Tag Archives: kabita

कविता : महाभारत

~मदन दुलाल~ मान्छे कर्म गर्दैनन् लाक्ष गृह बनाउछन सुशासनको गद्धि ताक्छन पाए त अन्याय र अत्यचार बडाँउथे पितामह भीष्मको छाति टेकी कपटको जुवाले पछारिन्छन धर्मराजहरू मान्छेले छोड्दैनन् बाटो अधर्मको भिमसेनको बाहुबल मान्छे मान्दैनन् डुक्रिन्छन उनीहरू ब्रिकोदर भन्दा बलिस्ट भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : साझा यो फूलबारी

~डा. तारानाथ शर्मा~ कालो अत्यन्त कालो अतिशय धमिलो राजनीति नराम्रो आयो छायो निराशा मुलुकभरिको चेत खुस्केर हाम्रो हामी नेपालका छौ सकल जनता एकतामा बसेका कोही छैनौँ अरुको श्रम र पसिना लुट्न पेटी कसेका योद्धा शूरा र आँटी अघि असल थिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म, प्रेमिका अनि कारागार

~बिबश बिप्र~ भो| भइसक्यो- मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र फलामको गेटमा लागेको खिया मेरो कामकथामा लालमोहर ठोक्दैछ मैले माया भेटेको छैन-आकासको तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको

Posted in कविता | Tagged , | Leave a comment

कविता : बिर्सन नसकिने पलहरू

~माेहन राज खनाल~ विर्सन नसकेका पलहरू तिम्राे मेराे जिन्दगी सुख र दुःख साथमा विर्सन नसकेका पलहरू । फूलकाे वासना मग्मगाउँदा सुखकाे अनुभव आनन्द मधुमुस्कान काे उज्यालाे विर्सन नसकेका पल हरू

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : हुरीले सतायो

~डा. लेख निरौला~ (भुजंगप्रयात) कतै यो हुरीले घरै लान्छ जस्तो उडायो कि छानो मनै हान्छ कस्तो डराएर आफू कुनामा छु काँप्दै सबै झ्यालढोका थुनेरै सराप्दै ।। धुलो मित्र पैले घरैभित्र आए कुना कन्दरासम्म आफैँ रमाए जहाँ दृष्टि नै पर्न सक्दैन … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बिश्वास गर्र्नू होला

~लक्ष्मण गगन~ भूमि अनि माटोको कण कणमा बिश्वास गर्र्नू होला हरेक घामको नया किरणमा बिश्वास गर्र्नू होला साना साना पलले पनि धेरैै धेरैै सिकाउन सक्छन समयको हरेक क्षण क्षणमा बिश्वास गर्र्नू होला

Posted in कविता | Tagged | Leave a comment

छोक : आज

~शेखर ढुङेल~ राष्ट्रवाद रोएको छ , बेसहरा बनी स्वाभिमान गिरेको छ, धम्कीनै धम्की बनी अपनत्व भागेको छ, अविश्वास बनी विश्वास हराएको छ , शंकाको बादल बनी शान्ति हराएको छ, बारुदको धुवाँ बनी आँशु सुकेको छ , बैंस मै पीडा बनी

Posted in कविता | Tagged | Leave a comment

कविता : मनभरीका सवालै सवाल

~विद्या सापकोटा~ उसका ती सजल नेत्र आकर्षक/मायालु अनुहार अनि आद्र ओंठहरुले गरिरहे निरन्तर आमन्त्रण ।। मेरो अनियन्त्रित मन अनायसै सपना सजिएका नयन प्यास भरिएका चाहना तानिरहने उन्मुत्त उत्कण्ठा त्यसपछिको मिलनको क्षण ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बलकापुरी कान्तिपुरी नगरी

~प्रकाशमणि दहाल~ सब राष्ट्र छ जेलसमान हरि पशु रक्षक बन्दुक लट्ठी भिरी डुलन्या फुन लीकन कानभरि पशुका पतिको यही हो नगरी । पशुलाई छ मर्न अनेक छुट पतिलाई सकेजति गर्न लुट तर बोल्नु कहाँ पशुले कसरी खलकापुरी कान्तिपुरी नगरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हुनुको अर्थमा

~सरस्वती ‘प्रतीक्षा’~ एउटै ढुंगामा जीवनभर कुँजिएर देवता भएर बाँच्नु पनि के बाँच्नु ? मलाई मान्छे हुनुको अन्तिम सत्यसँगै ज्युनु छ , पुरापुर ज्युनु छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ए मान्छे

