Category Archives: कविता

Nepali Poems

कविता : एउटा दासको घोषणा–पत्र

~राजु स्याङ्गतान~ आफ्नै चिहान माथि चुपचाप निधाइरहेको यस युगको असली दास हुँ म कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिनँ खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्यसुची तर बेचिएको छु प्रत्येक पल यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो पल

~सार्थक सिम्खडा~ तिम्रो निदार रातो टिकाले भरिएको पल मेरो बैतरनी गरिरहेको हुन्छहोला तिम्रो घरमा नौमती बाजा बजेको पल मेरो घरमा एकोहोरो सङख बजिरहेको हुन्छहोला तिम्रो घरमा जन्तीको लश्कर आएको पल मेरो घरमा मलामिको लश्कर आइरहेको हुन्छहोला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविताको उपयोगीताहरु

~निर्भीक रार्इ~ (म कवि भएको औचित्य) मेरो कविताहरु मेरो गुरुहरु भएको । जसले ज्ञानको राँको बाली अँध्यारोमा मलाई डोर्‍याउने । मेरो कविताहरु मेरो अभिभावकहरु भएको । जसले गलत बाटोमा हिँड्न मलाई रोक्ने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको चित्कार

~अविचन्द्र र्इङनाम~ कहालिएर चिच्याउदै रोइ रहेछिन आमा भन्छीन आउबचाउ मेरो अश्मितालाई बिभिन्न रङ्ग र रुपका भए ता पनि मेरा सन्तती नै हौ तिमीहरु सबै भबिश्य तिमीहरुकै लागी हो – २ ति क्रुर हिंस्रक आत्मा घाती निर्दयीहरुले काटन लागे ति मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सैदान्तीक मृत्यु

~अप्जसे कान्छा~ ढुङ्गा कट्टी बन्दुक मोर्टर रकेट मीसाइल अणु बम रासायनिक बम जैविक बम दार्शानिक बम राजनैतिक बम थाहा भएका थाहा नभएका विनाशक बम बनाउने चलाउने जुनसुकै देश

Posted in कविता | Tagged | Leave a comment

कविता : माया र घृणा

~र्इश्वर चाम्लिङ~ माया गर्छ यो मन माया गर्नेहरूलाई घृणा गर्छ यो मन घृणा गर्नेहरूलाई किन घृणा गर्नु कसैलाई… घृणा नै पाउनलाई…घृणीत हुनलाई माया गरेर सबैलाई के घाटा हुन्छ तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आवेग

~बिमल गिरी~ तिमी सङ्गको मेरो प्रेमको उर्लदो आबेग जिन्दगीको मिठो अनुभुती साझ बिहान बिभत्स रोइरहेछ धरमराउदै अगाडि बढिरहेछ सडकका किनारहरुमा तोलिन्दो र धुपिका बुट्टाहरुमा । किन रुन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : ति बुढी आमा

~चम्पा देवी खड्का~ बर्ष दिनको यती ठुलो चाडमा बुढी आमा टुक्क्रुक बसिन हनुमान ढोकामा चाडको दिन टाढा कहिबाट छोरी आईपुग्छेकी भन्ने ठुलो आशामा सबैका छोरी रातै र पहेलै भएर गये मेलामा आफ्नो त छोरी खाली हात आ छ केही छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टुँडालमा लागेका धमिराहरू

~वैरागी जेठा~ मेरो मुटुकाट्ने आँसीहरु झुमिमरहेछन् भुजेलका आँगनमा माखाहरुझैँ मशालकाआँखाहरु थलाजुङ,हर्मे हेरिरहेछन् मसँगै भुजेलका टुँडालमा चमेराझैँ झुण्डीएका धमिराहरु मेरा छातीमा बुटबजारिरहेछन् मेरो यात्रा रोक्न कुँइत्रो लागेका कपडाझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँको वृद्धालय

~प्रोल्लास सिन्धुलीय~ बुढाबुढीमात्र छौं गाउँमा छोराछोरीहरु छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरु छैनन् आँगनको डिलमा फूल छ तर टिप्ने कलिला आँखाहरु छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो बिहान जसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~गणेश पुर्बछाने मगर~ म त एक रातो गुलाफ को फूल हु आखिर मेरो त अस्तित्व नै राम्रो छ लाग्छ त्यसैले होला म त अरुको नजर मा भाग्य मानी पो छू की केहो म त केवल स्वच्छ मन सुगन्ध र मिठो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्यारे

~विचित्र डंगोल~ क्रान्ति भन्नु भताभुंग पार्नु नै रहेछ क्यारे जताततै भग्न स्थिति देखिन लागिरहेछ परिवर्तन भन्नु पनि अदल बदल नै रहेछ क्यारे मान्छेले नियत बदलेको पाइन लागिरहेछ विकास भन्नु पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो

~बिष्णु सुबेदी दोलखे~ हाकिम साहेब भन्दा त पियेन दाइ राम्रो कम्तिमा पियेन दाइले बसौ हजूर त भन्छन, गजधुम्म आकाश झै हाकिम साहेब सुन्निएको बिरामी जस्तो चुपचाप चुपचाप मनमा कुरा खेलाएर आफ्नै धुनमा मस्त रहन्छन , पियन दाइ यसो मर्का बुझेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : दुष्मन प्रोहित

~युद्धप्रसाद मिश्र~ पत्र र पुस्तक अघि-अघि सार्दै मरिसकेको धर्म फलाक्दै मानिस मर्दा जुँगा मुसार्दै तस्मै मार्दै पैसा झार्दै स्वतन्त्र मानवलाई बिगार्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइ नववर्षलाई

~यतिराज अजनबी~ जुवाका सोइला भाँचेर हल गोरुहरु उन्मत्त भई छाडा साँढे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिँघौरी खेल्न के बेर त्यसैले ए नववर्ष ! धेरै सिंगारिएर नआऊ अझ दुई चार वर्ष पर जाऊ नत्र कलङ्कित हुन सक्छ तिम्रो सुन्दर नाऊॅँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्द

~सुरज दाहाल~ शब्द हुन चेतना शब्द हुन वेदना शब्द हुन संवेदना शब्द हुन न्याय गित शब्द हुन सत्य सगिँत शब्द हुन शिव शिवत्व शब्द हुन बुद्ध बुद्धत्व शब्द हुन ज्ञान शब्द हुन अज्ञान शब्द हुन प्रज्ञान

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त

~दीपक कुमार ज्ञवाली~ फक्रन्छन् कोपिलाहरु सुभाष मिठो छर्दै चिरबिर गर्छन् चरीहरु उन्माद आफ्नो पोख्दै ऋतुराज बसन्त आज घोप्टियो धरातलमा पोख्दै आफ्ना अवयबहरु लौ हेर लौ हेर भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवा जोड़ी

~राधा वाग्ले~ स्वछन्द भई आकाशमा हावा मिठो सुसाउँदै बाज आई झम्टीन्छ की संकेतले बचाउँदै। मंदिरको अन्नदाना मिठो मानी पचाउँदै, बाँच्छन् हाम्रा धरोहरमाँ शान्ति गीत रचाउँदै । बढाई प्रीतको डोरी चुच्चो चुच्चो समाउँछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गन्तव्य हो

~मुक्ती नेपाली~ मैले क्रान्तिका खोक्रा नारा कति खोकें। कति सोझा सीधा किसान र मजदुरलाई सपना बाँडे। उ हेर मेरो गन्तव्य आर्यघाटमा पुग्यो। मैले बन्दुक बोकाएँ सपना बाँडेर। मैले रगतको भल बगाएँ सपना बाँडेर।

Posted in कविता | Tagged | Leave a comment

कविता : चोटहरु

~निर्भीक रार्इ~ झुन्डिएर लौकाझैँ फलेकी नैनकला दुनियाँलाई ऋणसापट छर्दा । बिपनामा सिरीखुरी भएकी नीरमाया नेताको आडमा करोडौँ कुम्ल्याउने सपना देख्दादेख्दै योजना फेलखाँदा । बिगतमा कुकुरलाई कवाफ खुवाउने दिलसराको चुलो नबलेको अहिले तिनीसँग फर्सी किन्ने पैसा नहुँदा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धोधारमा छु

~गणेश पुर्बछाने मगर~ खसेका तारा गन्दै उस्लाइ नै मागेथे चोखो छ त्यो मन भन्दै साचोमाया साचेथे आखिर सुन्य रैछ संसार उस्को माया पाउन सकिन स्वार्थी नै रैछ उस्को हेर्ने नजर जति गरेनी उस्को साथ पाइन

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~केशर थुलुङ~ बाटो सानो, ठूलो सबैको लागि जहाँ निरन्तर हिडिरहन्छन् कहीँ/कतै पुग्न होला कतै नागबेली कतै साँघुरो/फराकिलो कतै उकाली/ओराली कतै सीधा परेको सबै, आफ्नै गाथा बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : उचाइ

~बिटु केसी बराल~ उचाइमा पुग्न सजिलो हुन्नरे – भन्नेहरू भन्छन् पुगेपछि संसार आफ्नो मुठ्ठिमा हुन्छ बुझ्यौ – तिमी भन्छौ त्यसैले त म देखिरहेछु – सायद उचाइमा पुग्ने होड्बाजिको यहाँ दौड लागेको छ , आकाश छुने आकाँक्षाहरू सगरमाथा भन्दा अग्लो छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घोषणापत्र

~दीपेन्द्र केसी~ सिउरिन भन्दिनँ एक थुँगा तिमीलाई बरू फूलसँग राखिदिन्छु तिमीलाई अनि, बल्ल मुस्कुराउँछन् गुराँसहरू र, उत्सव चल्छ यो प्रेमलोकमा ! जब यो शीतल हावामा ‘जीवन’को सुगन्ध मिसिएर आउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम सम्वेग

~शिरिष लामिछाने~ फर्कि आयो त्यही ऋतु जुनमा म कामेको थिएँ कठयाङ्रिएका औँलाले तिम्रो तातो चुम्बन थापेको थिएँ जिउभरी उम्रेका काँडा डेरै जमाएर बसेका थिए तिम्रो हातको एक स्पर्षले सबै शर्माएर लुकेका थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध रोएका छन

~विन्दु प्यकुरेल ‘लुना’~ आज बैशाख पुर्णिमाको दिन अहिसा का अनुयायी शान्तिका दूत सिदार्थ गौतम बुद्दको जन्म दिन कसरी प्रस्फुटन गरु शब्दहरु ! — आँफैलाई ढाटेर या आँफैलाई शान्ताबना दिएर — ढाटेर कालो रङ्ग सेतो देखिने भए देखी — अशान्ती शान्तिमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मेरो दुरी

~अमर भाट~ तिम्रो मेरो बिचको दुरी घट्ने दिन आउला कि ? तिमि जस्तै सुग्घर ठाउँमा बस्न मैले पाउँला कि ? भारी बोकी उकाली चढ्दा सवारीमा तिमी झर्छौ मेरो तनमा गन्ध आउछ तिमीले पो अत्तर छर्छौ तिम्रो जस्तै जिन्दगीमा बास्ना मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको आभाष र उत्प्रेरणा

~कृष्णकला वनेम ‘करिना’~ शून्य अनि अन्धकार झैं लाग्थ्यो यो संसार यो सारा जीवन किनकी उजाड लाग्थ्यो वनजंगल काहाली लाग्थ्यो औसीका अधेरी रातहरु विना रङगको लाग्थ्यो फूलहरु देवता विनाको लाग्थ्यो मन्दिर किनभने वाञ्चित थिए म मायाँबाट साथमा भएर पनि पाएकी थिइन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमाको पीरले

~रेशम बि.सी.~ नेपाल आमाको पीरले, आमाको पीरले पुछिदिन आँसु आमाको आज कस्सिनु छ हेर यी सपुत वीरले सेताम्म फुलेको यो हिमाल हाम्रो बचाई राख्नु छ नेपाली हाम्रँे वीरताको गाथा सधै उँचो राख्नुछ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी घाम नै हौ

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ लाग्छ, धेरै ताराहरु मिलेर तिमी बनेकी हौ तिम्रो अनुहारमा म रातको आकाश देख्छु लाग्छ, तिमी घाम हौ तिम्रो उज्यालोमा मेरा आँखाहरु हुनुको अनुभूती गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~आभास~ यो काँशको कचौरा भोड्का र उर्वशीले टन्न छ यसलाई रित्याउन प्रत्येक साँझ कोही मासङ्गल्ली छिर्छन् र आफैंलाई रित्याउन थाल्छन् कोही

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँद

~उमेश राई ‘अकिञ्चन’~ दिनको आयु छोटिएर क्रुसमा प्रस्तरको समाधिस्थ छानामाथि उदाउँछ रातको लकेट क्रिसमसको पाइलामुनि फुल्छन् हिउँका फूलहरू बाँडेर शीतको दाह्री हराउँछ कतै सान्तक्लज हुस्सुको सेतो सिरकभित्र चोइटिएर फप्लेटा घाम शीतको चश्माले हेर्छ

Posted in कविता | Tagged | Leave a comment