Category Archives: हास्य – व्यङ्ग्य

हास्य – व्यङ्ग्य / Satire – Humor – Comedy

व्यङ्ग्य कविता : बन्द

~चट्याङ मास्टर~ न स्कुल खोल्छ नेताले, न त उद्योग चलाउँछ, आफू काम गरुँ भन्छु, ऊ जुलुसमा बोलाउँछ, भाषण के-के ठूलै गर्छ, ताली पिट्न लगाउँछ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : सिंगापुर बस्ने छोरालाई नागार्जुनको पत्र

~रबि भट्ट ‘रोषी’~ नेपालभूमिलाई रणभूमि बनाउन ठुलो योगदान दिने मेरो छोरो । तिमी सिंगापुर गएदेखि अलि अलि ढुक्क भएको मेरो मन फेरि केहि दिन देखि बिरक्तिन थालेको छ । नारायणहिटीमा ‘उ’ गरेपछि कपाल मुण्ड्याएर मेचमाथि बसेर श्रीपेच पहिरिएर म हजुरले … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य छोक : हिन्दी पो सप्रियो

~विनोद रोका~ आमाले भन्नु भो, अमेरिका गएस धेरै डलर कमाई, ठूलो मानिस भएस यो गाऊँको बास, शहरमा सारौला इंगलीसमा बोलेर, सबका इख मारौला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : कामरेड विभिषणको डायरी

~रारा नेपाल~ उफ ! म माथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : बिमा खेती

~‘इखालु’ रमेश गेलाल~ धाउन्ती खेती,घोकन्ती बिद्या भन्ने गर्थे उहिलेका बुढाबुढी । आजकाल उहिलेका बुढाबुढीका यस्ता कुरा हामीलाई लागे नी झुरा,सोचबिचारी गुनी,तानी तुनी पारेर हेर्दा त लौ बुढाबुढीले त साँच्चीकै मेसो पाएर पो भन्या रान भन्ने लाग्न थालेको छ । अव … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने । हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं । हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : स्वच्छ छविको कवि

~अनिल कोइराला~ बेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फरारहरूको फ्रेस विज्ञप्ती

~लक्ष्मण गाम्नागे~ आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू, क्रान्तिकारी अभिवादन् । केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य निबन्ध : ज्वाँई डर

~राजु दाहाल~ करिब करिब गीनीज बुकमा बिश्वरेकर्ड कायम होला झैँ गरी बिहेको निम्तोहरु थिए । अरुसँग हैन मेरो आफ्नै रेकर्ड कायमको कुरा गरेको ? एकदिन तिनवटा बिहाको कार्यक्रम सकेर एउटा बहिनी पर्नेको बिहामा जानु पर्ने थियो बिचमा एउटा कार्यक्रममा अतिथिको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मच्छड संस्कृति : झुलभित्र र बाहिर

~कोमलप्रसाद पोखरेल~ मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् = मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आसनग्रहण

~कोमलप्रसाद पोखरेल~ आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण + आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये केही प्रमुख आसनग्रहणहरूको चर्चा यसप्रकार गर्ने प्रयास गरिएको छ — १. … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा निर्मूल अभियान

~पिँडालु पण्डित~ ‘जुँगा’ को विषयमा नसुत्रे र लुगाको विषयमा नजात्रे मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाउँ लेखाइदिए हुन्छ । तपाईं भत्रुहोला,— ‘जुँगा’ नेपालीभाषी शब्द भएकाले जुँगाका विषयमा नेपालीले मात्र जान्दछन् । तर त्यसो होइन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गाईजात्राकी मेरी बूढी

~पिँडालु पण्डित~ बूढी मेरी कस्ती कस्ती साँच्चै नेता जस्ती काम पर्दा चिप्लो घस्छे नत्र ढुङ्गो जस्ती ।। जनताको सुशासनी राष्ट्रसेवी जस्ती पैसा पाए जस्तो पनि नत्र कस्ती कस्ती ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : माप चिडियाखाना

~खगेन्द्र संग्रौला~ सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति

~खगेन्द्र संग्रौला~ ‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल । ‘जाने होइन दाइ हाइकिङ ? मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो

Posted in हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

हास्य–व्यङ्ग्य कविता : ‘अम्रिकाने’ माईली !

~शिव प्रकाश~ जीब्राँ’ फूली, नाकाँ’ मुन्द्री ओठाँ’ बुलाकी, नाइटाँ’ ढुङ्ग्री पाखुराँ’ काम्रो, कम्मराँ’ दाम्लो घाटीमा घण्टी, बगलीमा डण्ठी हाम्री माईली कस्ती कस्ती ! झलक्क हेर्दा झाक्रिनी जस्ती !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : नेपालीले माया मार्ला बरी लै!

