Tag Archives: kabita

कविता : प्रदेशी जिवन

~मदन दुलाल~ घडीको टिक टिक आवज प्रभातकालीन मल्हार नित्य कर्म सकेर लाग्यो ठिठो “जा”गिर “जा”गिर शब्द नै दोअर्थी कि त आँफै गिर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा श्यामश्वेत सपना

~सरस्वती ‘प्रतीक्षा’~ एउटा श्यामश्वेत सपना जहा ऊ थिई अनि उसका उडानहरू थिए !… के हो बरै क,ख,ग,घ के हो बरै ए,बि,सि,डि निरक्षरताको सुदूर चौतारीमा पनि गुञ्जिरहेकै हुन्थे प्रबल ब्युझाइका केही इच्छागत सन्दर्भहरू निस्प्रभ सम्भावनाका देउरालीहरूमा पनि हरपल भर्भराइरहेकै हुन्थे केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उफ्…….म छापामार हैन

~कुमार श्रेष्ठ~ हिजोको म छापामार आज कसैले मलाइ छापामार भनेर बोलाउदा म लर्बराउछु मलाइ संकोच लाग्छ यो शब्द सँग म डराँउछु यो अर्थ सँग म हिचकिचाउछु छापामार हुँ भन्न बरु म भन्छू उफ् ..म छापामार हैन….

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बालिकाको प्रश्न

~डा. लेख निरौला~ छ वर्ष मात्रै अब लाग्छु भन्थेँ कक्षा दुईमा अब जान्छु भन्थेँ खुसी थिएँ जीवन खेल्न खान म दंग पर्दै पनि घुम्न जान ।। आमा बुबा संगत साथ खोज्थेँ साथीहरूको मन पास रोज्थेँ आकाश धर्ती मनमा सजिन्थ्यो म … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आमाको चिठी

~चन्द्र सिंग गुरुंग~ ए छोरा ! आज फेरी एक पटक फेरी एक पटक अढाई सय वर्षहरुको विगतबाट ठगीएको यो पिडाग्रस्त वर्तमानमा स्वर्गीम भविष्यको कल्पना गर्दै मन हर्षित पार्न सकेकीे छैन । चैत-बैषाखको दन्किदो डढेलो माँद्म ओंठका पाखाहरुमा गुराँसको लाली पोत्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ढिकुरोको गीत

~दाहाल यज्ञनिधि~ टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा होलाकी भन्दा बुलाकि गयो के लाउनु गहना बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : दलितको गीत

~दाहाल यज्ञनिधि~ गीत गायौ गाइने दाजु – झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई – बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै तिमी रोयौ गीत बन्यो सारङ्गीको साथमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – १

~बिबश बिप्र~ सगरमाथा र मान्छे !! धरहरा —–एक मुर्त मान्छे !! मानिस —एक अमुर्त मान्छे !! स्वाभिमान—– आँखा चिम्म गर !! …उफ्फ्फ… ———यो कल्पनाशिलता पनि

Posted in कविता | Tagged , | Leave a comment

कविता : बुढी औँला

~सुधीर छेत्री~ सबैभन्दा पहिले तिमीले मेरो तोते भाषा खोस्यौ। त्यसपछि खोस्यौ उघ्रेको भाग्य, मेरो ढुङ्गाको देवता, हिट्टीको पानीधारा, चिन्डेको मुन्टा, सिमरायोको पुरानो गन्ध, मेरी बज्यैको कुर्कुच्चा र कुङ्फुसु,

Posted in कविता | Tagged | Leave a comment

कविता : गुफा र माकुरा

~स्व. स्वप्निल स्मृति~ रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती- झुण्डिएर झ्याऊका जराहरुमा राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु । झुल्केघाममा झुल्किने सुनको मृग युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो डुब्दो घाम-छायाँमा फणा उठाउँदै सिन्दुरे गोमन

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी एक्लै

~अनुप जोशी ~ यो शहरको विशाल अनन्तता बीचमा कतै हराएको छ यी अग्ला अग्ला घरहरुबाट आईरहेको छ नीर्जीव गन्ध अब म तिमीलाई सम्झदैछु कि लेख्दैछु फेरी अर्को कविता