~समाश्री राउत~ ए तथाकथित् (मान्छे) मान्छे हौ भने त ! मान्छे जब बोल्दछ तब कसैलाई सम्बोधान गर्छ कोही सम्बोधित हुन्छ बिचार बाँडिन्छ, दुःखसुख बाँडिन्छ चिरा परेका हृदयमा वाणी स्नेह–मल्हम बन्दछ आँसु पुछ्दै अधरमा हाँसो फुटाउँछ तर खै ! तिम्रो गर्जन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गे

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ दृष्टिभ्रम फुला परेको आँखालाई निकालेर ऐन,कानून र नियम बदल्ने सोचमा छु । देशकै निम्ति सोच्ने एक जङ्ग बहादुरको खोजमा छु । दिन दहाडै हाम्रो अस्मितामा धावा बोल्छन् आफ्नो स्वार्थको रोटी हाम्रो तावामा पोल्छन् ठाडो आदेश लिदै, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चरीको दूधले भरिएको–रित्तो दुनेरी

~दुतेन्द्र चाम्लिङ~ बाँच्नुको नाउँमा हरेक बहाना दुहेर बाँचेजस्तो गर्नु वाह ! क्या बेजोड अभिनय बहाना खाली बहाना मात्रै नभई सिलसिला जो बनिदिन्छ र, मान्छे भन्ने जन्तुचाहिँ जे होस् बाँचिदिन्छ कमसेकम एउटा विकल्प रहेसम्म दौडिँदै–बाँच्नुदेखि बाँच्नुसम्म एउटा डरलाग्दो ठूलो ब्लाक होल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलो सपना

~दुतेन्द्र चाम्लिङ~ बादल प्रधानमन्त्री – बादल आँप सभासद – आँप नीलो धुवाँ शिक्षामन्त्री – नीलो धुँवा बेरोजगारी उत्पादन गर्ने विश्वबिद्यालयको एउटा उत्पादित थोक म मेरो मस्तिष्कको भाउ बजारको खसीको गिदीको जति पनि छैन भन्नलाई त भन्छन् मेरै मति पनि ठिक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बादलको पहाड

~शिशिर शर्मा~ माथि धर्तीभन्दा माथि बादलभन्दा माथि बादलहरुकै बस्ती छ । बादलसित कुरा गर्दै विवाद गर्दै– बादलहरु चर्काचर्की गर्छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??!!

~रामप्रसाद खनाल~ राणाहरुले राम्रो गरेका भए २००७ साल किन आउँथ्यो ? २००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा किन जान्थ्यो ? २०१७ मा आएको पञ्चायत २०४६ मा लखेटिन किन मान्थ्यो ? यि त भए पुराना कुरा भनौंला उहिलेका कुरा खुइलिएर गए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसले गरायो?

~बासु श्रेष्ठ~ यो हिँसा यो हत्या कसले बढायो नर भै कन नि दानव बनायो प्रेम र ममता सुली चढायो त्रासै त्रासको दुनियाँ बनायो शक्तिको क्षुधा लिएर मनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पनामा एक ऋतु जीन्दगी

~अनुप जोशी ~ कहिले उज्यालोले अँध्यारोलाई लखेट्थ्यो कहिले अँध्यारोले उज्यालोको उछितो काढ्थ्यो एकपल्ट हरियो रङ्गीएका वृक्ष-लतिकाहरु स्वत: पहेँलो रङ्ग ओढ्दथे र कुनैबेला नाङ्गै पनि बस्दथे । यस्तैमा मैले बुझ्न थालेको थिएँ कि समय घडीमाजस्तै सर्कुलर घुम्दो रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : लक्ष्मीमा समर्पित कलमको क्रन्दन

~सुबेश घिमिरे~ छन्द : शिखरिणि  नलेखौं लेखौं के भन न तिमी नै आज मइले उनौं कस्ता शब्द कसरी कविता लेंखु अहिले जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरुरु सुके सारा पुष्पै किशलय सुके माजरीहरु ॥ ॥१॥ हिजो लक्ष्मी हुरुदा जति … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

~राजु सिटौला~ सार्हो हुनु त ढुङ्गाको नियति हो उ त जहिले पनि सार्हो नै हुनेगर्छ तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे थाहै नदिई ढुङ्गा भन्दा पनि सार्हो हुनेगर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढीआमा र उनको छोरो

~अनुप जोशी ~ म प्रत्येक दशैँमा गाऊँ फर्कँदा उनी छाँया रङको मजेत्रो ओढेर थुम्काको चौतारीमा बसिरहेकी भेटिन्थिन् उनी चौतारी छलेर अगाडी बढ्ने हरेक यात्रुका अनुहार पढ्दथिन् यति विघ्न व्यस्त देखिन्थिन् कि उनलाई आँखाको कचेरा फाल्ने फुर्सद हुँदैनथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले नेपाल छोडेको छैन

~वसन्त कुमार गौतम~ हरेक पल मनको आँखामा पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु, देवीथानको चौतारीबाट शिखरहरुसंग आँखा जुधाएर भञ्ज्याङहरुको नाम भनेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~उज्ज्वल जी.सी.~ न तिमी नजिक आउन सकें न मजाले माया लाउन सकें । धेरैबेर नै कुरेँ चौतारीमा न तिम्रो आभास पाउन सकें ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कट्मिरा छेपाराहरु

~बिबश बिप्र~ यसरी, कट्मिरा कथकहरु हरियो झारको आगो तापेर बसिरहेछन अनि, भन्छन।।। हामी पंचाग्नी तापिरहेछौ !!

Posted in कविता | Tagged , | Leave a comment

कविता : म किन ढुंगो जन्मन सकिन ???

~बिबश बिप्र~ यो, सत्य हो !! जसरी म जन्मन्छु त्यसरी नै यी ढुंगाहरु जन्मेका हुन !! कसैले मानोस् या खण्डन गरोस् मलाई बहुलाहा नै किन नभनोस् ???

Posted in कविता | Tagged , | Leave a comment

कविता : कल्पनामा एक टुक्रा सपना

~अनुप जोशी ~ म स्थापित सपनाकार भैसकेको थिएँ आफुले चाहेजस्तै सपना देख्थेँ मुर्कट्टा भूतहरुलाई बोलाउँथे सबैभन्दा डरलाग्दा राक्षसहरुलाई मेरो निम्तो पुगेकै हुन्थ्यो र म सपनीमा सँधै महाभारतभन्दा भयङ्कर

Posted in कविता | Tagged | Leave a comment

कविता : सांसारिक दैत्यता

~अनुप जोशी~ दैत्यिक उन्मुक्तीको तलासमा क्रान्तिरुपी विगुल सल्काउँदै गर्दा मेरा उत्तेजित धमनीहरु खल्बलीए । पिचासे मनहरुलाई – सांसारिक अलौकीकता पाच्य भएन । तरङ्गीत आश्या नगरी उत्ताउलो बन्दै गए । भ्यागुते उफ्राईहरु निश्क्रीय पारिए। साङ्गठनीक यथार्थवाद ओइलाए । सुर्यास्त पछिको चन्द्रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अपरिहार्य वार्ता

~डा. लेख निरौला~ तपाईँ लौ आजै मसँग अहिले भेट दिनुहोस् कुरा केही आफ्ना सहजसितले भन्न दिनुहोस् गरौँला भेटैमा कतिपय कुरा गोप्य मनका बसौँ आजै चाँडै मन युगल साट्दै सुमनका ।। भए जेजे बिर्सौँ सब कठिन यात्रा विगतका भुलौ सारा हाम्रा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन्

~राजु सिटौला~ देख्यौ त तिमीले ? खोक्रो शरीररुपी भित्तामा टाँसिएका अनगिन्ती ती आँखाहरु तिनीहरु मलाई नै एक तमासले हेरिरहेका छन् घोँचुला झै…. अनि खाउँला झै….. सुन्यौ त तिमीले? ती आँखाहरुको हेराइमा म गिरेको छु रे तर म गिरेको होइन बरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रुमाल

~अनुप जोशी ~ कुनै धागोको रुमाल थियो त्यो सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ नाइँनास्ति गरी गरी मैले राखेको थिएँ सर्टको खल्तीमा अहिले एकाएक खल्तीबाट भित्र छिरेर तेसले मेरो मुटुको आकार लिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वप्न

~दुश्यन्त भट्टराई~ प्रभातको झुल्को जब धर्ती पाऊँछ, दुनीयाँ यो सारा जग चल्मलाऊँछ । म मस्त गती स्वप्नको साथ हुन्छु , म अल्छी सबेर जो सुती रहन्छु ।। म पुग्छु कहिले मेरै वालपनमा, उहि गाँऊघर् खेतमा फाल हान्दै । फेरि पुग्दछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मृत्युमार्ग !

~डा. लेख निरौला~ म जान्नँ राजमार्गमा त्यहाँ छ मृत्यु निर्मम दिनैजसो उही कुरा सुनेर हुन्छु दिग्भ्रम न राजमार्ग स्वस्थ होस्; जहाँ छ मृत्युको डर म भन्छु मृत्युमार्गझैँ रहन्छ त्यो भयंकर ।। अनन्त मृत्युझैँ सधैँ खुला छ राजमार्ग नै सुनिन्छ नित्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment