कथा : म मर्नै लागेँ, आऊ सावित्री

~बुद्धी सागर ~

म ०११ साल पुस ११ गते जन्मेकी थिएँ।

मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बा बित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, दुइटा भैंसी, एकहल गोरु, दस-बाह्रवटा बाख्रा। तिनै

बाख्रा लिएर म वन जान्थेँ। घाँस काट्थेँ। पुतलीझैं रमाउँथेँ। इन्द्रधनुष हेरिहुँजस्तो लाग्थ्यो। मेरो मन पनि त जुरेलीजस्तै थियो

म सानी जुरेली थिएँ। आमा र दुई दाइले खुब माया गर्थे। घरकी कान्छी म नै त थिएँ। दिनभरि छिमेकका दिदीसित पुतली खेल्थेँ। आमा प्रायः पिँढीमा बसेर गुन्द्री बुन्नुहुन्थ्यो। मैले पनि गुन्द्री बुन्न सिकेँ। अरूलाई के था’ ? गुन्द्रीसँगै म आफ्ना कलिला रहर बुन्थेँ। ०२१ साल पुसको ठिहिर्‍याउँदो दिन थियो। म गुन्द्री बुनिरहेकी थिएँ। अचानक घरमा तीन-चारजना मान्छे आइपुगे। साथमा बाह्र वर्षजतिको सानो केटो थियो। म गुन्द्रीकै तानमा अल्झिएँ। घरमा जो आउन्, मलाई के मतलब ?तिनीहरूले एकछिन आमा र दाइसित गुनगुन गरे। मैले त्यति वास्ता गरिना। धेरै बेरपछि तिनीहरू गए।

साँझपख पो छिमेकका दिदीले जिस्काए, ‘तेरो ब्या छिन्न आ’रैछन्।’

‘उता जाऊ।’ म हाँसेँ।

‘अहिले हाँस्छेस् ?’ दिदीहरूले खुचिङ गरे, ‘डोली चढेर जाँदा त रोलिस् नि।’

माघे संक्रान्तिमा टिकाटालो गर्ने कुरा पो भएको रै’छ। माघ २ गते, दुई बजेतिर फेरि तिनै मान्छे आए। पिँढीमा बसे। म घरमै थिएँ। तिनीहरूलाई देखेर डरडर लाग्यो।

‘अस्ति पनि आ थे।’ म छक्क परेँ, ‘आज फेरि तिनै मान्छे किन आए ?’

एकछिनमा त थाहा पाइहालेँ किन आ’का रै’छन् भनेर। मुटु ढक्क फुल्यो। के गरूँ के गरूँ भो। मैले ट्याप्प डोको समाएँ।

‘गोठालो जान्छु’ भन्दै म कराएँ।

‘आज तिमी नजाऊ,’ कान्छा दाइले डोको समाए, ‘आज त मै गोठालो जान्छु।’

म भाग्न पाइना। टोलाउँदै बसेँ। मान्छेहरू मलाई बेलाबेला पुलुक्क हेर्थे।

‘सावित्री,’ आमाले भित्र बोलाइन् र भनिन्, ‘यो घाँघर लगा त।’

अस्ति भर्खर सिलाको नयाँ घाँघर लगाउन पाउँदा म के छोड्थेँ, लगाइहालेँ। नयाँ कपडा लगाउन पा’को खुसीले जुरेलीझैं फुरुंग भइहालेँ। अनि हतार-हतार आमाले अक्षता मुछिन्। केटा र मलाई अक्षता लाइदिइन्।

मैले केटोतिर हेरे त मरिजाउँ। किन हेरूँ, जस्तो लाग्यो। पन्ध्र मिनेटजति बसेर मान्छे फर्किए।

भोलिपल्ट पाधेरामा दिदीले सोधिन्, ‘बिहे छिनियो हैन त, तेरो ?’

‘धेर नकरा,’ म बम्किएँ।

‘केटाले टिका लाएर गयो,’ दिदी हाँसिन्, ‘अझै बम्किन्छेस् ?’

‘टिका लाओस् कि नलाओस्,’ कराएँ, ‘मलाई के मतलब।’

त्यै पनि मन भरंग भो।

त्यसपछि त जति दिन बित्दै जान्थ्यो, मन उति रुन्चे हुन्थ्यो। मैले थाहा पाइसकेकी थिएँ, विवाह भएपछि अर्काको घर जानुपर्छ। अर्काको घर जाने कुराले मेरो निद हर्न थाल्यो। कति रात त निदाउन पनि सकिना।

एकदिन अचानक मैले थाहा पाएँ, मेरो बिहे हुन त पन्ध्र दिन मात्र बाँकी रै’छ। म दिनभर करेसामा बसेर रोएँ। सोचेँ, यति सानी म पनि नअटाउने यस्तो साँघुरो भो र घर ?’

अहिले त बिहे पो गर्नी हो,’ एकदिन आमाले सम्झाइन्, ‘हुर्केपछि पो जाने हो।’

आमाको कुराले ढाडस दियो।

‘बस्लिस् माइत,’ दिदीहरूले भने तर्साइदिए, ‘तालाई त पठाइहाल्छन्।’

मेरो सातो गयो। म पखेटा कुँजिएको जुरेलीझैं छट्पटाउन थालेँ। जतिजति बिहेको दिन नजिक आउँथ्यो, म रातभरि कल्पन्थेँ, यो रात कहिल्यै नसकियोस्, अनि दिनभरि रुन्थेँ, अब रात नपरोस्। दिन पनि एकदम छोटा लाग्थे। जब रात पथ्र्यो, म भक्कानिन्थेँ, फेरि एउटा दिन सकियो भनेर।

गोठालो जाँदा, पाधेरो जाँदा म मनभरि रुन्थेँ। आँखा पनि बेस्मारी भत्भताउँथे। मैले दिनहरू थाम्न सकिना। ती आए, गए। आखिर बिहेको दिन पनि आइपुग्यो। अघिल्लो रातभरि म रोइरहेँ। भोलि यो घर छाडेर म कसरी जान सकूँला र ?

भोलिपल्ट २२ जनाजति मान्छे घर आए। मलाई कता भागूँ, कता भागूँ भयो। तर म सानी केटी कता भाग्थेँ र ? आमाले बाइसहाते धोती लगाइदिइन्। म त्यसमा फनफनी बेरिएँ। आखिर धोती मैले फुकाउन नसक्नेगरी जेलियो। म जग्गेमा बसेँ। छेउमा केटो बस्यो। उसले जामा र पगरी लाएको थियो। नाम रै’छ, सूर्यप्रसाद खनाल। पूजापाठ भो। सिउँदोमा सिन्दुरको धर्को बस्यो। आखिर डोली चढ्ने बेला आयो। मेरा हिक्का छुट्न थाले। सप्पै मिलेर मलाई डोलीमा सुताइदिए।

हिँड्ने बेला आमाले मसिनो आवाजमा भनिन्, ‘नानु, भोक लागे दही खानू।’

गुम्लुंग चारैतिर छोपेको डोलीभित्र रुँदारुँदै म निदाएछु। पछि, आमाजूले ब्युँझाइन्, ‘नानी। भोक लाग्यो ? क्यै खान्छ्यौ ?’

‘नाई।’

‘अटेरी नगर, खाऊ।’

‘खान्ना भनेपछि खान्ना।’

साँझपख घर आइपुग्यो। राति म सासूसितै सुतेँ। झल्याँस्स-झल्याँस्स घरको सम्झना आउँदा हिक्का छुट्थे। कोल्टे परेर रातभरि रोएँ। किनभने, मेरो बिहे भइसकेको थियो। त्यसबेला म १० वर्षकी थिएँ।

….

 

‘दुलहीले खाना पकाउनुपर्छ।’बिहान सबैले भने।

म त रातभरि रोएकिले कमजोर भइसकेकी थिएँ। मलाई पकाउनै मन लागेन। कहाँकी मान्छेलाई कहाँ ल्याइपुर्‍याए ?

‘बुहारी, खुरुक्क पकाऊ,’ सासुले कर गरिन्।

मैले रुँदै फुरौला पकाएँ। लहरै भान्सामा बसेकालाई बाँडिदिएँ। पछि त अझ के भन्न थाले भने, दुलाहा र दुलहीले सँगै खानुपर्छ रे। मैले अलिअलि खाएँ। छेउमै दुलाहा थियो। मलाई त ऊतिर हेर्नै मन लागेन। देख्यो कि रिस उठ्थ्यो। सोच्थेँ, मसित नै किन बिहे गर्नुपरेको होला ?त्यही दिन म माइत फर्किएँ।

फेरि भोलिपल्ट ससुराले घर लगे। पाँच दिनपछि फेरि माइत आएँ। उकालो-ओरालो हिँड्दाहिँड्दै म थाकिसकेकी थिएँ। माइतमै एक हप्ता बित्यो।

‘सोह्रौं दिन घरमा बस्नुपर्छ’ भन्दै ससुरा लिन आए। सोह्रौं रात किन घरमा बस्नुपर्छ, मलाई थाहा थिएन। अहिले पनि थाहा छैन। सोह्रौं रातको भोलिपल्टै मलाई लिन दाइ आइपुगे। त्यसपछि धेरै दिन म घर गइना। म माइतमै बसेँ। आफू जन्मेको आँगनमा रमाएँ। दिन फेरि उस्तै भए। माइतमा एक वर्ष कसरी बित्यो, थाहै भएन। चैतको अन्तिम हप्ता थियो, सायद। आमाजू टुप्लुक्क आइपुगिन्। उनलाई देखेर म झस्किएँ। ‘धेरै दिन भो साइली अब घर हिँड,’ आमाजूले भनिन्।

‘जान्ना,’ म अन्कनाएँ।

आमाजूले खुब फकाइन्। नगई सुख भएन। पर्सिपल्टै दाइ आइपुगे। दाइले सोचेछन्, ‘बैनी खुब रोइहोली।’

फेरि म माइत फर्किएँ। तिनै आँगन, वन, पाधेरो, जुरेलीसँगै रमाएँ। सबै ठिक थियो। तर, एकदिन गोठालो जाँदा वनमै बेस्मारी चक्कर आयो। उल्टी भो। उँधोउँभोले मलाई न्याक्न थाल्यो। गोडा लगलगी काँप्न थाले। एकदिन धारामा पानी लिएर फर्किंदा बारीको डिलबाट म गाग्रीसँगै पछारिएँ। अबेरसम्म बेहोस भइछु। माइली आमाले देखेर आफ्ना घर लगिछन्। पौने एकघन्टा पछि म ब्युझिएँ।

‘तिमी त बेहोस भइछौ,’ काकाले भने।

काका अलिअलि झारफुक पनि गर्थे। बेसार र अक्षता मुछेर फुकिदिए।

‘मलाई के भा होला, काका ?’

‘मसान ला रै’छ,’ काकाले भने, ‘मैले फुकिदिएँ, अब सन्चो हुन्छ।’

म घर आएँ। आमा मेरो हाल देखेर भक्कानिइन्। एक हप्तापछि हतारिँदै आमाजू आइन्। म कमजोरीले सुतिरहेकी थिएँ। उता केटालाई पनि उँधोउँभो भएछ।

‘साइली,’ आमाजूले सुनाइन्, ‘तिम्रो हातको पानी खान पाए त सन्चो हुन्थ्यो कि भन्या छ।’

‘जान्ना,’ म झर्किएँ, ‘मरे पनि के भो।’

‘त्यस्तो नभन, साइली,’ उनी निरास भइन्, ‘मेरो भाइ मर्‍यो भने …।’

आखिर म आमाजूका पछि लागेँ।

घर पुग्दा त उनी पिँढीमा कम्मलमा बेरिएर भित्तामा अडेस लागेका रै’छन्। उनको छेउछाउ पिँढीमा अरू पनि मान्छे थिए। आँगनमा मलाई देखेर गाइँगुइँ भयो। उनका आँखा बन्द थिए।

‘आमा आ’को हो ?’ उनले सुस्त सोधे।

‘हो बाबु। आई।’

‘छेउमा बस्न भन्दिनू न,’ उनको आवाज पनि एकदम कमजोर भइसकेको थियो। बिचरा खुब दुब्लाएछन्। हड्डी मात्र थिए। गालाका हड्डी पनि ठूल्ठूला देखिन्थे।

‘यता बस त, साइली,’ सासूले उनको छेउ देखाइन्।

‘बस्दिना।’

‘पानी देऊ बुहारी,’ रुन्चे स्वरमा सुसुराले भने।

म अन्कनाएँ। मान्दै मानिना। सासू जंगिइन्। मैले दुई चम्चा पानी ख्वाइदिएँ। उनले घुटुक्क निले। पछि छेउछाउका अरू मान्छेले सुनाए, ‘अघिसम्म त खानै मानेको थिएन। अहिले खुरुक्क खायो।’

एकरात त बित्यो, भोलिपल्ट एकरत्ति पनि घरमा बस्न मन लागेन।

‘अब म बस्दिना।’

‘बिरामी छ,’ अरूले सम्झाए, ‘छोडेर नजाऊ।’

‘जान्छु भनेपछि जान्छु जान्छु,’ मैले ढिपी लिएँ।

आखिर म एक्लै माइत हिँडेँ।

‘ज्वाइँलाई कस्तो छ ?’ घर पुग्दा आमाले सोधिन्।

‘के छ, के छ,’ मैले हात नचाएँ।

‘पानी ख्वाइनौ ?

”अँ,’ मैले ढाँटे, ‘एक कचौरा ख्वाएँ।’

वैशाख लाग्यो। हाँगामा कलिला पात पलाए। मेरो ज्वरो पनि पलायो। उता उनको पनि फर्केछ। आमालाई चिन्ताले सताउन थाल्यो। एकदिन ज्योतिष काकाकोमा एक बटुको चामल र पाँच रुपैयाँ लिएर गइन्।

‘एउटा जान्छ,’ काकाले भनेछन्, ‘खड्को छ।’

घर फर्केर आमा रातभरि रोइन्। त्यसपछि त मैले धेरैपल्ट आमालाई रोएको देखेँ।

‘किन रो’को ?’

‘त्यस्सै,’ आमाले ढाँटिन्।

गाउँभरि हल्ला पनि फैलिएछ- दुइटै बिरामी छन्, एउटा जान्छ अरे।’

वैशाखका अन्तिम दिन थिए, उता घरबाट खबर आयो, ‘त्यसको मुख नहेरी मर्दिना भन्या छ।’

उनलाई त साह्रै भएछ। मलाई लिन जेठानी आइन्। म पनि थलिएर उठ्नै नसक्ने भएकी थिएँ। गाउँकै एकजना नेवार दाइले बोकेर लगिदिए। म आइपुगेको थाहा पाउनेबित्तिकै सासूले भनेछन्, ‘पानी ख्वाउन भन्दिनू।’

नेवार दाइले मलाई उनकै छेउमा राखिदिए। मैले आफ्ना काँपिरहेका हातले तीन-चार चम्चा पानी ख्वाइदिएँ। भोलिपल्ट मलाई बस्नै मन लागेन।

‘घर जान्छु’ भनेर कर गर्न थालेँ। कसैले नमानेपछि एक्लै हिँडिदिएँ। अहिले लाग्छ, त्यस्तो चक्कर लाग्दालाग्दै पनि म कसरी माइत पुगेँ ? मलाई त बाटोमै ढलेर मर्छु कि जस्तो लाग्या थ्यो।

‘किन हिँडेर आ’की ?’ आमाले सोधिन्।

‘मर्न लागेँ म त,’ यत्ति भनेर म ओछ्यानमा पछारिएँ।

एक हप्तापछि उनको घरतिरबाट दुईजना मगर आएछन्। वरिपरिका घरमा सोधेछन्, ‘सलंग इस्तरपानी भट्टाकी छोरीको घर कुन हो ?’

‘किन ?’

‘उहाँको लोग्ने बित्नुभो।’

गाउँभरि हल्लाखल्ला मच्चिएछ। सबैले हाम्रो घर देखाइदिएछन्। मगरहरू घरको पिँढीमा थचक्क बसे। मैले केही पनि नखाएको पाँच दिन भइसकेको थियो। काका हतारिँदै आए। केरा र घ्यु पकाए।

‘खाऊ त, नानी।’

‘खान्ना।’

‘काकाले कस्तो माया गरेर पकाको,’ अरूले सम्झाए, ‘खाऊ नानू।’

मैले अलिअलि निलेँ।

हतारिँदै गाउँका नेवार दाइ पनि आइपुगे र मलाई बोके। म घर पुग्दा त उनलाई मसानघाट लगिसकेका रै’छन्। तीन घन्टा टाढा। ससुरा किरिया बस्ने तयारीमा थिए।

‘मेरो छोरा त गयो। मेरा पोइ पनि मर्छन्,’ राति सासु कराइन्, ‘किरिया यसैले बस्नुपर्छ।’

‘यस्ती बिरामी छन्,’ नेवार दाइले सम्झाए, ‘किरिया नबसाल्नुस्।’

‘जे हुन्छ, हुन्छ,’ सासु राँक्किइन्, ‘मरे पनि मर्छे।’

मैले देखेँ, नेवारदाइले सुटुक्क आफ्ना आँसु पुछेका थिए। सबैले मलाई धारामा लगे। मेरा चुरातिर ढुंगा सोझ्याए। एक हप्ताअगाडि चुरौटेले टम्म लाइदिएका हरिया र राता चुरा मेरा नाडीभरि थिए। मेरो सातो गयो।

‘नफुटाल मेरा चुरा,’ म रोएँ।

‘पछि राम्रा लाउली, नानू।’

र, झर्‍यामझुरुम मेरा चुरा फुटाले। सिन्दुर पखालिदिए। सेतो धोतीले फनफनी बेरिदिए। त्यसपछि, त मैले हनहनी ज्वरोमा पनि एघार दिनसम्म नुहाएँ। केही खान मन थिएन। पेट सुक्दै जान थाल्यो।

‘भात पकाएर खाऊ’ भनेर धेरैले सम्झाए।

म पकाउँथेँ तर धारामा घोप्टयाएर फर्किन्थेँ। बाह्रौं दिनमा नुन खुल्यो। तैपनि मैले केही खान सकिना। यसरी ज्वरोले न्याक्दा, एघार दिनसम्म भोकै बस्दा, हरेक दिन नुहाउँदा पनि म बाँचेँ।

‘यो पनि मर्छे कि भन्ने ठान्या थेँ,’ सासुले बचन लगाइन्, ‘बाँची।’

त्यसपछि मलाई एकछिन पनि बस्न मन लागेन।

‘माइत जान्छु’ भन्दै रुन थालेँ।

‘जाने भए जा,’ सासु फनफनिइन्, ‘तर यो एउटा खड्कुलो माँझेर जा।’

म झन् रुन थालेँ। कमजोरीले रिंगटा चल्न थाल्यो।

‘भो यता रुवाएर नराखम्,’ आमाजूले यत्ति भनेपछि मैले बाटो पाएँ र थकित पाइला लतार्दै माइत फर्किएँ।

हरियो सारी र ब्लाउजभित्र सुक्नसम्म सुकेको ज्यान। बुच्चा नाक र कान। रित्ता नाडी। आफैलाई देख्दा भक्कानो छुट्थ्यो। त्यसैले दिउँसै गाउँ पस्न सकिना। दिनभरि नजिकको वनमा लुकेर बसेँ। म आफ्नो फेरिएको रूप लिएर कसैका अगाडि उभिन नसक्ने भएकी थिएँ। साँझपख बारीमा छेलिँदै-छेलिँदै मैले माइतीको आँगन टेकेँ। रातभरि ऐनामा आफ्ना बुच्चा कान र नाक हेर्दै रोइरहेँ।

म ११ वर्षकी बिधवा।

….

एक वर्ष बित्यो। म श्राद्धमा गएँ। भोलिपल्टै फर्किएँ। त्यसपछि फेरि कहिल्यै गइना। तीन वर्ष फेरि पहिला जसरी नै बिते। वन जान्थेँ। घाँस काट्थेँ। फरक यत्ति थियो, अब मसित चन्चलता थिएन। अरू पनि मलाई बिधवा ठान्थे। पछिपछि धेरै केटाहरूले वनमा पछ्याए।

‘मसित बिहे गर,’ कतिले त भनी पनि हाल्थे।

‘मसित यस्ता कुरा नगर।’ यसरी अरूले पछ्याएको घरमा पनि थाहा भो।

आमा र दाइले मेरो सातो लिए, ‘तैंले फेरि बिहे गरिस् भने यो घरमा पाइला नटेक्नू।’

मेरो आफ्नो भन्नू यही त एउटा घर थियो, म कसरी फेरि नफर्किने गरी जान सक्थेँ र ? धेरैले पछ्याउन थालेपछि मैले वनै जान छोडिदिएँ। ठूली आमाको छोरा -दाइ) काठमाडौंमा थिए। एकदिन मैले उनकै भरोसामा भनिदिएँ, ‘आमा अब म ‘नेपाल’ जान्छु।’

आमा छक्क परिन्। केही दिनमै दाइले काठमाडौंमा मलाई काम खोजिदिएछन्। उनको कुरा सुनेर घरका दाइले पनि मलाई रोक्न खोजेनन्। ‘साँच्चै ता जान लागिस् ?’ थाहा पाइछन् क्यारे आमाले पनि, सोधिन्।

‘अँ … म नगई छाड्दिना।’हिँड्ने बेला आमाले दाइलाई रुन्चे स्वरमा यत्ति भनिन्, ‘जानै आँटी। यसको ख्याल राखिदिनू।’र, मैले दोस्रोपल्ट माइत छाडेँ।

त्यतिबेला म १५ वर्षकी थिएँ।

राजा महेन्द्र मरेको भोलिपल्ट म काठमाडौं आइपुगेकी थिएँ। दाइले जाउलाखेलमा एउटा कर्मचारीका घरमा भाँडा माझ्ने र भात पकाउने काम खोजिदिएका थिए। घरमा उनकी श्रीमती, सानो छोरा र एउटी बहिनी थिए। मेरो तलब १० रुपैयाँ भयो। कर्मचारी पनि कस्ता भने, बिहान छ बजे नै अफिस जाने तर भात खाएरै। मलाई घडी हेर्न आउँदैनथ्यो। घडी पनि भए पो Û कति बज्यो, म थाहा पाउँदिनथेँ। भान्सामा सुत्थेँ, जब झल्याँस्स ब्युँझन्थेँ, भात पकाइहाल्थेँ। अनि कुर्न थाल्थेँ। कहिलेकाहीँ त राति एघार बजे नै भात पकाउँथेँ कि के हो, रातभरि जाग्राम बस्थेँ। एकदिन उनले एउटा नोट दिँदै भने, ‘नानी छोरालाई कापी ल्याइदेऊ।’

म पसल गएँ, कापी मागेँ र पैसा दिएर फर्कें।

‘फिर्ता खोई ?’ उनले सोधे।

‘के ?’ म त छक्क।

‘पैसा।’

मलाई के थाहा कतिको नोट थियो, त्यो।

‘तिमीलाई थाहा छैन ? मैले कतिको नोट दिएको थिएँ ?’

म बोलिना।

‘पढ्न आउँदैन ?’

‘आउन्न,’ मैले सुकेको आवाजमा भने।

उनले बहिनीलाई बोलाएर भने, ‘आजैदेखि यिनलाई पढ्न सिकाऊ।’

आखिर मैले डेढ महिनामै अक्षर चिनेँ र बांगाटिंगा अक्षरमा पहिलोपल्ट आफ्नो नाम लेखेँ, ‘सावित्री खनाल।’

त्यतिबेला म १६ वर्षकी थिएँ।

 

आफैले चिठी लेखेर घर पठाएपछि घरमा पनि सबै खुसी भए- ‘नेपाल गएर राम्रै गरिछ।’

चार महिनापछि, एउटा दुधवालाले मलाई थापाथलीमा काम खोजिदियो। १५ रुपैयाँ तलब दिने भएछन्। कर्मचारीले ‘छाडेर नजाऊ’ भनेकै थिए, तर साँझको मौका पारेर सुटुक्क भागेँ।

त्यो कर्नेलको घर रै’छ।

मैले त्यहाँ काम गर्नेहरूका लागि खाना पकाइदिनुपथ्र्यो। ०३१ सालमा हाम्रै गाउँका विष्णुप्रताप शाहसित भेट भएको थियो। मैले ‘अलि राम्रो काम’ खोजिदिन आग्रह गरेकी थिएँ। ४० सालमा उहाँ सञ्चार सचिव हुनुभो। केही दिनपछि, शुक्रबार दुई-तीनजना पुलिस आएर मलाई भने, ‘सञ्चार सचिवले बोलाउनु भा’छ।’

म गएँ।

उहाँ भानुभक्त मेमोरियल स्कुलका अध्यक्ष पनि हुनुहुन्थ्यो।

‘अब तिमी भानुभक्त स्कुलमा जाऊ,’ उहाँले भन्नुभो, ‘काम खोज्द्या छु।’

‘हुन्छ।’

‘आइतबार जानू।’

र, आइतबार मैले भानुभक्त मेमोरियल स्कुलको आँगन टेकेँ।

त्यतिबेला म २९ वर्षकी थिएँ।

 

स्कुलमा मैले ससाना नानीहरूको ख्याल राख्नुपथ्र्यो। स्कुलमा कुचो लाउने, नानीहरूको कपडा धुने, खाना ख्वाउने। यी मैले खोजेजस्तै काम थिए। मन भुल्थ्यो नि त। तलब पनि ४ सय रुपैयाँ भयो। यसरी दस वर्ष अरू बिते।

०५० साल। एकजना साइन्स पढाउने रौतहटतिरका सर आए। उनले मलाई मन पराएछन् कि के हो, झ्याम्मिन आउँथे। नजिक-नजिक-नजिक हुन थाले।

‘किन पछ्याएको ?’ म झर्किएँ।

‘मसित बिहे गर,’ उनले भनि त हाले।

‘मसित अब आइन्दा यस्तो कुरा नगर्नू,’ मैले धम्काएपछि उनी हच्किए। नजिक आउन छाडे। त्यही नै अन्तिम बिहेको आग्रह थियो। त्यतिबेला म ३९ वर्ष थिएँ।

अहिले आफ्नो अतिततिर र्फकंदा म त छक्क पर्छु, एक्लै यति लामो बाटो हिँडेर यहाँसम्म कसरी आइपुगे ? दाइहरू आफ्नै घरजममा खुसी छन्।

०५८ सालमा आमा बितेपछि बल्ल म बेहोसीबाट झल्याँस्स ब्युँझिएजस्ती भएकी थिएँ। आमा नै त थिइन्, परिवारसित गाँस्ने एउटै त्यान्द्रो, त्यो पनि चुँड्यो। आमा गएपछि, म अचानक काठमाडौंको भिडमा एक्लिएँ।

बालखैमा बिहे भयो। श्रीमानको अनुहार पनि सम्झना छैन। ४० सालमा नागरिकता बनाउँदा उनकै थर ‘खनाल’ राखेर बनाएँ। अब त आफ्नो भन्नु त्यही एउटा थर छ। धादिङ छाडेर सासू-ससुरा पनि चितवन लरखुट्टे बसाइ सरे। चितवन जान सजिलै छ। बेलाबेला जान्छु। त्यहीँ मैले पनि सानो घडेरी किनेकी छु, घर बनाउन त के सकूँला र ? बनाए पनि बस्ने को ?दिनभर स्कुलका नानीहरूसित रमाउँछु। ‘आन्टी’ भनेर बोलाउँदा आँत शान्त हुन्छ।

जुन बाल्यकाल आफूले बिताउन पाइना, अहिले हेर्न त पाएकी छु।

दिन त नानीहरूसित बित्छ, रातभरि भने ऐठन पर्छ, परिआउँदा ‘लौ न नि’ भनेर बोलाउने कोही छैनन्। ‘

उमेरमा बिहे गर्नुपर्ने। जानिना मैले,’ अचेल यस्ता कुरा खेलिरहन्छन्।

आफूलाई मन परेका सप्पै कुरा त कहाँ पाइन्छ र ? मजसरी त एक्लै कोही पनि नबसून्।

भर्खरै सर्कारले बिधवासित बिहे गर्नेलाई पचास हजार रुपैयाँ दिने घोषणा गर्‍यो। म त भन्छु, ‘पैसाको मुख नहेर। कसैले मन पराउँछ भने बिहे गर।’

उमेरमा ‘जसरी भए पनि जीवन काटूँला’ जस्तो लाग्छ। उमेर ढल्किँदै गएपछि, पछुतो लाग्दै आउँदो रै’छ। त्यसैले त म अचेल निदाउन सक्दिना। रातभरि सोचिरहन्छु, अब कसरी बित्ला जीवन ?

किनभने अब म ५६ वर्षकी भइसकेँ।

 

(यो लेख तिनबर्ष अगाडि नागरिक दैनिकमा प्रकाशित भएको थियो ।)

 

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : द पाइड पाइपर

~माया ठकुरी~

टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्नेक्रममा मैले चित्रकथाको द पाइड वाइपर पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरूमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ, मनमनै साँचे । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक पढ्न थालेँ ।

जर्मनीमा हृयामिलिन नाउँ गरेको सहर थियो । त्यस सहरका बासिन्दा सुख शान्तिपूर्वक जीवन बिताइरहेका थिए ।

एकदिन अचानक त्यो सहरमा हजारौँको सङ्ख्यामा मुसा आए र सहरमा जताततै उत्पात मच्चाउन थाले । मुसाहरूले बच्चाहरूलाई टोक्न र बाटामा जेजे भेटियो त्यो सब नष्ट गर्न थाले । मुसाको आतङ्कबाट हृयामिलिनबासी ज्यादै भयभित भए । मुसा आतङ्कको समस्याबाट बच्नको लागि सहरवासीले अनेक उपाय गरे तर सफल भएनन् । त्यति धेरै मुसा मार्नको निम्ति सहरमा प्रशस्त बिरालाहरू पनि थिएनन् । एकदिन मुसाका कारण उत्पन्न समस्या समाधान गर्ने उपायबारे छलफल गर्न त्यहाँका नगर प्रमुखले बोलाएको आपत्कालीन बैठकमा सहरवासीहरू भेला भए ।

ए भाइ …. ! अमेरिकाको एउटा नम्बर मिलाइदिनोस् त… ! ” भन्दै एकजना अधबैंसे व्यक्ति एक किशोरीसँगै आए र मेरो अघि नम्बर लेखेको कागज राखिदिए ।

ती व्यक्ति फोनमा बोल्न लागे । “अँ … अँ…. म बुबा बोल्या हो । के छ त तेरो हालचाल ए… काम पाइस्… ! ठीक छ, ठीक छ । अहिलेलाई जे जस्तो काम पाइन्छ त्यसैमा झुण्डी … जसरी भए पनि आˆनो पढाइ र बस्ने खाने खर्चको जोगड गर्ने काम गर्नु । के अरे… ! अँ ….. यताको हालखबर उस्तै छ । काम र मामको समस्याले गर्दा मानिसहरूको बेहाल भएको छ । महँगीको त कुरै नगर । जनतालाई जीवन धान्नै गाह्रो छ । बेरोजगारीको कारणले गर्दा जताततै हत्या, लुटपाट, अपहरणजस्ता आपराधिक गतिविधि बढ्याको बढ्यैछ । बिहान घरबाट हिँडेको मान्छे बेलुका फर्किने हो कि होइन कुनै ठेगान हुँदैन । जे होस्, तैँले त्यहाँ दुःख गरेर केही गर्न सकिस् भने केही होला कि भन्ने आश छ नत्र त… खोइ के भन्ने Û …. ए…. ल यहाँ तेरी बहिनीले पनि तँसँग कुरा गर्ने रे ल गर… ।” त्यसो भन्दै उनले फोन युवतीको हातमा थमाइदिए “दादा … Û दर्शन… सञ्चै होइसिन्छ ? हजुर…. हजुर… हो…. मेरो पनि अब चाँडै नै रिजल्ट हुन्छ । मेरा जम्मै साथीहरू उच्चशिक्षाको लागि उतै जाने भन्दैछन् । म पनि त्यहीँ नै आएर पढ्छु है दादा… युवतीले आˆनो दाजुसँग अनुनय गर्दै बोलिन् । ‘खोइ ल्या’ यता म बोलूँ … । युवतीको पिताले छोरीको हातबाट फोन लिएर बोले ‘के अरे …? आमाले के भन्छे भनेको … ? उही त हो नि जतिखेर पनि अब मेरो छोरोसँग कहिलेभेट हुने हो.. भनेर रोइरहन्छे । अँ … सम्झाउनुसम्म सम्झाएँ ‘हाम्रो छोरो मात्र विदेश गएको होइन, यहाँ घरैपिच्छेका छोराछोरीहरू विदेशिएका छन्’ भनेर कत्ति भनँे तर बुझ्ने होइन । ल त अहिलेलाई फोन राख्छु । राम्ररी पढ्ने काम गर्नु । बरालिने काम नगर्नु । त्यति भनेपछि उनले फोन राखिदिए र पैसा तिरे । ती बाउछोरी गएपछि मैले फेरि द पाइड पाइपरको कथा पढ्न थालेँ ।

अचानक हृयामिलिन सहरमा अनौठो पहिरन लगाएको मानिस आयो । त्यो नौलो मानिसले लाएको टोपीको किनारमा हरियो रङको प्वाँख सिउरेको थियो भने कम्मरमा एउटा बाँसुरी घुसारेको थियो । “म तपाईंहरूलाई मुसाको आतङ्कबाट छुट्कारा दिलाउन सक्छु ।” त्यो मानिसले भन्यो “तर त्यसको सट्टामा तपाईंहरूले मैले मागेको रकम दिनुपर्छ ।”

नगरप्रमुख र सहरवासीहरूले त्यो मानिसले भनेको शर्त माने । उसको नाउँ सोधे । ‘मेरो नाम पाइडपाइपर हो’ उसले भन्यो ।

त्यसपछि त्यो मुरलीवाला सहरको छेउ भएर बगिरहेको नदीको किनारमा गएर तन्मयताका साथ मुरली बजाउन थाल्यो ।

पाइड पाइपरले बजाएको मुरलीबाट निस्केको जादुई धुन सहरभरि तरङ्गित हुन थाल्यो । सहरका कुनाकाप्चाबाट निस्केर ताँतीका ताँती मुसाहरू मुरलीको धुनलाई पच्छ्याउँदै नदी किनारतिर लागे । नदीको किनारमा पुगेपछि सबै मुसाले नदीमा हामफाले र ती विलीन भए । त्यसपछि त्यो सहरमा एउटा मुसा पनि बाँकी रहेन ।

नगरवासीहरूले त्यो दृश्य आˆना घरका झ्याल, कौशी र खुला ठाउँबाट हेरिरहेका थिए । मुसाबाट छुट्कारा पाएकोमा ज्यादै खुसी भएका सहरवासीले खुसीयाली मनाए ।

“दाइ …. एउटा नम्बर मिलाइदिनुहोस् त… अमेरिका .. । एक हूल विद्यार्थी आए र जो विद्यार्थीमध्येको एकले निकै चुरीफुरीका साथ भन्यो । मैले द पाइड पाइपर बन्द गरँे र उसले भनेको नम्बर मिलाउने प्रयत्न गरेँ । उताको घण्टी बज्न थालेपछि मैले फोन दिएँ । “को रतन दाइ हो … ? म विजय बोल्दैछु अँ …. हो…. हामी आठैजना साथीको भिसा मिल्यो । अँ… हाम्रो पूरा ‘ग्याङ्ग’ उतै आउने भयो । काम त पाइएला नि, होइन दाइ एकपटक जसोतसो त्यही छिर्न पाए त भइगयो नि…अँ मीनु दिज्यूहरू पनि स-परिवार त्यतै आउनु हुनेछ । ल…ल.. भिसा पाएको कुरा दाइलाई यसो खबर गरिदिउँ भनेर फोन गर्‍या हो । भेटमा कुरो गरौँला ।’ “के हो भाइ तपाईंहरू सबै विदेश जाने हुनुभयो कि क्या हो ?” मैले उसको हातबाट … पैसा लिँदै प्रश्न गरेँ । “अँ दाइ सबै उतै जाने भइयो…. ।’ अनुहार उज्यालो पार्दै प्रफुल्लित स्वरमा अघिकै केटो बोल्यो । “तपाईंहरू युवा जति यसरी सबै विदेशिएपछि यो देशमा को बस्ने त बूढाखाडा र अशक्तहरू मात्रै ?” मैले खुद्रा पैसा फर्काउँदै भनेँ । उसले केही उत्तर दिएन ।

उनीहरू गएपछि मैले फेरि ‘द पाइड पाइपर’ पढ्न थालेँ । पाइड पाइपरले हृयामिलिनवासीलाई मुसा आतङ्कबाट छुटकारा दिलायो र ऊ आफूले पाउनुपर्ने रकम लिनको लागि नगरप्रमुख कहाँ गयो । नगरप्रमुख असाध्य लालची थियो । उसले पाइड पाइपरलाई आफूले कबुले जति रकम दिन मानेन । नगरप्रमुखले धोका दिएकोमा पाइड पाइपर एकदमै रिसायो । उसले सहरवासीहरूलाई सजाय दिने निर्णय गर्‍यो । ऊ सरासर सहरदेखि बाहिर गयो र एकनाससँग मुरली बजाउन थाल्यो ।

“ए भाइ ल छिटो एउटा नम्बर मिलाइदिनुस् त … ।” हत्तारिँदै आएर एकजना ग्राहकले मेरो अघिल्तिर नम्बर राखिदिए । हातमा फोन लिनासाथ उनी बेस्सरी कुर्लिन थाले । “के अरे … अरे ? पढाइ सिद्धिएपछि यतै र्फकन्छु भन्छस् अरे ? तँ आमाछोराले कुरा मिलाएर हुँदैन बाबै Û भन्दियाछु । आफू पार्टीमा लागेको हुनाले कत्रो तिगडमबाजी गरेर तँलाई पूर्ण छात्रवृत्तिमा पढ्न पठाएको । लरतरो मान्छेले गर्नै नसक्ने काम हो यो । तँ भने बडो देशभक्त बन्न खोज्ने । यहाँ न जीउधनको सुरक्षा छ, न त भविष्यको । पढाइ सिध्याएपछि पनि यता र्फकने होइन भनिदियाछु । त्यहाँ तँजस्ता लाखौँ युवा छन् आˆनो दुनो सोझ्याउन बसेका बुझिस् ? ल पछि कुरो गर्दै गरौँला । हाँडीमा मकै पड्केको झैँ गरेर आफू मात्र एकोहोरो बोलेपछि फोन राखे उनले । ‘लौन बाबु छोरोको फोन मिलाइदिनुहोस् न । नियमितजस्तै फोन गर्न आइरहने एक बूढीआमाले मेरो अघि आएर भन्नुभयो । बिचरी बूढी आमैले आफैँले हिजो बेलुकी पनि आˆनो एक मात्र सन्तान छोरोसँग कुरा गर्न खोज्दा उता फोन नै उठेन ।

‘बस्नोस् न आमा Û’ मैले भनेँ र उनले दिएको नम्बरमा फोन मिलाउने प्रयास गरेँ । बल्लतल्ल घण्टी बज्यो तर उताबाट अहिले पनि कसैले फोन उठाएन । निन्याउरो अनुहार पारेकी बूढी आमैलाई ‘एकछिन पछि फेरि कोसिस गरौँला है त आमा’ भनेँ ।

‘यसबाजी त छोरोलाई निकै छिटो फोन गर्न लाग्नुभयो नि आमा … ।’ मैले कुरो कोट्याएँ । ‘हो बाबु, मेरा देउरानी र उनका छोरी जुवाइँ सबै तीर्थ जाने भएका छन् । मलाई पनि ‘जाउँ’ भनेका छन् । सङ्गी-साथी पाएपछि मैले पनि जाने आँट गरेकी छु । यत्रो ठूलो काम आँट्दा छोरोसँग पनि एक पटक सोध्नै पर्‍यो, उनले भनिन् । ‘तपाईंको छोरो विदेश गएको त निकै वर्ष भइसक्यो होइन आमा ?’ मैले फेरि सोधँे । ‘हो बाबु आउँदो मङ्सिर चार गते उसले देश छोडेको अठार वर्ष लाग्छ ।’ खुइय्… गर्दै उनले भनिन् । अनि यतिका वर्ष बित्दा पनि उनी यता आउन खोज्दैनन् त …? मेरो मुखबाट कुरा फुस्कियो । ‘खोज्छ बाबु … आउन त किन नखोज्नु’ र तर खोइ कुन्नि कस्तो कागज बनाउन नसकेको हुनाले हो, आउन सकेको छैन भन्छ । बरा आफू जन्मेको, हुर्केको गाउँघर सम्झेर कति रुँदो हो उसको मन ।’ भावविभोर हुँदै भनिन् उनले । तपाईंसँग यहाँ को बस्छ त ?’ मैले फेरि प्रश्न तेर्साएँ । ‘एउटी मजस्तै बूढी छन् । हुन त उनी मेरो कतैपट्टकिो पनि नातागोता होइनन् तर बाल विधवा भएर गाउँमा साह्रै दुःख पाएर बसेकी थिइन् । उनैलाई मैले साथमा राखेकी छु । भयो, धेरै वर्ष । अब त हामी एउटै आँतका दिदी बहिनीजस्तै भएर बसेका छौँ ।

फेरि फोन लगाउने कोसिस गरेँ । यसबाजी पनि उता घण्टी गइरहृयो तर कसैले पनि फोन उठाएन । होइन यतिविधि कोसिस गर्दा पनि उता किन फोन उठेन बाबु …Û कतै मेरो छोरो बिरामी परेर पो कोठामा नभएको हो कि … । ‘लौ न प्रभु’ अब म के गरौँ ?

एकाएक अधीर भएर विवशतापूर्ण स्वरमा भनिन् उनले । ‘पीर नगर्नुहोस् आमा तपाईंको छोरो अन्त कतै गएका होलान् । भरै भोलि र्फकन सक्छन् ।’ मैले उनको मडारिएको मनलाई धेरै कुरा भनेर सान्त्वना दिने प्रयास गरेँ ।

बूढीआमैले भनिन्- छोरो देश छोडेर परदेश गएको यतिका वर्ष भइसक्यो तर मेरो आँखामा भने विदेश जान ऊ हिँडेको दिनको घटना अझै पनि आँखाको अगाडि झल्झली नाचिरहन्छ । त्यस दिन उसलाई जाहाजसम्म पुर्‍याउन म पनि गएकी थिएँ । बाटाभरि ऊ मेरो हात समातेर भक्कानिएर रोइरहृयो । रुँदारुँदा मेरा आँखाहरू पनि बारुलाले डसेजस्तै गरी सुन्निएका थिए ।

जाहाज आएपछि ऊसँगै सबै यात्रुहरू लाम लागेर गए । उसले एकपटक पनि फर्केर हेरेन । उनीहरू जहाजभित्र पसे जहाजको ढोका बन्द भयो । त्यसपछि ऊ कता हरायो कता भन्दै हत्केलाले आँसु पुछ्न थालिन् । उनको अवस्था देखेर मेरो मन साह्रै नै कुँडियो ।

बूढीआमा दिउँसो फेरि आएर छोरोसँग कुरा गर्ने मनसाय जनाएर घरतिर लागिन् । त्यसपछि मैले फेरि द पाइड पाइपरको कथा पढ्न थालेँ ।

पाइड पाइपरले बजाएको एक तमासको धुन हृयामिलिन सहरभरि गुञ्जिन थाल्यो । त्यो धुन सुनेर सहरका बालबालिकाहरू हूलका हूल बाँधेर नाच्दै उपि|mँदै रमाइलो गर्दै पाइड पाइपर भएतिर गइरहेका थिए । आˆना बालबालिका पाइड पाइपरलाई पछ्याउँदै गइरहेको देखेर तिनका अभिभावकहरूले उनीहरूलाई फर्काउन अनेक प्रयत्न गरेँ तर बालबालिकाले पछि फर्केर पनि हेरेनन् ।

अन्त्यमा त्यो पाइड पाइपर बच्चाहरूसहित एउटा पहाडको नगिच पुग्यो । उनीहरू पुगेको पहाड बीचमा चिरियो । पाइड पाइपर मुरली बजाउँदै

चिरिएको ओढारभित्र पस्यो । उसको पछिपछि लाम लागेर आएका बालबालिकाहरू पनि त्यही ओढारभित्र पसे । त्यसपछि त्यो ओढारको ढोका बन्द भयो । बिस्तारै मुरलीको धुन पनि सुनिन छोड्यो । त्यसरी नगरवासीले आˆनै आँखाको अगाडि आˆना लालाबालाहरू ओढारमा कता हो कता विलीन भएको देखे । अभिभावकहरू दुःख र पीडाले आकुलब्याकुल भएर शोकमा डुबे ।

मुसा आतङ्कबाट बचेका हृयामिलिनवासीहरूले यसरी ठूलो मूल्य चुकाउनु पर्‍यो ।

(श्रोत :- मधुपर्क  कार्तिक, २०६५)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैंसी र मान्छे

~माया ठकुरी~

आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । “हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि …!” आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । “आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ …-” जयसराकी नौ वर्षीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आर के

~माया ठकुरी~Maya Thakuri

लगभग सोह्र वर्षको लामो अन्तरालपछि लिली अर्थात् ललिताले सुजातालाई ईमेल पठाएकी थिई ।

उसले ईमेलमा लेखेकी थिईः

मेरी प्यारी साथी बहिनी सुजाता

तँलाई मेरो तर्फबाट धेरै माया र चुम्बन ।

आज यतिका वर्षपछि अचानक मेरो ईमेल पाउँदा तँलाई आश्चर्य लाग्नु स्वाभाविक हो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आगोको ज्वाला

~माया ठकुरी~

‘हेर्नोस् त मिस ! हामीले यो फूलबारी कति राम्रोसँग गोड्यौँ।’ विनयले आफ्नो समूहका अरू तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो।

‘ए, हो ? खोइ हेरूँ त !’ रमिला मिस बालगृहको प्राङ्गणमा रहेको फूलबारीनेर पुगिन् र भनिन् – ‘ओहो ! कस्तो राम्रो गोडेर सफा बनाएछौ ! कति राम्रो देखिएको छ।’

त्यति नै खेर नोर्बुले पनि रमिलाको छेऊमा आएर भन्यो- ‘मिस ! हामीहरूले पनि कुखुराको खोर सफा गरेर अन्डाहरू जम्मै डालामा राखेका छौँ।’

‘ल ल, जाओ तिमीहरू, ज-जसले आफ्नो काम सक्यौ, हातमुख धोओ।’ रमिलाले भनिन् – ‘त्यसपछि खाना खानुपर्छ। अनि केहीबेर आराम गर्नुपर्छ।’

स्कुलमा मीनपचासको लामो बिदा सुरु भएयता बालगृहमा बस्ने बत्तीस जनाजति बालक यस्तै विभिन्न कार्यक्रममा व्यस्त भएका थिए। कहिले काठमाडौँका अनेकौँ ऐतिहासिक र रमणीय स्थल घुम्ने, कहिले खेल्ने, कहिले चित्र बनाउने, कहिले कथा र कविता लेख्‍नेजस्ता गतिविधिमा ती बालकहरू सहभागी हुने गरेका थिए। यी चारदेखि आठनौ वर्षका बालकहरू कोही सडकबालक थिए, कोही पाटीतिर फेला परेका थिए भने कोही आफ्नै जन्मदातृ माताद्वारा त्यागिएका पनि थिए। तीमध्येका धेरैजसो बालक प्रतिभाशाली भएको कुरा उनीहरूले गरेको कामबाट प्रमाणित भएको थियो।

मुग्लिनबजारको ‘होटल आँखीझ्याल’ अगाडि एउटा यात्रुबस आएर अडियो। यात्रुहरू बसबाट ओर्लेर धमाधम होटलभित्र पसे।

‘ल, छिटोछिटो खानाको अडर ली है कान्छी !’ साहुनीले उज्यालो अनुहार लगाएर भनी।

लगभग बाह्रतेह्र वर्षकी, खिरिलो शरीर भएकी केटी एउटा अधबैँसे मानिस बसेको टेबुलछेउ गई र ‘तपाईँलाई के ल्याइदिऊँ ?’ भनेर सोधी।

‘मलाई त तिमीलाई खानु छ कान्छी ! खाऊँ ?’ त्यो मानिसले आफ्नो टाउको कान्छीतिर लाँदै भन्यो।

‘आब्बुइ ! के गर्नुभएको ?’ कान्छी तर्सेर पछाडि सरी।

‘किन डराएकी ? म बाघभालु होइन। आऊ न आऊ, मेरो नजिक आऊ !’ त्यस मानिसले कान्छीको पाखुरा समातेर उसलाई आफूतिर तान्यो।

त्यसप्रकारको अप्रत्याशित बर्तावले गर्दा कान्छी आतङ्कित भई र बलपूर्वक उसको हातबाट आफूलाई छुटाएर दगुर्दै भान्साकोठातिर गई।

‘ए साहुनी, कान्छी त भागी नि ! उसैको हातमा खाना पठाऊ है। उसको हातले ल्याएको खानाको स्वादै भिन्नै।’ भन्दै त्यो मानिस ठूलो स्वरमा हाँस्यो।

भान्साकोठामा दुवै हातले आफ्नो अनुहार छोपेर कान्छी चित्त दुखाईदुखाई रुँदै थिई। त्यत्तिकैमा झुत्रे लुगा लगाएको एउटा सातआठ वर्षको केटो कान्छीको नजिकै आयो र उसको कुममा हात राखेर भन्यो – ‘के भो दिदी ? कल्ले पिट्यो ? किन रोकी ?’

आफ्नो एकमात्र सानो भाइबाट स्नेहपूर्ण शब्द सुन्नासाथ कान्छीले भाइलाई गम्लङ्ग अँगालो हाली र हिक्कहिक्क गर्दै रुन थाली।

‘ए ! तिमीहरू दिदीभाइ त यहाँ अँगालो मारेर बसेका छौ ? उता ग्राहक भने कराइरहेका छन् !’ साहुनी रिसाउँदै भान्सामा आएर कराउन लागी। ‘जा छिटो गएर खाना दे। अनि, तँ फुच्चे ! तँ पनि अब त जग र पानी बोकेर जानुपर्दैन दिदीलाई सघाउन ! त्यो बिचरो रामेले कताकता भ्याओस् !’

कान्छीले हत्केलाले आँसु पुछी र आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयास गर्दै उठेर ग्राहकहरू भएतिर लागी। त्यो फुच्चे केटो पनि सकी नसकी पानीको जग उठाएर दिदीको पछिपछि हिँड्यो।

दिनभरिको व्यस्ततापछि पनि राति अबेरसम्म त्यो केटी कहिले भाँडा माझ्ने, कहिले तरकारी काट्ने र कहिले ग्रहकहरूको मागअनुसार खाना टेुबुलमा पुर्‍याने काममा लागिरहन्थी। आफ्नो शरीर र उमेरले धान्न नसक्ने परिश्रम गर्दा पनि ऊ आफूलाई सुरक्षित अनुभव गर्दिनथी। ऊ राति राम्ररी निदाउन पनि सक्तिनथी। उसको भाइ सानो हुनाले ओछ्यानमा पर्नासाथ निदाइहाल्थ्यो तर प्रायजसो मध्यरातमा ऊ झस्कँदै, चिच्च्याउँदै वा कहालिँदै ब्यूँझन्थ्यो। कान्छीले भाइलाई थुमथुम्याउने र सुताउने प्रयास गर्दागर्दै रात बित्थ्यो।

एक बिहान त्यो सानो केटो उठ्ता उसकी दिदी होटलमा थिइन। निकैबेर दिदीलाई होटलमा नदेखेपछि उसले अधीर भई साहुनीलाई सोध्यो – ‘दिदी खोइ ?’

‘मैले तेरी दिदीको ठेक्का लिएकी छु र मलाई थाहा हुने तेरी दिदी कहाँ गई भनेर ? हिरोइन हुन गई कि पोइल गई, मलाई के थाहा ?’ साहुनी च्याँट्ठिई।

आफूलाई एकाएक दिदी छोडेर गई भन्ने सुनेर त्यो सानो केटो हतास हुँदै ‘दिदी, दिदी !’ भन्दै लेघ्रो तानेर रुन थाल्यो।

‘ए केटा ! बिहानबिहानै यसरी लेघ्रो तानेर अलच्छिन नला है। तेरी दिदी अब कहिल्यै फर्केर आउँदिन। हामी भने दुःख पाएर, गाउँघर छोडेर आएका केटाकेटीलाई बस्नेखाने मेसो मिलाईदिन्छौँ। उनीहरू भने दुईचार दिन बसेपछि मात्तिएर भाग्छन्। जे भयो भयो, अब के गर्छस् ? यहीँ बस्, सकेको काम गर्, खा। तँ रोएर तेरी दिदी फर्कने होइन।’ साहुनीले भनी।

त्यसपछि त्यो केटो त्यहीँ आफूले सकेको सानोतिनो काम सघाएर बस्यो।

तीनचार महिनापछिको कुरा हो। एक दिन एकजना ग्राहक भात खान ठिक्क परेका बेला उसलाई पानी दिने क्रममा त्यो केटाको हातबाट जग खस्यो र भातको थालमा बजारियो। केटाले के भयो भनेर सोच्न नभ्याउँदै ग्राहकले उसको कलिलो गालामा जोडसँग झापड लगायो र भन्यो – ‘कुकुर ! पानी दिन पनि सोमत छैन तँलाईँ?’

झापडले झनझनाएको टाउको समाएर त्यो केटो थचक्क भुइँमा बस्यो। साहुनी त्यो ग्राहकको अघि गएर अनुनय गर्न थाली – ‘के गर्ने हजुर ! केटो सानो छ, काम गर्न त्यति जान्दैन। म अर्को खाना लगाउँछु।’

‘होइन, तपाईँ यस्तो कामै नजान्ने केटालाई किन राख्‍नुहुन्छ बेकारमा ?’ ग्राहक आँखा तर्दै थियो। उसको रिस मरेको थिएन।

‘के भन्ने र ! केही कुरो भन्यो भने बरू मूढो बोल्ला, यो बल्दैबोल्दैन। सास फेरेको छ, त्यसैले मान्छेजस्तो छ, नत्र मान्छे पनि होइनजस्तो भइसक्यो।’ साहुनी भन्दै थिई। रामेले तात्तातो भात र मासु ल्याएर ग्राहकको अगाडि टेबुलमा राखिदियो। ग्राहक सपासप भात खान थाल्यो।

साहुनीले भनी – ‘ए फुच्चे ! ल पानी पनि दे, नपोखीकन।’

त्यो सानो फुच्चेले पानी भरिएको जग ल्याएर ग्राहकले भात खाँदै गरेको स्टिलको खन्डेथालमा एकाएक जोडसँग बजारिदियो। थाल उछिट्टियो र खानेकुरा त्यो ग्राहकको अनुहार र कपडामा छरपस्ट भयो। आफूले कल्पनै नगरेको घटना भएकामा त्यो मान्छे पनि क्षणभरका लागि स्तब्ध भयो। उसले देख्यो, त्यो सानो फुच्चे आँखामा घृणाको भाव बोकी उसको अगाडि निर्भयपूर्वक ठिङ्ग उभिएको थियो। सानो केटाको दुस्साहसबाट क्रुद्ध त्यस मानिसले उसलाई समात्न हात बढाएको मात्र के थियो, त्यो केटो बिजुलीको गतिमा होटलबाहिर दगुर्‍यो। त्यसपछि निकैबेरसम्म उसलाई खोजियो तर ऊ फेला परेन।

होटलबाट दौडेर त्यो फुच्चे नकै वर आई एउटा अड्याइराखेको बसभित्र गई लुकेको थियो। एकछिनमा बस काठमाडौँतिर हान्नियो।

साँझ लगभग चार बजेको थियो। चियानास्ता गरिसकेपछि सबै बालक बालगृहको आँगन र मैदानमा विभिन्न खेलमा रमाइरहेका थिए। केही बालक गोठछेउ ठुङ्गा, माटो पराल लिएर सानासाना नमुना घर बनाउँदै थिए। कृष्ण, शम्भु, युगल, रोसनहरूचाहिँ अलि पर बसेर आआफ्ना कापीमा चित्र कोर्दै थिए भने अन्य बालकहरू अलि पर चौरमा फुटबल खेल्दै थिए। बालगृहका सञ्चालिका अम्बिका जोशी र सदस्यहरू रमिला मिस, दामोदर सर र गोविन्द सर आँगनको एउटा कुनामा बसी कुनै विषयको छलफलमा व्यस्त देखिन्थे।

अचानक नजिकै ठूलो कोलाहल सुनियो। केही बालक कसैलाई लखेट्दै यता र उता दगुर्दै थिए। उनीहरूका पछिपछि पाले दाइ पनि ‘के भयो ? के भयो ?’ भन्दै दौडँदै थिए। त्यस हल्लाले सबैको ध्यान उतै तानियो। दामोदर सरले एकजना बालकको पाखुरा समाती सोधे – ‘के भयो ? तिमीहरू किन यसरी दगुरादगुर गरेका ?’

‘हेर्नुस् न सर ! हामीले कति दुःख गरी बनाएको घर त्यसले भताभुङ्ग पारिदियो।’ त्यस बालकले परतिर देखाउँदै रुन्चे स्वरमा भन्यो।

‘कसले, के भत्काइदियो ?’ रमिला मिसले उत्सुकतापूर्वक सोधिन्।

‘अरू कसले हुन्थ्यो, त्यही कुमारले हो नि हाम्रो घर भत्काइदिएको। त्यसले जहिले पनि हामीले बनाएको घर भत्काइदिन्छ, चित्र च्यातिदिन्छ। अनि सबसँग निहुँ खोज्छ, झगडा गर्छ। केही बोल्दैन एक्लै बस्छ, मिलेर खेल्दैन। त्यलाई यहाँ राख्‍नुहुँदैन, खेदिदिनुपर्छ।’ नौबर्से वर्णले गम्भीर स्वरमा भन्यो।

‘त्यसो भन्नुहुँदैन। ऊ पनि तिमीहरूको साथी हो। उसले नराम्रो गर्‍यो भन्दैमा हामीले पनि उसलाई नराम्रो गर्नुपर्छ भन्ने होइन। उसलाई माया गरी सम्झाइबुझाइ गर्नुपर्छ। अनि त ऊ पनि तिमीहरूजस्तै ज्ञानी भइहाल्छ नि ! कति भयो र ऊ यहाँ आएको ! भर्खर बीसबाइस दिन न भयो। सुरुसुरुमा यहाँ आउँदा यहाँको नौलो वातावरण बस्नुपरेपछि सबैले यस्तै केके गर्छन् नि ! पछि सब ठीक हुँदै जान्छ।’ रमिला मिस बालकहरूलाई सम्झाउन खोज्दै थिइन्।

दामोदर सरले थपे – ‘हो, रमिला मिसले ठीक भन्नुभयो। तिमीहरू सबै असल र ज्ञानी बालकहरू हौ। तिमीहरूको सङ्गतले ऊ पनि तिमीहरूजस्तै असल हुनेछ। भैगो, अहिले तिमीहरू खेल।’

त्यस दिन कुमारलाई सम्झाइबुझाइ गरे।

यो घटना भएको लगभग हप्ता दिनपछिको कुरा हो। बेलुकाको खानपिन सकी सबै बालक सुत्‍ने तरखरमा थिए। अचानक बाहिर पाले दाइ चिच्याएको सुनियो – ‘आगो लाग्यो, आगो !’

सबैजना हस्याङफस्याङ गर्दै बाहिर निस्के। गोठमा दनदनी आगो बलेको थियो। पाले दाइले गोठका दुइटा भैँसीको दाम्लो खोलिसकेका रहेछन्। सबै मिस-सर बाल्टी बोकेर आगोमा पानी खन्याउन थाले। एकछिनपछिको प्रयासपछि उनीहरू आगो निभाउन सफल भए।

‘आगो कसरी लाग्यो ?’ गोविन्द सरले पाले दाइसँग जिज्ञासा राखे।

‘खोइ, म त यताउता गर्दै थिएँ। अचानक गोठबाट उज्यालो देखियो। आगो लागेको रहेछ। म त भैँसी फुकाउन लागेँ।’

त्यही बेला सातबर्से अङ्कितले प्याच्च भन्यो – ‘सर ! कुमारले आगो लगायो होला।’

‘किन त्यसो भनेको अङ्कित ? तिमीले कसरी थाहा पायौ ?’

‘ऊ जहिले पनि आगो लगाइदिन्छु भन्छ।’

‘खोइ त कुमार ?’

सबैका आँखाले कुमारलाई खोजे। कुमार कतै पनि देखिएन। सबैजना उसलाई धुइँधुइँती खोज्न लागे।

‘बाबु त भोगटेको रूखपछाडि पो लुकिराखेका रहेछन् त !’ पाले दाइले एकछिनपछि बालगृहको ठूलो हलमा कुमारलाई डोर्‍याउँदै ल्याए र भने – ‘आउनै मानेका थिएनन्, बल्लबल्ल ल्याएँ।’

‘कुमार ! तिमी किन लुकेको ?’ रमिला मिसले सोधिन्।

‘तिमीले हो गोठमा आगो लगाएको ?’ रमिला मिसको कुरा नसकिँदै दामोदर सरले सोधे।

कुमार घोसे मुन्टो लगाएर उभिइरह्यो।

‘हेर, यति राम्रो मान्छे भएर पनि यस्तो नराम्रो काम गर्नु हुन्छ ? यहाँ हामी सबैले तिमीलाई कति माया गर्छौँ। तिमीले स्कुल पढ्न पाएका छौ, राम्रो खान पाएका छौ, साथी पाएका छौ। यति हुँदाहुँदा कसैको कापी, चित्र च्यातिदिने, कसैले बनाएको घर भत्काइदिने, झगडा गर्ने र हुँदाहुँदै त आज गोठमा आगो लगाउने आँट गर्‍यौ तिमीले ? तिम्रो कसले के बिगारिदिएको छ र ? किन त्यसो गरेको भन त ? अलि हप्काएझैँ गरी दामोदर सरले प्रश्न गरे।

कुमारले केहीबेरसम्म स्थिर दृष्टिले सरको अनुहारमा हेरिरह्यो।

‘हामीले पनि उनीहरूको के बिगारेका थियौँ र ? हाम्रा बालाई गोली हानेर मारे अनि आमालाई चुल्ठो तान्दै लछार्दै लगे, घरमा आगो लगाइदिए। हामीले के बिगारेका थियौँ र ?’ शताब्दीऔँदेखि सुषुप्त ज्वालामुखी अचानक विस्फोट भएझैँ फुच्चे बालकको मुखबाट शब्द आगोका ज्वालाझैँ बनेर निस्के। वातावरणमा एकाएक मसानस्तब्धता छायो।

एकछिन त्यहाँ भएका सबैजना अवाक् भई त्यस बालकको अनुहार हेरिरहे। त्यसपछि बिस्तारै पाइला चाल्दै रमिला मिस अघि बढिन् र कुमारको अगाडि घुँडा टेकेर बसिन्। त्यस क्षण उनका आँखामा आँसु टलपलाउँदै थियो। उनले बिस्तारै आफ्नो हात फैलाएर त्यस बालकलाई आफ्नो छातीमा टाँसिन्। उनी शब्दको माध्यमद्वारा उसलाई सान्त्वना दिन चाहन्थिन् तर हृदयभित्र उर्लेको पीडाको ज्वारभाटाले उनको गला अवरुद्ध गरायो। उनी सुँक्कसुँक्क गर्न थालिन्।

अचानक कुमार ‘दिदी…..! दिदी …..! ‘ गर्दै कङ्कलास्वरमा रुन थाल्यो। त्यहाँ भेला भएका बालकहरू र सरहरू सबै कुमारको नजिक पुगी रानी माहुरीलाई अरू माहुरीले घेरेझैँ घेर्न लागे।

(श्रोत:- गरिमा)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोक्सी

~माया ठकुरी~

उसलाई थाहा छ उसका छरछिमेकीहरुले उसलाई ‘बोक्सी’ भन्छन् भनेर । उसलाई यो पनि थाहा छ उसको छिमेकीहरुले उसलाई हृदयदेखि नै घृणा गर्दछन् ।

यी सब कुरा थाहा पाउँदा पाउँदै पनि आफूमाथि लगाइएको अभियोगको प्रतिकार गर्न सक्दिन ऊ ।

साह्रै नै कठिन जीवन जिउन बाध्य भएकी छ ऊ ।

जुन छरछिमेकीहरुसँग ऊ वर्क्षैदेखि एउटै गाउँमा बसेर जीवनको कैयौँ वसन्त पार गरिसकेकी थिई तिनै छिमेकीहरु र गाउँलेहरुद्वारा पल-प्रतिपल प्रताडित भएर उनीहरुको अवहेलना र उपेक्षाको पात्र हुनुपरेको छ उसलाई ।

वृद्धावस्थाको पट्यारलाग्दो लाममा बस्दाबस्दा थकित भइसकेको रुग्ण शरीरभित्रको उसको दुर्बल मुटु हरघडी कुनै अज्ञात भयले गर्दा छट्पटिरहन्छ ।

ऊ एउटी वृद्धा निस्सहाय स्त्री हो जसको यस संसारमा आफन्त भन्ने कोही पनि छैनन् ।

धेरै वर्षअघि जब ऊ मात्र चौध वर्षकी थिई त्यसबेला यो गाउँको एउटा युवकको पत्नी भएर उसले यस गाउँमा यस घरमा पाइला टेकेकी थिई । त्यसबेला यो घरमा उसकी विधवी सासु जेठाजु जेठानी र उनीहरुका छोराछोरीहरु थिए । विवाहपछि पनि ऊ एकदमै खुसी थिई कारण उसको पतिले उसलाई औधी माया गर्दथ्यो । उसकी सासूचाहिँ अलि कचकचे स्वभावकी थिई । तर पनि सासू भनेको त्यस्तै हो भन्ने सोचेर उसले आफ्नो मन बुझाएकी थिई ।

जेहोस् जत्ति नै कच्कचे स्वभावकी स्त्री भए तापनि उसकी सासूले खानपिनमा चाहिँ उसलाई छुट्याएकी थिइनन् ।

उसको लोग्ने अलि रिसाहा स्वभावको थियो । ऊ स्वयं पनि कम मुखाले थिइन । कहिलेकाहीं सानोतिनो कुरामा पनि उसको र उसको पतिको माझमा निकै भनाभन पर्दथ्यो र उसको पतिले उसलाई एकदुई थप्पड पिन लगाउने गर्दथ्यो तर जुन दिन उसले पतिबाट थप्पड खान्थी त्यसदिन उसलाई उसको पतिले अरु दिनभन्दा बढ्ता माया पनि गर्दथ्यो ।

बिगतमा घटेका ती सब कुराहरु सम्झिंदा अहिले पनि आनन्द लाग्दछ उसलाई ।

विवाह भएको पाँच वर्ष बितिसक्दा पनि उसको कोख खुलेको थिएन । त्यसकारण उसको पतिबाहेक अरु व्यक्तिहरुबाट निकै घोचपेचका कुरा सुन्नुपरेको थियो उसले ।

उसको बिहे भएको छैठौँ वर्ष लाग्दा उसको गर्भ तुहेको हुनाले उसकी सासू रिसले आगो भएकी थिइन् । उसकी सासूले उसको छोरोको दोस्रो बिहे गरिदिनको निम्ति एउटी केटी पनि बन्दोबस्त गरिसकेकी थिइन् तर उसको लोग्नेले आफ्नी पत्नीमा के त्यस्तो आकर्षण देख्यो कुन्नि उसले आमाको प्रस्तावलाई ठाडै अस्वीकार गरिदियो ।

अन्त्यमा हार खाएर उसकी सासूले छोरोको दोस्रो विवाह गर्ने कुरोलाई तिलाञ्जलि दिन बाध्य भएकी थिइन् ।

बैंसमा असाध्ये जाँगरिली थिई ऊ । दुईतीन जनाले गर्ने काम ऊ एक्लैले गर्न सक्दथी । केही वर्षपछि उसकी सासू वर्षदिनसम्म रोगाएर ओच्छ्यान परेर मरिन् ।

सासू मरेको दुई वर्ष पनि नबित्दै उसको लोग्ने जो एउटा निर्माणाधीन भवनमा चारतलामाथि ज्यामी काम गर्दै थियो ऊ त्यहाँबाट खसेर तत्कालै मृत्युको ग्रास बन्न पुग्यो ।

उसकी सासू बिरामी परेर ओच्छ्यान परेकोबेला नै उसको जेठाजुले आफ्नो अंशमा पर्ने घरखेत जे जति थियो त्यो सबै बेचबिखन गरेर आफ्नी पत्नीको माइततिर बसाइँ सरिसकेका थिए ।

पतिको अकाल मृत्यु हुँदा ऊ मात्र छ्यालीस वर्षकी अधबैंसे स्त्री थिई ।

उसको लोग्ने मरेपछि उसका छरछिमेकीहरुले उसलाई बोक्सीको आरोप लगाएका थिए ।

ऊ बोक्सी भएको कारणले गर्दा नै उसले आफ्नो गर्भको शिशु सासू र लोग्नेलाई मारेर खाएको आरोप लगाएका थिए उसका छिमेकका महिलाहरुले उसलाई ।

यो कुरो उसले गाउँकै एकजना महिलाको मुखबाट सुनेकी थिई ।

आफूलाई बोक्सीको आरोप लगाएको कुरो सुनेपछि निकै आघात लागेको थियो उसलाई । बन्द कोठाभित्र थुनिएर निकै समयसम्म रोएकी थिई ऊ ।

उसको लोग्ने मरेको बेला उसको जेठाजु उसको घरमा आएको बेला उसले आफ्नो दुखेसो उनको अघि पोख्दै भनेकी थिई ।

‘म पनि यो घरबारी बेचेर हजुरहरुसँगै बस्न जान्छु । आखिर हजुरहरुबाहेक आफ्नो भन्नु अरु को छ र यस संसारमा मेरो । एउटा दाइ छन् । तिनी पनि भाउजूको खटनमा बसेकाछन् त्यै पनि त्यति टाढा । बरु म हजुरहरुको घरखेतमा काम सगाउँला ।’

के सम्झेर हो कुन्नि उसका जेठाजुले उसलाई आफूसँग लान स्वीकार गरेनन् । उनले भने झुपडी घर भए तापनि बास बस्ने ठाउँ छँदै छ । यहीं करेसाबारीमा तरकारी उत्पादन गरेर बेच्ने गद्वयौ भने पनि एउटाको जीउ ता सजिलैसँग धान्न सकिन्छ । छरछिमेकीहरु पनि असल छन् । बरु म बेला बेलामा आउँदै गरौंला ।’

त्यसपछि उसले गाउँकै साहू महाजनकहाँ गएर उनीहरुको ढिकी जाँतो गर्ने अन्नपात केलाउने जस्ता काम गरेर जीवन निर्वाह गर्न थालेकी थिई ।

एउटा कुरो चाहिँ उसले उसको लोग्ने मरेको केही समयपछिबाट नै लक्षँय गर्न लागेकी थिई त्यो के भने उसका छरछिमेकका आइमाईहरुले उप्रति उपेक्षा देखाउन थालेका थिए । यहाँसम्म कि उनीहरु आफ्ना छोराछोरीहरुलाई सकेसम्म उसको अघि पर्न नदिने प्रयत्न गर्न थालेका उसले प्रष्टसँग बुझ्न थालेकी थिई ।

एकदिन उसले एउटी सानी केटीलाई भुटेको मकै दिन खोज्दा त्यो सानी केटीले उबाट पर हुँदै भनी ‘नाइँ म खान्नँ तपाईंले दिएको । हाम्री आमाले भन्नुभएको तपाईं बोक्सी हो अरे । तपाईंले दिएको खाने कुरो खाएपिछ मरिन्छ अरे ।’

त्यसदिन प्रथमपटक त्यस केटीको मुखबाट त्यस्तो कुरो सुनेपछि उसको टाउकोमा सिंगो आकास खसेकोझैं भएको थियो ।

उसलाई अचम्म मात्र होइन निकै ठूलो आघात लागेको थियो उसको छिमेकी महिलाले आफूप्रति लगाएको आरोप थाहा पाएर । आइमाई भएर आइमाईको विषयमा निरर्थक तथा भ्रमक कुरो सिर्जना गर्दै हिँड्ने ती आइमाईहरुप्रति उसलाई वितृष्णा जागेको थियो ।

गाउँमा एक्ली गरीब निस्सहाय स्त्री भएर जीवन बिताउनु फलामको चिउरा चपाए जस्तो भएको थियो
उसलाई ।

उसलाई आफ्नै गाउँलेहरुले र छरछिमेकीहरुले बोक्सी ठानेर एक प्रकारले सामाजिक बहिष्कार गरेको जस्तो भएको थियो । न त उसलाई कसैको घरमा भएको शुभकार्यमा निम्त्याइन्थ्यो न त कुनै दुःखको घडीमा सूचित गरिन्थ्यो ।

त्यतिका छरछिमेकी र गाउँलेहरुको माझमा बसेर पनि ऊ आफूलाई नितान्त एक्ली अनुभव गर्न थालेकी थिई ।

त्यति मात्र होइन गाउँका कतिपय पुरुषहरुको लोलुप दृष्टिले उसलाई सधैंभरि पच्छ्याइरहेको कुरो पनि उसले अनुभव गर्न थालेकी थिई ।

रात्रिको एकान्तमा मौका छोपेर उसको झुपडीको ढोका ढक्ढकाउन आउने ती नीच प्रकृतिका पुरुषहरुबाट पिन
जोगिनुपरेको थियो उसले ।

दिनको उज्यालोमा चरित्रवान् बनेर आफ्नो स्वास्नीको अघि पत्नीभक्त भई टोपल्ने लम्पट पुरुषहरुले पत्नीको आँखा छलेर उसको अघि घृणित प्रस्ताव पनि राख्दथे । त्यस्ता दोगला स्वभाव भएका नीच पुरुषहरुको नीचतापूर्ण क्रियाकलाप देखेर उसको काचट तातिन्थ्यो । भुस्याहा कुकुरलाई दुत्कारेकोझैं दुत्कार्ने गर्दथी ऊ त्यस्ता पुरुषहरुलाई ।

कतिका त घरैमा गएर उनीहरुको स्वास्नीको अघि उनीहरुको कुकृत्यको पोल खोल्ने गरेकी थिई उसले तर ती आइमाईहरुले उल्टो उसैलाई अरुको लोग्नेलाई फसाउन खोज्ने वेश्या भनेर गाली गरेर पठाउँथे ।

जुन गाउँमा एउटी बुहारी भएर वक्षैँसम्म दुःख-सुख गरेर उसले जीवन यापन गर्दैथिई त्यसै गाउँमा सबैबाट अपमानित र अवहेलित भएर दिन बिताउन बाध्य भएकी थिई ऊ ।

पछिपछि त गाउँघरमा कोही बिरामी पद्वयो भने पनि सबैले उसैलाई दोष लगाउन थालेका थिए ।

त्यस्तै प्रकारले घोर मानसिक तनाव सहेर बित्दै थिए उसका दिनहरु ।

वर्षहरु एकपछि अर्को गर्दै धकेलिंदै गए । अब त उसले पनि अठसठ्ठी वसन्त पार गरिसकी ।

पहिले पहिले जुन जुन आइमाईहरुले उसको ढाडपछाडि उसलाई ‘बोक्सी’ भनेर आरोप लगाउने गर्दथे तिनै आइमाईहरुले हिजोआज उसैको मुखाजेली उसलाई ‘बोक्सी’ भनेर गाली गर्न र सराप्न थालेका थिए ।

उसको बुढो हाड र दुर्बल शरीरमा आफूप्रति लगाएको झुटो लाच्छनाको प्रतिकार गर्ने क्षमता नै थिएन । आफ्नो विवशता र एक्लोपन साथमा लिएर एकमुठी प्राण धान्नको निम्ति सकीनसकी परिश्रम गरेर जीवन निर्वाह गर्दै छ ऊ ।

आफ्नै देशभित्रका कुनै कुनै ठाउँ ऊ जस्तै गरीब र निस्सहाय आइमाईहरुलाई बोक्सीको आरोप लगाएर गाउँलेहरु मिलेर उसलाई मरणासन्न हुनेगरी कुटेर आफ्नै मलमूत्र खान बाध्य तुल्याएको कुरो उसको कानमा पनि परेको छ ।

ती सब घटनाहरु सुन्दा उसको दुर्बल मुटु हिउँसरह चिसो हुन्छ । ऊ भित्रभित्रै भय र त्रासले मरेतुल्य हुन्छे ।

उसले पनि बोक्सीको विषयमा धेरै कुरो सुनेकी थिई तर ऊ आफूलाई अरुले किन बोक्सी भनेको हो त्यो कुरो उसलाई थाहा थिएन ।

हिजोआज ऊ दिउँसै पनि प्रायःजसो दैलो थुनेर कोठाभित्र बस्ने गर्दथे । ऊ एक्लै आफैसँग के-के बरबराईरहेकी हुन्थी ।

राति पनि सितिमिति निक्ष पर्दैन उसलाई ।

रातिको निस्तब्धतालाई भंगगर्दै कतै कुनै कुकुर भुक्यो भने भयले थरथर काम्न लाग्दछ उसको सारा शरीर । हरेक क्षण कान ठाडा पारेर बस्दछे ऊ ।

बारम्बार सकी नसकी ओच्छ्यानबाट उठेर अन्धकारमा छामछाम छुम्छुम गर्दै ढोकामा लाएको चुकुल छाम्न पुग्दछे ऊ ।

बाहिर कतै कुनै पक्षी फरफरायो भने पनि तस्रन्छे ऊ ।

ऊ दिन रात जति बेला पनि कुनै अज्ञात भयले त्रसित छे ।

उसलाई लाग्दछ हातमा लामा-लामा लाठी लिएका दैत्यजस्ता मानिसहरुको आक्रोशित भीड उसमाथि पाशविक आक्रमण गर्नको लागि अघि बढ्दैछन् ।

ऊ प्रायजसो आफ्नो सिन्का जस्तो पातला हातगोडा खुम्चाएर दुवै हात घुँडाभित्र लुकाएर रुँदै कहालिंदै भुईंमा लडिबुडी गर्दै कङ्कलामस्वरमा बिलाप गर्दै भन्ने गर्दछे- ‘मलाई नमार ! मलाई छोडिदेऊ ! नाईं म खान्न !! खान्न !! म बोक्सी होइन । ममाथि दया गर ! मलाई नमार ! म बोक्सी होइन ।’

(श्रोत:- अन्तर्जाल अर्थात internet)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पासो

~माया ठकुरी~

त्यसदिन पनि बोको खोज्न भनी भगतेलाई साथमा लिएर एकाबिहानै घरदेखि निस्केको थियो बमबहादुर ।

बोकाको मोल दिनदिनै बढ्दै गएको थियो तर बोकाको मोल जति नै बढे तापनि बमबहादुरलाई वास्ता थिएन, कारण, बोकाको मोल जति नै तिर्नुपरे तापनि तिर्नको लागि बिजयबहादुर छंदै थियो ।

बोकाको बढ्दो मोल संगसंगै आफ्नो आम्दानी पनि बढ्दै गइरहेको हुनाले निश्चिन्त थियो बमबहादुर ।

बिजयबहादुर पनि बडो गजबको मानिस थियो । वर्षरिमा चारपांच पटक आयो ऊ त्यस गाउंमा, तर ऊ जहिलेसुकै आउंदा पनि बोको काटेर बमबहादुरका इष्टमित्रलाई खुवाउने गर्दछ ।

बोको काटेको दिनमा बमबहादुरको घरमा रातभरि रक्सी र जूवा चल्दथ्यो । खुब खुवाउंदथ्यो बिजयबहादुर रक्सी र मासु बमबहादुरका इष्टमित्रहरूलाई । “बमबहादुरको भतिजो बिजयबहादुरजस्तो मनकारी मान्छे त खोजेर पाइन्न बा”पैसा पनि कति कमाएको रहेछ ⁄ भनूं जति नै खर्च गरे पनि नसकिने ।” गाउंलेहरू बिजयबहादुरको विषयमा कुरा गर्दथे ।
हुन पनि विजयबहादुरसंग बमबहादुरको भेट नहुंदासम्म बमबहादुरको घरेलु अवस्था साह्रै नराम्रो थियो । घरको छानो धरी छाउन सकेको थिएन उसले । उसलाई र उसको परिवारलाई बिहान-बेलुकाको छाक र्टार्न पनि धौ-धौ पर्दथ्यो ।

बमबहादुरकी स्वास्नी हिममायाको नाककानको गहनासमेत जूवामा हारिसकेको थियो बमबहादुरले ।

प्रायः अठार उन्नाइस वर्षम्म विदेशी सेनामा जागिर खाएपछि आफ्नो गाउंमा र्फर्केको बमबहादुरले आफ्नो शरीरमा भएको बल र बैंस जति उतै विदेशमै सिध्याएर आएको थियो ।

रक्सी र जूवा भनेपछि आंखा चिम्लेर अघि र्सदथ्यो बमबहादुर । त्यसै कारण घरमा भएका अलिकता भांडाकुंडा पनि बेचेर सिध्याइसकेको थियो उसले ।

बमबहादुरकी पत्नी हिममाया र उसका तीन ओटा छोराछोरीहरूको दुर्गति थियो । तै हिममाया जांगरिली भएकी हुनाले जसो तसो घर चलेको थियो ।

वर्षा एकपटक पेन्सन बुझनको निम्ति गोरखपुर जाने गरेको थियो बमबादुर तर पेन्सन थापेर घर र्फकंदा बमबहादुरको खल्ती रित्तिइसकेको हुन्थ्यो ।

बमबहादुरको दाइ हुमबहादुर उहिल्यै तन्नेरी छंदै आफ्नो गाउंमा बस्ने सन्तवीरकी स्वास्नीलाई भगाएर विदेश पसेको र वर्षौं बितिसक्दा पनि ऊ गाउं नर्फर्केको कुरा गाउंलेहरू सबैलाई थाहा थियो । सन्तबीरकी स्वास्नीले भएभरका गरगहना र नगदी पैसा सबै कुम्लो पारेर हुमबहादुरसंग पोइल गएकी थिई रे । “मैले भेटें भने ती दुबैको घांटी नछिनाई छोडदिन” भन्दै निकै वर्षम्म कम्मरमा खुकुरी भिरेर हिड्थ्यो रे सन्तवीर, तर पोइल गएकी स्वास्नी र जारको घांटी छिनाउने प्रतीक्षा गर्दा गर्दै केही वर्षछि आफू नै कालको ग्रास हुन पुगेको थियो रे सन्तवीर ।

बमबहादुरले दाजुको भागमा परेको खेत पनि जूवामा सकिसकेको थियो ।

“रक्सी र जूवाले आजसम्म कसैलाई उंभो लगाएको छैन, यो कुलत छोडिदिनुहोस्” आंखाबाट बरबरती आंसु खसाल्दै भन्ने गर्दथी हिममाया आफ्नो पतिलाई तर बमबहादुरले भने स्वास्नीले भनेको कुरालाई टेरपुच्छर लाउंदैनथ्यो ।

एक वर्षघिको कुरो हो, बमबहादुर पेन्सन बुझन भनी गोरखपुर गएको थियो । ऊसंगै पेन्सन बुझन गएका अरू दुइ तीन जना गाउंलेहरू आ-आफ्नो पेन्सन बुझिवरी माघ महिना सकिंदानसकिंदै घर र्फर्किसकेका थिए तर बमबहादुरको अत्तोपत्तो थिएन । बमबहादुर संगै गोरखपुर गएका ती गाउंलेहरू र्फर्केर गाउंमा आएपछि हिममायाले आफ्नो लोग्नेको विषयमा सोद्धा “खै पेन्सन बुझेपछि उनी कतातिर लागे, हामीले भेट्दै भेटेनौं” भन्ने जवाफ पाएकी थिई ।

केही दिनपछिको कुरो हो, हिममाया मनमा अनेक थरीका कुरा खेलाउंदै बारीमा काम गर्दै थिई, एक्कासि “ए आमै आमै ⁄ बा आए । बासंग एउटा कुन्नि को हो मान्छे पनि आएको छ, भरिया पनि आएको छ” भन्दै बमबहादुरकी एघार बषर्ीय छोरी कमली दगर्ुर्दै आमाको छेउमा पुगेकी थिई । “हो र”” भन्दै हिममाया छोरीको पछि पछि घर पुगेकी थिई ।

“ल हेर, भतिजो केटोलाई लिएर आएको छ, । बरा”मेरो कोही पनि छैनन् भनेर टुहुरो जस्तो भएर पर्देशमा बसेको रहेछ” स्वास्नीलाई भेटनासाथ बमबहादुरले भनेको थियो । “यो तेरी कान्छी आमा हो” आफूले भतिजो भनेर चिनाएको केटोतिर हेरेर हिममायातिर्रर् इंगित गर्दै भनेको थियो बमबहादुले । “अनि यी तेरा भाइ बहिनीहरू हुन्” बाबुको साथमा आएको अपरिचित मानिसलाई टुलुटुलु हेरिरहेका आफ्ना तीनैओटा छोराछोरीलाई देखाउंदै फेरि भनेको थियो बमबहादुरले । “मेरो दाइ हुमबहादुरको छोरो विजयबहादुर हो यो” बमबहादुरले फेरि भन्यो ।

विजयबहादुरले हिममायाको गोडामा ढोगेको थियो ।
त्यसपछि बाकस खोलेर स्वास्नी छोराछोरीलाई भनेर ल्याएका कपडा लत्ताहरू हिममायाको हातमा राखिदिएको थियो बमबहादुरले । “यो सबै यो भतिजोले किनिदिएको हो, पर्दैन भो भन्दा

पनि मान्ने हो र”” बमबहादुरले स्वास्नीसंग भनेको थियो ।

बमबहादुरको दाइ हुमबहादुरको छोरो आएको छ अरे भन्ने सुन्नासाथ गाउंका छरछिमेकीहरू सबै थुप्रिन लागेका थिए बमबहादुरको घरको आंगनमा । “के गर्ने, दाइले यहांबाट गएपछि धनसम्पत्ति ता प्रशस्तै कमाएका रहेछन् । पछिसम्म पनि घर र्फर्किन्छु भन्दै थिए अरे तर भाग्यको अगाडि मानिसको के लाग्छ र । दाइ भाउजू दुबै वर्षदिनको फरक पारेर बितेछन् । यस एउटा छोरो बाबुआमा बितेपछि त्यत्रो श्रीसम्पत्ति हुंदा हुदै पनि एक्लो परेछ । भन्न ता दाइले आफ्नो बाबु-बाजेको नाम, गाउं घरको नाम सबै भनेका थिए अरे । यसले त एउटा कागजमा सबैको नाम ठेगाना लेखेर पनि राखेको रहेछ तर कहिल्यै पहाडघर नआएको मान्छे, कता हो कता भनेर त्यसै नीच मारेर बसेको रहेछ । धन्न योसंग भेट हुनु लेखेको रहेछ र मात्रै”” चुरोट बांडदै भनेको थियो बमबहादुरले गाउंलेहरूसंग । “होइन, कसरी भेट भो त काका भतिजाको – कहां भेटनु भो बाबुलाई -” बमबहादुरले दिएको चुरोटको सर्को तान्दै सोधेको थियो चन्ıवीरले । पेन्सन थापेपछि यसो केटाकेटीको लागि कपडा एक दुइ जोर किन्नुपर्यो भनेर बजारमा घुम्दै थिएं म, साह्रै गर्मी लागेको हुनाले एउटा होटेलमा पसेर दही एक गिलास किनेर खांदै थिएं, त्यहीं यो केटो पनि दही खांदै रहेछ । योसंग आंखा जुध्नासाथ मलाई ता किन किन आफ्नो दाइ हुमबहादुरको झझल्को लागिहाल्यो । रोक्नै सकिनं आफूलाई र सरासर यसको अघि गएं र बाबुको नाम, थर सोधें ।” मेरो बाबुको नाम हुमबहादुर हो । म फलानाको नाति हुं । मेरो बाबुको पहाडघरको नाम यो होे’ भनेर सबै खरखरती भन्यो यसले, अनि त मैले पनि “तेरो बाबुको भाइ बमबहादुर मै हुं भनेर भनिहालें बडो गर्वसाथ” भनेको थियो बमबहादुरले ।

विजयबहादुर खुबै हृष्टपुष्ट जिउडाल भएको प्रायः पच्चीस छब्बीस वर्षो खाइलाग्दो युवक थियो । गाउंमा आएको दुइ-चार दिनमा नै सबै गाउंलेहरूसंग मेलजोल बढाइसकेको थियो उसले । आहा ⁄ बमबहादुरको भतिजा त खुबै फरसाइलो रहेछ, त्यतिका रूपियां पैसा कमाएर पनि ठूलो हुनु नपर्ने । मानिस भएर त त्यस्तो पो हुनुपर्छ” विजयबहादुरको मिजासिलो व्यवहार देखेर गाउंलेहरूले आपसमा कुरा गरेका थिए ।

“भोलि मेरो भतिजाले माथि देवस्थानमा बोको चढाउने भएको छ । हजुरहरू सबै जना आइदिनुहोला, बमबहादुरले चन्ıवीर, भगत, लालबहादुर र रिठ्ठेलाई निम्त्याएको थियो ।

“होइन, हजुरको भतिजाको त अहिलेसम्म पनि बिहेबारी भएको छैन भन्ने सुन्छु, के सांच्चै नै बिहे भएको छैन कि क्या हो -” बमबहादुरले निम्त्याएको दिन बोकाको मासु मजासंग चपाएर निलेपछि सोधेको थियो चन्ıवीरले । “के गर्ने, छोराको बिहे गराउने बाबु-आमा नै बितेपछि अरू कल्ले खोजिदेओस् उसको लागि केटी – अब यहां आएको छ यतैतिर एउटी घर खाने खालकी केटी हेरेर बिहे गरिदिउंला भनी बिचार गर्दै छु । हजुरहरूले पनि यसो विचार गरिदिनु पर्ला” चन्ıवीरले उत्तिनैखेर रित्त्याएर राखेको गिलासमा रक्सी थपिदिंदै भनेको थियो बमबहादुरले । “होइन, हजुरको भतिजाले यस्तो गाउंमा जन्मेर हुर्केका केटी बिहे गर्न मान्नुहोला -” चन्ıवीरले रक्सीको गिलास हातमा लिएर भनेको थियो । “खै, हजूरलाई म के भनूं । अस्ति पंधेरोमा नुहाउन भनेर गएको थियो मेरो भतिजा । त्यहीं नै हजुरकी छोरी जमुनीलाई देखेछ । त्यो दिनदेखि ल, काका ⁄ म त्यै केटीसंग बिहे गर्छुनेर मेरो पछि लागेको छ । केटो हजुरले पनि देखिहाल्नुभएको छ । मेरो भतिजा भएको हुनाले उसको घर पनि यही नै हो । हजुरले पनि एक न एक दिन छोरीलाई बिहे गरिदिएर पठाउनर्ैपर्छ भने मेरै भतिजा केटोसंग बिहे गरिदिए त भई गो नि ⁄” बमबहादुरले भुटुवा राखेको दुनो चन्ıवीरको अघि राखिदिंदै भनेको थियो । “कुरो ता ठीकै भन्नुभयो हजुरले, तर पोहोर मात्रै ठूली छोरीको बिहे गरिदिएको हुं । अहिले मसंग फुटेको पैसा छैन छोरीको बिहेमा खर्च गर्नको लागि । खै, कसरी आंटू’ ⁄” भुटुवा राखेकोतिर हात बढाउंदै भनेको थियो चन्ıवीरले । “होइन, त्यसको लागि हजुरले धन्दा मान्नैपर्दैन, हामी छंदै छौं । दोहोरो खर्च लाएर बिहे गरिदिन्छु म मेरो भतिजाको । हजुरले हन्छ’ मात्र भन्नुहोस् न ⁄” हांस्दै चन्ıवीरसंग भनेको थियो बमबहादुरले ।

