Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : कर्फ्र्यू लागेको रात

~सकु थापा~ दिन सुनसान छ, अनि रातपनि त्यस्तै चकमन्नै । बाहिर कतैकतै कुकुरहरूको एकोहोरा कर्राई मात्र सुनिन्छ। मानिसहरूको हर्कत कहीकतै भेटिदैन् केवल सुरक्षाकर्मीहरूको गाडीको हुँइक्याइको आवाज बाहेक । शून्यशून्य लाग्छ सबै कुराहरू। बाहिर जति सुनसान भएपनि त्यसको ठीक विपरित मेरो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु-कथा : बाटो

~राजव~ कसैले उसलाई सोध्यो : “कहाँ हिँडेको ?” “अगाडि ।”

Posted in लघुकथा | Tagged | Leave a comment

लघु-कथा : फस्ट ग्रेडको ब्राह्मण

~राजब~ कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो । नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालका तर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय कमिटिका सदस्यहरू नै थिए । तीमध्ये तीन बाहुन थिए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : रामराज्यका बाँदरहरू

~शर्मिला खड्का दाहाल~ एकादेशमा एउटा रामराज्य थियो । रामराज्यमा सेनापति, पदाधिकारीहरू सबै बाँदर थिए । एकपल्ट उनीहरूले अचम्मको कुनै वस्तु भेट्टाए । त्यो वस्तु उज्यालो, टल्कने कुनै हिरा जस्तै थियो । त्यसको प्रकाशले कतिपय बाँदर अन्धा भए, कतिपयले घर छोडेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जिज्ञासा

~डा रवीन्द्र समीर~ ‘मामु ! मामु !! … क्लिनिकको डाक्टरले त मलाई माया गर्नुहुन्थ्यो । छोरी भन्नुहुन्थ्यो, कानमा लाउने आलाले पेट, छाती जाँच्नहुन्थ्यो । जिब्रो, घाँटी पनि हेर्नुहुन्थ्यो … यहाँको डाक्टरले मलाई किन नछामेको ? किन नबोलेको ?’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लाहुरेको पत्र

~रबिन्द्र रिजाल~ पर पर सम्म हरियाली नदेखिने बालुवे सडकमा ल्याम्पपोष्टको बत्ती मुनि एउटा सिपाही बल गरेर अक्षरहरू खुट्याउन खोज्दै थियो । उ भर्खर प्रौढ शिक्षा सकेकी आफ्नी श्रीमतीका हस्तलिपीहरूलाई बत्तीको वरपर घुम्ने कीराहरूको छायाँले सजीव गराएको आभास गर्दै थियो। शब्द … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : न्याय

~जगदीश घिमिरे~ वनस्पतिसँग सोधेँ, “के चाहन्छौ  ?” वनस्पतिले भने, “न्याय ।” “त्यो भनेको के  ?” वनस्पतिले भने, “अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रवीन्द्र समीर~ ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : यन्त्रवत

~कृष्ण बज्गाईं~ आधुनिक शहरको एक कुनामा मानिसहरुको भीड बढ्दो थियो। भीडका मानिसहरु बडो आश्चर्य मान्दै त्यहाँ देखिएको दृष्यको मजा थिए । त्यहाँ भीड जम्मा गरेको थियो एक यन्त्रमानवले । दुरुस्त मानव झैं लाग्ने त्यस यन्त्रमानवले पूरै मानव हाउ-भाउको नक्कल गर्दथ्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साहित्यकारको बिग्बिगी

~आहत श्रेष्ठ~ राम्रो अवसर संधै आउदैन, त्यसकै सदुुपयोग गरेर एकनारायणले एस.एल.सी पास ग¥यो । परिवारका सदस्यहरू सबै मख्ख, गाउँभरि कुरा हुन थाले–‘‘लक्ष्मी बस्ने ठाउँमा नै सरस्वती बस्दिरहिछिन्….।’’ धनीमानी बाबुको कान्छो छोरो, ऊ पैसाको बिटो बोकेर अध्ययनार्थ शहर पस्यो । अपशोच … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : ब्रम्हा, विष्णु र महादेव: को ठूलो ?

~भैरब अर्याल~ एक दिन ब्रम्हा र विष्णुकाबीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ । दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन् । महादेवले पनि आफ्नो लंगौटी उचालेर दुबैलाई अर्हाउँदै भनेछन््- “लौ एउटा उँधो जाओ, अर्को उँभो । … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : माया

~माधव नेपाल~ एउटा प्रशिक्षणको क्रममा मधुर र गोपीको भेट भएको हो। मधुर प्रशिक्षक थियो। गोपी प्रशिक्षार्थी थिई। तीसौ जना प्रशिक्षार्थी मध्ये गोपी मधुरसँग नजिक हुन खुब कोशिस गर्थी। तथापि मधुरले खासै चासो दिएको थिएन। तीन दिने प्रशिक्षण सकियो। विदा हुने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्याजे पैसा

~उत्तम पौडेल~ हिजोसम्म दिनभरी दाएको गोरुजस्तो देखिने श्यामे आज बेग्लै छ। मनमा शान्ती, मुहरमा कान्ति, शरीरमा फुर्ति -सबै छ। नहोस् पनि कसरी ? अमेरिका आएको ४ महिनामा आज पहिलो तलब बुझेको दिन, त्यो पनि पूरै महिनाको। पहिलो तीन महिनामा उस्ले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तातो पानी

~उत्तम पौडेल~ ” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो। ” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भ्यागुताको धार्नी

~सुषमा पाठक थापा~ “हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।” “मर्निङ वाक जाने गर न” “यसो एक्सरसाइज गर्नु नि” “डाइटिङ गर डाइटिङ”

Posted in लघुकथा | Tagged | Leave a comment

दण्डहीनता

~बिन्दु लामा~ युवाको समूहले देशव्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरे । देशमा अपराधिक क्रियाकलाप एकपछि अर्को गर्दै दिनप्रतिदिन बढिरहने क्रम जारि थियो । यसैले यो चिन्ताको विषय बन्न पुग्यो । युवाले विशेष … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नाम

~माधव काभ्रेली~ तुइन चुडिएर सदरमुकाम आउजाउ बन्द भएपछि गाउँमा सर्वदलीय बैठक बस्यो र माझी खोलामा झोलुङ्गे पुल बनाउने निर्णय ग-यो । हिउँदभर गाउँका प्रत्येक भेडा र घोडाले पुलकै निम्ति ढुंगा र बालुवा बोक्नुपर्ने उर्दी जारी गरियो । प्रत्येक

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भूत

~पदम भण्डारी~ मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर (केटाकेटी हुँदा हामी त्यसलाई भानपुन्नेको डाँडो भन्थ्यौं) हामीहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथासिदियो

~पुरुषोत्तम पौडेल ~ एउटा गाउँमा एउटा किसान बस्थ्यो। उसको सारा धनसम्पत्ति भन्नु नै एउटी स्वास्नी मात्र थिई। उसको नाम रुपमती थियो तर किसानको नाम भने उसलाई पनि थाहा थिएन किनकी उसका बाबुआमा ऊ जान्ने नहुँदै बितिसकेका थिए। समय बित्दै जाँदा उसकी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एैचोपैचो

~ठाकुर मान लामा~ शकुन्तलादेवी एक दिन बजारमा किनमेल गर्न गएछिन । बजारको एक पसलमा सामान किन्ने बेलामा सामानको भाउमा पसले साहु र उनीबिच विवाद यसरी भएछ -“दिदी धेरै किचकिच नगर्नुस । लैजाने भए लैजानुस … “”अलि भाउ घटाइदेउन भाई । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वामी १००८

~सिन्धु गौतम~ गेरु वस्त्रधारी १००८ स्वामीको प्रवचन सुन्न धेरै मानिसहरूको भीड लागेको छ । ठूलो खुला मैदान पनि खचाखच छ । कोही १००८ स्वामीको दर्शन गर्न, कोही प्रवचन सुन्न, कोही भीड हेर्न, कोही भीडभित्र भीड हेर्न अनि कोही स्वामी नभएकाहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

ट्राफिक जाम !

~साधना प्रतीक्षा~ पात्र-एक गाडीभित्र एक हातले डण्डी समाउँदै अर्को हातले फाइल च्यापेर ऊ असिनापसिना भइरहेछ । पलपल आफ्नो नजर हातको घडीतर्फ फाल्दै हैरानीका साथ लामो सुस्केरा निकाल्छ ‘उफ् । यो गाडी कतिबेला गुड्ला ?’ उसको मनले प्रायः गर्ने मौन प्रश्न हो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अप्ठेरो चोर

~लक्ष्मण देवकोटा~ रिन तिर्ने पीरलोमा बार्दलीमा बसेर चुरोट तानिरहेका अर्जेल माइला मध्यरातमा आफ्नो घरबाट बलेनीतिर हाम्फाल्दै गरेको आकृति देखेर चिच्याए ए चोर आयो । चोर ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रजातन्त्र

~घनश्याम ढकाल~ घनश्याम ढकाल, मध्यरातमा अस्पतालमा सातजना माओवादीहरुको लास ल्याइएको छ भन्ने कुरा बिहान भइसक्दा सदरमुकामभरि फैलिइसकेको थियो । लास हेर्न मानिसहरुको घुइँचो लाग्यो । सबै सन्न र स्तब्ध थिए । चारैतिर भय र क्षोभ मडारिएका थिए । मृतकहरु कहाँबाट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बिदा

~जनार्दन दाहाल~ बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध जयन्तीमा बिदा भयो, क्रिसमसमा क्रिश्चियनहरुलाई बिदा भयो । शिवरात्रिमा हिन्दूहरुलाई बिदा भयो, इदमा  मुसलमानहरुलाई । विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी सबैले बिदा पाए । यतिमात्र होइन, बिदाका स्वरुपअनुसार दसैँ–तिहार, हिउँदे, वर्षे, तलबी–बेतलबी सबैले बिदा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मसला

~लक्ष्मी गाइजू~ मोहनको आफ्नो लाठे बैँस आफ्नै अगाडि लम्पसार थियो । १६ वर्षे अल्लारे बैँसले छुँदै थियो उसलाई । तर, उसको बाबु मनोहरलाई भने ऊ कामै नआएको एउटा चिसो मुढाजस्तो थियो । न कुनै आकारमा ढाल्न मिल्छ, न त बालेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अम्मल

~डा.रवीन्द्र समीर~ ‘­बा ढोग छ !’ यूरोपबाट फोन गरेको छोरोले फोनैबाट ढोगूँला झैँ गरेर भन्यो । – आर्शिवाद छ बाबु तलाई !’ बाबुको छाती नाङ्लोजत्रो भयो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइनबोर्ड

~डा.रवीन्द्र समीर~ – ‘हैन ए बूढा ! नाति जन्मिने बेलामा म दुई जीउकी भएजस्तो लाग्यो ! नाकै काटिने भो नि समाजाँ ! -’नदेखिने ठामको काटिने भए त केही हुने थिएन । देखिने ठाममै पर्‍यो । नाक त जोगाउनै पर्‍यो नि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अपथ्य

~डा.रवीन्द्र समीर~ राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’ बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आमबाग

~विमल निभा~ एक ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ । यही बाटो भएर दुलिचन्द आउने खबर भरताले पठाएको थियो । ऊ नाडी घडीतिर हेर्छ … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : संवेदना

~श्रीओम श्रेष्ठ ‘रोदन ‘~ वेवारिस अवस्थामा फेला परेको मृत युवकको लास अस्पतालमा पुयाइयो । केही दिनसम्म पनि लासको सनाखत गर्न कोही पनि आएनन् । त्यसपछि प्रहरीले युवकको लासको हुलियासहित प्रचारप्रसार भयो । समाचार पढ्ने र सुन्नेहरुको अस्पतालमा भीड लाग्न थाल्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मुस्कान

~डा रवीन्द्र समीर~ बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो । – ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु ! राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment