Tag Archives: kabita

कविता : पारिजात ….

~हरिमाया भेटवाल~ पारिजातको बोट . रातभरी सेताम्मे फुल जन्माउछे र बिहान सन्न बिहिन हुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : तारक युद्ध

~सरुभक्त~ उत्सव भुक्ने पदार्थहरु जंगली राग अलाप्दैछन् खोई कहाँ हराए नाङ्गेझार नियमापत्ति अनुचिन्तनहरु ? ग्रेट मार्च – पशुहरुको महायात्रा गोहीभोज चल्दैछ ए सूक्ष्मजीव विश्वका स्थूल मान्छेहरु परभक्षी सिंह÷वाघहरु दाँत माझ्दैनन् माउथ ब्रिडिङः महेन्द्रगजहरु जन्मन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रास्ट्र गान

~सरुभक्त~ अग्निमाला नवः हिमयुगीन अर्घेलाहरु सिमिट्रीमा रेटिसेन्ट बालहरु आरोहण गर्छन् मेथाडोन खाएका हुडिनीहरु साइवरकोष्टरमा अपरेशन डेजर्ट स्ट्रोम गर्छन् गन्धका नाताहरु उस्तै छन् मात्र नात्रेड्यामस विश्वमा प्राविधिक गडवडीमा क्षमाप्रार्थनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन = नौका

~सरुभक्त~ पीतसागरमा दुर्घटनाग्रस्त छ नौसैनिकहरु लापता छन् बुटिकका खप्तडका बाबाहरु साइवर प्रेम÷घृणामा व्यस्त छन् खोई कहाँ पुग्यो विश्वतापमान ? म हरितगृहतिर बसेर इत्ना ओजन विनासको तमासा हेर्दैछु सुरुङभित्रको पृथ्वी गिरफ्तार मनोकामनामा ज्क्ष्ख् सेलिब्रीटी जन्माउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : शसक्त

~सरुभक्त~ कालो कालखण्डः दिब्योपदेशका क्षतविक्षत आत्माहरु कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ः ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो शहर

~दुर्गा खनाल~ हाम्रो शहर कति मैलो छ सबै मिली यसलाई सफा गर्नु पर्छ शहर मैलो भएर समस्या भयो यहा धेरै बिरामी छन । बिरामी हरुलाई अस्पताल लैजानु छ हैन ! आस्पताल किन लाने ? औषधीका प्रतेक शिशीहरुमा रोगका किटाणुहरु जिवितै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जननी जन्म भुमिस्च स्वर्गादपी गरियसी

~बिमल गौतम~ मलाई आज म आफै दुखें, मेरो पार्टी दुख्यो पार्टिहरु पनि अरु सबै दुखे, किन कर्तब्य लुक्यो इतिहास लुक्यो वीर गोर्खा संगै, इमान झुक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नेपाल, तिमी बिना म शुन्य भएछु

~नवराज पोखरेल~ कोलहल्को चिच्याहट भित्र उकुस मुकुस मनका भावनाहरू लिएर्, खुला आकाशमा टोल्हाई रहेका आखालाई पल्ट्ने बाजी खेलाउदा, अनि मानिसको हुल भित्र पसेर आफैलाई हराउन खोज्दा, मलाई एक्लोपनको महशुस हुन थालेछ । अतितको यादमा डुबुल्की मार्दा , झट्ट सम्झेछु , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे परदेशी

~मन थापा~ तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा छ घर गाउँ देश सबै लथालिंग बेहाल भा छ बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो तिमीलाई सम्झि रुन्छन् आँसुको नै ताल भा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दुइ शब्द नेताहरु लाइ

~बिमल गौतम~ जति दियौ यो देशलाई दसौं गुना लियौ पानी भन्दा जनताको आशु बढी पियौ कयौ हजार सपुत को बलि किन दियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सौन्दर्यबोधमा रक्तसिँचाई

~अनुप जोशी ~ आत्म घटन/आत्म विघटनको कुरुक्षेत्रबाट सौन्दर्यबोधसम्मको एक वृहद नियात्रा , रकेट विमानहरुमा श्वासाल्पता र ‘एनहाइड्रस’ अधमरो जिन्दगी ! नहुनु बराबरको ऐन्द्रियता नहुनु बराबरको मानवीयता रक्त भण्डारले कुबेर हुँदा-हुँदै पनि एक फाल्सो जीवनदानको कन्जुस्याँईमा गुम्सिरहँदा प्रगल्भ एक ऋतु , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निन्द्रा नलागेपछि

~अनुप जोशी ~ निन्द्रा नलागेपछि मैले खाटबाटै सिरक कसेर माथिको सिलिङलाई हेरेँ र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा , तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी कविता हो ?

~नरेन्द्र चेम्जोङ~ तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु, भण्डारमा सँचिएका शब्दहरु, नलागेका अर्थहरु सुनकोशीको किनारमा छानिएका वालुवाका कण कण झै, खोज्दै छान्दै र मिलाउदै – फाटेका आवाजहरु, अर्थहिन बन्ने डरले भण्डारबाट छरपस्टिएका शब्दहरुले ह्स्व र दीर्घको धागोले सिलाउदै, चारैकोणबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~अनुप जोशी ~ मान्छेलाई थाहा छ– आकाशको रङ थाहा छ– सगरमाथाको उचाई झरनाको शिर मौसमको जादुले रुखमै पाकेको फल उसलाई सबै थाहा छ– बादलले कस्तो गीत गाउँदा वर्षात हुन्छ, चट्याङ् पर्छ थाहा छ– हाँगा छाडेर भुर्र उँडेको चरा बादलभित्र गायब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पनामा एक चुम्बकीय शक्ती

~अनुप जोशी ~ म सानै हुँदा आमाले दुइटा ढुङ्गा हो कि फलाम जस्ता पर्यायवाची वस्तुहरु उपहार दिनुभयो जब ती दुईलाई हत्केलामा अड्याउन खोजेँ एउटा फुत्त भाग्यो र अर्कोसँग चिप्किन पुग्यो म हठात् आत्तिएँ मलाई आश्चर्य चकीत देखेर आमाले भन्नुभयो-

Posted in कविता | Tagged | Leave a comment

कविता : बैसालु मनहरूमा

~उषा गिरी~ (तीजको कविता) छातीभित्रको असैह्य पीडालाई हाँसो र खुशीमा बदल्दै बितेका बर्षहरू झै बैंसालु मनहरूमा सुमधुर मुस्कान छर्दै के तराई के पहाड के स्वदेश के बिदेश रातो साडी र हरियो पोतेमा उल्लास, आनन्द र रोमान्चक अनुभुती साट्न भावयुक्त सुन्दर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीबन

~उषा गिरी~ पश्च्यतापमा डुबी जीबन जीर्ण न बनाउ जीबन एक इस्वर को उपहार हो, चट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ न जल न मल यो पनि त भगवान को बरदान हो, मानब जीबनमा कहिले काही

Posted in कविता | Tagged | Leave a comment

कविता : पाटन

~विमल निभा~ यो कानुनी गोली हो असह्य दुःख, भयावह वेदना निरन्तर चित्कार, र विह्वल मन सबै जनहिंसा हुन् जोस, आक्रोश, विद्रोह र अन्यायको विरोध रोक्का गरिएको छ आज्ञापत्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दकोश

~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : जुत्ता

~विमल निभा~ देशलाई बदल्छु भनेर कसम खानेहरुले एकाएक बदलेका छन् आफ्नो जुत्ता जुत्ताको रंग छ कालो विश्वासघातको रंग पनि कालो नै हुन्छ र काला रातहरुमा उत्सव मनाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : टियर ग्यास

~विमल निभा~ हाम्रा आँखाबाट आँसु समाप्त भइसकेको छैन सुक्खा भइसकेका छैनन् हाम्रा आँखाहरु हाम्रा आँखाहरुमा बाँकी छ अहिले पनि अलिकति नुन अलिकति पानी हेर, गिलो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संसद र घोडाको शव

~विमल निभा~ संसद्अगाडि फ्याँकिएको छ एउटा घोडाको शव केही दिन अथवा सप्ताह अथवा महिना अथवा वर्षअघिसम्म जीवित थियो यो बलिष्ठ मांसपेशीसहितको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफूलाइ बेचिसकेपछि

~विमल निभा~ एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो त्यसपछि उसले हात बेच्यो र किन्यो एउटा न्यानो पन्जा खुट्टा बेच्यो र किन्यो एउटा चम्किलो बुट निधार बेच्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : हत्यातन्त्र

~विमल निभा~ यो हत्या एक्कासि भएको होइन सबभन्दा पहिले चिन्तन–मनन गरियो एक हुल वेतनभोगी विचारकहरु आआफ्नो आसनमा कापालिक मुद्रामा समाधिस्थ भए

Posted in कविता | Tagged | Leave a comment

कविता : खुरको ताप

~विमल निभा~ उद्दण्ड घाँसहरुले घेरिएको छ खेत तर माटामा भएका बालुवाका कणहरु चम्किरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन: एक दृष्टि

~हरिभक्त कटुवाल~ घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनका तीन स्थिति: मेरो अनुभवमा

~हरिभक्त कटुवाल~ गुँडगुँडला चरा बिच्काउँदै आँखा आँखाको नींद उडाउँदै भर्खर बैंस चढेकी ठिटी जस्तै भित्ताका प्वाल प्वालबाट चियाउन आइपुग्छ सधैं एउटा उत्ताउलो विहान । बितेको बैंस सम्झेर – आउँदो बुढ्यौलीलाई पर्खेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छः भन्छ जोशी

~शैलेन्द्र साकार~ अमेरिकामा बसेर देश बिर्सेको जोशी बियरको नशाबाट एक्कासि यथार्थमा हाम्फाल्छ र बर्बराउँछ- के मेरो देशको कुरा गरेको ? मलाई थाहा पनि छैन सम्पूर्ण कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित

~बैरागी काईंला~ आधारातपछि रक्सी दोकानबाट म के निस्किएको छु : प्रत्येक खोंगी र खोरभित्रबाट पखेटा फट्फटाउँदै विद्रोहको कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्, यहाँको बातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्वत

~वैरागी काइँला~ घरभित्र पनि सिरान ताला उक्लिँदा डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु ! जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि मेरो सडकमाथि !

Posted in कविता | Tagged | Leave a comment

कविता : कफी-कविता

~लक्ष्मी राई ‘लारा’~ विल्कुलै थाहा थिएन एउटा संयोग, तिम्रो अनुरोधको- “के हामी, कुनै दिनसँगै कफी पिउन सक्छौँ ?-” त्यो क्षण- वातावरणजस्तै न्याना पलहरू र, उड्दै गरेका कफीका वाफहरू के संभव होला यसरी नै उड्नलाई मान्छेका आंकाक्षा र सपनाहरू – अपसोच … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमिकाको विवाह

~जेन तमू~ *मेरी प्रेमिकाको बिहे भा’को तेह्रौ पुण्य तिथि हो आज बाह्र दिनसम्म म नि:शब्द,स्तव्ध थिए आज पनि शोकाकुल छु रेटिनामा कोरेको थिए उनको रूप , म मेटाउनै सक्दिन छातिमा लुकाएको थिए उनको माया ; कदापि म लछार्न सक्दिन सम्झनाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment