Category Archives: कविता

Nepali Poems

कविता : इतिहास र मान्छे

~प्रकाश थापा मगर~ इतिहास रेल होइन कि निश्चित ठाउँबाट सुरु हुने बीच बीचमा निश्चित ठहराव ठहरेको ठाउँबाट यान्त्रिक यात्रा सुरु तर रेलले पनि इतिहासको झल्को दिन्छ निर्धारित समयमा नचलेर तर, त्यसको अर्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : नमस्ते

~रामकुमार श्रेष्ठ~ आदर गरिन लायक नै नभएकोलाई आदर कसरी गरौं बिस्वास गरिन लायक नै नभएकोलाई बिस्वास पनि कसरी गरौं तर पनि समय सापेक्ष नमस्ते गर्दैछु नेताज्यू मन लागे स्वीकार मन नलागे नस्वीकार तर मलाई थाह छ – नस्वीकारेर पनि त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुशासन खोई

~रामेश्वर पौडेल~ हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी पढाउन आउँ छन गुरु लाज सरम मारी सर्टको बाहुला एउटा माथि अर्को तल झारी नागा बाबा बिर्साउने गरी पालेका लामा दारी हस्यांग फस्यांग दौडिएर कक्षा कोठा आउने

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली खुट्टे म

~मंगलसिंह सुब्बा~ मैले भुलेको छुइनँ हिउंमा खाली खुट्टा हिंड्दा ठिहिऱ्याएको, काँडा, बोतलका टुक्रा वा चुच्चो ढुङ्गाले बिजाएको घाम लाग्दा सिमेन्टको भुइँ तातो ढुङ्गा वा बालुवाले पोलेको,

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्थि अस्ताउनेछिन् अमृता

~मीना सुब्बा~ सड़कको अन्तिम माइलखुट्टीमा ढल्न लागेछ एउटा अद्भुत रूख बस्, हावाको एक झोंका पर्खिरहेछ। जीवनका सबै असार, मङ्सिर र भदौहरू ठप्प छन्, अन्नत विश्रामको प्रतीक्षा छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशको दशैं

~रश्मिला कवाङ ‘रश्मि’~ शरद ऋतुको आगमनसंगै चिसो सिरेटो बहदै मनै कठांग्रिने बिहानी चारैतिर बेजोद हावाहुरी हरेक हरिया रुखहरुका पातहरु हलाउदै अनि भूईभरि पहेला पातहरुले बाटो सिङ्गरिदै लाग्छ, यो समय रंगीन बहारको हो नीलो आकाशभरि चंगाहरु उड्दै होलान गाउँमा नवरात्री र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अप्रिल फूल

~शान्तिराम ढकाल~ अहिले बिहानको कुरा बेलुका फेर्छौ बेलुका बोलेको कुरा उठेपछि बिर्सन्छौ घनिभूत छलफल गर्छौ रोडम्याप खोज्छौ अग्रगामी छलांग दिनैपिच्छे लाउछौ सत्ता हो चलाउन सजिलो छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : प्रेमोपहार

~दीपा राई पुन~ धमिलो सम्झनाहरूले तिमीलाई पनि पच्छाई रहेकै होला त्यहि यादहरू त हुन तिमी र मलाई जोड़ने सेतु मनको एक पाखा भरि सधै हरित बाँचेर जीवनलाई उर्वर बनाई रहने

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम पूजा

~जयराम तिमल्सिना~ बरु, सकियोस बाटो, यात्राहरुमा सम्झनामा आउने, कुनै बस्तु नभेटियोस कुनै सपना नहोसः मसँग फूलिरहेका फूल चूडेर, कुनै देवतालाई चढाउन, मन नलागोस

Posted in कविता | Tagged | Leave a comment

कविता : टाशीलिङ

~प्रवीण राई जुमेली~ कुनै एक अकिन्चन आकाशमुनि एक रुमानी बस्ती छ फाइलहरुको. बस्ती- जहाँ बीरे, धने, मनमाया र टाशीहरु कुनै अधिसूचना, स्मारक-पत्र वा प्रस्तावित कानुनहरुमा अनुवाद भएका छन.

Posted in कविता | Tagged | Leave a comment

कविता : दसैमा टिका जमरा

~इश्वर देवकोटा~ त्यो परि खेत को डिलैमा बसी कोयेली गाउछे गीत कसले पो भुल्न सक्छ र साथि गाउघरको माया प्रित !! भदौरे झरी हटेर गयो खुल्दैछ आकाश सुबाश छर्दै सप्तरंगी फुलको चल्दैछ बतास !!

Posted in कविता | Tagged | Leave a comment

कविता : गाँउनोमिक्स

~प्रवीण राई जुमेली~ अभाव आँशु र परिश्रमहरु गाँउमा फुल्छन् यसैले हाम्रा आमा-बाबुहरु पनि गाँउमै बस्छन् सुख त शहरको फँडानीभित्र पर्छ ‘रे गाँउमा उनीहरु यसैले त भुक्तभोगी छन् जुन हिँउदमा महकिन्छ फलेदोको फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : ए दशैँ

~गिरिप्रसाद बुढा~ ए दशैँ, तेरो खोक्रो आशिर्वाद अस्विकार गरेर तेरो विषालु शुभकामना बहिष्कार गरेर यसपाली मैले ठिकै गरेँ नत्र मैले क्षितिजपारी बगेको बादलको टुक्रा झैँ लागेको ऋण तिर्न कतै टाढा जानु पर्दो हो अथवा ममा गरिबीको अर्को जीवन कथा थपिँदो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~ललिता कार्की~ दशैं तिमी आयौ फेरी लड्दै र भिड्दै कठै गरिबको आँखामा आँसु झार्दै उकासिएको मनको घाउ बल्झाउँदै आयौ प्रिय तिमी दशैं होइन दशा बन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अहा दशैं !

~बिनोद खड्का~ खेतभरी धान बढ्यो हरियाली छायो बारीभरी तोरी फुल्यो स्वर्णसंसार आयो । तारामण्डल दानाले आली झलमली

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~मनु मन्जिल~ दशैँबाट दशैँ हराएको खबर छ छैन अखबारमा? शरद भुईंमा र्लेको छ, स्कूल मावल गइसकेको छ। केही आएन भन्न असजिलो छ तथापि, दशैँ नआएको कुरा कतै छ छैन शहरमा?

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं…

~बासु ढकाल~ दशैं… प्रत्येक बर्षको दशैं थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~सरिता तिवारी~ बा ! तपार्इंको काँधमा चढेर मलाई हेर्नु थियो संसार तपाईंका पाखुरीहरूलाई सिरानी बनाएर सुन्नु थियो जादूको कुनै बाकस खुलेजस्ता कथा र तपार्इंकै छातीमा ढुक्कले निदाएर देख्नु थियो इन्द्रेणीजस्ता सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई आज खुशी लागेको छ

~बिमल गुरुङ~ अल्छिलाग्दो धरानको बाकसबाट बीरगंजको बोटमा हामफालें बसको थुनामा कैदी भएर अहिले म काठमाडौंमा आएं । ग्राहकहरु अगाडि छन् तौलेर तराजुमा दिनहरु म उपभोक्ताहरुलाई बाँड्दैछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ आयो रे !

~ऋतिक यादव~ समयको यो कठगरामा हेर दशैँ आयो गरौंला शान्तिको जोरदार कामना हामी सबैको मनमस्तिष्कमा हेर मिठास आयो हेराऔंला खुब प्रगाढ भक्तिभावना हामी। सबैको मनोकामना पुरा हुने बेला आयो, गरौला दुर्गा माताको खुब आराधना हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माया गर्नु अङ्कल तर सुमसुम्याएर होइन

~सिमियोन रोक्का~ अङ्कल, साँझको प्रहर जब पहिलो चोटि तपाईँ हाम्रो घर आउनु भयो म सम्झन्छु, हातमा मलाई भनी चोकोफन ल्याउनु भयो काखमा बसेकी मलाई कडा हातले गालामा समाउनुभयो सुर्ती वास आउने मुँह नजिक ल्याइ आफ्नो छिपिएको दारी लाउनु भयो ।

Posted in कविता | Tagged | Leave a comment

यौन कविता : उनी र म

~पूर्ण ओली~ नितान्त एक्लैएक्लै छौँ आँखा अलगअलग अड्काएर खुट्टा पसारेर घरि मुठ्ठी बटारेर घरि औँला फड्कारेर हामी जन्माउने प्रतिष्पर्धामा छौँ । उनी तुना फुकाउँदै जान्छिन् म पनि तुना फुकाउँदै जान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो

~सौरभ कार्की~ मान्छेहरूले भनेका –आगोले जलाउँछ रे –पोल्छ रे भत्भती आगोले वेगम ! मैले कहिल्यै बुझिनँ– फरक के छ आगो र तिमीमा ? म सोच्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र बुद्ध

~रामगोपाल आशुतोष~ शिरमाथि नीलो आकास शिरमुनि ब्रह्मनालको तकिया ओछ्याएर चित्ता, ओढेर कात्रोको सिरक मेरी आमा स्वैरकल्पनाको विशाल घर निर्माणमा छिन् । क्षतविक्षत मेरी आमा बालेर आफ्नै शरीर दनदनी

Posted in कविता | Tagged | Leave a comment

कविता : म कमलरी

~तारा पराजुली~ आमाले- जानेबेला भन्नुभएको थियो– ‘नानी भगवान् खुसी पार्नुपर्छ भगवान् दाहिने भएमात्र उमेर दिन्छन् आयु दिन्छन्, भाग्य दिन्छन् र, दिन्छन् भरिला साँझ–बिहान ।’ चनौटोमा चन्दन घोटिएसरि लामो समय घोटिनुभयो आमा सधैं अरूका निधारमा सुहाएर टीका बनिरहनुभयो

Posted in कविता | Tagged | 1 Comment

कविता : माल्दाइको अभिवादन

~राजकुमार बराल~ म सानो छँदा “हा’ले कुसाबे?,” “आता’न् केबेक्पा?” भनेर जिस्काउने हाम्रा गाउँका माइला दाइ, अहिले त, बेंसीतिर बसाइँ सरेछन् । खै किन जान्न खोज्थे उनी, मेरो नालीबेली । पोहोर साल घर जाँदा भेट्नै पाइएन उनलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नौलो कथा

~सन्तोष आचार्य~ म कथा लेख्न बस्छु, कथाको पाटो छिचोल्न खोज्छु, नायकलाई स्थापित गर्नखोज्छु, तर नायक मान्दैन, थकित स्वरमा उ इन्कार गरिरहन्छ। उता खलनायकले मलाई धम्काईरहेकोछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो चुरिफुरि

~केपी अनमोल~ दसैँ कति भड्किलो, हेर न ! छिमेकीको मन दुखाई रहेछौँ । चाड नि यसरी मनाउँछन् र ? यसमा त, सबै खुसी हुनुपर्छ । जुम्लामा, चामल छैन, बाजुरा नुनै छैन , उनको पनि त दसैँ हो नि, फेरि अस्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिले काँही

~श्रीजना राजबहक~ कहिले काँही म भेटिन्छु त्यही चौतारा मा तिमी त आउँदैनौ तै पनि कुरी रहेको हुन्छु भिड मा पनि एक्लाई हुन्छु तै पनि सही छ मेरो जिन्दगी साँच्चै नै सही छ याद तिमीलाई मेरो नआएर होला

Posted in कविता | Tagged | Leave a comment

कविता : पशु जात्रा

~रजिन पनेरु~ शहिदको छातीमा गाडेर तीखा नङ्ग्रा एक हुल गिद्धहरु रगत चुसेर मासु लुछिरहेछन् र चोइट्याइरहेछन् चुच्चाले अङ्ग अङ्ग । १

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्याक

~श्रीपुरुष ढकाल~ केटाकेटी छँदा मेरो बुबाले भन्ने गर्नुहुन्थ्यो- बाबु ! ख्याक, सबै खराब हुँदैनन् ख्याक, सबै डरलाग्दा मात्र हुँदैनन् ख्याक, असल पनि हुन्छ ख्याक, राम्रो पनि हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : शिखर पुग्नुअघि

~कृष्ण जोशी~ एउटा यात्राको समाप्तिले भन्दा एउटा यात्राको प्रारम्भले मात्र पनि मनलाई त्यसै–त्यसै आन्दोलित पार्दो रहेछ गहिराइमा नदीको डुब्नुभन्दा किनारमा बसेर डुब्नुको अन्दाजले पो मनलाई त बिथोल्दो रहेछ । अपराधपछिको अपराधी सन्त्रास भोग्नुभन्दा

Posted in कविता | Tagged | Leave a comment