Category Archives: नेपाली काव्य

Poetry

गजल : सती गए

~आशांक उपाध्याय~ तिमीसंगै मेरा सबै खुशीहरु सती गए हास्न खोज्ने ओठको पनि न्याउली कै गती भए किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए

Posted in गजल | Tagged | Leave a comment

गजल : उल्टा दिशा रहेछन्

~अहम् स्रष्टा~ सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्, आँखा दिवा रहेछन् आँखा निशा रहेछन् । भिञ्ची नभेट्नुमा को दोषी थियो विधाता, धर्तीभरी हजारौँ मोनालिसा रहेछन् ।

Posted in गजल | Tagged | Leave a comment

केस्रा : उपरान्त

~व्योम जी अवतार~ सेतो काँक्रो हरियो बाँसमा थुक्दै लुक्दै नहेर्नु लासमा अब उपरान्त के पो छ र !

Posted in केस्रा | Tagged | Leave a comment

गजल : सोचे जस्तो छ साथी!

~श्रीभक्त पौडेल~ मेरो ‘सरकार’ त जबर्दस्त, सोचे जस्तो छ साथी थाहा छैन तेरो ‘सरकार’, कस्तो कस्तो छ साथी! दम्ब छ उ सङ्ग कानुन गोजिमा, बन्दुक बोकिकन शिखरै नपुगी हेर तलतलतल, तलै खस्दो छ साथी!

Posted in गजल | Tagged | Leave a comment

कविता : शहिदकाे गाउँकाे खबर ।।

~शिव चालिसे ‘प्रभात’~ डियर कमरेड मेराे खाली पेट, नाङ्गो खुट्टाले अझै राहत पाएकाे छैन , मेरी अामाकाे च्यात्तिएको चाेली फेर्न पाएकाे छैन, श्रीमतीका सपना अहिलेपनि माटोमा खेलिरहेछन स्कुल पठाउन पाएकाे छैन, दाईजो दिन सकिनर त बैनी अझै माइतीमै छे, उसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : करोना

~शोभा गुरुङ्ग~ करोना , त कति धेरै रिसाईस समस्त प्राणी जगतसँग रिसाईस सानाठुला, धनीगरिबसँग रिसाईस अखिर किन ब्रह्माण्डमै खैलाबैला मच्चाईस ! सफाईमा ध्यान नदिदा रिसाईस कि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कोरोना

~दिलिप पौड्याल~ संसारभरी कालो बादल छायो कोरोनाको मनभरि डर त्रास छायो कोरोनाको जे छुदानी मनमा डर भाइरस छ कि भन्ने सयौ पल्ट हात धुदा नि यो मनले नमान्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयत्न

~छेनाम~ प्रयत्न परीकल्पनाको बक्र आकृतीलाइ सब्दले आकार दीन खोज्दै मडारीर्हेको कालो बादल मा तैरीएर एक अध्येय कोर्न खोज्दै छु खोक्रो सीद्धन्तलाइ नकार्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बाच्नुपर्छ तिमी

~रेखा पन्त~ पठाउनु छ मैले आफ्ना इष्टमित्र लगायत गाउँका सयौं युवाहरुलाई परदेश जहाँ पाइन्छ पसिनाको मुल्य र भित्रिने छ महिनै पिच्छे आसुँको ढिका पैसा बनेर बल्नेछ गरिवको चुलो पाक्नेछ साँझ बिहान रोटी र आटो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी आमा मेरो प्रेरणा

~डा बच्चु कैलाश कैनी~ मेरी आमाले औंठाको छाप लगाएर शिशु कक्षामा मेरो नाम लेखाउँदा मलाई स्कुल भर्ना गराउँदा मलाई थाहा थिएन हामी किन त्यहाँ पुगेको थियौं त्यहाँ के हुँदै थियो ? त्यो दिन मेरो मानसपटलमा

Posted in कविता | Tagged | Leave a comment

गजल : जानी जानी गल्ति भयो

~इलामेली टीकाराम दुलाल~ छ लोभी आखा र पापी मन जानी जानी गल्ति भयो धैर्यताको बाध फुट्यो झन जानी जानी गल्ति भयो पहिला बोल्नै गारो थियो म जबजस्ती बोल्न खोज्थेँ