त्यसको हप्ता दिनपछि जमुनी र विजयबहादुरको बिहे भएको थियो ।

“जमुनी त हुनसम्मकी भाग्यमानी रहिछे । त्यस्तो लायकको धनी दुलहा पाई ।” विजयबहादुरले जमुनीलाई बिहे गरेर गाउंदेखि लगेपछि जमुनीका दौंतरी साथीहरूले आपसमा कुरा गरेका थिए ।

चन्ıवीर र उसकी स्वास्नी पनि विजयबहादुरजस्तो युवकलाई ज्वाइं बनाउन पाएकोमा हर्षे गद्गद भएका थिए ।
विजयबहादुरले जमुनीलाई बिहे गरेर दुइ महिना पनि बित्न पाएको थिएन, एक्कासि छोरीको अकाल मृत्यु भएको समाचार वज्र बनेर खसेको थियो चन्ıवीर र उसकी स्वास्नीको छातीमा । कठैबरा ⁄ जमुनी त बितिछे । हप्ता दिनसम्म अन्धाधुन्ध ज्वरो आएको थियो अरे । “ए’ बरा’ त्यस्तो लाऊं-लाऊं, खाऊं-खाऊं भन्ने उमेरमा कालले पनि कसरी लग्यो होला ⁄” गाउंमा प्रायजसो सबैको मुखमा त्यही एउटै कुरा मात्र थियो ।

जमुनीको मृत्यु भएको महिना दिनपछि विजयबहादुर गाउंमा आएको थियो । “के गर्ने ससुरा ⁄ मेरो भाग्य नै खोटो रहेछ । पानीजत्तिकै पैसा खर्च गरेर पनि हजुरकी छोरीलाई बचाउन सकिनं ।” विजयबहादुरले दुःखपूर्ण स्वरमा भनेको थियो चन्ıवीरसंग । “अब के गर्ने त ज्वाइं, उसले त्यति नै दिन आफ्नो कर्ममा लेखाएर ल्याएकी रहिछे । अब हामी जति नै रोए-कराए पनि ऊ र्फकने होइन ।” आफ्ना आंखाको आंसु हत्केलाले पुछ्दै विजयबहादुरलाई सान्त्वना दिएको थियो चन्ıवीरले ।

“के गर्नु भतिजाको अनुहार देख्दा यो मन त्यसै फाटेर आउंछ । सुत्न, खान सबै बिर्सिसकेजस्तो छ उसले । यस्तै चाल हो भने त बौलाहा हुन पनि बेर छैन । मर्नु र बांच्नु भनेको भगवान्को हातमा हुन्छ, यसरी रातदिन पीर गरेर आफ्नो शरीरलाई हेला नगर’ भनेर कति सम्झाएं तर मेरो कुरो सुने पो । अब हजुरहरूले नै सल्लाह दिनुपर्यो, के गरे ठीक होला?” एक दिन बेलुकीपख भगते र लालबहादुरको अघि रक्सी र कुखुराको मासु राखिदिंदै भनेको थियो बमबहादुरले ।

“मेरो विचारमा त बुबाको अर्को बिहे गरिदिए ठीक हुन्छ किनभने अर्को बिहे गरिदिएपछि मात्र पहिलेकी स्वास्नीको सम्झना बिस्तारै-बिस्तारै धमिलिंदै जानेछ । होइन त लालबहादुर दाइ -” भगतेले रक्सी दुइ घुट्को घांटीबाट छिराएपछि भनेको थियो । “हुन त मैले पनि यही कुरा सोचेको थिएं तर यति चांडै केटी कल्ले देला – स्वास्नी मरेको दुइ महिना पनि नबित्दै दोस्रो बिहे गर्यो भनेर कुरा काट्लान् नि गाउंलेहरूले ” बमबहादुरले लालबहादुरको भागमा मासु थपिदिंदै भनेको थियो । “ए’ मान्छेले भन्न पाएपछि के-के भन्छन्-भन्छन् । त्यस्तो कुरामा पनि लाग्न हुन्छ – आफ्नो सुर पो गर्नुपर्छ । भगतेले ठीकै भन्यो, गरिदिए हुन्छ भतिजाको दोस्रो बिहे ।” लालबहादुरले निकै गम्भीर भएर भनेको थियो । “उसो भए केटी खोज्न अन्त किन जाउं हजुरकी ठूली छोरी लक्ष्मीलाई मेरो भतिजोसंग बिहे गरिदिनुपर्यो ।” बमबहादुरले लालबहादुरले रक्सी पिउंदै गरेको गिलासमा अझ रक्सी थपिदिंदै भनेको थियो । “भर्खर स्वास्नी मरेकी हुनाले धुमधामसंग बिहे गर्न त के मान्ला र मेरो भतिजाले तैपनि एउटा खसी त ढाल्नैपर्ला’ ।” बमबहादुरले कुरा थपेको थियो । “होइन, अहिले यो सब गर्नु हुदैन । मेरी छोरीलाई बिहे नै गर्ने हो भने साटसुट बिहे गर्नुपर्छ ।” लालबहादुरले बमबहादुरसंग भनेको थियो ।

“मेरो भतिजाले दोस्रो बिहे गर्न मान्दै मानेको थिएन ता तैंले दोस्रो बिहे नगर्ने भए मसंग सम्बन्ध नै नराख् भनेपछि बल्ल मान्यो ।” विजयबहादुरले लक्ष्मीलाई साटसुट बिहे गरेर लागेपछि चन्ıवीर र अन्य दुइ-चार जना गाउंलेहरूको अघि बमबहादुरले भनेको थियो ।

“छोरीलाई पनि आफूसंगै लिएर आउनुभएको भए त हुन्थ्यो नि जुवाइं” विजयबहादुरले लक्ष्मीलाई बिहे गरेर लगेको प्रायः तीन महिनापछि ऊ गाउंमा आएर सासूका निम्ति आफूले ल्याइदिएको कोसेली बोकेर उनीहरूलाई भेट्न जांदा लालबहादुरले विजयबहादुरसंग भनेको थियो । “मैले त हजुरकी छोरीलाई पनि साथै लिएर आउन खोजेको थिएं तर डाक्टरले जीउ भारी भएको बेला धेरै उकालो-ओरालो ठीक हुदैन भनेको हुनाले ल्याइनं । अब उसको जीउ हलुङ्गो भएपछि लिएर आउंला ।” विजयबहादुरले ससुरासंग भनेको थियो । “फेरि कहिले र्फकनुहुन्छ त जुवाइं उतातिर -” लक्ष्मीकी आमाले विजयबहादुरसंग सोधेकी थिई । “म त भाकल पूरा गर्न मात्रै आएको हुं । भोलि माथि देवस्थानमा बोको चढाउंछु र पर्सि हिंडिहाल्छु । अं ⁄ हजुरकी छोरीले बहिनीले आउन मन गरी भने साथै लिएर आउनुहोला भनी पठाएकी छ । पठाउनुहुन्छ भने पछि दिदी चाहिं आउंदा संगै आउलिन्’ ।” विजयबहादुरले लक्ष्मीकी बहिनी सरस्वतीतिर हेर्दाहेर्दै भनेको थियो ।

त्यसपछि सरस्वती र उसकी फुपूकी छोरी मैना पनि भिनाजुसंगै लक्ष्मी भए ठाउं गएका थिए ।

एक दिनको कुरो हो । झमक्क सांझ परेपछि विजयबहादुर बमबहादुरको घरमा आएको थियो । “अहो, यस बाजि त पन्ध्र दिन पनि नबित्दै आयौ त -” बमबहादुरले विजयबहादुरसंग अचम्म मान्दै भनेको थियो । “नआई नहुने भयो काका ⁄ भोलि बिहानै गएर एउटा गतिलो बोको खोजेर ल्याउनुहोला ।” भन्दै आफ्नो खल्तीबाट सय-सयका केही नोटहरू निकालेर बमबहादुरको हातमा राखिदिएको थियो विजयबहादुरले ।

“साह्रै हतार परेजस्तो छ नि” हांस्दै भनेको थियो बमबहादुरले ।

त्यसको भोलिपल्ट बिहान भगतेलाई साथमा लिएर पल्लो गाउंमा बोको खोज्न भनी हिंडेको थियो बमबहादुर । “हजुरको भतिजोलाई भनेर मलाई पनि उतैतिर एउटा सानोतिनो जस्तो भए पनि जागिर पाइन्छ कि भनिदिनुपर्यो । यहां बसेर साह्रै दुःख पाइयो । तीन-तीनओटा छोराछोरी छन् जहान ।” बल्लतल्ल भनेजस्तो बोको पाएपछि भगतेलाई बोको डोर्याउन लगाएर घर र्फकंदै गरेको बमबहादुरसंग भनेको थियो भगतेले । “मैले त अस्ति नै सोचिसकेको छु तिमीहरूलाई उतै पठाउनुपर्ला भनेर । उता गयो भने बुहारीले पनि एउटा पसल राखेर धेरथोर जे-जति भए पनि कमाउन सक्छिन् । छोराछोरीले लेखपढ गर्न पाउनेछन् । तिम्रो पनि जागिर हुनेछ । भनेजस्तो कमाइ भएपछि घर र्फर्के त भइगो नि ⁄ यताको घर-जग्गा कसैलाई जिम्मा लाएर गए भयो ।” बमबहादुरले मनमनै केही गन्दै भनेको थियो । “उसो भए म आजै मेरो भतिजासंग कुरा गर्छु कुरा मिलेछ भने यस बाजि नै जहान-केटाकेटी सबै लिएर गए भयो ।” बमबहादुरले केही क्षण विचार गरेपछि भगतेसंग भनेको थियो । “त्यस्तो भइदिए त म नमरुन्जेल हजुरको जय-जय गाउने थिएं ।” मनमनै खुसी हुदै भनेको थियो भगतेले ।

कस्तो मूर्ख बनाएको छु मैले यी गाउंलेहरूलाई को हो को हो चिन्नु न जान्नुको मानिसलाई मेरो भतिजो भनेर चिनाएको छु । मोरो विजयबहादुर पनि सांच्चै नै मेरो भतिजो नै हो कि जस्तो भइटोपल्छ । विजयबहादुर नाम पनि हो कि होइन त्यसको देश खाएर शेष पल्टेको छ मोरो । कहिलेकाहीं म आत्तिन्छु कसैले थाहा पाउंछन् कि भनेर तर त्यो भने आत्तिनै जान्दैन । जे काम पनि बिस्तारै-बिस्तारै बुद्धि चालेर गर्छ । तातै खाऊं छिटै मरूं भनेर हुदैन, दिमाग खियाएर काम गर्नुपर्छ’ भन्छ मोरो । हुन पनि हो, उसले दिमाग नखियाएको भए यत्रो पैसा कहांबाट आउंथ्यो त । ऊ आउन थालेदेखि त मेरो दिन र्फर्केको छ । पैसा त रहेछ नि यो संसारमा सबै भन्दा ठूलो कुरो । पैसा हातमा भए के गर्न सकिन्न र”अं”अब यी भगतेका जहान र दुइओटी छोरीहरूलाई पनि पठाउन पाए भने त”” बमबहादुरले मनमनै धेरै कुरा सोचेको थियो ।

बाटामा हिंड्दा हिंड्दै बमबहादुरले आफूले विजयबहादुरलाई पहिलो दिन भेटेको दिन सम्झन थालेको हुन्छ ।

वर्षदन अघिको कुरो हो । गोरखपुरमा पेन्सन बुझेपछि घर र्फकदा बुटवलको एउटा होटेलमा तीन दिनसम्म बसेर भएभरको पैसा सिध्याएको थियो बमबहादुरले । चौथो दिन रित्तो खल्ती लिएर बिखर्ची भएर बुटवलको ठूलो पुलनेर झोक्रिएर बसिरहेको थियो ऊ । त्यसै बेला एउटा पच्चीस छब्बिस वर्षो युवक आएर उसंग कुरा गर्न लागेको थियो ।

युवकको चालढाल, बोलीचाली निकै रँम्रो लागेको थियो बमबहादुरलाई । त्यस युवकले आफ्नो नाम विजयबहादुर बताएको थियो ।

विजयबहादुरसंग केहीबेर कुराकानी गरेपछि आफू बिर्खची भएर घर र्फकन नसकेको कुरो भनेको थियो बमबहादुरले उसंग ।

“हिड्नुहोस् कुनै चिया पसलमा जाउंm र त्यहीं बसेर कुरा गरौं” विजयबहादुरले बमबहादुरलाई एउटा भट्टमिा लगेर खूबसंग मासु र रक्सी खुवाएको थियो । “मैले भनेको कुरा मान्नु भयो भने पैसाको खेती गर्न सकिन्छ । बुझनुभयो ।” निकैबेरसम्म बमबहादुरसंग कुरा गरेपछि अन्त्यमा भनेको थियो विजयबहादुरले ।

त्यसको पांच दिनपछि बमबहादुरको भतिजा बनेर बमबहादुरको गाउंमा पुगेको थियो विजयबहादुर ।

“भतिजो बाबु बस्नुहोला नि दुइ-चार दिन त यतै होइन र -” त्यतिका बेरसम्म बोको डोराएर चुपचापै हिडिंरहेको भगतेले एक्कासि प्रश्न गरेको थियो बमबहादुरसंग । “हं”के भन्यो -” बमबहादुरको गहिरो सोचाईमा बाधा परेको हुनाले झस्कदै सोधेको थियो । बमबहादुरले । “होइन, भतिजा बाबु दुइ-चार त अझैं यता बस्नुहोला नि -” भगतेले फेरि आफ्नो प्रश्न दोहोराएको थियो । “तिमीहरू पनि ऊसंग जाने भएत बस्नै पर्यो नि” बमबहादुरले उत्तर दिएको थियो ।

बमबहादुर र भगते बमबहादुरको घर पुग्दा झमक्क सांझ पर्न लागेको थियो ।

“बा आउनु भयो बा आउनु भयो, बोको ल्याउनु भयो”” आफ्नो बाबुलाई आंगनमा देख्नासाथ रमाउंदै चिच्याएको थियो बमबहादुरको सात वषर्ीय कान्छो छोरो “बा” म भोलि धेरै पोलेको मासु खान्छुहै है बा”-” छोरी चाहिंले बमबहादुरको नगीचै गएर बोकोतिर लोभिलो दृष्टिले हेर्दै भनेको थियो । ” ल ⁄ यसलाई लैजाऊ र कटेशमा थुनिराखेर आऊ बमबहादुरले भगतेलाई अर्याएको थियो “जा त तीनओटा बटुको मागेर ले तेरी आमासंग । अचार पनि छ कि” सोध” पिंडीमा गुन्ıी ओछयाउंदै भनेको थियो बमबहादुरले छोरोसंग । “ल, बस यतै तिमी पनि” आफूसंगै लिएर आएको चार बोतल रक्सी राखेको झोला आफ्नो अघिल्तिर राखेर त्यसबाट रक्सीको बोतल निकाल्दै खोरमा बोको थुनिओरी पाएको भगतेतिर हेर्दै भनेको थियो बमबहादुरले ।

“खै, भतिजा केटो के गर्दैछ, त्यसलाई पनि पठा यतैतिर” हिममायाले रिकापीमा मूलाको अचार राखेर लौग्नेका अघिल्तिर राखिदिए पछि भनेको थियो बमबहादुरले । “बिहान भात खाएपछि त गै गए नि उनीहरू” हिममायाले सहजरूप मा भनेकी थिई । “बहानै गए”होइन कसको कुरो गर्छर्ेेसले -” हिममायाको कुरो सुनेर अलमल्ल परेको थियो बमबहादुर । “काका र मेरो हिजै कुरो भइसकेकोछ । म बहिनीलाई दश पन्ध्र दिन डुलाएर पछि सरस्वतीसंगै पुर्याउन आउंला, भनेर कमलीलाई लिएर”” “ए रांड के भनेर पठाइस् त्यो चिन्नु न जान्नुको मानिससंग मेरी छोरीलाई -” स्वास्नीको कुरा पूरा नहुदै एक्कासी ठूलो स्वरले चिच्याएर हिममायाको शरीरमा लात्ताले हानेको थियो । बमबहादुरले ।

“कस्तो चिन्नु न जान्नु भन्नुहुन्छ – हजूरकै भतिजा त हो नि । बिनसित्तिमा किन रीस पोखेको होला ममाथि” लोग्नेको व्यवहारबाट दुःखी हुदै भनेकी थिई हिममायाले । होइन, त्यो मेरो भतिजो होइन । फटाहा हो त्यो । केटी बेचेर खाने फटाहा”हे भगवान् अब मेरी छोरीलाई कहां लगेर बेच्ने होला त्यसले । खै ल्या, ल्या मेरो खुकुरी कहां छ – म अहिल्यै त्यसको पछि पछि जान्छु र त्यसलाई भेटें भने त्यसको घांटी छिनाउंछु”” भन्दै दगुर्र्दै टांडमा शिरानमनि राखेको खुकुरी दापबाट थुत्त थुतेर नाङ्गो खुकुरी हातमा लिएर बाहिर अन्धकारतिर दगुरेको थियो बमबहादुर ।
अहिले प्रायः सात वर्षहुनलाग्यो, बमबहादुर बौलाहा भएको । ऊ प्रायः जसो एकोहोरिएर एउटै ठाउंमा बसिरहन्छ । कहिलेकाहिं गाउंमा कुनै नौलो मानिस आयो भने बमबहादुर दगर्ुर्दै जान्छ र त्यस मानिसको कठालो समातेर भन्छ “बोको छ – मोटो बोको, पासो थाप्नु परेकोछ मलाई”पासो”।”

(श्रोत:- अन्तर्जाल अर्थात internet)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम निर्णय

~माया ठकुरी~

अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न थालेपछि भने गाउँलेहरूको होस उडेकोझैँ भएको थियो ।

ती नकाबधारी लुटेराहरूले मानिसहरूको कञ्चटमा बन्दुक र पेस्तोल तेस्र्याएर आफ्नो मनोमानी गरिरहेका थिए । गाउँलेहरूका घरका सर-सामान मात्र लुटेर ती यौनपिपासु डाँकाहरूलाई सन्तुष्टि मिलेको थिएन । उनीहरूले घरका पुरुष सदस्यहरूको हातखुट्टा बाँधिदिएर उनीहरूलाई भुइँमा लडाएपछि उनीहरूकै आँखा अगाडि घरका स्त्रीहरूको शरीर लुछाचुँडी गरेर भोग गर्न पनि पछि परेनन् ।

त्यसपछि रातको चौथो प्रहरमा ती लुटेराहरू आफूले लुटेको सरसामानसहित सीमावर्ती क्षेत्रतिर भागेका थिए ।

यो घटना घटेको बेला नरप्रसाद आफ्नी गर्भिणी पत्नी र सात वर्षीया छोरी सरस्वतीलाई लिएर भारतस्थित आफ्नो ससुराली भए ठाउँतिर गएका थिए ।

नरप्रसादले आफ्नो गाउँ फर्किन अगावै गाउँमा डाँकाहरू पसेर उत्पात मच्चाएको कुरा विभिन्न सञ्चार माध्यमद्वारा थाहा पाइसकेका थिए तर जब गाउँ फर्केपछि उनले गाउँलेहरूको मुखबाट त्यस हृदयविदारक घटनाको यथार्थ विवरण सुने तब आक्रोशले उनको मुठ्ठी कस्सिएको थियो ।

“के गर्ने भाइ ! ती डाँकाहरू सबै आधुनिक हतियार लिएर गाउँ पसेका थिए । त्यसकारण ती हतियारबन्द डाँकाहरूको अघि हाम्रा निरस्त्र गाउँलेहरू आखिर कतिबेर टिक्न सक्थे र ?” नरप्रसादको घरको पिँढीमा बसेर उनीसँग कुरा गर्दै गरेका उनका छिमेकी महेश्वरले पीडायुक्त स्वरमा नरप्रसादसँग भनेका थिए । “अनि उसो भए गाउँमा कसैले पनि त डाँकाहरूको प्रतिकार गरेनन् त ?” नरप्रसादले प्रश्न गरेका थिए । “गरेका थिए, किन नगर्नु तर प्रतिकार गर्ने मानिसलाई बन्दुकको कुन्दा र बुटले हानेर मरणासन्न अवस्थामा पुर्याएर छाडे । त्यै भएर त नगेन्द्र अहिलेसम्म अस्पतालमा उपचार गराउँदैछन् । उसकी स्वास्नीलाई पनि डाँकाहरूले उसैको आँखा अगाडि सामूहिक बलात्कार गरेका थिए । नगेन्द्रले प्रतिकार गर्न खोजेको थियो । डाँकाहरूले उसका दुवै हात भाँचिदिए” महेश्वरले भने । “हेर भाइ ! खेती गर्नको निम्ति जसरी अडिलो आली लाउनु पर्छ, त्यसैगरी कुनै पनि देश थाम्नको निम्ति बलियो काँध हुनु आवश्यक छ । हामी मैदानमा बसेकाहरूले देशको चार किल्ला थामेर बसेका छौँ । यसर्थ हाम्रो रक्षाको जिम्मेवारी सरकारले लिनै पर्दछ तर यहाँ सब कुरो उल्टो भइरहेको छ । जे जति सुविधा प्राप्त भएको छ, त्यो हामीसम्म आई पुग्दै पुग्दैन । अस्ति भएको घटनाकै कुरा लिउँ, डाँकाहरूले हाम्रो गाउँमा पसेर जथाभावी उत्पात मच्चाएर गए । हामीले हाम्रा पीडा, मर्का सरकारसमक्ष राख्यौँ तर खोइ ! उसले के गर्यो ? विभिन्न सञ्चार माध्यमहरूले व्यङ्ग्यको झटारो हान्न थालेपछि बल्लतल्ल प्रशासनको तर्फबाट दुई-चार जना कर्मचारीहरू आए र सर्जमिन गरेर गए । त्यसपछि अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् । यस्तै छ यहाँको चाला, ‘जुन जोगी आए पनि कानै चिरेको’ महेश्वरले निकै लामो वक्तव्य दिँदै भने ।

“होइन दाइ ! अब हामीले पनि आफ्नो गाउँको सुरक्षाको निम्ति केही न केही उपाय त गर्नैपर्छ ।” महेश्वरको कुरा सुनेपछि उत्तेजित हुँदै भनेका थिए नरप्रसादले । “हो, ठीकै भन्यौ भाइ तिमीले । हामी आफैँले पनि आफ्नो गाउँको सुरक्षाको निमित्त सकेसम्म उपाय गर्नैपर्दछ । अहिलेलाई हामी गाउँलेहरू सबै मिलेर सल्लाह गरेअनुसार समूहसमूह बनाएर पालैपालो राति पहरादिने गरेका छौँ । आज तिमी थाकेको हुनाले पालो दिन पर्दैन भोलिदेखि भने हामीले पनि पालो दिन जानुपर्छ” नरप्रसादको कुरा सुनेपछि महेश्वरले भने- “अँ… तिम्रो पालो परेको बेला चाहिँ सरस्वतीलाई हाम्रा केटाकेटीहरूसँग सुत्न पठाइदिए हुन्छ ।” महेश्वरले भनेका थिए । “ए……. मैले त बुहारीको स्वास्थ्यबारे सोध्छु भन्दाभन्दै भुसुक्कै बिर्सिएँछु । साँच्चै बुहारीको विषयमा डाक्टरले के भने ?” महेश्वरले फेरि कुरो थप्दै प्रश्न गरेका थिए ।

“शरीरमा कमजोरी बढी छ अरे । बच्चा नजन्मदासम्म ज्यादै परिश्रम गर्नु हुँदैन भनेका छन् । गतिलो खालका खानपान र आरामको आवश्यकता छ भने । त्यसैकारण सासू-ससुराले बच्चा नजन्मदासम्म हामी नै राखेर स्याहार गर्छौँ भनेका हुनाले उतै छोडेर आएँ । यो छोरी पनि उतै आमासँगै बस्छु भनेर ढिपी गर्दै थिई । यता गाउँमा स्कुलको जाँच आउन लागेको हुनाले आफैसँग लिएर आएँ ।” नरप्रसादले भने ।

“ठीकै गर्यौ । बुहारीको स्वास्थ्य ज्यादै नै खस्केको थियो । पछि स्वास्थ्य लाभ गरेपछि त आइहाल्छिन् नि … ल, म जाउँ अब ।” भन्दै महेश्वर उठेर आफ्नो घरतिर लागे ।

त्यसपछि करिबकरिब चार महिनापछि एक रात फेरि गाउँमा डाँकाहरूले आक्रमण गरे । गाउँलेहरूले पनि आफूसँग जे जस्तो हतियार, लाठी आदि थिए, त्यसैको भरमा सकेसम्म भिडेर लडेका थिए तर अन्त्यमा ती बन्दुकधारी डाँकाहरूको अघि उनीहरू परास्त हुन बाध्य भए । उही पहिले घटेको घटनाको फेरि पुनरावृत्ति भयो । यसपटक पनि पहिलेकोझैँ डाँकाहरूले बन्दुकको त्रास देखाएर मानिसहरूलाई निर्मम तरिकाले कुटपिट गरेर लुटपाट र बलात्कारजस्ता घृणाजन्य कार्य गरे । उनीहरूले वस्तुभाउ खोेलेर लगे, अनि जाँदाजाँदै दुई-चारओटा घरमा आगो पनि झोसेर गए ।

अर्को दिन बिहान झलमल्ल घाम लागिसक्दासम्म पनि गाउँलेहरू आफ्नो घरदेखि बाहिर निस्कन डराइरहेका थिए । लोग्ने मानिसजति आफ्नो विवशताको कारणले गर्दा मलिन अनुहार पारेर एकोहोरिइरहेका थिए भने बलात्कृत स्त्रीहरूको अत्यन्त पीडादायक मन्द रोदन अझ थामिइसकेको थिएन । बालबालिकाहरू भयको कारणले गर्दा आमाको वरिपरि गुजुल्टिएर बसेका थिए । उनीहरूको काँतर दृष्टिमा अघिल्लो रात घटेको त्रासदिपूर्ण घटना चलचित्रझैँ रिङ्गरिहेको थियो । उनीहरू एक क्षणको निम्ति पनि आफ्ना अभिभावकदेखि पर हुन चाहेका थिएनन् ।

बिहानको निकै समय घर्केपछि जब गोठमा बाँकी भएका वस्तुभाउहरू भोकाले कराउन थाले, तब एकएक गरेर विस्तारैविस्तारै मानिसहरू ढोकाबाट बाहिर निस्कनुभन्दा अघि चारैतिर पल्याकपुलुक हेर्दै बाहिरिन सुरु गरेका थिए ।

त्यो रातको भिडन्तमा गाउँका केही मानिसहरूलाई सामान्य चोट लागेको थियो भने पाँच जना गाउँलेको अवस्था ज्यादै गम्भीर भएको थियो । यति मात्र होइन, गाउँदेखि अलि परको खेतमा गाउँका चारओटि किशोरीहरूको निर्वस्त्र देह कहालीलाग्दा अवस्थामा भेटिएका थिए । ती किशोरीहरूको सारा शरीरभरि नीलडाम र दाँतको चिन्ह स्पष्टरूपमा देखिएका थिए । उनीहरूलाई अर्थचेतन अवस्थामा अस्पताल पुर्याउँदा पुर्याउँदै तीनओटी किशोरीहरूको बाटोमै मृत्यु भयो । एउटी भने डाक्टरहरूको अथक प्रयासले गर्दा बाँच्न सफल भएकी थिई ।

“आ…मा….. । आमा…. ! मलाई बचाऊ” त्यो किशोरीले होस आउनासाथ आर्तनाद गर्दै अस्पतालको ओछ्यानमा छट्पटाउन थालेकी थिई । घर आएपछि पनि उसको मानसिक अवस्था सामान्य हुन सकेको थिएन । कुनै पनि लोग्ने । मानिसलाई देख्नासाथ किशोरी रुने, चिच्याउने गर्दै लुक्ने ठाउँ खोज्ने प्रयास गर्दथी । यहाँसम्म कि राति पनि ऊ अचानक ब्यूँझेर रुने, चिच्याउने गर्न लागेकी थिई ।

उसको त्यस प्रकारको दारुण अवस्था देखेर सबैको मन पीडाले भरिन्थ्यो ।

“बाबा ! अञ्जु, शकुन्तला, बिनु र रमिला दिदीहरूलाई डाँकाहरूले किन खेतमा लगेर कुटेका हुन् ? उनीहरूले अञ्जु, शकुन्तला र बिनु दिदीहरूलाई किन मारे ?” गाउँका अन्य बालबालिकाले आफ्ना अभिभावकहरूसँग प्रश्न गरेझैँ नरप्रसादकी छोरी सरस्वतीले पनि आफ्नो बाबुसँग बारम्बार यही प्रश्न गर्दथी ।

आफ्नी अबोध छोरीले गरेको प्रश्न सुइरोसरह बनेर नरप्रसादको छातीमा गड्दथ्यो । “छोरी ! अब तिमी मावलमा लेखपढ गर्नुपर्छ है । उतै बसेर धेरै पढ्ने ।” एक दिन साँझपख छोरीको छेवैमा बसेर निकै गम्भीर स्वरमा भनेका थिए नरप्रसादले ।

“हामी मामाघर कहिले जाने बाबा ?” मावल जाने कुराले निकै उत्साहित हुँदै प्रश्न गरेकी थिई सरस्वतीले ।

“भोलि, भोलि बिहानै म तिमीलाई तिम्रो मावल लिएर जान्छु ।” नरप्रसादले भनेका थिए । “तपाईं पनि उतै हामीसँगै बस्नोस् न बाबा ! यहाँ त डाँकाहरू आउँछन् ।” सरस्वतीको मनभित्रको त्रास शब्दद्वारा व्यक्तिएको थियो । “होइन छोरी, म त्यहाँ बस्न मिल्दैन । यहाँ हाम्रो घरजग्गा छ । हामी यहीँ बस्नुपर्छ ।” दृढ स्वरमा बोलेका थिए नरप्रसादले ।

राति खानपिन सिध्याएपछि नरप्रसादले छोरीलाई ओछ्यानमा सुताएपछि उसले ओढेको कपडा ओढाइदिँदै भने “तिमी ढुक्क भएर सुत है छोरी ! म यहीँ बाहिर पिँढीमा बस्छु ।”

“नाइँ बाबा ! मलाई डर लाग्छ । तपाईं पनि भित्र सुत्नुस् न … ।” सरस्वतीले आग्रहपूर्ण स्वरमा भनी ।

“होइन, तिमी डराउनै पर्दैन । यी मसँग खुकुरी पनि छ । यो देखेपछि डाँकाहरू भागिहाल्छन् नि ।” नरप्रसादले छोरीलाई ढाडस दिँदै भने ।

त्यसपछि उनी दैलो खोलेर बाहिर गए अनि बाहिरबाट दैलो तानेर ढप्काएपछि पिँढीमा गएर बसे ।

रात निकै छिप्पिइसकेको थियो, अचानक गाउँका कुकुरहरू जोडजोडसँग भुक्न लागेका हुनाले बसेकै ठाउँमा निद्राले झुल्दै गरेका नरप्रसादको तन्द्रा भङ्ग भएको थियो । छेउमा राखेको खुकुरी हातमा लिएर नरप्रसाद आँगनमा गए र उभिएर परपरसम्म आफ्नो दृष्टि पुर्याए । जुनेली रात भएको हुनाले टाढासम्म छर्लङ्ग देख्न सकिन्थ्यो । अहँ उनले कतै केही देखेनन् । यी कुकुरहरू यसै त नभुक्नुपर्ने हो… । उनले मनमनै सोचे र आएर फेरि पिँढीमा बसे ।

“बाबा ! बाबा ! मलाई डर लागेको छ । तपाईं भित्र आउनुस् र दैलोको आग्लो लाइदिनोस् न …।” भित्रबाट झिनो स्वरमा सरस्वतीले भनी ।

“ल, ल, म आएँ … ।” भन्दै नरप्रसाद भित्र कोठामा गए । सरस्वती डरले खाटमा टुक्रुक्क बसेकी थिई ।

“ल.. किन डराएकी ? म छँदै छु नि ।” नरप्रसादले स्नेहवश छोरीको टाउकोमा मुसार्दै भने ।

“कुकुरहरू कति जोडजोडसँग भुकिरहेका छन् । बाबा । डाँकाहरू आए होलान् । अब डाँकाहरूले मलाई पनि खेतमा लगेर मार्छन् ।” डरले अनुहार फुस्रो भइसकेकी सरस्वतीले पिताको हात समातेर कम्पित स्वरमा भनी ।

“पख ! म दैलो बन्द गरेर आउँछु । म पनि यहीँ सुत्छु । नडराऊ । केही हुँदैन ।” छोरीको दयनीय अवस्था देखेर भित्रभित्रै सशङ्कित भएका नरप्रसादले कोमल स्वरमा आश्वासन दिँदै भने ।

नरप्रसाद उठेर दैलो बन्द गर्दा नगर्दै गाउँमा एक्कासि कोलाहल मच्चिन थालेको थियो । नरप्रसाद ढोका बाहिर निस्केर आँगनमा पुगे । “ओहो ! गाउँमा साँच्चै नै फेरि डाँकाहरू पसेका रहेछन् । नरप्रसादले हेर्दाहेर्दै गाउँका तीन-चारओटा घर आगोमा जलिरहेका थिए । आइमाई, केटाकेटीहरू गुहार माग्दै यताउति दगुर्दै थिए । बेलाबेलामा बन्दुक पड्केको आवाज पनि आएको थियो । नरप्रसादलाई के गरुँ ! के नगरुँ ! भयो । नरप्रसादका आँखाअघि अचानक रगतमा लतपत भएर अर्धमृत अवस्थामा खेतमा लडिरहेका किशोरीहरूको हृदयविदारक देह रिङ्न थाल्यो उनले तत्कालै केही निर्णय गरिहाले अनि हतपत्त घरभित्र पसेर दैलोमा आग्लो लाए ।

त्यसपछि छोरीलाई जुरुक्क उचालेर काँधमा राखे अनि घरको पछाडिपट्टकिो झ्याल खोलेर अर्को हातमा खुकुरी लिएर उनी बाहिरिए ।

नरप्रसाद दौड्दै गए, दौड्दै गए । “बाबा … मलाई डर लागेको छ । डाँकाहरू ऊ परबाट हामीलाई खेद्दै आउँदै छन् । बाबा … छिटो दौड्नुस न ।” कम्पित स्वरमा सरस्वती बोल्दै थिई ।

नरप्रसादले एकपटक क्षणभरको निम्ति दौड्दै गएका पाइला रोके र पछि फर्केर हेरे । साँच्चै नै केही मानिसहरू दगुर्दै उनीहरूतिर आइरहेका थिए ।

एकाएक नरप्रसादको नौनाडी गलेर आयो । ती डाँकाहरूले आफूहरूलाई खेद्दै आउनुको कारण उनीहरूको कुनियत हो भन्ने कुरा उनले स्पष्टसँग बुझिसकेका थिए ।

अचानक नरप्रसादले वेगसँग दौडन् प्रयत्न गरे तर उनका पाइला त्यसैत्यसै फतक्क गलेझैँ भयो । उनलाई वाक्वाकी लागेजस्तो पनि भयो । उनले यताउति हेरे । जङ्गल उनीबाट करिब सयमिटर जति पर थियो । नरप्रसाद दगुरेर जङ्गलभित्र छिर्न चाहन्थे तर सक्दै सकेनन् । उनले हतास भएर आफ्नो नजर वरपर घुमाए । केहीपर बडेमानको ढुङ्गो थियो । नरप्रसाद भएभरका शक्ति बटुलेर बल्लतल्ल त्यहाँ पुगे । उनले ढुङ्गाको पछाडि छेलिएर सरस्वतीलाई काँधबाट ओरालेर भुइँमा राखे र आफू पनि त्यहाँ घुँडा टकेर बसे । सरस्वतीको देह अझै पनि काँपिरहेको थियो । डरले लगलग कामिरहेकी सरस्वती अस्फुट स्वरमा बडबडाउँदै थिई । नरप्रसादले केही क्षणसम्म अश्रुपूर्ण दृष्टिले छोरीलाई हेरिरहे । अचानक सरस्वती बाउको घुँडामाथि घुप्लुक्क घोप्टो परी ।

नरप्रसादले परतिर मानिसहरू बोलेको सुने र घाँटी तन्काएर हेरे ।

उनले देखे एक हूल हतियारधारी मानव आकृतिहरू उनीहरूतिर आउँदै थिए ।

ती मानव आकृतिहरूलाई देख्नासाथ एकाएक उत्तेजनाले नरप्रसादको सारा शरीरमा रगत उम्लिएकोझैँ भयो ।

उनले खुकुरी समातेको हात अझ कस्सियो ।

“ए भगुवा ! तँ त्यो ढुङ्गो पछाडि लुकेर छोरीलाई बचाउँछु भन्ने ठानेको छस् कि क्या हो । ज्यानको माया छ भने छोरीलाई खुरुक्क यतातिर पठाइदे कि त त्यसलाई त्यहीँ छाडेर तँ जा जङ्गलतिर । हामी तलाईं केही गर्ने छैनौँ ।”

केहीबेरमै नरप्रसाद लुकेको ठाउँ नगिचै आएर डाँकाहरूमध्ये एउटाले ठूलो स्वरमा आदेश दिएको थियो । आफ्नो नगिचै आइपुगेका ती हतियारधारी लुटेराहरूको उपस्थितिले गर्दा नरप्रसादको आत्मविश्वास क्रमशः खिइन थालेको थियो ।

“ए … ! बहिरो होस् कि क्या हो ? हाम्रा कुरा नमानेर मर्ने मन छ कि तँलाई ? छिटो गर, नत्र हामी त्यहीँ आएर तेरो आँखाको अघि नै तेरी छोरीको कस्तो दुर्गत पार्ने छौँ, थाहा पाउलास् !” अर्को स्वरले भन्यो ।

यता पिताको घुँडामा टाउको राखेर घोप्टिएकी सरस्वतीको कम्पित देह लल्याकलुलुक भइसकेको थियो । छोरीको अकल्पनीय दारुण अवस्था देखेर नरप्रसादको हृदयमा छोरीलाई कसरी उद्धार गरुँ भन्ने कुरोको हुण्डरी मच्चिरहेको थियो । “भएन अब त आफैँ अघि बढेर उचालेर ल्याउन पर्यो … ।” अर्को एउटा डाँकाले भन्यो ।

त्यसपछि ती लुटेराहरू छिट्छिटो पाइला चालेर अघि बढ्न थाले ।

नरप्रसादले क्षणभरमै एउटा अठोट गरे, अनि बिजुलीको गतिमा खुकुरीको धार छोरीको कोमल गर्दनमा राखिदिए ।

(श्रोत :- मधुपर्क २०६६ माघ)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हरियो बत्ती

~मातृका पोख्रेल ~

आज विहानै रामनाथ आफ्नो पार्टी नेता क. अशोकको घरमा जरूरी पत्र पु¥याउन जाने तयारीमा छ । त्यसैले ऊ हरेक कामहरू चाँडै चाँडै सिध्याउँदै छ । आज अलि सबेरै उठ्यो । श्रीमती काममा गएकी छ, खाना आफैले बनायो । हिजो पार्टी कार्यालयमा बेलुकापख एकजना भद्र मानिसले ‘अत्यन्त जरूरी’ भन्दै क. अशोकको नामको एउटा पत्र छोडेर गयो । हुन त, क. अशोकले हिजै बेलुका पार्टी अफिसमा फोन गरेर भोलि बिहान कोही कार्यकर्ताहरूसँग पनि भेट्न नसकिने हुनाले कसैलाई पनि मेरो घरमा नपठाउनु भनेका थिए । तर रामनाथले सोच्यो – यति जरूरी पत्र लिएर त जानै प¥यो नि, नत्र फेरि पार्टीलाई ठूलै समस्या पर्नसक्छ ।

रामनाथ यो पार्टीको धेरै पुरानो मान्छे । अचेल ऊ पार्टी कार्यालयमा बस्ने गथ्र्यो । शुरूमा कम्युनिष्ट आन्दोलनमा हिँड्दा उनलाई नेपालमा अब नौलो जनवाद आइहाल्छ भन्ने विश्वास लागेको थियो । यही आन्दोलनभित्र हिडेर कपाल पकाइसक्यो । ऊ यो पार्टीको पुरानो पूर्णकालीन कार्यकर्ता । पहिले ऊ जिल्लास्तरको पार्टीको कार्यकर्ता हुँदा क. अशोकलाई साधारण सदस्यता उसैको हातबाट दिएको थियो । पार्टीभित्र क. अशोकको प्रगति देखेर उसले धेरैलाई भनेको थियो – क. अशोकलाई यो पार्टीमा ल्याउन मेरो पनि ठूलो हात छ । त्यसबेला क. अशोक विदेशबाट पढाइ सिध्याएर भरखर नेपाल आएको थियो ।

घरबाट बाहिर निस्कने बित्तिकै एकमनले रामनाथले फेरि सोच्यो – एकपटक टेलिफोन गरेर मात्र जानु राम्रो होला ।

नजिकैको पसलमा गएर उसले टेलिफोन डायल ग¥यो क. अशोकको फोन अत्यन्तै व्यस्त छ, फेरि ग¥यो उस्तै व्यस्त ।

फेरि मनमनै गुन्यो – अब चाँडै गरेर जानुपर्छ, नत्र पार्टीको ठूलै काम बिग्रेला । उसले आफ्नो हिडाइको गतिलाई अत्यन्तै तेज बनायो । अरू दिन एक घण्टा लाग्ने चक्रपथ आज ऊ आधि घण्टामै आइपुग्यो । चक्रपथ निस्केर अरू दिनजस्तो बस पर्खन उसले उपयुक्त ठानेन । उसले आज ढिलो गर्नु हुँदैन भन्ने मात्र बुझेको छ । आजसम्म कहिल्यै यसरी हतार गरेर उसले ट्याक्सी खोजेको दिन थिएन ।

त्यति व्यस्त हुने क. अशोकको घर आज सुनसान थियो । रामनाथले मूल गेटभित्र पसेर क.अशोकलाई सोध्यो । घरमा काम गर्ने मानिसले सबेरै बाहिर गएको खबर सुनायो उसलाई । के आज विहानै नभेटी नहुने ? – यसैबेला एकजना अग्लो मान्छे भित्रबाट बाहिर आएर रामनाथलाई जरुरी कामको बारेमा सोध्यो ।
म त विहानै आइपुग्नु पथ्र्यो । आउन ढिलो भयो, अहिले नै नभेटे कामै बिग्रन सक्छ । रामनाथको जवाफ पाउने वित्तिकै त्यो मानिसले अशोकले एकजना मानिस आइपुग्नु भएको छैन भन्नुहुन्थ्यो, म पर्खिएर बसेको भन्दै मोटरसाइकल स्टार्ट ग¥यो ।

मोटरसाइकल थापाथली–त्रिपुरेश्वर–रत्नपार्क हँुदै अघि बढ्यो । रामनाथले सोझो मनले सोच्यो – यो जरूरी पत्रका बारेमा पहिले नै खबर भइसकेको रहेछ, क. अशोकले मलाई विहान पर्खिएछन् ।

वरिपरि विशाल पर्खाल, ठूलो फलामे गेट, गेटपाले सबैलाई छिचोल्दै मोटरसाइकल भव्य महलको बीचमा पुगेर रोकियो ।

क. अशोकको यत्रो महलमा … । रामनाथले वरिपरि हे¥यो र अचम्म मान्यो । सुन्दर बगैंचा । मोटरहरूको घुइँचो । रामनाथसँगै आउनेसँग भित्र पस्यो । हरियो बत्तीको प्रकाश छरिएको बैठक हल । ठूला ठूला खाइलाग्दा मानिसहरू । भव्य सजाइएको बैठक कक्ष । वियर र रक्सीका परिकारहरू । विशेष प्रकारको सोफामाथि बसेर क. अशोक भन्दै थियो – अब पार्टीलाई हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्नेछैन । रामनाथले आफूले चिनेका अन्य एकदुईजना मानिसहरूलाई पनि त्यहाँ देख्यो ।
रामनाथ कसरी यहाँ आइपुग्यौ हँ ? – अशोक जिल्लियो ।

कसलाई सोधेर यहाँ आएको ? बेइमान … तल्लो स्तरमा ओर्लिएर कहिल्यै पनि यसरी अशोकले गाली गरेको रामनाथलाई थाहा थिएन ।

रामनाथ चिठ्ठी हातमा फालिदिएर आफू गएको बाटोबाट छिटो छिटो फक्र्यो । रामनाथले मुलगेट नाघ्ने बित्तिकै एकदुईजना मानिसको एकछिन् पख्नुस् एकछिन पख्नुस् भनेको आवाज आउँदै थियो । तर ऊ त्यतिबेला सडकमा आइपुगिसकेको थियो ।

सडकमा निस्किएपछि डरले रामनाथको जीउ हप्प फुलेजस्तो भयो । डरले पछाडि फर्किएर हेर्नसम्म सकेन उसले । सडकमा आफ्नो वरिपरि हे¥यो – थुप्रै मानिसहरू छन् । कता कता डर कम भएको महसुस ग¥यो उसले । मनमनै फेरि डरको पर्वत अग्लियो – कतै ती पछाडि आउनेहरू यहाँसम्म त आइनपुग्लान् ।

बाटोभरि रामनाथले धेरै कुरा सोच्न सकेन । मुलगेटभित्र आफूलाई पच्छ्याउने मान्छेहरू सम्झिरह्यो । डरले जिउ जिङ्गरिङ्ग हुन्थ्यो । आज ऊ बस चढ्न बसपार्क पनि गएन । ठमेलको गल्ली हुँदै हिँडेर घर गयो ।

घर पुग्नेबित्तिकै रामनाथ केही नओछ्याएको बार्दलीको पलङमा डङ्गरङ्ग पल्टियो । उसको अगाडि आफू कम्युनिष्ट आन्दोलनमा हिँड्दादेखिका घटनाहरू नाच्न थाले । सोच्दै जान्छ ऊ – क्रमबद्ध नभएका घटनाका स्मरणहरू उसका अगाडि ओइरो लाग्छन् । कतै सपना त देखेको छैन उसले, फेरि ठण्डा भएर सोच्न शुरू गर्छ । हरियो बत्ती बलेको कोठामा सोफामाथि बसेर अशोकले भनेको उही शब्दहरू उसको दिमागमा ताजा बनेर ठोकिइरहन्छ – अब पार्टीलाई हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्ने छैन ।

यतिखेरै उसको मनले अर्को कटु पीडाको अनुभूति ग¥यो । एक बखत क. विनयले पार्टीमा राजतन्त्र सामन्तवादको नाइके हो, संसदीय व्यवस्थाले जनताको हीत गर्दैन भन्ने मत राख्दा पार्टीलाई भाँड्न खोजेको आरोप लगाएर निस्कासन गरिएको थियो । रामनाथले अन्तरसम्वन्ध खोज्यो – आजको यो घटना र त्यो तथ्यको ।

काठमाडौंमा गर्मी चढिसकेको छ । ऊ खाटमा शान्तसँग सुत्न सक्दैन । घरि यता घरि उता पल्टिन्छ । ऊ आफ्ना अगाडि आस्था र विश्वास बोकेर बाँचेका थुप्र्रै मान्छेहरू सम्झन्छ । नागार्जुनको जंगलतिरबाट आएको चिसो बतास शरीरमा ठोकिएको अनुभूति हुन्छ उसलाई । उसको आँखाअगाडि फल्याकको भित्तामा झुण्डयाएको ऐनामा पर्छ । अहिलेसम्म उसले यसरी ऐना हेरेकै थिएन । गाला छाम्छ, पोहोरको भन्दा निकै बढी चाउरी परिसकेको अनुभव गर्छ ऊ । कपाल पोहोरसम्म त तिलचामले मात्र थियो, यसपटक त सेताम्ये भएको महसुस गर्छ ऊ ।
आज राति रामनाथ बुइगलमा गएर सुत्छ । सुत्न त नामै न हो । जतिबेला पनि आस्थाको नाममा ढुङ्गाको पहाड अगाडि उभिएको महसुस हुन्छ उसलाई । रामनाथ जीवनको उपलब्धी खोज्छ । आखिर मैले गरेको त राम्रै काम न हो, जीवनको यात्रासँग बेखुशी हुन सक्दैन ऊ ।

राति सपनामा हरियो बत्ती, हरियो बत्ती भनेर किन कहालिएको ? उसकी श्रीमती जानुकाको कडा बोलीले रामनाथ व्युँझन्छ । यतिबेला धरतीमा राम्रैसँग उज्यालो पोखिइसकेको थियो ।
रामनाथलाई आज शरीर भारी महसुस भएको छ । उसले त्यही बेला तल कसैले ढोका ढकढक्याएको आवाज सुन्यो । झ्यालबाट हे¥यो – पार्टीको साथी रमेश रहेछ । रमेश यो पार्टीको आस्थावान कार्यकर्ता । धेरै कष्ट खपेर पार्टीमा निस्वार्थ काम गरेको छ । रामनाथले हतारिदै झरेर ढोका खोल्यो ।

रमेश माथि आउ । ढोका खुल्नासाथ रामनाथले भन्यो ।

म तपाईंलाई क. अशोकले पठाउनुभएको पत्र दिन आएको । कुराकानी गर्न पछि आउँछु । आज पार्टीको अत्यन्त जरूरी काम छ । रमेशले हतारो भाव देखाउँदै जवाफ दियो ।

रामनाथ भित्रको कौतुहलता मनभित्र हुण्डरी बनेर नाच्यो र ठूलो स्वरमा भन्यो – ठगले के पत्र पठाएछ ?

रमेशले अचम्म मानेर उसको कुरा सुनिरह्यो । हरदम अशोकको पक्षधर रहने मानिसबाट यस्तो शब्द कसरी … ?

रामनाथले रमेशको हातबाट चिठी थुत्यो र हतार हतार खाम च्यात्यो । पार्टीको प्याडमा लेखिएको रहेछ – हिजो बसेको पार्टीको जरूरी बैठकले पार्टी हित विरोधी गतिविधिमा तपाईंको संलग्नता देखिएको हुँदा अनिश्चित कालका लागि तपाईंलाई पार्टीका सबै तह र सदस्यताबाट निस्कासन गरिएको छ ।

पत्रबाट आँखा माथि उठाएर रामनाथले हे¥यो – रमेश चाँडो–चाँडो पाइला चाल्दै टाढा पुगिसकेको थियो ।

(श्रोत:- अन्तर्जाल अर्थात internet)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आगो

~मञ्जु काँचुली~

न्यानो हुन मलाई औधि मनपर्छ । आगोनजीक त्यसको रापसँग सम्बन्ध राख्न मेरा लालायित मांसपेसीका रेशाहरू जाडोका अनुभवले कक्रक्क पर्छन्, पर बलिरहेको आगोको तापमा ती रेशाहरूले देखेर टाढैबाट भावनामा अनुभव गर्न थाल्छन् । एक प्रकारको न्यानो तरङ्ग मेरा मांसपेशीका रेशाहरूका तारबाट मस्तिष्क भरि झड्क्रित हुन्छ । यसको अनुभव अङ्ग अवयवहरूमा संचालित भएको पाउँछु । म खुशीका मनमनै गुलियो मन पारेर हाँस्छु । मनको ओठहरू गंभीर खुशीका जलले हराभरा हुन्छन्, अनि म लुकाउनै नसकिने गरेर ओठहरूमा हराभरा व्यक्तिन्छु । मसँगै हिंडेको साथीले मलाई भन्छ – किन त्यसरी एक्लै मक्क परेकी – म त्यसलाई व्यक्त गर्दिनँ किनकि मेरा स्वयं उपस्थितिको अभिव्यक्तिको अगाडि शब्दका अभिव्यक्ति अ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नादिया र परेवाहरू

~मणि लोहनी~Mani Lohani

‘उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहन्थे ।’ आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान हुँदैन भन्नेमा ऊ विश्वस्त थियो । त्यही भएर उनी आफ्नी पत्नी नादियालाई शरीरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहन्थे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ट्युमेनको किनारमा

~मणि लोहनी~Mani Lohani

‘ऊ त्यही हो उत्तरकोरिया । जहाँ हाम्रा मित्रहरू पक्राउ परेका थिए ।’ चीन र उत्तरकोरियाको सीमामा रहेको ट्युमेन नदीको बीचमा पुगेपछि लाराले भनिन् । लारा अमेरिकी नागरिक हुन् । लामो समयदेखि उनी एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थामा कार्यरत छिन् । अहिले उनको क्षेत्र यही हो । चीन र उत्तरकोरियाको सिमाना । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अर्को खाडल

~महेशविक्रम शाह ~Mahesh Bikram Shah

ऊ खाडल खन्न थाल्यो । रातको निस्पट्ट अन्धकारमा जमिनमा छिटोछिटो खनिरहेकोे थियो ऊ । कोदालोले ताछेका माटाका चपरीहरूलाई डिलमा फाल्दै ऊ खाडललाई सकेसम्म लम्बाचौडा बनाउने ध्याउन्नमा थियो ।

करीब ५-६ घण्टाको पट्यारलाग्दो हिँडाइपछि सशस्त्र छापामारको टोली त्यस ठाउँमा आइपुगेको थियो । त्यो टोलीको मिलिसिया सदस्य थियो ऊ । छापामारहरूले विभिन्न आकार, प्रकार र बनोटका बन्दुक भिरेका थिए । तर, उसको हातमा कोदालो थियो । सयौँको सङ्ख्यामा रहेको सशस्त्र टोलीमा डोको र कोदालो बोक्नेहरूको सङ्ख्या पनि पुगनपुग सय थियो । कोदालो, बेल्चा र फरुवा बोक्नेहरू खाडल खन्नका लागि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मध्यरातमा म्यानहटन

~महेशविक्रम शाह~Mahesh Bikram Shah

मध्यरातमा म्यानहटन असंख्य जूनकीरीहरूको उज्यालोमा जगमगाइरहेको थियो । टाढाबाट हेर्दा बिजुलीका चिमहरू जूनकीरीझैँ प्रतीत हुन्थे ।

हिजो मात्र पूरै न्युयोर्कभरि हिउँ बर्सेको थियो । हिउँले सम्पूर्ण जमिनलाई ढाकेको थियो । म्यानहटनका गगनचुम्बी भवनहरू र चिल्ला सडकहरू पनि जाडोले कठ्यांग्रिएका प्रतीत भइरहेका थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छिमेकीको छाता र छाडा छोराहरू

~महेशविक्रम शाह~

पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहा“ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नया“ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिए“ । मैले उसलाई ‘हवस्’ त भने“ तर त्यसपछि भने मलाई चिन्ताले गा“ज्न थाल्यो । आपmनो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिए“ र मेरो घर थियो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : म पनि कुकुर

~महेशविक्रम शाह~

म अन्ततः कुकुर बन्ने प्रयासमा स˚ल बने“ । मैले मनैदेखि आ˚ूलाई कुकुर बनाउन खोजेको त होइन तर बेला यस्तो आएको थियो कि जहा“ पनि कुकुरका अनुहार र कुकुरका आवाजहरूस“ग स्वामी भनिनेहरू बढी लोभिने गरेको पाए“ । आखिर स्वामीहरूलाई मान्छेको स्वाभिमानी अनुहार होइन, कुकुरको स्वामीभक्त अनुहार बढी प्यारो लाग्छ र मान्छेको इमानदारी नभई कुकुरको ब˚ादारी र्सवश्रेष्ठ लाग्छ भने मान्छेजस्तो भएर बा“च्नुको कुनै तुक देखिन“ मैले । बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : क्यान्टोनमेन्ट

~महेशविक्रम शाह~Mahesh Bikram Shah

क्यान्टोनमेन्टमा छापामारहरू उत्सव मनाइरहेका थिए।

बन्द शिविरभित्र विद्रोही छापामारहरू खुसीले चिच्याइरहेका, हाँसिरहेका, गाइरहेका र उफ्री’उफ्री नाचिरहेका थिए। क्यान्टोनमेन्टको वरिपरि मसालहरू जलिरहेका थिए। मसालको उज्यालोमा विद्रोही छापामारका खुसीले उज्यालिएका अनुहारहरू न् चम्किला देखिएका थिए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुइँखाट

~महेशविक्रम शाह~Mahesh Bikram Shah

म भुइँखाटमा नै लम्पसार परेँ । म भुइँखाटमा सुत्न थालेको करिब एक साता हुन थालेको थियो । हुन त हाम्रो कोठामा डबल बेडको गद्दादार शय्या नभएको होइन । र, हामी दुई जोईपोइले त्यस गद्दादार बेडमाथि गुटुमुटिँदै जीवनका आनन्ददायक र रोमाञ्चक क्षणहरू नबिताएका पनि होइनौँ । हामीले यस पुरानो पलङको सट्टामा बजारमा आयात गरिएका विदेशी महँगा डबल बेडका पलङहरूमाथि सुत्ने सपनाहरू पनि नदेखेका होइनौँ । तर, यी सम्भावनाहरूका विपरीत हामी दुई जोईपोइको समान हक लाग्ने उक्त डबल Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थुप्तेन ग्याछो

~महेशविक्रम शाह~Mahesh Bikram Shah

ऊ अर्थात् थुप्तेन ग्याछो आफ्ना साथीहरूसँगै गुम्बाको प्रार्थना कोठामा प्रार्थनाको मुद्रामा बस्यो । उसको ठीकअगाडि खेम्पो -गुरु थिए । उनको रातो कपडाले ढाकिएको शरीर र नाङ्गो मुडुलो टाउकोतिर दृष्टिपात गर्दै ऊ प्रार्थनाका शब्दहरू स्मरण गररिहेको थियो । खेम्पोले ढावा -बालक भिक्षुहरूतर्फ हेर्दै आफ्नाअगाडि राखिएको ‘पेचा’ -पुस्तकको पहिलो पृष्ठ पल्टाए ।

“साङ्गे छुयदाङ् छोगी छोक्नाम्ला -भगवान् बुद्धका सबै धर्मलाई प्रार्थना गर्दछु ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्काले लेखिदिएको नियती

~मधुवन पौडेल~

पासपोर्टमा उसको फोटो देख्नासाथ मेरा आँखा अगाडि मुरलीधरको अनुहार नाच्न थाल्छ विभिन्न मुद्रामा ! मैले तीन महिना अगाडि उसलाई भेट्दा बेग्लै विस्मात् र पीडा पढेको थिएँ उसको अनुहारमा । उसको कथा र व्यथा सुनेको जो कोहीले पनि मुरलीधरलाई सहानुभूतिका दर्ुइशब्द बोल्ने गरेको देखिन्थ्यो । मलाई भेट्नु अघि काउन्टरमा दर्ुइ-चारजनासँग र त्यसपछि मेरा सहयोगीसँग उसले आफ्नो वह पोखिसकेको थियो । “कति भयो यता आएको -” मैले उसलाई सोधेको थिएँ । “नौ महिना ।” नौ महिनाको प्रवासमा मुरलीधर स्याङ्जाको एउटा गाउँको फूर्तिलो लक्का जवानबाट यहाँको एउटा सानो फाउण्ड्रीको रक्स्याहा, अल्छी र अनुत्तरदायी हेल्पर बनिसकेको थियो । वरपरका छरछिमेकी र इष्टमित्र सबैलाई जे पर्दा पनि अगाडि देखिने र सबैको प्रियपात्र मुरलीलाई अहिले Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धना दिदी

~कुमुद अधिकारी~kumud Adhikari_1

२०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला बिनाकारण निराश बन्छ । बिनाकारण निराशा हो वा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति

~कुमुद अधिकारी~kumud Adhikari_1

अरे यो के ? होसमा आउँदा त म आफैँलाई खित्का छोडिरहेकी पाउँछु। हुन पनि अचम्मै हो, आठौँ आश्चर्यजस्तै, होसमा फर्किनु त्यो पनि खित्का छोड्दै। तर अहिले मलाई त्यस्तै भइरहेको छ। म खित्का छोडिरहेकी छु। खित्कैका क्रममा म देख्छु मेरा सिद्धार्थ मलाई हत्केलामा कुतकुती लगाइरहनुभएको छ। म खित्किएको एकछिन पछाडि उहाँले कुतकुती लगाउन छाड्नुभयो र सोध्नुभयो- “यशू ! अहिले दुखाइ कस्तो छ?” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तीन कथा-तीन पात्र

~कुमुद अधिकारी~kumud Adhikari_1

कथा एकः पात्र एक

कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले त यसले पीडामात्र दिइरहन्छ। कट्…..कट्…. उफ् ! म सहनै सक्तिनँ र बरन्डामा निस्कन्छु। बाहिर जुनेली रात रहेछ। चन्द्रमा ! आहा ! यो चन्द्रमा त मेरो चिरकालको साथी। अब त यही चन्द्रमा त रह्यो नि आफ्नो भन्ने ! चन्द्रलाई त निशाले लगिहाली नि। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो बरन्डाको कुकुर

~कुमुद अधिकारी~kumud Adhikari_1

कुनै सम्प्रदाय विशेषमा श्राप दिनुपरे भन्छन् रे ­ “लौ, तैँले घर बनाउनुपरोस् ।” घर बनाउनेले भोग्नुपर्ने पीडाको सहज अभिव्यक्ति हुँदो हो त्यो । मैले पनि घर बनाएँ यसपालि र भोगेँ ती सबै पीडाहरू जो मेरोजस्तो हैसियत राख्नेका लागि शाश्वत थिए । घर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्धकार अनन्त

~कुमुद अधिकारी~kumud Adhikari_1

मस्तिष्कले शून्यतामा पौडिरहेका बेलामा न केही लेख्‍न सकिन्छ न त केही सोच्न नै। सोचको शून्यता यति सारो भयावह लाग्दो रहेछ मैले यतिखेर अनुभव गरिरहेको छु। बितेका केही हप्ताहरूमा मैले केही लेख्‍न सकिरहेको छैन। भावशून्यताको पोखरीमा डुब्दाडुब्दै केही देखिन्छ कि, केही आउँछ कि किनारमा जसको सहाराले म पौडिन सकूँ भन्ने लागिरहेको थियो कैयौँ दिनदेखि। पढाउने-पढ्ने पेसा अँगालेको मलाई, यस्तै क्रममा एक दिन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवन एक यात्रा

~कुमुद अधिकारी ~kumud Adhikari_1

उफ् ….! यो हल्ला….! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्ने गरी “बदाम…. ए.. बदाम… ए चटपटे…नारियल…मेवा….आजको ताजा खबर….” मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिर्खे दाइ

~कुमुद अधिकारी~kumud Adhikari_1

यसपालि म काठमाडौँबाट घर आउँदा निकै अस्थिर थिएँ। इलाम आक्रमण भएको पाँच दिन मात्र भएको थियो। सदरमुकाम आक्रमणपछि गाउँघरतिर हालखबर के छ भनेर बुझ्न मन लाग्यो र दौडिएँ घरतिर। दैनिक कामको व्यस्तता र देशको वर्तमान असहज स्थितिले हुनसक्छ, म विचलित पनि छु। यात्रा गर्दा वा केही गर्दा कहिले के हुने हो भन्ने कुराको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म समानान्तर

~कुमुद अधिकारी~kumud Adhikari_1

म आशुतोष, पोखराको नाम चलेको पर्यटन-व्यवसायी । अहिले म बाराही मन्दिरका तलतिर सिंढीमा बसेर पानीका छालहरूलाई नियालिरहेको छु । घरिघरि आकाशमा हेर्छु केही देख्तिनँ । शून्य, रित्तोपन । अगाडिपट्टिको माछापुच्छ्रे पनि फोस्रोपनको पराकाष्ठामा पुगेको छ । अचानक मेरो मोबाइलमा धुन बज्छ ‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ….’ कुनै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

विज्ञान कथा : अल्छी र लापर्वाही मानिसहरु

~कुमार सिंखडा~Kumar Simkhada

यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर दिन्छन्। काम सफल भए तक्मा र जस कमाउँछन्। असफल भए गाली पनि उनीहरु नै खान्छन्, तर रिस भने हामीमाथि पोख्छन्। हाम्रै कामको आधारमा २-४ वर्षैमा या त बढुवा भएर केन्द्रतिर लाग्छन् या सरुवा भएर अरु अफिसमा पुग्छन्। तर लगातार म र पुष्पक भने यही प्रकोप विभागमै छौं।

आज मध्येदिनमा एक्कासि अफिसमा साइरन बज्यो र स्वचालित एनाउन्स आयो – “सफलनगर छब्बिस नम्बर वार्ड, चार नम्बर सडकको एघारौं घरको त्रिचालिसौं तल्लाबाट धुवाँ आएको छ। गम्भीरता ६५ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

विज्ञान कथा : सिको

~कुमार सिंखडा~Kumar Simkhada

“ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई – एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अफिसर छोरी

~कृष्ण राजभण्डारी ~

पहिले पहिले सरिताको सबैले प्रशंसा गर्ने गर्थे । टोलछिमेकमा शिष्ट मिजासिली शीलस्वभाव स्पष्ट वक्ता र मेहनती युवतीको उदाहरण दिनु पर्दा सबैले उनै सरिताको नाम लिने गर्थे । उनको पढाइ पनि असाध्यै राम्रो थियो । उनको मेहनत र लगनशीलता देखेर बुबाआमा र दाजुले पढाइमा निरन्तरता दिन सहयोग गरे । सरिताले अहिले व्यवस्थापन विषयमा माष्टर डिग्री पास गरिसकेकी छिन् । सरकारी अफिसमा स्थायी अधिकृत भइसकेकी छिन् । भन्ने हो भने पढाइको अन्तिम किनारा पार गरिसकेकी छन् र पढाइ पछिको लक्ष्य समेत पुरा भइसकेको छ । यतिखेर उनको झनै प्रशंसा गर्नुपर्ने हो । तर सबैले उनको कुरा काट्ने गर्छन् ।

सरिता राम्रो खानदानकी युवती थिइन् । मुलको पानी र कुलको छोरी भन्छन् । त्यसमाथि पढेलेखेकी । बढ्दो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्रा

~कृष्ण प्रसांई ~

ब्रहृमपुत्र नदीकिनारका अविकसित माझी जातिको विषयमा अनुसन्धान र अध्ययन गर्न अष्ट्रेलियाको सिड्नीबाट आएकी सुश्री सूजनले गिलासमा बचेको कक्टेल बियर एकैसासमा घुट्क्याइसकेर भनी – “साँच्चै ! तिमी नेपालीहरू अति नै भाग्यमानी र गौरवान्वित छौ, तिमीहरूका हिमालय श्रृङखंलाहरूले हामीहरूलाई समेत सधैँ लोभ्याउनँछन् । अझै नढाँटी भन्ने हो भने तिमीहरू त र्स्वर्गकै बासिन्दा हौ । हाम्रो देशमा चाहिँ हिमालय पनि किन सत्र हजार फीट मात्र उचाइ लिएर उभिएका होलान् नि !” रक्सीको नशामा रन्किएर ऊ अझै के के बकिरहेकी हुन्छे । हुन पनि ऊ नेपाल भनेपछि हुरुक्कै हुन्थी । मेरो पहिलो परिचयमै, नेपाल भन्ने वित्तिकै श्रद्धाका आँखा बिच्छ्याएर ऊ मसँग मिल्न आएकी थिई । हाम्रा प्राकृतिका सम्पदाको प्रशंसा गर्दै हिमालय पहाड र प्रकृतिका सुन्दर छटाहरूले आफ्नो मन चुम्बकले झैँ अचाक्ली तान्छ भन्ने कुरो मसँगको पहिलो भेटमै उसले फलाकेकी थिई । स्केटिङ गर्ने र फोटो खिच्ने रुचि भएकी सूजन गत चार महिना अघिको गर्मी मौसममा सगरमाथा हिमालको छातीलाई टेकेर स्केटिङ गर्न नपाए पनि प्रशस्त तस्वीरहरू खिचेर पुनः गौहाटी फर्केको थिई ।

हिमालय पैदल यात्राको विवरण म सामु सुनाउँदा ऊ नहिचकिचाई क्रमशः भनिरहेकी हुन्छे –
“पहिला तिमीहरूका हिमालयको वातावरण के कस्तो थियो थाहा छैन तर आज भोलि नेपालका हिमालय पहाडहरूमा निजी क्षेत्रका व्यापारिक निकायहरूले मनोखुसीको दरभाउमा पर्यटकलाई पैदल यात्रा गराउने भएकाले व्यक्तिगत रुपमा ज्यादा फाइदा उठाए पनि सरसफाइमा भने ती सम्बन्धित निकायले ठ्याम्मै ध्यान दिएका छैनन् । खानेकुरा खाएर जताततै मिल्काइएका टिनका बट्टाहरू, रद्दी कागजका खोल र कार्टुन र मादक पदार्थ सेवन गरेर यत्रतत्र छोडिएका बोतलहरूले हिमालय पहाड मैलो र फोहोर बनेर हिमश्रृङखंलाको इज्जतमै आघात पुग्न लागेको छ । स्वच्छ हिउँका टाकुराहरूमा त्यस्ता फोहोरमैलाका कत्ला जमेर हिमालयको वातावरण नै दूषित हुन पुगेको छ । त्यस्तै हो भने ती कञ्चन पर्वतमालामा यात्रा गर्ने पर्यटकले अब चाँडै रोगको शिकार हनुपर्ने स्थिति आउन लागेको छ । मैले आफ्नो नेपाल यात्रामा यस्ता केही नराम्राहरू पनि देखेकी छु ।”

उसमा चढ्दै गएको नशा अझ प्रबल रुपमा उत्रिदै थियो । कुइरेनीहरूको स्वभाव अर्काको आलोचनाभन्दा प्रशंसा गर्नु र ज्यादा औपचारिकता देखाउनु रहे पनि ऊ अहिले सत्य र यथार्थ कुरा ओकलिरहेकी थिई । डिनरको लागि आफ्नो अस्थायी पाहुना कोठामा बोलाएर, आगन्तुकभन्दा आफू त्यति सारो पिउँछे भन्ने मैले सोच्नै सकेको थिइनँ ।

रात निक्कै छिप्पिसकेको हुन्छ । उसेले कसै गरी मलाई आफ्नो कोठाबाट उम्कन दिएकी हुन्न । कैयौँ पटक पछिको छुट्टनिे बेलाको अन्तिम निम्तोलाई स्वीकार गरी उसलाई अपमान गर्नुमा पनि मैले एउटा मित्रघात सम्झेको हुन्छु, त्यसमा पनि कुइरेनीहरू स्वभावैले हठ र जिद्दी स्वभावका हुने गर्छन् ।

‘अर्को पेग थपौँ कि? ‘ ऊ रातारात आँख झिम्क्याउँदै मसँग प्रतिक्रिया खोजिरहेकी हुन्छे । ‘हुन्छ’ उसको अनुरोधलाई भित्रि तहले नचाहँदा नचाहँदै अनायासै मेरो बोली फुस्किन्छ । मेरो फुटिसकेको बोलीमा द्वन्द्व छट्पटाउन थाल्छ र म आफैप्रति एक किसिमको रिस उठेर आउँछ ।

मसँगै टाँस्सिएर बसेकी सूजनको जीउबाट एककिसिमको मीठो सुगन्ध आइरहेको हुन्छ । कोठाको एकान्त वातावरणलाई अझ रसिलो र उत्ताउलो बनाउँदै बाहिरको प्रतिकूलतालाई छेडेर पारिजात फूलको बास्ना बोकेर झ्यालबाट आएको चिसो हावाले उसको फुकेको पत्रे कपाललाई घरि घरि मेरो अनुहारैभरि छरिदिन्छ । संकोच, लाज र आत्महीनताको तात्तातो रगत मेरा शरीरैभरि छचल्काएर मेरो मुटु तीव्र गतिमा चलिरहन्छ ।

बिहान सूर्यका ताता किरणहरू उसको कोठाका खुला झ्यालहरूबाट छिरेर उसका पोटिला गालामा लागिसक्दा पनि ऊ उठेकी हुन्न । उसले राति फेरेको गाउन घुँडाभन्दा केही माथि सरेर उसका पुष्ट र लोभलाग्दा पिँडुलाहरूको आलो प्रदर्शन गराइरहेको हुन्छ । उसका सेता पिँडुलाहरूलाई निकैबेरसम्म अनिदा आँखाहरूले हेरेर म बिस्तारै तिनीहरूमाथि छेउमै रहेको उसैको पातलो शलले ढाकिदिन्छु । बिहानका कर्महरू सकेर नुहाउने कोठाबाट निस्केर उसको सुत्नेकोठामा म पुग्दा समेत ऊ उठेकी हुन्न । रक्सीको गहिरो नशाले सायद उसलाई आज स्वदेशिनर्ुपर्छ भन्ने कुराको सम्झना नगराएको हुनसक्छ ।

प्रवाशी नेपालीहरूको जीवन स्थिति बुझ्न स्वयंसेवकको रुपमा भाारतको ‘आसाम र मेघालय घुमेर गौहाटी पुगेको म उसको कोठानजीकैको पाहुनागृहमा बस्ने गर्छु । केही दिनअघिको मेरो शिलाङ भ्रमणमा पनि त ऊ सहभागी भएर यात्रालाई निक्कै रमाइलो पारेकी थिई । दिवासेवाका पांग्राहरूले सम्म मैदानलाई छोडेर उकालो लाग्नुअघि बाटामा बेआकार भएर लमतन्न निदाएका कैयौँ ठूला तालहरूले आकाशमा देखिने बादलको अनुहारहरूको तस्वीर जस्ताको तस्तै उतारिरहेका थिए ।

मेघालय राज्य पारिवहन सेवाको झ्यालछेउ बसेकी सूजन तालैमा झरुँला झैँ गरेर तिनीहरूको सौर्न्दर्य आफूमा निलिरहेकी थिई । नीलो तालको गाढा सौर्न्दर्यलाई निकैबेर हेरेपछि सूजनले वाक्य फुटाइथी-
“हेरन मोहन, शदियौँ पहिलेदेखि कैयौँ डाँडाहरूका बीचमा निदाएर रहेका यी तालहरू ती पर्यटकको अभावमा निसासिएका जस्तै छन् नि – फेरि यिनीहरूका छेउछाउमा कुनै गतिला होटलहरू पनि देखिदैनन् नि त -”

मैले कुरो घुमाउँदै प्रतिक्रिया पोखेथेँ ।
“प्यारी सूजन, यी सबै तिमीजस्ता निर्दोष आँखाहरू पालेका पर्यटकलाई पल्काउन र लोभ्याउन त्यसै त्यसै रोगाएर बसेका छन् । लाग्छ, यिनीहरू दृश्यका लागि मात्र हुन्, आँखासँग मित्यारी लगाउन मात्र तेर्सिएका छन्, नत्र त त्यहाँ बेगनास, रारा, फेवा र शिलाङको यार्ड लेक झैँ भाडाका मोटरबोटहरू राखिनुपर्ने, डुङ्गाहरू यत्रतत्र चिप्ल्याइनुपर्ने र यिनीहरूका सतहमाथि राजहंसका बथानहरू पौडी खेल्नुपर्ने अनि खुट्टै राख्न नपाउने गरी तन्देरी जोडीका जोडी युवा युवतीहरूको लम्बिइँदै गएका भीडहरू नअटाएर किनारै भरि घुइँचो हुनुपर्ने !”

मेरो दाहिने घुँडाको अग्रभागलाई पेन्टबाहिरबाट चिमोट्दै उसले भनेकी थिई- “व्यङग्य हान्न तिमीभन्दा सिपालु मान्छे मैले कोही देखिन बुझ्यौ ?”

कुरै कुरामा तालको सम्पूर्ण दृश्यलाई छिचोलेर हामी गौहाटी फर्किएका थियौँ ।
त्यस भन्दा पनि अघिल्लो एउटा यात्राको सम्झना अझसम्म ताजा भएर मलाई घच्घच्याउन आइरहन्छ । गौहाटीबाट स्टीमरमा चढेर तेजपुर जानलाग्दा ब्रहृमपुत्रको किनारी भागमा सोसहरूले डुबुल्की मारेको, माझीहरूले डुङ्गा खियाउँदै बेत, बाँस र खरका भारीहरू वारिपारि ओसारेको देख्दा उत्ताउलिदै उसले आफ्नो जन्मस्थल सिड्नीको बारेमा प्रकाश पारेकी थिई( “साठी प्रतिशतभन्दा बढी जनतालाई आफ्ना लालाबालासरह पिँठ्यु र आफ्नो काँधमा खेलाएर बाँचेका अष्ट्रेलियाली सहरहरूलाई प्रायः जसो समुन्द्रले आफ्नै किनारामा उभ्याएका छन् । हाम्रा पर्ुखाहरूको रगत र पसिनाले निर्मित अहिलेको अष्ट्रेलिया धेरै उद्योगधन्दा र पशुपालनको लागि प्रमुख रहेको छ । त्यसमा पनि अत्यन्तै रमाइलो र प्राकृतिक गरिमाले परिपर्ूण्ा सिड्नी सहरको किनारी इलाकामा सर्ूयास्त हुने समयमा मोटरबोटहरू कुदाउन औधिनै मजा आउँछ क्या !

कुराहरूको पहाड चुल्याएर ऊ आफ्नै देशलाई माथि उकासिरहेकी थिई । म उसको ध्यान अरुतिरै तान्न खोजिरहेको थिएँ । स्टीमर पानीको पेटलाई आफ्ना प्रवल पखेटाले चिरेर अघि बढिरहेको थियो । केही क्षणसम्म हाम्रो मौन तोडिएको थिएन ।

धेरै टाढा फाँटमा एकत्र भएर चरिरहेका गाईका बथानहरूलाई देखाउँदै ऊ पुनः अघि बढी-
“उ त्यस्तै बथानका बथान पशुहरू अष्ट्रेलियाको मैदानी फाँटमा त्यसरी नै चर्ने गर्छन्, तर मैले त्रि्रो देशका पहाडी इलाकाको भ्रमणमा कहिले पनि नेपाली गोठालाहरूलाई त्यस्तो फाँटमा देख्ने मौका पाइनँ । गाई चराउने गौचरनको अभावले गर्दा त्यहाँका कृषकहरूलाई निकै मुश्किल परेको होला, हैन ?”

‘हो, तिम्रो देशका जस्ता ठूल्ठूला गौचरनका फाँटहरू हाम्रो देशमा छँदै छैनन् भने पनि हुन्छ । भएन, हजारौँ भेडाहरूलाई एकतत्र पारेर हेर्न सक्ने हेलिकप्टरहरू नै हामीलाई कसरी प्राप्त हुन्थे र सूजन – तिमीहरूको जस्तो अथाह जलराशिले घेरि एका पर्थ, डार्बिन, ब्रिसवेन र सिड्नी जस्ता ठूला सहरहरू पनि खोई कहाँ छन् र हामीहरूसँग – जसको सहायताले हामी सामुन्द्रिक देशहरूसँग हाम्रो मित्रता अझ राम्ररी बढाउन सकौँ ! हाम्रा पोखरा, खप्तड, तानसेन र इलामे प्रकृतिका सुन्दर र आकर्ष छटाहरूले मान्छेको मन मात्र लोभ्याउने गर्छन् । सौर्न्दर्य पालेका आफ्ना शरीरहरूको प्रदर्शन गरेर तिनीहरूले मान्छेको मनलाई हुरुक्क हुरुक्क पार्ने मात्र गर्छन्, अनि आफ्नो रुप अरुका आँखाभरि बिच्छ्याएर कहिल्यै नरित्तिनेगरी मोहनी लगाँछन् ।”

हामीलाई बोक्ने स्टीमर पहाड छेउकै जलराशिलाई काटेर हिँडिरहेको थियो । स्टीमर भित्रैबाट पहाड देखिने गरी ऊ मेरा तस्वीरहरू खिचिदिन्छे, उसका तस्वीरहरू खिचिमाग्छे र हामी दुवैका तस्वीरहरू खिचिदिनकालागि छेउमै बसेकी आसामे विशाखालाई अनुरोध गर्छे ।

“हिमालय पर्वतमालामा त बहुमूल्य रत्नहरू पनि पाइन्छन् अरे नि हो -” मैले भन्नै चाहेर पनि बिर्सिरहेको कुरा एकाएक ऊ उक्काउँछे ।

“अँ, अति नै मूल्यावान् र असंख्य उच्चकोटीका रत्नहरू हिमालयको गर्भमै प्राकृतिक तरीकाले निर्माण भएर हिउँको पग्लाइसँगै क्रमशः तल झरेर ठूल्ठूला नदीहरूबाट बग्दै सागरमा मिल्न पुग्दछन् रे र प्रकृतिका उच्चतम् महत्व राख्ने ती बहुमूल्य रत्नहरूलाई अध्यात्म र भौतिकवादी दुवैले आ-आफ्नै तर्क र प्रमाणहरू दिएर मान्छेका गुणकारी वस्तु मानेका छन् ।

‘प्यारी सूजन, दिक्क मान्दिनौँ भने म तिमीलाई हाम्रो धरातल र परिवेश अनुसारको हिन्दू धर्मसम्बन्धी पनि केही कुरा भन्न चाहन्छु । हाम्रो जीवन निर्वाहको आधार नै प्रकृतिका समस्त स्रोतहरू भएकाले हामी हाम्रा डाँडा, पानी, घाम, वृक्ष र वायुलाईर् इश्वरका रुपमा पूजा गछौँ । तिनीहरूका नाउँलाई विभिन्न देवीदवताका प्रतिक ठानेर फूल, पाती र अक्षता चढाउँछौँ र हाम्रा शान्तिकामी उपदेशहरूलाई कोसेली बनाएर विश्वभरि नै शान्तिका शन्देशहरू छर्क हाम्रा शान्तिप्रिय हिन्दूदेवता महादेव पनि हिमालय इलाकामै बस्ने शान्तिप्रिय किरात देवता हुन् । उनले हिमालय पर्वतकी छोरी पार्वतीलाई नै आफ्नी श्रीमती बनाएका थिए रे !’

ऊ निकै चाख मानेर मेरा कुरा सुन्नमा मस्त थिई । म आफ्ना कुराहरू यसरी नै व्यक्त गरिरहेको थिएँ । तेजपुरको बन्दरगाह आइपुगेको सूचना हामीहरूले पाएका हुन्छौँ । बन्दरगाहबाट केही क्षण पैदलयात्रा गरेर तेजपुरको सहरी इलाकामा पुगिन्जेल उसले आफ्नो राष्ट्रकै प्रसंगलाई गफमा ओकलेकी थिई । त्यति बेला उसले आफूलाई कट्टर राष्ट्रवादी बनाई, उसको राष्ट्रियताको जल्दो बल्दो पाठसमेत पढाइ ।

मेरो देशको राष्ट्रियताको बारेमा अरु पनि केही कुरा सोध्नुअघि उसले भनेकी थिई- ‘मेरो देशमा सप्रनु भनेको राष्ट्रियताको पालना गर्नु हो, राष्ट्रको उत्थानमा सहभागी भएर राष्ट्रलाई गतिलो योगदान दिनु हो र सम्पूर्ण राष्ट्रलाई प्रगतिको पथमा माथि माथि उचाल्नु हो ।’

उसका प्रत्येक भनाइले त्यस समय म भित्र रहेको आत्महीनताको विरुवालाई मल र पानी मिलेको थियो र त्यो म स्वयंमलाई दिइरहेको व्यङग्य झैँ लागेथ्यो । उसका प्रत्येक प्रश्नको उत्तर दिनुअघि मैले उसको लहलहाउँदो र मौलाउँदो राष्ट्रियताप्रति विचारेथेँ । अनि ऊ जस्तै विदेशीहरूले सम्झेको नेपाल हेरेथेँ । त्यसबेला मलाई एउटा अथाह पीडाको महसूस भएथ्यो । केही क्षणअघि छाँटेका सम्पूर्ण भाषणहरू मैले विनासित्ती पुर्याउन खेाजेको औपचारिकता जस्तै लागेथ्यो । तब कसरी भन्नु मैले मेरो देशमा सप्रनु भनेको व्यक्तिगत भवन बनाउनु हो, जसरी भए पनि पैसा कमाउनु हो र ऐस आरामका पछि दगुरेर स्वराष्ट्रलाई नै बिर्सनु हो भनेर –

सम्झँदा सम्झँदै म ब्रहृमपुत्रको किनारमा उफ्रने ती जलप्राणीहरूलाई सम्झिन पुग्छु जसले ब्रहृमपुत्रका पानीको सतहभन्दा निकै माथि उप्रिmएर तेजपुर जानुअघि हाम्रो ध्यान भङ्ग गराएका थिए । उहिले उहिले प्राचीन समयमा पनि यस्तै सोँस र गोहीआकार लिएका छेपारा जातिका ‘डाइनोसोरस’ नाम गरेका अत्यन्त भीमकाय र डरलाग्दा जीवहरू थिए रे । कालक्रमको कुचक्रमा परेर शक्ति र बलको घमण्डले तिनीहरू आफू आफैँमा लडेर मरेका थिए रे र उनीहरूको जिलो नै संसारबाट नाशिएर बेपत्ता भएको रे ।

म पनि अहिले तिनैखाले मान्छे पाल्ने मेरो घरपरिवालाई सम्झिन्छु । ती विचार शुन्य ‘डाइनोसोरस’ झैँ लडेर मासिन खोजिरहेको मेरो संसारलाई सम्झिन्छु र आपसी शक्तिको होडबाजी चलाइरहेका मान्छे मान्छेबीचको षडयन्त्रकारी खेललाई नजीक ल्याउँछु ( कतै तिनीहरूले हाम्रो अस्तित्वलाई डाइनोसोरसको इतिहाँस झैँ पार्ने त होइनन् – उत्तरहरू मेरा मस्तिष्कका कुनाकुनामा हराएर जान्छन् ।
अँ, तेजपुर सहर पुग्ने बित्तिकै हामीहरूले सहरनजीकैको उषा पहाडमा गएर ब्रहृमपुत्र नदीको बीच-भागमा पुगेर डुङ्गाबाटै जाल बिछाएर माछा मार्ने माझीहरूको तस्वीर खिचेका थियौँ, त्यहाँ उर्लने असंख्य छालहरू हेरेर रमाइलो मनाएका थियौँ ।

निधारमा तीनधर्के चन्दन लेपेर टाउकामा टोपी लगाउने कैयौँ प्रवासी नेपालीहरूले ब्रहृमपुत्रको पल्लो किनारको गाउँदेखि वारि सहरको किनारसम्म डुङ्गा खियाउँदै दूध ओसारेको देख्दा प्रवासी नेपालीहरूको बारेमा सूजनले मसँग प्रशस्त जानकारी लिन खोजेकी थिई ।

“गाईको थुनबाट अविरल झर्ने दूधका सिर्काहरूले ढुङ्ग्राहरू भरेर आफ्ना खल्तीमा नोटका बिटाहरू घुसार्ने मीठो सपना देखेर मुङलान भास्सिए पनि नेपालीहरूलाई केही वर्षा आफ्ना स्वदेशी डाँडापाखाहरूले, पुजेका देवीदेउरालीले र लेकमा फुल्ने लालीगुराँसका फूलहरूको मायाले उनीहरूको हंसलाई तान्ने गरेको तथ्यलाई मैले स्पष्ट पारिरहेको थिएँ । ख ! कस्तो चुम्बकीय शक्ति छ हाम्रा निर्जीव पहाडहरूमा – फेरि नेपालीहरूलाई झुरो र चकमक नै मन पर्छ सूजन ! दर्शनढुङगा रगेटेर निकालिएको आगोबाट नै हामीहरू तमाखु सल्काउन रुचाउँछौँ, सरुवाको तेलमा सलेदो हालेर र सल्लाको दियालो सल्काएर नै हामीहरू अँध्यारो भगाउन चाहन्छौँ, न्यानो मनाउन मनपराउँछौँ । यो हाम्रो आदिम सत्यको उजागर हो ।”

‘उषा पहाड’ का टुप्पामा बसेर ब्रहृमपुत्रलाई हेरिहहेको बेला हामीहरूका टाउका माथिबाट सकुनका एक बथान राजहंश उडेका थिए । कैलाश पहाडबाट मानसरोवर ताललाई छिचोल्दै आउने ती राजहंशहरू गंगा र ब्रहृमपुत्रका किनारी भागमा गुड्डी खेल्न र सन्तान जन्माउन आउने गर्छन् रे । त्यस्ता धेरै थरी चराहरू तास्मानिया टापुबाट आकाशमा बिहार गर्न निस्केर धेरै टाढासम्म उडेर पुग्ने गर्छन् रे ।
स्टीमरको यात्रामा तस्वीर खिचिदिने सहयात्री विशाखाले ‘उषा पहाड’को बारेमा धेरै लामो कथा सुनाएकी थिई ( ‘बाणासुर भन्ने राक्षसकी एउटी मात्र सुपुत्री उषालाई श्रीकृष्णका छोरा अनिरुद्धले प्रेमपर्ुवक भगाएर डाँडो कटाउन खोज्दा त्यसको प्रतिरोधमा धेरै ठूलो संघर्ष भएर समस्त तेजपुर खूनैखुनले लेपिएको थियो रे ।

‘माया र यौनका उग्र तिर्खाहरूले पनि मनभित्र भूइँचालो जन्माइदिदो रहेछ । रगतका खोलाहरू बगनउन सक्दो रहेछ अनि देवता र राक्षसबीचका पर्खालहरूलाई पनि सजिलै तोडिदिँदो रहेछ हैन -’

उसले आफ्ना ठूल्ठूला कुण्डल हल्लाउँदै मलाई र्समर्थन जनाएकी थिई ।
‘तिमीलाई रातिको रमाइलोले रन्थन्याएजस्तो छ नि मोहन -’सूजनका तीखा स्वरहरू मेरा कानका पर्दामा ठोक्किन आउँदा म झसंग भएथेँ र मौनतालाई तोडेर अनौठोखाले हाँसो हाँसेको थिएँ ।
बेलुका उसलाई बिदा गर्न लाग्दा एकचोटि फेरि पनि नेपाल आउने कबोल गरेकी सूजनले मागेका माफीहरूले मेरो मन र मस्तिष्क अझैसम्म छटपटाउने गर्छ ।

अन्धकारको गर्भलाई चिरेर गौहाटी रेलवे स्टेशनबाट दक्षिणपूर्वी इलाकातिर बेगिइरहेको यात्रुवाहक रेलगाडीबाट उसले हल्लाएका मायालु हातहरू रेल ओझेल नहुन्जेलसम्म देखिइरहेका हुन्छन् । सधैँ झैँ हावाले उडाउने गरेको उसको कपाल अझ जोडतोडले हल्लिरहेको हुन्छ ।

पाहुना गृहमा पुगिसक्दा समेत रेलगाडीकीक सूजनसँग उडिरहेको मेरो हंसले केही भेउ पाएको हुँदैन । रेल चढ्नुअघि सफल यात्राको कामना गर्दा उसले झारेका आँसुहरू अझैसम्म मेरा दाहिने बाउलाबाट सुकेका हुँदैनन् ।

(श्रोत:- अन्तर्जाल अर्थात internet)

Posted in नेपाली कथा | Tagged | Leave a comment