Category Archives: नेपाली काव्य

Poetry

खण्डकाव्य : नार्सिसस

~जीवन थिङ~ कुसमयमा गर्भपात गर्भपातमा झरेको एक मुट्ठी आकाश बोकेर सन्निपातका रापहरूमा आवेशको घोड़ा युद्ध जित्न बढ़ेका खिनौरा हत्केलाभरि हर साँझ, यो आँखाभरि दौडन्छ – सुनाखरीको प्रत्येक कोपिला कुल्चँदै म भन्दैछु तिमीहरूलाई

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : हराएको अनुहार

~प्रवीण राई जुमेली~ सुनसान कोठाको चिसो भुईंमा एउटा मान्छे बसेको छ बसेको छ एउटा मान्छे अनुहारविहीन र आवाजविहीन जबरजस्ती ठेल्दै लगेपछि म-ले बेस्वादसित हार्दै जान्छ नचिन्नुको सुख त्यहाँ तर चिमोट्दा उसलाई दुःख्नु आफैसित छ यहाँ उदासीनताको प्याला उठाएर गटागट पारिदिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि बा कै कुरा

~मोहन बन्जाडे~ सन्तान बामे सर्दै गर्दा हुरुक्क हुने बा ताते ताते गराउंदै औला समाएर हिड्न सिकाउने बा कतै लडे सुस्तरी लडेको भए देखेको नदेखी गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : चाँगुनारायण

~विश्वविमोहन श्रेष्ठ~ जसरी विराजमान गराएर गएका थियौ देवलको यो भित्री भित्तामा म अहिले पनि त्यहीं अडेसिएर बसिरहेछु मौन, तिम्रो प्रतीक्षामा………….। पहिलेपहिले प्रभातमा घामको कलिला किरणहरू आउने गर्थे आँगनमा र परेवाका बथानहरू चरिरहन्थे

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटु छुटिने बात आउँछ

~दीपा ढकाल~ जब दुई मन र मुटु छुटिने बात आउँछ समर्थन गर्न अपाङ्गको पनि हात आउँछ धनिहरुले गरिवलाई च्यापिरहे पैतालाले सोचेनन कहिल्यै दिन ढलेपछी रात आउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : नितान्त एक्लाे

~‘अभिलाषी’ शारदा राई~ बिरामी भई अस्पतालकाे शैयामा छु अामा काेही छैन अासपास मेरा अाफन्त अनि काेही छैन मेराे सामु कस्ताे छ भन्ने छु त एक्लै म याे शहरकाे भिँड भित्र चिनेकाे छैन कसैलाई मैले यहाँ छु म नितान्न एक्लाे यिनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यका गतिहरू

~जीवनाथ धमला~ एउटा कुरुक्षेत्र जितेर म घर आइपुगेको छु, मेरो आगमनलाई— आमाका आँखाहरूबाट बर्सेको हर्षाश्रुका अविरल ध्वनिहरूले स्वागत गरिरहेछन्, आमाको अनुहारमा अहिले सत्य छचल्केको छ, मेरो विजयको अबिर पोतिएको अनुहारलाई यतिखेर आमाको प्रसन्न मातृत्वले देखिरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो संवाद झूठो हो

~बिपिन शर्मा~ प्रथम तिमीसँगको मेरो संवाद झूठो हो प्रेम छैन यसमा, मेरो यो हात झूठो हो बादल काला-कालै मेरो आकाशमा अझै देखेको तिमीले चाँदनी रात झूठो हो

Posted in गजल | Tagged | Leave a comment

गजल : सफल हुनसक्छ

~अमृत सिङ थिङ~ प्रयास गरेर हेर सफल हुनसक्छ एक बदमास पनि असल हुनसक्छ हरेक व्यक्तिसंगको भेट सम्झने गर जिन्दगीलाई बदल्ने पल हुनसक्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश के भाको …?

~इश्वर देवकोटा~ बाबु छिरी, आप्पा र पासांग ल्हामु आङरिता… पेम्बा पनि पुगेथे हिउले नाम लेखेथे देशको झन्डा साथमा पसिना धारा माटामा के खान्थे तिनले था छैन

Posted in कविता | Tagged | Leave a comment

गजल : तार लगाएर

~कल्पना पौडेल ‘जिज्ञासु’~ सबै सिमाना ढाक्ने गरी तार लगाएर बचाउँ हाम्रो मातृभूमि बार लगाएर अन्यायका विरुद्धमा लड्दै अब हामी छाड्नै पर्छ शोषकलाई पार लगाएर

Posted in गजल | Tagged | Leave a comment

गजल : गणतन्त्र आको हजुर

~दुर्गा शर्मा~ जनताको बलिदानले गणतन्त्र आको हजुर जनता सँधै भोका नाड्ड्गा नेता धनि भाको हजुर पर्खिरा’छन् इसारालाई दक्षिण हो पश्चिमको

Posted in गजल | Tagged | Leave a comment

गजल : भन्छन् पारिजात सधैं

~मनु ब्राजाकी~ फुलेपछि झरिजान्छ भन्छन् पारिजात सधैं । जीवनभरि रहँदैन कसैको नि साथ सधैं । दिनदिनै डढाउने तातो घाम सहे पनि सहन पो सकिँदैन जुनेली यो रात सधैं ।

Posted in गजल | Tagged | Leave a comment

कविता : संविधानसभा

~रेशम वि.सी.~ संविधानसभा तिमीलाई साढे सातको दशा लागेछ नेतालाई कुर्सी र भत्ता त्यसको लागि सत्ता कर्मचारीलाई घुस व्यापारीलाई कालो बजारी अपराधीलाई राज

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौँ सताब्दीको मान्छे

~शशिधर भण्डारी~ नीलो आकासमुनि उभिएको एक्काइसौँ सताब्दीको मान्छे अन्धविश्वासको जगमा खडा भएको रुढ कर्मकाण्डका अगाडि गोरु जस्तै नारिन्नँ एक्काइसौँ सताब्दीको त्यो मान्छे अन्ध परम्पराको फाइल फुल्याउने, कारिन्दा होइन ऊ जीवनमुखी चिन्तक हो, त्यसैले मृत्युपछिको जीवनमा अनित्य देख्दछ

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्ने पल हामी खोज्छौँ

~राजेन्द्र खरेल~ चट्याङभित्र जीवन बाँच्ने पल हामी खोज्छौँ बारुदको घेरा तोड्ने बल हामी खोज्छौँ सुख सबै अँगाले दुःखको अस्तित्व के मरुभूमिमा खनेर जल हामी खोज्छौँ

Posted in गजल | Tagged | Leave a comment

कविता : विरामी देश अनि विष

~राहुल पुन~ विरामी देश उपचारको बहानामा विदेशीको चाहनामा परिवर्तनको तीब्र आशामाथि संविधानको उच्च लालसामाथि चलखेलका अनेकौं भेषमा भ्रम र डलरको आवेशमा

Posted in कविता | Tagged | Leave a comment

गजल : एसिड प्रहार भो

~हीराछवि श्रीशा~ हजुर मेरी बैनिमाथि, एसिड प्रहार भो पाँच वर्षे छोरीमाथि बलात्कार भो कानुन अचेल अन्धोको साथ बहिरो पनि भा’छ लौ न मलाई न्याय दिलाउँ अत्याचार भो

Posted in गजल | Tagged | Leave a comment

कविता : सामना

~अनिलकिशोर घिमिरे~ यस पटक प्रकृति पनि मात्तियो क्रुर बनेर सबै सोत्रान्न पार्‍यो क्षत विक्षत माटोभित्र सिङ्गो बस्ती गुट्मुटाइदियो डाँडादेखि फेदसम्म केही सग्लो रहेन आकाशका चम्किला ताराहरू पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : छानो चुहिने बलेनी

~केशव गाहा ‘पाल्पाली’~ झुपडी सानो खरको छानो चुहिने बलेनी सकेको छैन टिनले टाल्न जति नै गरे नि ।१। गाह«ो छ सारै जीउन यहाँ दुःखीको जिन्दगी बाँच्ने छ गाँठे तैपनि अझै कर्मले ठगे नि ।२।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो घर

~गोविन्दप्रसाद आचार्य~ तिम्रो घरमा बुढा बाउको टुप्पी घोटेका छौ अनाहकमा भाइ मारेर अंश जोडेका छौ नमस्ते साइनो पनि तिम्ले तोडेका छौँ खाउँ बस आरामले अंश जोडेका छौँ मिलाउँदिनँ हात पनि रगत लागेको छ आउँदिनँ म तिम्रो घरमा रगत पाकेको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : गजल हुँदैन

~शेखर ‘अस्तित्व’~ मनपरी शब्द घुसाउँदैमा गजल हुँदैन, “क़ाफ़िया” मात्र मिलाउँदैमा गजल हुँदैन। “शे’र” मा “प्राण” हुनुपर्छ, मन छुनुपर्छ, शब्दको भीड़ लगाउँदैमा गजल हुँदैन।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जङ्गबहादुरसँग पुनर्मिलन

~अर्जुन पराजुली~ पुन्टे, भुन्टे, वसन्ते र सन्ते तिमीलाई व्यापारमै व्यस्त छ भन्थे अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी भ्यायौ ? जङ्गबहादुर ! तिमी आयौ ? अनुहार पनि सर्लक्कै फेरिएछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : गीत गाउने चरी तिमी

~अर्जुन खनाल~ मिर्मिरेमा भाका हाली गीत गाउने चरी तिमी सुकोमल सुकुमारी स्वर्गकी हौ परि तिमी अलौकिक, अद्वितिय माया बर्साइदियौ सुख्खा मन भिजाउने प्रेमरुपी झरी तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा बटारिएको अनुहार

~अशोक पौडेल ~ यमराज जि आज्ञा गर्नुहुन्छ भन्नुहोस चित्रगुप्त जि, उ त्यो पालो परेको, एउटा बटारिएको अनुहार कस्को हो? को हो? उत्तर:

Posted in कविता | Tagged | Leave a comment

गजल : पँधेरीमा भेटौंला

~अमृत सिङ थिङ~ पानी पिउने वहानामा पँधेरीमा भेटौंला तिमी धागो म तेल साथै अँधेरीमा भेटौंला आउँदा जाँदा खेरी बाटोबाट सिट्ठी नफुक मेला जाने निहुपारी खेत बारीमा भेटौंला

Posted in गजल | Tagged | Leave a comment

कविता: द्‌याम्बुली त ओढल्याँहा पो गएछ !

~दिल थापा~ मंसिरे रोगी शीतको मिठो स्पर्शसँगै लेकबाट झरेका दयारिहरु दाइँ हाल्न श्रीगणेश गर्छन् । खलाको समीपमा रहेको कुन्नीयोलाई फोडेर । जाँडको तरुनी छोक्‍र्रालाई सम्झँदै रक्सीको पेन्सन पत्तालाई सम्झँदै कुहिरो लागेको फाँटतिर बसेर । घामले कुहिरोलाई चिर्ने आसमा ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अन्तिम यो भेट हो ?

~भेषराज रिजाल~ छन्द : शार्दूलविक्रीडित गायो कोयलले मधूर स्वरले तानी दियो यो मन हाँस्यो त्यो वन कुञ्जका अधरमा सौन्दर्य फैलाउन फैलेथ्यो रविको सफा किरण त्यो छायो नयाँ जीवन देख्दैछौँ भन ! आज लाल नयनै आँसू लिएको किन ? नौलो त्यो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : समयले दिएको रोग

~लक्ष्मी बिष्ट~ रोड–रोडमा हिँड्ने, रोगी झैँ बनेर । कसैले चिन्दैन आज, फल्ना हो भनेर ।। चित्कारलाई सोध्छु, बाध्यता हो भन्छ । समयलाई सोध्छु, बिवसता हो भन्छ । हिजोको मुस्कान, खै कता हरायो ? आज यो के देख्नु पर्‍यो तिमीलाई साँझी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : यी नारी

~रश्मिला कवाङ ‘रश्मि’~ चोटव्यथा, बिषप्याला पिएर हाँस्ने यी नारी समस्याका पहाड खियाएर हाँस्ने यी नारी । सोंच्नेले जे जे सोचून् , बोल्नेले जे जे बोलून् टुक्रिएका खुसीहरु सिएर हाँस्ने यी नारी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो जन्मदिन

~बिपना ढुङ्गाना~ कहालीलाग्दो बिगत सम्झिन्छु आफु भोकै बसी परिवारको भोक टार्न तिम्ले गरेका कयौं त्याग सम्झिन्छु हेरक बिहानीसँगै टुटेका तिम्रा स-साना इच्छा,आकङक्षा सम्झिन्छु आमा,म हरक्षण तिम्लाई नै सम्झिन्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बटुवा

~जीवनस्पर्शी~ एउटा बटुवा अँध्यारो पथको यात्रा गरिरहेछ र सगर्व भनिरहेछ मेरो यात्रा उज्यालोतिरको हो जहाबाट भेट्न सकिन्छ लेनिनको सपना

Posted in कविता | Tagged | Leave a comment