Posted in गजल | Tagged | Leave a comment

छविलाल खड्काका तीन मुक्तकहरू

~छविलाल खड्का~ (१) लेखेर कहिल्यै नसकिने कथा भयो छेकेर कहिल्यै नछेकिने व्यथा भयो तिम्ले छाडी गा देखि थिरमा छैन मन जिवन अधुरो पिरतीको गाथा भयो । (२) प्रेमिल पत्रका खात भयो

Posted in मुक्तक | Tagged | Leave a comment

गोधूलि दिनेशका बर्षा यामका पाँच हाइकु

~गोधूलि दिनेश~ पिन्चे आकास पारिजात झरेछ – खोई त प्रभु ? ।१। असारे झरी कमिलाका लहर, नागको भोटो।।२।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : हत्यारा सपना

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ आँखाबाट, पवित्र गंगा बहिदिन्छ, सायद मृत्युसँग डराएर हो दिन पातलिनु रात बाक्लिनुले भयंकर डरलाग्दो सपना बोकेर सायद सताएर हो । उसले जिन्दगी उडाउँछ सुन्दर शहर देखाउँछ

Posted in कविता | Tagged | Leave a comment

गजल : घरको न घाटको

~रवि प्राञ्जल~ घरको न घाटको । हकदार छ लातको । मक्किएको रूखलाई, भर हुन्छ र पातको ?

Posted in गजल | Tagged | Leave a comment

कविता : फूलहरुले चित्त दुखाएका छन्

~डा. मधु “माधुर्य”~ पाखाभरि यो साल पनि ढकमक्क फूल फुलेका छन् बतासमार्पल् बास्नाको निमन्त्रणा पठाउँदा पनि आँखाहरु डुल्न आएनन् पूmलहरुले चित्त दुखाएका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलालाई रमिता छ

~सुधीर छेत्री~ अहिलेदेखि झण्डा बोकेको होइन माइलाले। माइलालाई रमिता छ। माइलाले नै बोक्नुपर्छ जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी। माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन ?

~पुष्प मूनंकःमि~ मेरो जन्म पछि दुध पैचों मागेर टारेकी थिइन रे मेरी आमाले ! बक्षबाट दुध ननिस्केपछि मेरो बाबाले लिटो ल्याएको थियो रे उधारोमा ! यसरी चल्दै थियो मेरो घर हजुर बुबाहरुको पालादेखि !

Posted in कविता | Tagged | Leave a comment

कविता : रिडर रेस्पोन्स थियोरी – एक प्रक्षेप

~जय क्याक्टस~ च्वाट्टै पारेर छिनाउँछे मानेको गुबाजस्तो परस्त्रीगामी पतिको छुल्बुले पुरुषत्वलाई एउटी स्वाभिमानी स्वास्नीले। आरोपित हुन्छ अनेकौँ कथा अनि थुप्रै उपकथा पाठकीय अभिप्राप्तिको सिद्धान्तले।

Posted in कविता | Tagged | Leave a comment

कविता : गराको चपरीमा

~इश्वरवल्लभ~ धरती रजस्वला हुन्छ अलि पर आकाशदेखि टाढीएर बस्छ; किन यो धरती असमय रजस्वला हुन्छ? वर्षमा कहिले तीन फेरा हुन्छ कहिले हुँदै-हुँदैन कहिले दिनमा निकै फेर चुहिन्छ आकाशले हार खाइसक्यो

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : प्रतिबद्धता

~मधुश्री~ अंजुली भरी यो माटो लिई कसम खानुछ सन्तान थरी-थरिका मिली संघर्ष गर्नुछ खराब बृक्ष रोपेछौँ अब उखेली फाल्नुछ विरुवा नयाँ सारेर गल्ति सुधारी जाग्नुछ बिज्ञान ज्ञान खोज्नुछ बृद्धि उब्जनि कृषिमा श्रमको पूजा गर्नुछ सुन फुलौँन धर्तीमा

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : आमा

~दीपक कुमार ज्ञवाली~ देउरालीमा बस्दा बस्दै आमाको दर्शन पाएँ साक्षात् देवि आमा तिमी कुन लोकमा तिमी थियौ अनाथ बनाई बालकलाई

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रोकिन्छ, टुक्रिन्न रे ।

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित पैलेका दिनमा अखण्ड मन भो ऐले विखण्डन् भयो बोल्नै खप्पिस छन् त काम अहिले सारै वितण्डा भयो शास्त्रै छैन यहाँ सुदृष्टि अहिले जाने कता हो कता ? मान्छे छन् रनभुल्ल रे ! अझ यहाँ माटो हरायो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आईमाई फूल हो ?

~यकिना अगाध~ जसरी लोग्नेमान्छेलाई दाजिन्न केहीसित आईमाई किन आईमाई भएर बाँच्न पाउँदैन आईमाई किन मान्छे बनेर बाँच्न पाउँदैन ? जसरी लोग्नेमान्छेलाई बनाईन्छ बहादुर आईमाईलाई किन फूल बनाईन्छ

Posted in कविता | Tagged | Leave a comment

गद्य कविता : गाउँ कै यादमा

~आनन्द पौड्याल~ धरती र मातासँग स्पर्ष भए पश्चात्, हिँजो, आज र भोलिलाई आत्मसात् गर्दै, माया, ममता जस्ता शब्दको सम्झना गर्दा, गाउँ कै यादले चिथोरिरहन्छ आज मलाई, गाउँ र शहरबीच समीक्षा गर्दै जाँदा, अत्यन्तै गहिराइमा डुवी कल्पना मै घोत्लिँदै, सधैँभरि आत्मीय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जन्मेको दिन

~शोभा गुरुङ्ग~ त्यो प्रशव बेदनाको, त्यो जीवन मरणको संघर्ष गर्दै गर्दा, म जन्मेको दिन । हारेर पनि हांसेकी मेरि आमा म जन्मेको दिन । पढ्न स्कुल हिडेकी मेरि आमा

Posted in कविता | Tagged | Leave a comment

गजल : रहरहरु बढेर आयो

~शीतल शर्मा~ तिमी आयोै भेट भयो रहरहरु बढेर आयो थाहा थिएन माया भन्ने आज गढेर आयो । मरुभूमि जस्तै थियो मन सबै सुक्खा सिंचाइ तिम्ले गरिदियोै हरियाली बढेर आयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नेपालकै माटो बनोस्

~भोला धरातल~ जहाँ टेकूँ यी पाइलाले, नेपालकै माटो बनोस् कोदालीको पातो पनि समृद्धिको बाटो बनोस् जब जब देशमाथि, अशान्तिको बज्र पर्छ त्यहीबेला मेरो लास, बचाउको साटो बनोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : पानी दर्किएर गयो

~सबिना सिन्धु~ आगो बल्दा पो पानी दर्किएर गयो तिम्रो याद फेरि पनि चर्किएर गयो माटोले उमारिदिएको बैंसको बीज रोपेको लहरा कता लर्किएर गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : ठेलेर कतिञ्जेल बाँच्नु !

~रासा~ दुःखको ठेला ठेलेर कतिञ्जेल बाँच्नु ! रोगको तोरी पेलेर कतिञ्जेल बाँच्नु ! जिन्दगी यौटा पाएको समस्याकै भारी मृत्युको खेल खेलेर कतिञ्जेल बाँच्नु !

Posted in गजल | Tagged | Leave a comment

गजल : घोटे फलामलाई

~रुद्र ज्ञवाली~ इस्पात बन्छ सेतो घोटे फलामलाई क्यै हुन्न दानभेटी अर्पेर रामलाई खाई कसम यो देश निर्माणको निमित्त चल्नु छ आज ठूलो ठानेर कामलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : कतै समवेदना छर्दैछु

~विभोर बराल~ कतै शुभकामना कतै समवेदना छर्दैछु जिउने नाममा औपचारिकता पूरा गर्दैछु ‘नमस्ते’, ‘धन्यवाद’ र ‘माफगर्नुस् है !’ को सहरमा आत्मीयताविहीन सम्बन्धको जालोमा पर्दैछु

Posted in गजल | Tagged | Leave a comment