Tag Archives: कथा

कथा : मेरी मनकी रश्मी

~सुवास~ मेरा भन्ने कुरा सदा झैं सकिए एकैचोटी। कारण- उस्ले नारी ब्रम्हास्त्र प्रहार गरी, आँशु झारेरै रोइ। अनि याद आयो, सात वर्ष भएछ, ऊ झ्याम्मिएर मलाइ अँगालो हाल्दै रोएको एयरपोर्टमा। सँगै अमेरिका आउने धेरै प्रयास गरे पनि खैरेले खै किन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेड इन नेपाल

~सुरेश नेपाली ~ हातमा पाउरोटीको टुक्रा लिई हरेराम सधै कम्पनीको काममा जाने गर्थ्यो। साच्चै नै, कामको बोझले हरेराम थिचिएको थियो, उसले आनन्दको श्वास लिनसकेकै थिएन। जब ऊ कामको लागि खाडी मुलुक छिर्याे उसको निद, चैन सबै चैत बैशाखको खडेरीसरी उराठ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~सुमन बगाले~ सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~निशा खनाल अर्याल~ प्राणी मात्रको सबभन्दा जनिक र प्रिय आमा नै हुन् ! गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ ! शृष्टि, पालन,संरक्षण,शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गफी

~कृष्ण थापा ‘कृष्णपक्ष’~ मेरो अंगालोमा बाँधिएर ऊ धेरै बेर रोइ । शायद पहिलोपटक हुनुपर्छ, नत्र यो चंचल हँसमुख र गफी केटीका आँखाहरूमा अनायास यस्तरी आँसु भरिएको मैले कहिल्यै देखेको थिइनँ । रबिन स्क्वायरको फराकिलो आँगन होस् या साँझ ढलेपछिको सामुद्रिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नटुङ्गिएको पत्र

~कृष्ण के.सी.~ समयको बहाव संगै म कति बहन सके वा सकिन त्यो नीलीमालाइ सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज l बिबाहमा दुबोको माला लगाएर औठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ l धुलै-धुलो,माकुराको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म थोत्रो कोट हुँ

~रोशन भुयंजु~ मेरो मालिक खरदार हो । म उसको थोत्रो कोट हुँ । मेरो मालिकको उमेर पैत्तिस , मेरो दश । दश बर्ष अगाडी जन्मदानी म यत्रै थिए अहिले पनि बढेको हुइन । बरु घटे हुँला । उतीबेला म सुन्दर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परदेशिएकी आमा

~सिता बराल~ । गुरुप्रसादका बा रामनाथ विहान सबेरै बाहिर जाने काम परेको परेको कुरा हिजो बेलुका नै भइसकेका थिए । त्यसैले आज उनीहरुलाई काकीले खाना खान बोलाएकी हुन् । गुरुप्रसादको घर नजिकैका सडकका पसलहरुमा बिहानै देखि मानिसहरुको धेरै भिड लागेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी हुन नसकेकी श्रीमती

~रजित ओझा~ मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुत्तरित प्रश्नहरु

~कृष्ण के.सी.~ चौडा छाती फिजाएर सललल बगेको सलवा रोडमाथि हुइकिएको आफ्नो कम्पनीको गाडीमा म निद्राले झुलिरहेको हुन्छु । हरेक जसो दिन यही बाटोबाट ओहोर-दोहोर गर्दा देखिने विकासे गतिविधिले आधा घन्टाको यात्रामा म सधै जसो आफ्नो देशको कछुवागति विकास र राजमार्गहरूको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नीमान्छे

~विद्या सापकोटा~ हजार सपनाहरुको माया लागेर आउँछ’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखि उसलाई यो गीत विशेष मनपथ्र्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको वर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु÷नसम्झनुसँग पनि यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पवित्र सम्बन्ध

~शर्मिला खड्का दाहाल~ जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्याई तेहर्याई प्रायः पढ्ने गर्दछु । एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुन्द्रको छेउम

~कमला सरुप~ समुन्द्रको छेउमा त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवन भन्दा पनि महापूर्ण कुरा भावना कसरी हुनसक्छ – अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चाह निवस्त्रको

~गुणराज लुइटेल~ सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि अन कलमा रहनु पर्छ । कहिले कहिं त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिदेशी बिहे

~सिता बराल~ एकाबिहानै के कामले आयौं त ठुले,भन्दै गलैचा ओछ्याइदिइन पण्डीतनी बज्यैले । पण्डीत बाजेसंग दिन हेराउन आएको, कता हुनुहुन्छ? जप गर्दै हुनुहुन्छ, उठ्ने बेला भयो । म चिया बनाएर ल्याउछु बस्दै गर है भन्दै पण्डीतनी बज्यै गईन । के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयोग

~कमला सरुप~ उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरुष

~उपमा अर्याल~ प्रायः म निराशावाद होइन आशावादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोलि राजेश पायल राईको “दर्शन नमस्ते” भन्ने गीत निकै नै सुनिरहेकी छु। कति मीठो शब्द चयन, कति मीठो लय अनि स्वर, अनि त्यस्तै मन्त्रमुग्ध पर्ने सङ्गीत! सार्है … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुसुप्तता

~विद्या सापकोटा~ मुरली प्रसाद गाँउका प्रसिद्ध पण्डित थिए । उनको पण्डित्याइ चारगाँउ परसम्म फैलिएको थियो । त्यो भन्दा पनि महत्वकासाथ उनकाचंचल आँखा र धूर्तताको बयान घरघरमा हुन्थ्यो । हुनपनि उनी जातपात र उचनीचको विषयमा खुब निन्दोचर्चो गर्थे । आफुभन्दा निर्धासानालाइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अद्भूत दृष्य

~जलेश्वरी श्रेष्ठ~ म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्रको छेउमा

~कमला सरुप~ समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुको तीज

~सिता बराल~ सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ । समाजमा नराम्रा मानिसहरुको संख्या धेरै देखिए पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पारुको बाचा

~सिता बराल~ डाक्टरहरुसंग जँचाइसकीन तर पनि उनलाई लागेको रोग पत्तालाग्न सकेको छैन । आफूसंग भएका सबै परिक्षणहरु गर्दै पटक पटक औषधीहरु फेरि रहेका छन डाक्टरले तर उनमा केही असर भेट्टाउन सकेका छैनन् । डाक्टरको लागी उनको शरिर प्रयोगशाला जस्तै भइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होल नार्इट

~निरन्जन थापा~ आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दागबत्ती

~उपमा अर्याल~ (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) “बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! ” सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिखेको जन्ति बाख्रो

~वेद पौडेल~ माघको जाडोले मेरा खुट्टा लुग लुग काँप्दै थिए। विहान उठेर १ सर्को बिँडी तानेर, अब यसो मुख सुख धुनु पर्यो भन्ने हेतुले म बाहिर निस्किँदा च्याँके पनि टुपुल्कियो। “टारिघरे कान्छा दाइको बिहे आँटियो। हजुरहरुलाई नि निम्तो छ है।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तृष्णातृप्ति

~जलेश्वरी श्रेष्ठ~ एक साँझ म एक्लै ओछ्यानमा त्यसै पल्टिएर के के सोच्दै थिएँ । पेटमा सल्ल केही चलेको अनुभव भयो । म सशंकित भएँ । कताकताबाट मनभित्र डर र बेचैनी उर्लिएर आयो । एउटी आइमाई गर्भवती हुँदा यसरी नै भ्रुण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नगरवधू

~डा. दीनबन्धु शर्मा~ म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै -अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुन्टी

~सिता बराल~ पढदै गरेकी छोरीले सोधीन तिमी कक्षा तिनमा पुग्दा, छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ? ठूलीले टाउको हल्लाईन । कुन देशमा हो नि हजुर जाने ? इजरायल, ए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी यौनको मामलामा कमजोर छौ

~मनोज घिमिरे~ मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन । ———————————————————————————————— “के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परदेशी साथी

~कमला सरुप~ हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी फेरी दर्किन थाल्यो

~दीप्स शाह~ भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्‍अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुइचार छिटा पानी म सम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मण रेखा

~बिपुल सिजापति~ “को हो र रौनक ? कोही पनि त होइन । फेरी किन यति व्यग्र छु म !” मस्तिष्कमा लडिबुडि खेलिरहेको एउटै प्रश्नलाई पन्छाउने प्रयास गर्दै सालिनी झ्यालबाट बाहिर हेर्न थालिन् । आकाश सिम्रिक रङ्गमा रंगिएको थियो । केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment