Tag Archives: kabita

कविता : सद्दामलाई चिठी

~चन्द्र िसंग गुरुंग~ ए सद्दाम ! त्यहाँ तिम्रो देशमा जस्तैै अचेल मेरो देशमा पिन एक थुप्रो हिटलरहरु म्ाानिसको सानो मुटु होईन विशाल कुरुक्षेत्र जित्न लागि परेका छन् । सायद यी युद्वान्धोहरुले आस्थाको विशाल आकाशमा युद्वको ताज जित्ने योद्वा भन्दा प्रेमको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~ हाम्रो घरको परेवा उड्छ भुर्र भुर्र गुँडबाट गर्छ कैले माकुर घुर्र घुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : नेपाल आमा

~गणेश लामिछाने~ समय किन रोकिन्न आमा म जाने दिन किन छोटिरहेछ । नरोउ आमा म चाडै आउँछु आँशू किन बगिरहेछ ।। प्रगती गर्न जान लागेछ यो छोरो तैपनी किन आँशू झरिरहेछ। असिन्धरा आँशूको भेलले आमा मलाई रोकिरहेछ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : वाग्मतीको नियति ; गति नेपालको

~दीपक जडित~ कठैबरा ! वाग्मती कहिल्यै बग्न सकिनन् स्वतन्त्र भएर सलल खोसे मान्छेहरुले स्वतन्त्रता उनको खुल्न नसकेर कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कविता : भुक्तान गर सम्भोगका मूल्यहरु

~शिव प्रकाश~ खेल्यौ, धेरै खेल्यौ नाङ्गा शरीरका आदिम खेलहरु यौवनका उर्जाहरु विषाक्त वीर्य बनेर धेरै पॊखिए तिम्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दी र सपना

~गोबिन्द विमली~ टाढा म भन्दा धेरै टाढा छ त्यो….सङ्गीत अनन्त फाँटहरुभन्दा पर छोडिएको र,

Posted in कविता | Tagged | Leave a comment

कविता : सजाय

~मनु मन्जिल~ तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ मेरो घरको झ्याल खस्ने गरी ढुङ्गाले हान्यौ र गयौ, मैले उहीबेला त्रि्रा लागि यौटा सजाय सोचेको थिएँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पतन गर तिम्रा वीर्यहरु !

~शिव प्रकाश~ पतन गर तिम्रा वीर्यहरु भड्खालामा, खोल्सामा, पँधेरामा, नजन्माउ कुनै सन्तान् 

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति क्षेत्र – नेपाल

~दिनेश अधिकारी~ युद्ध त–‍ बुद्ध स्वयंमा युद्ध हो मैले उसलाई हिंसाको विरोधमा डटेको सुनेको छु युद्ध त– 

Posted in कविता | Tagged | Leave a comment

लघु-कविता : पीडाको सौन्दर्य

~शारदा शर्मा~ तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व प्रेमले घृणा पोत्छु मायाले घात छेक्छु 

Posted in कविता | Tagged | Leave a comment

कविता : खोपीका देवताहरू

~ईश्वरमणि अधिकारी~ खोपी छाड्नु हुन्न खोपीका देवताहरू सडक झर्नु हुन्न चोक-चोकमा ठिङ्ग उभिएर पूजा माग्न हुन्न देवताहरूले 

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पो किन चाहियो ?

~मोतीराम भट्ट~ दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥ पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥ कति चम्किलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा

~दिनेस अधिकारी~ छिमेकी घरबाट तरकारीको मीठो बास्ना आए पनि झल्झली ! आमा-अनुहार संझेको छ, साँझ-बत्ती सँगसँगै निथ्रुक्क ! परेली भिजाएर 

Posted in कविता | Tagged | Leave a comment

कविता : रहस्योद्घाटन

~कालीप्रसाद रिजाल~ आज म अत्यन्त गुहृय कुराको रहस्योद्घाटन गर्दैछु- जति पनि कविता, गीत जति पनि पुस्तक आजसम्म मेरा नाममा प्रकाशित भएका छन् ती एउटै पनि मैले लेखेको होइन ! 

