Tag Archives: kabita

कविता : म पनि द्धौता मान्छु

~बालकृष्ण सम~ म पनि द्यौता मान्छु जोगी म पनि द्यौता मन्छु; तर तिम्रो र मेरो द्यौतामा आकास र पृथ्वीको भिन्नता छ ।

Posted in कविता | Tagged | Leave a comment

नवराज कार्कीका मुक्तकहरु

~नवराज कार्की~ (१) तिमी हाँस्यौ र आज घाम लाग्यो मलाई त खुसी पनि धुमधाम लाग्यो अँध्यारोमा हाँस्दी हौ, मैले देख्दैनथें आज उज्यालोमा हाँस्यौ र मेरो सम्पूर्ण जिज्ञासामा पूर्णविराम लाग्यो !

Posted in मुक्तक | Tagged | Leave a comment

सफल घिमिरेका मुक्तकहरु

~सफल घिमिरे~ युवा रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ, जाजरकोटमा स्पेस स्टेसन, अनि जुम्लामा ओसन पार्क खुलाइन्छ, नसोच्नुस् यी सब कुरा सपनामा मात्र पाइन्छ, यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ । -पोखरा, २०६४ (श्रोत :- Safal’s Blog ) … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

भूपी शेरचनका मुक्तकहरु

~भूपी शेरचन ~ प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ

Posted in मुक्तक | Tagged | Leave a comment

रमेश पौडेलका मुक्तकहरु

~रमेश पौडेल~ (१) सपना मात्र सपना हो, सधैं अधुरै रहन्छ त्यो अनुवाद गर्न सकिदैन सधैं अपुरै रहन्छ त्यो हजार सपना देख्नेहरु पनि सबै यसै भन्छन् जगाउ सपनाको दियो सधैं मधुरै रहन्छ त्यो

Posted in मुक्तक | Tagged | Leave a comment

हरिभक्त कटुवालका मुक्तकहरु

~हरिभक्त कटुवाल~ यो जीवन कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : यसपालिको सपना

~बुद्धिसागर~ गएको वैशाख रिन तिर्न फर्कियो रुख—रुखमा कलिला पात टाँगेर गयो गएको हिउँद रिन लिन फर्कियो रुखलाई बुच्चै पारेर सारा पात टिपेर फर्कियो

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : लौ नयाँ बर्षमा

~कमल पौडेल “कल्पित शखा”~ आज धन्यै भएँ प्रेम सद्भावमा प्रेममै मस्त भै मुक्तिको भावमा सुन्न जो पाइयो काव्यधारा सही वक्ष यो उफ्रियो भावगङ्गा बही

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : चुपचाप गांउ

~सौरभ आचार्य~ झोला कसेर स्कुल लस्केकाहरु नाम्लो कसेर मुग्लान खसेकाहरु मुठ्ठी कसेर जंगल पसेकाहरु खै कोही फर्केर आ छैनन् चौतारो कुर्दैछ देउरालीमा पात झारेर खुइलो भएको छ ढुड्गा खुस्काएर थोते भएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरेन बाबु

~आभास~ सुरेन बाबु यो सामान्य कुरो हो रगत रातो हुन्छ सुरेन बाबु तिमीले आनन्द लिन रइफल बोक्ने गरेका छौ साँझको गोधूलिमा तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ तिमीलाई थाहै छ ढुकुरको रगत रातो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी बगिरहेको छ

~मिश्र वैजयन्ती~ म्युजियम बोकेर उभिएको उज्यालो रोक्ने तक्मा नक्सा बिग्रेर उभिएको नाक र लुगा फ्याँकेर स्वतन्त्र भएको मेरो युग ! आशिर्वादजस्तो बाँचेको शोक र वरदानजस्तो बाँचेको समय ! को सक्छ सुस्ताउन आफ्नै चिताको आगो तापेर उपत्यका साँघुरिँदै गएको दसगजाभित्रको मानचित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : जापानको सुनामी

~रामचन्द्र थापा~ भुँइचालोको कारणले आयौ तिमी सुनामी खासै तिम्रो दोष थिएन प्राक्रितिक प्रकोपको भयौ गूलामी माछा खुलाऊँथ्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा नर्फकने गरि

~कमला सरुप~ विभाजित र स्तब्ध एउटा खुड्किला माथि उठेर निरन्तर यात्रा आरम्भ भएको छ हो ! आफू उभिएको माटो छोएर नफर्कने यात्रा आरम्भ भइसकेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ कथा कोरेऊँ रे

~गीता थापा~ तिम्रो नजिक बाट टाढा काँही नजाउँ जस्तो तिम्रो माया खहरेको छाल् भन्दा नि सस्तो आँफैलाई सोधी हेरे तिम्रो माया बोकि कति राखौ बेदनालाई मनैभित्र रोकि

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृति

~राकेश कार्की~ प्रकृतिको नियम हुन्छ जीवन जन्मन्छ अनि मर्छ समयमै जन्माउछ प्रकृति समयमा नै मार्छ

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : आजको मुख्य समाचार!