Posted in कविता | Tagged | Leave a comment

कविता : म कुजे पोखरी हुन चाहन्नँ

~सुवास घिसिङ~ म कुजे पोखरी हुन चाहन्नँ कुजे पोखरीको पानीजस्तै चुपचाप चुपचाप पलेटी कसेर बसिरहन चाहन्नँ म यहाँ यसरी मुर्दा घाटको चिहान जस्तै चुपचाप चुपचाप हात बाँधेर बसिरहन चाहन्नँ म यहाँ यसरी। दापभित्रको खुकुरी जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : बा सँगका बिलौना

~भिष्म भुसाल~ बा ! तपाइँले कमिसन काटेर कच्चा बनाएको स्कूल भत्किंदा झोला सहित पुरिएछ म जस्तै सानु विद्यार्थी, त्यो म भैदिएको भए तपाइँलाई कति दुख्दो हो बा ! तपाइँले ठेक्का लिएको पुल, पौने दुई बर्षमै चुँडिंदा, महिना दिनको सुकोमल बच्चा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नारीप्रति

~डा. लेख निरौला~ नारी मानव जीव हुन् प्रकृतिकी झन् सृष्टिकी बीज हुन् आद्याशक्ति अथाह सृष्टि महिमा आफैँ लिई बस्दछिन् इच्छाले उनकै विशाल धरती झन् व्याप्त वा पूर्ण छ नारी कोमल भावना सुख दिने यो मन्त्र सम्पूर्ण छ ।। नारीका कति … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : चिहानमा फूल

~सरस्वती ‘प्रतीक्षा’~ जति रोपे पनि फुलेन, फुल्दै फुलेन– चिहानमा फूल! गाउँदा गाउँदै गीतको अन्तरा आफैं रुन थाल्यो हाँस्दा हाँस्दै ओठको छेउकुना आफैं रुन थाल्यो

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : छोरी

~डा. लेख निरौला~ छोरी मेरी अमर वयकी ज्योति हुन् सिर्जनाकी प्यारी यस्ती हृदय तलकी प्राणझैँ कल्पनाकी चिन्ता मेरो झटपट सबै जादुझैँ दूर गर्छिन् नौलो आशा किरण मनकी मूल भै बग्न थाल्छिन् ।। हेर्दा हेर्दै सुजन सुखकी मूल भै उम्रिइन्छिन् नौरंगीका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : प्रजातन्त्र

~अनन्तगोपाल रिसाल~ बाटै बन्द भयो छ दूर घर त्यो, पैरो गयो भीरमा पानी बन्द भयो, हिमाल मूल छन्, आली फुट्यो तीरमा १ बुद्धु भै जन संठले धन लूटे, त्यै बुद्धको देशमा रुमौका रे, अब मिल्छ हैरु भनी पसे, भागेर बेदेशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नलेखिएको इतिहास

~संजय आचार्य~ परु्यारलाग्दो भजनहरुमा रुमल्लिएको इतिहास गरीबहरुका श्रम र पसिनाहरुमा डुबे पिन यसभित्र अर्कै धून बजेको छ क्रुर स्वार्थी र धुर्तहरुलाई पुरुषार्थी देखांउदा अिन महल भित्रका खुशीहरु हाम्रा इतिहासका पानाहरुमा छरपष्ट भएर पोखिरुदा अतीत माथि नै अन्याय भएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिकन ड्रिम

~बासु ढकाल~ हाय! हाय मेरो अमेरिकन ड्रिम साउनमा आँखा फुटेको म गोरु जताततै हरियै हरियो देख्छु। म जिन्दगी हाड घोटेर

Posted in कविता | Tagged | Leave a comment

कविता : संबिधान

~बुदिक थापा~ संबिधान बनाउँछु भनि लागे संबिधान भवनमा मन्त्रि हुन पाउँ भनि लागे पुजापाठ र हवानमा देश को हाल नराम्ररी बिग्रेकोछ आज त्यही पनि लाग्या छैन यी नेतालाइ लाज

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~बिपुल सिजापती~ छोरी तिमी जन्मँदा ओंठ लेब्राउनेहरु र नाक खुम्चाउनेहरु धेरै थिए एक डोका फत्तुरहरु छताछुल्ल भएका थिए हावा भरि उडेका थिए ति सवैलाई लोप्पा ख्वाउँदै पीडाहरुका बिचमा प ि न तिम्री आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : राजाको छोरो

~राकेश कार्की~ राजाको छोरो राजकुमार नेताको छोरो भविष्यको कर्णधार जनताको छोरो न घर न वार । दार्जिलिड० देहरादून बेलायतमा नेताका छोरा पढ्ने सामथ्र्यहीन जनताका छोरा नेताकै निम्ति लड्ने ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडो

~सरुभक्त~ देश परिवेशः पुरातनपन्थी थकाइमा मस्त निदाइरहेको बेला एकथरी देशहरु कालापहाड तर्फ लागेका छन् मुटू कलेजो हराएर बूढा सुब्बाका जोखनाहरु मूच्छित छन् सर्वत्र विद्रोही र छापामारका कुरा भूकम्पीय क्षतिका भविष्यवाणीसहित आह ! पालतिर हामीले थुप्रै ट्रमा सेन्टर खोलेका छौं

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव प्रकृित

~सुबेश घिमिरे~ मेरो गाउको माझमा एउटा पुरानो मन्दिर थियो मन्दिरभित्र गारुउलेको आस्थाको एक भगवान थियो …।१॥ एक बैरागी आरुनै धूनमा गारुउथ्यो हरदम एउटै राग रुजल्ले हान्यो तेल्ले जान्यो बारुकी सब हुन फिजूल बात॥रु॥२॥

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हामी त्यो देशका बासी हौं

~ध्रुव कुमार सापकोटा~ हामी त्यो देशका बासी हौं जहाँ भ्यागुत्ताहरु सर्पहरु निल्छन् , मूसाहरु बिराला चपाउँछन् । हो हामी त्यो देशका बासी हौं जहाँ न्याउली, कोइली चुपचाप – चुपचाप छन् ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

छन्द कविता : विश्वास छैन

~डा. लेख निरौला~ छाया तिम्रो अब त किन हो हेर्न नै छैन चासो माया तिम्रो कति सतहको बुझ्न नै छैन चासो बोली सुन्दा कति दिन बिते काम कैलै भएन तिम्रो शैली अलि फरकको रै’छ विश्वास छैन ।। मिथ्या आशा मनभरि … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छोक : दुरी भ्रम

~नवराज खतिवडा~ तिमी होइनौ कसरी भनौँ भावनाहरु तिम्रै हुन् पराइ हुन सक्छौ किन नसोचौँ नेपथ्यमा छौ । टाढा छौ कसरी भनौँ मेरै सामुन्नेमा छौ नजिक छौ कसरी भनौँ अदृश्य छौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दौरा सुरुवाल कोट

~वसन्त कुमार गौतम~ पटक पटक आफैंलाई लिलाम बढाबढमा राखेर कमाएको मूल्यसूचि छातीभरि टाँगेर भत्ताको हड्डी चुस्दै आजपनि भुक्न निस्केको छ- इतिहासले पाखा लगाइसकेको अनुहारवीहिन सफेदपोश दौरा सुरुवाल कोट;

Posted in कविता | Tagged | Leave a comment

कविता : बोर भो !

~बद्रि भिखारी~ नया बनेका भगवानले आज राती बोर गरे भगवान बनाउने मान्छेले भगवानलाइ बोर गरे ! आएर शब्द-शब्दहरु हुल बाँधेर एक झप्को

Posted in कविता | Tagged | Leave a comment

कविता : चंगा

~दिल सिजाली ‘दिवाना’~ बाले साँझबिहान गाँसेर बिरामी लयहरू भाका हालीहाली सिलोक बाच्ने धर्मग्रन्थका पन्नाहरू उक्काइरहेछ उसले धमाधम दशैँको छाला जसरी । एउटा सुकिलो घाम लघारेर हाम्रो घरको आङबाट र, उखेलेर करङका डाँडाभाटाहरू चिरिरहेछ उसले मसिनु सिन्काजसरी ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : डर

~तसलिमा नसरिन~ अनु. : अनिल श्रेष्ठ मलाई कसैले पार गर्न दिएनन् त्यो मैदान जति पटक म दौडेर गएँ त्यो आधी दूरीसम्म अचानक पछाडिबाट कपडा समातेर ताने ती मान्छेहरूले डर देखाए

Posted in अनूदित कविता | Tagged , | Leave a comment

छन्द बाल कविता : गाउँले जीवन – ७

~डा. लेख निरौला~ मुखमा पानी रसायो आहा ! देखेर ऐँसेलु ती झाडीभित्र पाकेका हेरूँ झपक्कै ऐँसेलु । झन् भित्रभित्र टलक्क राम्रा पोटिला झुप्पा छन् कसरी खाऊँ काँडाले घोच्ला नखाऊँ कहाँ झन् ।।

Posted in छन्द कविता, बाल कविता | Tagged | Leave a comment