै पनि सही छ मेरो जिन्दगी साँच्चै नै सही छ याद तिमीलाई मेरो नआएर होला

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : जुनेली रूप

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी । विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति ! इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !!

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : पशु जात्रा

~रजिन पनेरु~ शहिदको छातीमा गाडेर तीखा नङ्ग्रा एक हुल गिद्धहरु रगत चुसेर मासु लुछिरहेछन् र चोइट्याइरहेछन् चुच्चाले अङ्ग अङ्ग । १

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्याक

~श्रीपुरुष ढकाल~ केटाकेटी छँदा मेरो बुबाले भन्ने गर्नुहुन्थ्यो- बाबु ! ख्याक, सबै खराब हुँदैनन् ख्याक, सबै डरलाग्दा मात्र हुँदैनन् ख्याक, असल पनि हुन्छ ख्याक, राम्रो पनि हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : शिखर पुग्नुअघि

~कृष्ण जोशी~ एउटा यात्राको समाप्तिले भन्दा एउटा यात्राको प्रारम्भले मात्र पनि मनलाई त्यसै–त्यसै आन्दोलित पार्दो रहेछ गहिराइमा नदीको डुब्नुभन्दा किनारमा बसेर डुब्नुको अन्दाजले पो मनलाई त बिथोल्दो रहेछ । अपराधपछिको अपराधी सन्त्रास भोग्नुभन्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्प र कविता

~जयन्ता पोखरेल~ सुन्दैनन् सर्पहरू अक्षरसङ्गीत पछ्याउँदैन समय मञ्जिल हुन्छन् औँलाबिहीन आँखाको हतास पुछ्दैनन् सर्पहरू हुन्छन् गिदीविहीन च्यातिने भुइँ-पुल जोड्दैनन् सर्पहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : आवश्यकता नयाँ क्रान्तिको

~शरद महतारा~ आजभोलि यहाँ, आगोले खरानीको कुरा गर्न थालेको छ नदीले पोखरीले कुरा गर्न थालेको छ शान्तिले मुर्दा शान्तिको कुरा गर्न थालेको छ न्यायालयले राजनीतिको कुरा गर्न थालेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संविधान खोई ?

~रमेश पौडेल~ तीज आयो वर्ष दिनैमा चार वर्षमा संविधान खोई ? संविधान सभा हाम्रो किन भंग ग¥यौ जवाफ खोई ? तीज आयो……………………….

Posted in कविता | Tagged | Leave a comment

कविता : होश

~गोपालप्रसाद रिमाल~ म मानिस आफ्नो खुशीले जन्मेको होइन, आफ्नो खुशीले मर्ने पनि होइन। यो ज्ञान कसलाई भएको हो साथी? यो संसार सपना हो, जीवन पानीको फोका हो, यहाँ कोही पनि आफ्ना छैनन्, जो छन् तिमीजस्तै नै जन्मेका हुन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्रे अनुरोध

~प्रकाश सुनुवार ‘निराकार’~ पहाडहरु सिञ्चित भए सेतो हिमालका छाती चिरिए तराईहरु पनि रक्ताम्मे भए नदीहरु रंगिए जंगली पातहरु छिर्केमिर्के भए गाउँ अनि शहरहरुका स्कुलका भित्ताहरु पोतिए कच्ची अनि पक्की सडकहरुमा रातो भएर पोखिए

Posted in कविता | Tagged | Leave a comment

थारु लोक दन्त्यकथा : मचान

~अज्ञात~ सत्ययुगको कुरो हो एउटा किसान राति आफ्नो मच तिर सुत्न गएछ. सधैँ झैँ मचलाई जगाउनलाई गेदाही (मचको खम्भाहरु बिच राखेको काठको लौरो )लाई आफ्नो लट्ठीले हल्का ठक ठक पारेछ. त्यसपछि मच माथि चढेर निदाएछ.

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गीति कविता : आँसुको नदि

~इश्वर देवकोटा~ पिँढिको डिल मा बगाउदै आशु पियारी रुँदै छिन फर्केर तिमि आउनेछौ भनि दोबाटो कुर्दै छिन !! हिमालझै अग्लो चुलिदै गयो सधै नै साहुको ऋण कहिले आउला खुसीले रमाई सँग सँगै बाँच्ने दिन !! काखको छोरो दगुर्ने हुँदा तिमि … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मैले किन हारेँ

~गोविन्दप्रसाद आचार्य~ माटोसँग भन्दिन म मैले हारेको छु लक्ष्यसँग भन्दिन म पात झरेको छु गर्नेसँग भन्दिन म गर्नु गरेको छु पापाचारको मिचाइले मोर्नु मेरो छु । पापाचारको शासनमा मसानहरु मस्ती गर्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : किसान

~राजेन्द्र शलभ~ चारआलीतिरबाट दुई जना गाडीवानहरू सूर्य अस्ताउनुअघि नै रित्ता बयलगाडाहरू लिएर फर्के रित्ता पेटहरूजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धा नै हो श्राद्ध

~लक्ष्मण नेवटिया~ विपरीत परिस्थितिका ढुंगै ढुंगाको अक्करबाट आफ्नो हिस्साको कर्तव्य उमारेर पनि समयले दिएको घाउ लिएर आशाको त्यान्द्रोमा अल्झेर सासमा भन्दा पनि आशमा अडिएर आँखाको पानी आँखैमा सुकाएर बाँच्न बाध्य छिन् आमाहरू बाचुन्जेल उनको चोखो मायाको गरिन्छ अवमूल्यन मनको फूल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : समयका पाइला

~राममणि पोखरेल~ तीन–चार दिनदेखि लखन बिरामी परेर सुतेको थियो । सरिरको देब्रेपाटो सोला हान्ने, झमझमाउँने, कुनकुन गर्ने व्यथाले भेटेर पीडित थियो । जेठो छोरो वीरन एक्लो काम गर्न सक्ने भएकाले, कुल्ली काम गर्न नजिकैको सहर र राजमार्गका बजारतर्फ बिहान उठेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी

~डिल्ली पौडेल~ ओठमा हल्का मन्द मुस्कान, गाजल लाको आँखा। चिल्ला गाला देखे उनको, कस्तो होला भाका। कालो गाजल चट्ट लाकी, रातो तिका सिरमा। एति सुन्दर तिमी रैछौ, न होउ सधै पीरमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रियता खोई ?

~एम.एल.ओली~ ओक्काउनेको प्रकोप यता राहतको पोको उता दियो बल्ने झुप्रा यता टोपी ढल्ने महल त्यता जङ्गी शासन चले यता राष्ट्रियता खोई कता ? भाइ फटाउने झोँक त्यता

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बनाउनु छ

~कमानसिंह विष्ट~ निरन्तर चल्छ समय आउँछ जान्छ समय पर्खंदैन कसैलाई दिनपछि रात आउँछ वर्तमान विगत भएर जान्छ विगत इतिहास बनेर आउँछ फर्केर हेर्दा इतिहासलाई गोली चल्दाको त्यो क्षण

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिका अनुपम उपहारहरू

~मनु वि.क.~ मेरो सन्तानको अथाह सङ्घर्षपछि जब फुट्न खोज्छ तोते शब्द मिसिन खोज्छ आवाजमा परिष्कार दिन र रात गर्दै एक दिन÷दुई दिन जोड्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : लड्ने तयारी गरे हुन्छ

~दीपशीखा~ मेरो ठाँउ मन नपरे तिमी नआए हुन्छ मेरो गाँउ निको नलागे तिमी गए हुन्छ राम्रो-नराम्रो त भन्न पाउला तिमीले जान्ने पल्टेर अर्ति नसुनाए हुन्छ मेरो गितको स्वर तिम्र्रो जस्तो हुदैन साखिलो पल्टेर यस्तो गाउ नभने हुन्छ मेरो माटो मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~पूर्ण योञ्जन~ जोश, उमङ्ग, विचारहरू आवेशमा मथ्ङ्गलका चाकाहरू बन्न खोज्छन् तरल मनका आवाजहरूसित। युवा मन आतुरिन्छ टेक्न शिखर सिर्जनाको।

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवामाथि

~डा. बैद्यनाथ उपाध्याय~ पहाडमा हिउँजमेसरी जमेको छ दु:ख। मेरो आशाको सूर्य भर्खरै डुबेको छ क्षितिजपारी छाएको छ निस्पट्ट अँध्यारो…

Posted in कविता | Tagged | Leave a comment

कविता : एक मूर्दाको जिउँदो प्रश्न

~बिना थिङ तामाङ~ उदास थियो आँगन उस्तै उदास थिए दुइजोर आँखाहरू आफ्नै मनको तगारो उघारेर जब म ठिक परें बादलसँग उड्न किन आमा आँखाबाट पोखिनुभयो ? किन बाले छातीमा लहरे खोकी चलाउनुभयो ?

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : सपना

~डा. सुशीला टाकभोरे~ अनुवाद: वीरभद्र कार्कीढोली धेरै थोक पाउनु छ, उमेर गइसक्यो बितेर सपना देख्दै – देख्दै भागिरहेको समयसित बेखबर जिन्दगी। पल समात्नु जान्नै नपाई उमेर काटेर पनि मनको अबोधपनले छोड्नै सकेन।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : अमर नेता

~सरल सहयात्री पौडेल~ मैले किताब नपोलेको भए मैले वन्दुक नवोकेको भए नेताज्यू, तिमी आज मन्त्री हुने थिएनौ मन्त्री पाइन भन्दै हरक्षण रुने थिएनौ आकाशबाट बारुद झरेको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं आयो

~प्रह्लाद पोख्रेल~ दशैं आयो भन्छन् तर पनि दशा छन् दस दिशा! उज्यालो खोजेको तदपि किन गन्तव्य छ निशा! निशाको यो कालो कलुषितपना धुन्छ कसले? अँधेरीमै हामी कति दिन बसौंला सकसले??

Posted in कविता | Tagged | Leave a comment

कविता : के यही हो राजनिति?

~सिम्पल केटा~ हतियारको दैाड र साँडेको जुधाई, अनि हत्या र हिँशा भोकमरी र कुण्ठा, अनि मानसिक यातना के यही हो राजनीति?

Posted in कविता | Tagged | Leave a comment

कविता : नरपानी र खाँची

~देवेन्द्र कुँवर~ कुन दुष्टको आँखा लाग्यो भत्काउन थाल्यो खाँची मरूभूमि नै बनाउने भो नराख्ने भो केही नि बाँकी सुक्न थाले मुहानहरू उठ्न थाल्यो सबको बास मानव जब दानव हुन्छ अब गर्ने कसको आस ?

Posted in कविता | Tagged | Leave a comment