~चट्याङ मास्टर~ जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो जनताको लागि ऊ नेताले यो नेताको स्वागत गर्नु भयो जनताको लागि यो नेताले ऊ नेताको नमस्कार फर्काउनु भयो जनताको लागि देश गम्भीर अवस्थामा पुगेको यो नेताले बताउनुभयो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : भाग नेपाली भाग

~चट्याङ मास्टर~ नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयो तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उद्योग नखोल, पार्टी खोल

~चट्याङ मास्टर~ तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ ए बाबु ! कुरो बुझ है, उद्योग नखोल, पार्टी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : घाम, तिमी, म अनि प्रेम दिवस

~गीता पन्थ~ दुई गोलार्धका दुई छेउमा तिमी अनि म अचेल मेरो आगन म घाम हाँस्दा तिम्रो कोठा अँधेरिन्छ अनि तिम्रो कोठामा बिस्तारै जूनले लुकेर हेर्दा मेरो आँगनमा घाम उदाउँछ बाह्र बजे फूलले मन खोलेर हाँस्दा मलाई थाहा छ तिम्रो संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य सन्देश

~कवी शिरोमणी लेखनाथ पौड्याल~ कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो। कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे, मन र शत्रु

~छविरमण सिलवाल~ मान्छेको शत्रु मान्छे नै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मबाट हामी बनौं

~सुनिल कँडेल~ मेरो आस्थाको आकाशलाई अँध्यारोले छोप्न लागिरहेछ मेरो सुर्य डुबिरहेछ उ केही पर उज्यालो चम्किरहेछ तर म यहाँ अन्धकार पर्खिरहेछु उज्यालो र मबीच धेरै अन्तर छ एउटा खाडल छ एउटा सागर छ एउटा ग्रीष्म छ एउटा युग छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने। हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं। हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : प्रश्न समयसँग

~टहल दाहाल~ पहाडका रंगहरू लतपतिएर निर्लज्ज कालाहारिका तातो बालुवासँग विम्बात्मक मिराज टेकेको क्यानभासका चित्रमा कैद यो बेला एउटा प्रश्न समयसँग समय, मसँग नाइट्रस अक्साइडका अवयव छैनन् अब

Posted in कविता | Tagged | Leave a comment

कविता : उधारखण्डे

~प्रेम वली~ टुपी कसी कसी घँुडा धसी धसी सानो तिनो सरकारी जागीर खाइयो सन्तानको भविष्य हेर्दै बस्न राजधानीमै आइयो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि एकपल्ट

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : रक्तसागर विगतको जिन्दगीको सम्झना हो- वर्तमान। वा, म भन्न सक्छु, हामी विगतका अनुभवलाई पुन: लागू गर्न खोज्छौं बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो- वर्तमान।

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : धने : एउटा कविता

~आभास~ धने बञ्जर भूमी खन्छ जोत्छ र उमार्छ बीउहरु बीउसँगै उम्रन्छ धने फक्रन नपाउँदै उसको खेतमा उसको जिन्दगी उम्रने खेतमा साँढे पस्छ र चपाउँछ उसको पूरा जिन्दगी फेरि बेला नहुँदै ओइलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहु-कुहु

~लक्ष्मीप्रसाद देवकोटा~ को हँ ? को हँ वनमा कुन को हो गर्छ क्या कुहुकुहू सुन ओहो ! हैन हैन म त हैन म हैन को हँ को हँ तर को चिनिँदैन । फूलमा छ कि ? कि छाँग हरामा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनको घँसिया गीत

~लक्ष्मीप्रसाद देवकोटा~ १. मखमल कोमल घाँस फुलेका गिरिको रसिलो सुन्दर काख पातहरूको हरियो छतमा चिरबिर छिरबिर चिडिया लाख । निर्मल गाढा नीर गगनका

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : गाउँ दिने कथा

~लक्ष्मीप्रसाद देवकोटा~ हौदा चढ्यो घोडामाथि हौदामाथि हात्ती चञ्चलेको राजालाई यस्तो भयो पात्ती ।

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : गौंथलीको चिरबिर (१)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।१।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैनबत्तीको शिखा

~भूपि शेरचन~ शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको । मानौं, प्रथम रजस्वलापछि स्नान गरेर

Posted in कविता | Tagged | Leave a comment