Posted in कविता | Tagged | Leave a comment

कविता : म किर्तिपुर नाक माग्दैछु

~कृसु क्षेत्री~ म बूढो नाक काटिएको कुरुप किर्तिपुर दुई सय बयालीस वर्षछि आफ्नो नाक माग्दैछु मलाई मेरो काटिएको नाक चाहिन्छ मेरो नाक…

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्फ्यु

~डा. बेञ्जु शर्मा~ बिहानै सिरानीको शिरमा कर्फ्युको साइरन मृत्युको शंखघोष हुँदा गतिमा गोली लाग्दा आवाजहरू दगुरिरहेका तारहरुको घाँटी निमोठिँदा शब्दहरू शरशय्यामा रोपिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द गर सम्भोगहरु

~डा. बेन्जु शर्मा~ सम्पूर्ण हाबामा बारूदको गन्ध फैलि‍एको बेला चिसा खोला र नदीहरु ताता रगत भएर बगेको बेला मानिसको मन भित्र आगोका बिउहरु रोपिएर

Posted in कविता | Tagged | 1 Comment

छन्द कविता : झझल्को

~सुबेश घिमिरे~ छन्द : शार्दूल बिक्रिडीत सीमा भारतको नया मुलुक यो नेपालको काखमा मेरो बाल्य थलो मधेश खजुरा* पश्‍चिम नेपालमा माँ बागेश्‍वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्रद्धा-सुमन

~सुबेश घिमिरे~ कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए । सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥ ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : जीवनशाला

~सुबेश घिमिरे~ जड – चेतनको सम्मिश्रण वा माया – मोहको हो मधुशाला क्षणभंगुर यो जलको फोको ! परम्‌ अस्थायी जीवनशाला ॥ उद्गम – उद्गत‌ अमूर्त बिन्दु ! जस्‌मा बहन्छ भवको सिन्धु हरेक मोडमा बज्र कालको, सहनै पर्ने जीवनशाला ॥

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रकृति नियम

~सुबेश घिमिरे~ अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक पदार्थ – शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : घरको आंधी

~मनु मन्जिल~ उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ झ्याल-ढोका, थाल र रिकापीहरू मस्तिष्क चर्कने गरी बज्छन् । सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : उनी कविता जीवनको रङ्गले लेख्छिन्

~मनु मन्जिल~ उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् । सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन् घामले मझेरी र आँगन पोतिसक्छिन्

Posted in कविता | Tagged | 1 Comment

कविता : यस पुस्ताका नवयुवक प्रति

~श्यामकृष्ण श्रेष्ठ ~ राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश । खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ र गाऊँका स्म्रितीहरु

~मनोज कार्की~ तल्लो टाहारमा अनौ समाउदा, मेरो दाई सम्झनुहुँदो हो, मैले हालेका बिऊहरु! अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा, मेरी बहिनी सम्झँदि हुन्, मैले पोलेका सुठुनीहरु!

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दोष र मरेका दोषि

~दीप हाँडिगाउँले~ आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के?

Posted in कविता | Tagged | Leave a comment

कविता : बा

~नारायण तिवारी~ बा, एक दिन होइन दुई दिन होइन तीन दिन होइन सधैंभरि घरी– घरी

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले डिभी भरिन

~नारायण तिवारी~ जसले जति उचाले पनि मैले मन गरिन यसपल्ट पनि मैले डि.भि. भरिन ।

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : भानुको सुवास

~कृष्ण बाउसे~ तनहुँ जिल्ला रम्घा गाम हाम्रो भानु जन्मेको ठाम । कविता रच्ने गरे काम भयो उनको ठूलो नाम ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भुन्टे र बल

~सन्जोग ठकुरी~ खेलिरहेको भुन्टे एक्कासि करायो फकाउदै आमाले सोध्नुहुँदा रुदै भन्यो– बल हरायो । खाटमुनि पनि खोजियो दराजभित्र पनि भुन्टे अत्तालिन थाल्यो लौ, बल छैन कहीं पनि ।

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : सन्कल्प

~मनोज कार्की~ न मैले कतै सपना बुने न मैले कही बिपना भुले तै पनि जीवन उदासी हुने खै कुन बिरानो गीत यो सुने!

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर न ताल को डाएरी

~मनोज कार्की~ शहरको कोलाहल सुन्य लाग्छ, सगरमाथाको उचाइ नगन्य लाग्छ, यत्रतत्र बस्तिहरु उजाड उजाड लाग्छ, जिन्दगी तेसै तेसै वाक्क लाग्छ।

Posted in कविता | Tagged | Leave a comment