~मनोज गजुरेल~ गत साता CNN को लोकप्रिय टक शो ‘Larry King Live’ मा एउटा विशेष अन्तर्वार्ता प्रसारण भयो। त्यसमा एसियन अनुहारको एक हिसंलो युवा आफ्नो कथा सुनाइ रहेको थिए। जब स्क्रिनमा उसको नाम देखियो- तब मेरो छाती गर्वले ढक्क फुल्यो। … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य निबन्ध : निउरी मुन्टी ‘न’

~शेषमणि आचार्य~ एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : बजियाज्यूले बजाउनु’भो

~नरनाथ लुइँटेल~ हामीकहाँ बजियाहरू धेरै हुनुहुन्छ । कालगतिले केही बजियाहरू अहिले उच्च आसनमा विराजमान हुनुभएको छ । यी विशिष्टखाले बजियाहरूको विरुद्धमा छिसिक्क पनि बोल्नु भनेको आफ्नै मुख पोल्नु हो । झन् बाह्र वर्ष पछि खोलो पनि फर्किएको बेला पर्‍यो । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : कुरूप काठमाडौँ

~नरनाथ लुइँटेल~ तँ बेइमान छस् जतिसुकै सुन्दर छु भनेर फूर्ति लाए पनि तँ कुरूप छस् लाँकुरीभञ्ज्याङबाट हामी धेरै-धेरैले एकैसाथ हेर्‍यौँ तँ आफ्नो मुख लुकाएर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य–व्यङ्ग्य निबन्ध : लोकतन्त्र, लोकनायक र लोकमानहरू

~नरनाथ लुइँटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भैरहेको छ । लोकका पालकहरू लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मुबायलगीता

~कोमलप्रसाद पोखरेल~ भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै, लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वैक हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै । यता गयो मुवायलै उता छ मान एसको गरीब होस् … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य कविता : सून र स्वास्नी

~शैलेन्द्र सिम्खडा~ स्वास्नीको कचकचसाग न सरकारको कानुन चल्छ न त भगवान्को दाल गल्छ द्वापरमा परिक्षितले सुनमा कलि बसाएर ऋषिको गलामा सर्प घुमाउनु भो त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर जङ्गलमा स्वास्नी गुमाउनु भो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य कविता : बिचरा महादेव

~प्रेम वली~ घर बाहिर महादेवलाई देखे पछि कति हुरुक्क हुन्छन कति फुरुक्क हुन्छन तर घर भित्र

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : झगडा नगरे के गर्छ ?

~शैलेन्द्र सिम्खडा~ अलपत्र विश्वासको खोलमा सर्वत्र शङ्का सिउरिएको सशङ्कित अङ्गहरूको ज्वारभाटा हातलाई खुट्टाको विश्वास छैन लठ्ठी टेकेर हिँड्ने गर्छ, जिब्रोलाई आँखाको विश्वास छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : तपाईंले तँ को होस् भन्नु होला

~शैलेन्द्र सिम्खडा~ तपाईंले तँ को होस् भन्नु होला मलाई म, मै हुँ भन्ने आँट छैन म त्यस्तो देशको नागरिक झरनाको मुनि बसेर ओठ मुख सुकाउनु पर्छ रगतमा करेन्ट बगाउने जात घरमा बिजुली बल्दैन आँखा हेरि हेरि निदाउनु पर्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता :मेरो हाकिम

~इन्द्रकुमार श्रेष्ठ~ कतिसम्म हरामी छ बोल्नुहुन्न अरुसँग छट्पटिन्छ त्यसै हेर मलाई नेत्र तर्दछ डर होला अरु कोही कुर्सी बसिदिन्छ कि गजधम्म हमेशा ऊ टाँसिन्छ त्यसैमा बसी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : प्रधानमन्त्री–मन्त्री जम्काभेट

~चिरञ्जीवी पौडेल~ डाक्डर साहेब नमस्कार! (प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो कार्यकक्षमा शान्ति प्रक्रियाको रोडम्याप बनाउँदै थिए, एक मधेसी महिलाको आवाजले झस्के) प्रधानमन्त्रीः (महिलातिर फर्किदै)! तपाईंलाई मैले चिनिन नि?

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६७

~सिस्नुपानी~ भन भन भाइ हो- देउ सरकार भन भन बैनी हो- देउ सरकार जोडले भन- देउ सरकार स्वर मिलाइ कन- देउ सरकार

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : ग्रेटर नेपाल-ग्रेटेष्ट नेपाली

~मनोज गजुरेल~ इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : बाबु हुनुको मूल्य

~बासु श्रेष्ठ~ बिहे गरेको ५-७ वर्ष भईसक्दा पनि बाबु नभएकोमा आफुलाई भन्दा आफन्तहरुलाई पीर पर्दों रहेछ भन्ने कुरा तपाईंहरुले बुझ्नु भएको छ कि छैन कुन्नी तर मैले भने बुझेको छु । नाती- नातीनी हेर्ने रहर मेरो बा आमालाई त भयो … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य-कविता : लोकतन्त्र र फूलमाया

~ओमप्रसाद घायल~ फूलमाया जनआन्दोलनताका पिठ्यूमा छोरी र पटुकीमा सातु बोकेर लोकतान्त्रिक आन्दोलनका लागि जव तिमी गाउ“बाट शहर आएकी थियौ त्यतिबेला तिम्रा आँखामा सम्भावित लोकतन्त्रको सुखद सपना थियो । मानसपटलमा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment