Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : नीता म तिमीलाई फ्रेम गर्छु

~पूर्ण ओली~ “तिमीलाई कहाँ खोजिन मैले ? सबै फेसबुक भित्ताहरुमा उधिनेँ, सबै वेबपेजहरु खोतलखातल पारेँ । अँहँ कति भेटिएनौ । सधैँ गायबको गायब । आज कसरी झुल्कियौ अकस्मात ? सकियो तिम्रो जाँच ?” “मैले त तिमीलाई नीलो गगनभरि नै खोजेँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नामै नभएको सम्बन्ध

~महेन्द्र पौडेल~ दीपाजी आफ्नो निमन्त्रणा पत्रलाई हातमा राख्दै त्यसभित्र हातले लेखेको अति सुन्दर र प्यारा शब्दलाई आफ्नो नजरले मनभित्र गम्दै भित्रभित्रैं रोमान्चक हुँदै प्रश्न खडा गर्दै गइन् । उनले धेरै पटक त्यही पत्र पढिन् । त्यहाँ प्यारा शब्दले कोरिएको बिबाहको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्वार भाटा

~हेमन यात्री~ मैले पहिलो पटक भोजपुरको दुङ्मा देखेको लगभग एक दशक भएछ । यसबीचमा दुङ्माले थुप्रै आरोह–अवरोह पार गरिसकेको छ । उसबेलाको दुङ्मा र यसबेलाको दुङ्मा निक्कै फरक भएको छ । सपनाले नभ्याएको सडकबाटो आज दुङ्माको आँगनमा आएर लमतन्न पसारिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालो छायाँ

~एनबी इलुंगा~ सधैँ झैं रातको ११ः३० बजे म अफिसबाट निस्किएर घरतर्फ लागेँ । बाटामा आउँदै गर्दा थाहा पाएँ, मेरो ड्राइभरले पिएको रहेछ । गाडी रोक्न लगाएर झपारेँ अनि आँफै ड्राइभ सुरु गरेँ । दिनभरको दौडधुपले गलेर लखतरान भएको शरीर फेरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : आत्मदहन

~रुमन न्यौपाने ‘अमन्त’~ To be absent from the god is to be present with the lord. the dust returns to earth. the sprite return to god who gave it. – vdiah दृश्य आफै बन्दै जान्छ… ‘सुन्यता हिड घाट तिर जाँउ’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किशोरी बिबाह

~कविता दाहाल~ दिन विहान उठेर वस्तीका मान्छे बगरमा गिटी कुट्न जान्थे । तिखे र म पनि सधैँ गिटी कुट्नै जान्थ्याै । पेट पाल्नलाईन‌ै धाै-धाै परेका हामीलाई स्कुल पढाइ भन्ने कुरा गाैण थिए । सरकारले पनि हामीमा त्यति ध्यान दिएकाे थिएन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोगाइ

~रबिन गैरे~ शिवहरिको शरीर जीवन भोगाईसंगै बूढो भैसकेको छ । लाग्छ उसको शरीरको प्रत्येक अंगमा जीवन भोगाईका शब्दहरु कोरिएका छन् । शरीर बूढो छ । ऊ र ऊ जस्तै अरुको पनि तर जीवन र जीवन भोगाई के उस्तै होला ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बार्दली

~ओमआस्था राई~ उनले आज पनि मलाई क्वारक्वार्ती हेरिन्, खाउँला झैं। म बिहान कलेज जाँदा होस् वा दिउँसो घर फर्कंदा, उनी मलाई सधैं त्यसैगरी हेर्छिन्, कप्लक्क निलूँला झैं। सुरुमा त उनी कर्के नजरमात्रै लाउँथिन्। लुकीछिपी। डराई–डराई। चोरी समातिएला कि भन्ने भययुक्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विजय, समय, काफ्का र कमिला

~सन्दिप बडाल~ साम्साले दूध छाडेर कुहिएका खाना खाइरहेकै बेला अचानकै अक्षरहरूका छेऊबाट एउटा कमिलो हिँड्यो ।काफ्काका शब्दसँगै काफ्काकै संसारमा पुगेको विजयलाई त्यो कमिला देख्न धेरै बेर लाग्दैन । उसले कमिलालाई एकछिन घुरेर हेर्छ।सानामा गुच्चालाई टुच्ची मारे जस्तरी कमिलालाई पर हुत्याइदिन्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मनोविज्ञान

~पुष्कल श्रेष्ठ~ मनोविज्ञानमा ‘एम.ए.’को परीक्षा सकिने वित्तिक्कै कुन ‘टपिक’मा ‘थेसिस’ लेख्ने होला भन्ने प्रश्नले विद्यार्थीहरूलाई पिरोल्न थालिसकेको थियो। अन्तिम दिनको परीक्षा सकिएपछि हामी केही साथीहरू चिया पसलमा चिया पिउँदै त्यही विषयमा कुरा गर्न थाल्यौं तर त्यसदिन केही भएन। ‘‘यस्तो बेलाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विद्रोह

~घनेन्द्र ओझा~ कथा जस्तो लाग्छ। एकादेशको कथा। ‘छिः यस्तो पनि हुन्छ मान्छेको जिन्दगी!’, निक्कै चिढिन्छे ऊ, ‘मान्छे, रूपमा मात्र मान्छे छन् यहाँ। विवेकशून्य छन् यहाँका मान्छेहरू।’ लाग्छ, भत्काइदिऊँ यी सारा पर्खालहरू, जो ठडिएका छन्, मान्छे-मान्छेका बीचमा। तर कसरी गरोस् आँट? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयोग

~गोविन्द श्रृङ्खला~ अहो कस्तो अनौठो संयोग ! कल्पना सम्म नगरिएको परिघटना !  कहिं कतै कुनै संभावना नै नरहेको अप्रत्याशित अनुपम संयोग ! त्यस्तो संयोग जसको कहिं कतै कल्पना सम्म गरिएको थिएन । यस्तै संयोग रचितका सामु परिलक्षित भएको छ ।  … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : दोश्रो अध्याय

~रामप्रसाद दाहाल~ १ रात छिप्पिदै गए पनि काठमाडौको एउटा सम्भ्रान्त समाजको जमघटको मादकतामा कुनै कमी आएको थिएन । साँझ ढल्कि सकेपछि शुरू भएको जमघट पहिले त सधैँजस्तै सामान्य भलाकुसारीबाट थालिएको थियो । ‘भो, भो । नखाऊँ, नखाऊँ’ भन्दै बल्लबल्ल पेग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, यौवन र नजन्मिएको म

~प्रदीप गौतम “अंकित”~ “Hi! I’m Shaurav, Good to see You.” “Me, Juna! Good to see You too.” “जुना …..नेपाली हो?” “हो नि! अनि आफू पनि नेपाली हो?” “ओ, हो। ल नेपाली-नेपाली परेछ नि! फेस हेरेर त छुट्ट्याउनै नसकिने भो ….. … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गणतान्त्रिक माछा

~ध्रुब सापकोटा~ स्कुलको आडमा मञ्च देखियो । पृष्ठभागमा तालहरू थिए : रारा, फेवा, फोक्सुन्डो र घोडाघोडी । नीलो पानी । कञ्चन पानी । ती तालहरूको तल एक्युरयिम देखियो । एक्युरयिममा सप्तरंगी गणतान्त्रिक माछा सलबलाइरहेका । बूढो रमायो । मञ्चमा ऊ एक्लै उभिएको थियो । चौरमा हेर्‍यो । चौर खाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढोयो

~सूर्य सुवेदी~ बिर्खबहादुर लामिछानेलाई सबैले चिन्दछन् गाउँभरि नै । उसकी आमा मरेपछि बाबुले अर्की आमा अर्थात् सौतेनी आमा भित्र्याएपछि बिर्खेलाई छुट्टिएर गरिखाओस् भन्ने बिर्खेका बाबुको इच्छा छ। बिर्खेकी आमापट्टिबाट बिर्खेका दुइटी दिदीहरू पनि छन्, जो विवाह भैसकेर आआफ्नै घर गरेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भित्तामा टाँगिएको तेलचित्र

~पद्मावती सिंह~ कम्पाउन्डको अग्रभागको एक टुक्रामा लहरै रोपिएका गुलाफका बोटहरूमा कैँचीले एकनाससित जथाभावी सुनाराजाले गुलाफका कोपिलायुक्त हाँगाहरू काटिरहेको हुन्छ। प्रत्येक कोपिलायुक्त हाँगा काटेपछि उसको ओठका किनारहरू कुटिल मुस्कानका साथ मुस्कुराउँछन्। सबै हाँगाहरू काट्न भियाएपछि उसले चोर दृष्टिले चारैतिर हेरेर सन्तोषको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विकल्प 

~इस्माली~ हुन त यो धेरै पहिलेको कुरो पनि होइन र अहिलेको कुरो पनि होइन, बीचको कुनै बेलाको कुरो हो। हाम्रै जस्तै एउटा देश रहेछ। त्यही देशको एउटा गाउँमा एउटा किसान परिवार पनि बसेको रहेछ। सानो परिवार थियो, ठिक्कको। चिटिक्क परेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेड क्रान्ति !!!

~गोकर्ण भट्ट~ स्कूलको हाजिरी रजिष्टरमा मात्र हैन, सात कक्षाको मार्कसीटमै स्पष्ट लेखिएको थियो– हर्कबहादुर सार्की। र पनि, गाउँठाउँका ठकुरी राजासाबहरूको लागि ऊ सधैंको ‘डूम’। उसले आफ्नो असली नाम कहिल्यै सुन्न पाएन। बोलाउने मान्छेपिच्छे उसको नाम फरक पर्ने। भट्ट, जोशी, पाण्डे, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्सपेरिमेन्ट

~सुषमा मानन्धर~ “डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन,खायो कि वाकवाकी गर्छ। चांडै थाक्छ। धेरै सुस्त भैसक्यो। के भएको हो राम्ररी हेरिदिनुस् न है।” बुध्दवीर थचक्क मेचमा बस्यो। उसको एक्लो छोरालाई महिना दिनदेखि सन्चो छैन। विरामी भएको भनेर त्यसो त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिपाहीकी स्वास्नी

~महेश बिक्रम शाह~ भुकभुके उज्यालो फैलियो टोलभरि । गह्रौँ मन बोकेर कमली ओछ्यानबाट जुरुक्क उठिन् । उनले बाटातिर खुल्ने सानो झ्यालमा कोठाभित्रको गतिविधि ढाक्ने उदेश्यले टाँगेको आफ्नो लुङ्गीको पर्दालाई उठाएर छेउतिर फर्काईन् । बाटामा मान्छेहरको गतिविधि बढिसकेको छ । पर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हारेको प्रेम

~विकास रेग्मी ~ एउटा सुन्दर बगैंचामा आकर्षणको केन्द्रबिन्दुमा रहेको एउटा सुन्दर गुलाबको बोटको काँडा भएर मेरो जन्म भयो। मानिसहरूले छुच्चो, अरूलाई घोच्ने निर्दयी र फटाहा भनेर व्याख्या गरेपनि म आफूलाई भित्री मनदेखि सफा र मायालु सम्झन्छु। मेरो भित्री मर्म र भावना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पापी मन

~गंगा सुवेदी~ घुमन्ते चियापसलेबाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता ल परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हे¥यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँच वर्षमात्र टेकेको फुच्चे सानुको काँध हल्लाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटी बेश्याको प्रतिकार

~सन्जीव बंकिम~ भलै सरकार , एन. जि. ओ. , अाई. एन. जि. ओ. हरुको सहकार्य मा उसको बेश्यालय माथि प्रतिबन्ध लगाईएको थियो । बेश्याब्रित्ती एक गम्भिर अपराध हो भन्ने आशय का त्यहा थुप्रै होर्डिङ बोर्डहरु टासिएका थिए । तापनी अघोषित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दर परियारको नयाँ थर

~अभय श्रेष्ठ~ १ सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन । अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठूलोबाको कन्तुर

~तुलसीहरि कोइराला~ भोलि दिउँसो मधेश जानु छ, ठूलोबाको घरमा कसैको फोन लाग्दैन । ल्याण्डलाइन मरिगए उठ्दैन, सबैका मोबाइल अफ छन् । एकाबिहानै उठेर ठूलोबाको गेट ढकढक्याउन मण्डिखाटार पुगें । निकैबेर घन्टी दबाएपछि कौसीबाट एउटा टाउकोले मलाई चियायो । टाउको जसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यथार्थ भ्रम

~रामलाल जोशी~ सल्लाघारीको बीचबाट गाडी हुइँकिएर गएको उसले हेरिरह्यो। सेतीको नागबेली नियालिरहेको यो डाँडाको छातीमा कुनै दिन गाडी हुइँकिएर जाला भन्ने उसले सोचेकै थिएन। पहाडमा मोटर गाडी पुगे। बिजुली बत्ती पुग्यो। मोबाइल फोन पुग्यो। अब त पहाडका गाउँ पनि अर्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लालसेना  

~घनेन्द्र ओझा~ यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर। ‘नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, ‘आखिर यहीँ बसौँला, दुःखजिलो गरेर बाँचौँला।’ ‘दुई वर्ष त हो नि, अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौँला’, सम्झाउँदै भनेको थियो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनिन्द्राका पात्रहरू

~सन्तोष चिमरिया~ पुषका दिनहरू नझुल्किदै अस्ताउन सुरसार गरिहाल्छ्न । खाना खाएर सुत्ने तरखर गर्दा रेडियो नेपालले अग्रेजीमा समाचार भन्ने बेलै भएको हुदैन । भाते निद्राले मध्यरातमै छोडेपछि भने निकैबेर निन्द्रा पर्दै पर्दैन । धेरै छट्पटी गर्यो भने पनि श्रीमतीजीले कुईनो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनोटोनस दैनिकी

~मधुवन पौडेल~ एकछिन आरोप र प्रत्यारोप अनि भलाकुसारीपछि मात्र थाहा भयो, उनीहरूको प्रमेविवाह नै भएको रहेछ । गाडीबाट ढोकासम्म छिर्दा पनि गर्मीले जीउ धपक्कै बलेको अनुभव भइरहेको थियो । कोठा पस्नुअघि बाहिर वेटिङ लाउन्जमा दुईतिर फर्केर बसेको एउटी बच्चीसहितको जोडी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : कल्पनाको अर्को बिहे

~बसन्त नेपाल~ रातको निस्तब्धतासँगै मस्त निन्द्रामा सुतेको छ दुरो देशको एक शहर पनि । यो बिरानो शहरको सुनसान अनि काल रात्रीलाई साथ दिदै छ प्रितम । खै किन्न हो कुन्नि निन्द्रा उ देखी टाढा भागीरहेछ । हासोँ खुशी उल्लास हैन … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment