Category Archives: नेपाली काव्य

Poetry

कविता : पीपीई बिना

~राकेश कार्की~ सिसाको उता पट्टी उनी सिसाको यतापट्टि ऊ हात बढाएर त्यही छेको छुनु परेको छ फेरि साबुन पानीले हात धुनु परेको छ बिरामी भए श्रीमान् बिरानो देशमा फर्किन सकिनन् श्रीमती छोरो साथमा

Posted in कविता | Tagged | Leave a comment

तियाली : अस्तित्व

~नरेश गिरी राजा~ जब मया , प्रेम , मन , मुटु साट्नु ठेश भो । तब जुन तारा टाडा बसेकै बेस भो । र त दुनीयामा अस्तित्तव दुबैको शेष भो ।।

Posted in तियाली | Tagged , | Leave a comment

गजल : सपना छरेको छु

~बसन्त चौधरी~ आधा उमेर आफ्नो सपना छरेको छु कुन्नि कति फलेको छु, कति झरेको छु त्यसो त जीवन यात्रा मरुभूमि झैँ थियो सपनामा चाहिँ धेरै, खोला तरेको छु

Posted in गजल | Tagged | Leave a comment

कविता : आँसु

~गोपालप्रसाद रिमाल~ नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण यही मेरो युगयुगको सञ्चित धन होइनन् यी प्रिय ! विवशताका चिह्न नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न १ म मानव, मानवताको छ सीमा ममाथि

Posted in कविता | Tagged | Leave a comment

गजल : सहारा केही हुन्

~बिपिन शर्मा~ जीउनलाई जिन्दगी यो, सहारा केही हुन् गन्न मलाई आकाशमा तारा केही हुन् हराएझैं लाग्छु म अन्योलमा कतै चल्न मलाई यहाँ इशारा केही हुन्

Posted in गजल | Tagged | Leave a comment

अनिता भण्डारी पौडेलका बीस हाइकु

~अनिता भण्डारी पौडेल~ १. अन्तिम सास कस्तो मृगतृष्णा तिम्रो प्रेमको २. अपुरो माया , निस्सासिएको प्रेम तड्पेको मन ३. कुण्ठित मन संकुचित भावना अदृश्य सोच

Posted in हाइकु | Tagged | Leave a comment

रमण पनेरुका तीन तियाली

~रमण पनेरु~ १ माया गर्ने चैँ मेराे मन न तन-बदन न धन मिल्छ कसरी लाै तै भन ! २

Posted in तियाली | Tagged , | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच हाइकु

~कवि लिम्वु ‘आँशु’~ हर्ष विस्मात केवल आँसु दियो वैगुनी माया लागेन घाम आक्रोश भै वादल रोई रहयो

Posted in हाइकु | Tagged | 1 Comment

गजल : म त हाँस्न पुगेछु

~नेत्रबहादुर श्रेष्ठ ‘बिवस’~ आँशुको सागरमा डुबेर पनि म त हाँस्न पुगेछु छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु । मनको व्याथा भन्न खोज्दा सुन्ने कोही पाईन आखिर मर्न खोज्दा यो जीन्दगी किन बाँच्न पुगेछु

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्रष्टचारमा नाम आयो

~श्रीबाबु कार्की ‘उदास’~ उद्घाटन भन्दा पनि भ्रष्टचारमा नाम आयो त्यसैले त अख्यितायरको बडालामो खाम आयो ।। सबै कुरा ठीकै थियो केबल भुडी बढेको हो सुत्केरीको भत्ता खाँदा अति धेरै दाम आयो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : नारीको आवाज

~सपना श्रेष्ठ~ नारीलाई घरभित्रको चुलो चौको गर्ने साधन मात्र नसम्झ ऊ पनि आफ्नो देशको लागि केही गर्न सक्छे नारीलाई बेहुली भएर पराइघर जाने मात्र नसम्झ ऊ पनि देश चलाउन सक्छे नारीलाई केवल सन्तान जन्माउने यन्त्र मात्र नसम्झ ऊ पनि राष्ट्रको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झिरहनेछु

~उपेक्षा श्रेष्ठ श्रेया~ धमिला साँझहरु पटयारलाग्दा दिनहरु तिमिले थपिदिएका घटनाक्रमहरु हरेक एकान्त हरेक साँझ सम्झिरहनेछु । तिम्रो चन्चले मन

Posted in कविता | Tagged | Leave a comment

कविता : के भो जिन्दगी

~आबेश~ के भो जिन्दगी भावना बुझ्न पाइएन के भो जिन्दगी तृष्णा मेरो मेटाउन सकिएन । के भो जिन्दगी आशुँ झारेर म रोइन के भो जिन्दगी मुस्कान छरेर म हाँसिन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्मभूमि दोलखाको सम्झनामा

~हिरा तिमिल्सना~ अखण्डताको परिचय दिने यी मेरा शब्दहरु सायद परिवेशमा गएर अड्किनेछन् । परिस्थतीमा रुमल्लिएका यी मेरा वाक्यहरु पूर्णविरामको खोजीमा भौतारिरहेछन् , दोलखा को शब्द बोकेर स्प्नसिलमा रमाउने यी परिवेश त्यसैले हो यो अर्थहिन प्रकृतिमा जगमगाउने यी परिकल्पनाहरु स्वप्न को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नयाँसडक

~ओशिला~ बर्दली सम्म उक्लिएको कुहिरे बिहानी दोकानदारले बेच्न राखेको कुनै स्वादिलो पुष्टकारी झैं मेरो नयाँसडक । हेर्ने आँखाहरुको लागि,

Posted in कविता | Tagged | Leave a comment

कविता : भानुभक्त बाँचेको भए …

~डीग बहादुर तामाङ्ग~ यदि आज भानुभक्त बाँचेको भए भानुभक्तजीले हामीलाई सोध्नु हुन्थ्यो । किन गछौं आलोचना गाउँ फर्केकोमा यदि तिमी त्यसको प्रयोगशालमा बाँच्छौ भने । किन गछौं विरोध पञ्चायतको यदि तिमी त्यसको दासी बन्छौं भने । निर्दलीय गए कागजमा, बहुदल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनको मृत्युपछि

~अनिलचन्द्र श्रेष्ठ~ जव दिनको मृत्यु हुन थाल्दछ मानव वस्तीभित्रको एकान्तमा एकाएक कोलाहल र्कर्कस अनि मृत्यु उस्सवमा रमाउनेहरुको वथान हा……..हा र हु..हु गर्दे छिर्न थाल्छन् देहात त्यसमाथि अज्ञानताका

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरी भेट्न आउँला नी म

~शंकरहरि खालिङ्ग राई~ यस्तै यस्तै माया पाए, फेरी भेट्न आउँला नी म । प्रतिगामीको गला रेट्न, तिमी सँगै जाउँलानी म । तिर्खा लाग्यो भनि रह्यौ, लागी रहोस तिर्खै–तिर्खा अन्यायले सिमा नाघे, जंगलवाटै धाउला नी म ।

Posted in गजल | Tagged | Leave a comment

कविता : महत्व

~आचार्य प्रभा~ तिमी सूर्य प्रत्येक बिहान उदाउनु अनी हर साँझ अस्ताउनु तिम्रो दैनिकी हो तिम्रो नियम हो तिम्रो स्वधर्म हो धर्तिको साथ चाहदाचाहदै पनि

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : छाडेर गाउँ सब पो गुमाएँ

~डा.मेघराज ढकाल~ छन्द: उपजाति छन्दैहरूमा उपजाति यौटा ती इन्द्रवज्रा र उपेन्द्रवज्रा मिलाइ लेख्दा सहजै यो फुर्छ मिठास पढ्दा मनभित्र पर्छ । १ साहित्य संसारभरै त चल्छ

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : रानी पोखरी

~प्रेम राई परिक्षित~ घण्टाघरका सुमधुर घण्टिहरुले रानीपोखरी ब्युझाईरहन्थ्यो स्निग्ध तरङ्गहरुमा डल्फिन झैं घन्टिका तालहरुमा रङ्गिन माछाहरु लोक भाकामा गरिरहन्थे कला प्रदर्शन छेवैमा त्रीचन्द्र कलेज

Posted in कविता | Tagged | Leave a comment

कविता : करोना सन्देश

~शोभा गुरुङ्ग~ जन्मिएर वुहानमा गर्दैछ यात्रा बिश्वभरिको सर्बत्र फैलिएकोछ महामारी कोरोनाको । घरभित्रै बसौ, भिडभाडमा नजानु है संकमणको त्रास झनझन बढ्दैछ कोरोनाको । मास्क लगायौ, हाछ्यु गर्दा रुमालले मुख छोपौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तेरो अन्त्य हुन्छ हुन्छ

~कल्पना मगर~ तैले मलाई कैदी किन बनाइस ? चिन्छु म राम्ररी तलाई कैदी हुँ म कैदी अपराध विहिन कैदी जन्मदै कैद गरिस मलाई खोल्दै छु म आँखा कस्दै छु म मुठी अब सामाजिक अन्धविश्वास मेरो नेल

Posted in कविता | Tagged | Leave a comment

गजल : आँधी चल्छ अब

~जेवी थुलुङ~ आकाश कालो कालो भयो आँधी चल्छ अब थाहा छैन यो आँधीमा के के ढल्छ अव हेर आज छितिज पारी आगो सल्कीएको त्यही आगोमा रावणको लङ्का जल्छ अब

Posted in गजल | Tagged | Leave a comment

कविता : देशको सबभन्दा ठूलो ठग को हो ?

~राजव~ जनतालाई थाहा छैन सामान्यज्ञानमा उल्लेख छैन म प्रश्न सोध्दै जवाफ माग्दै हिँडिरहेछु

Posted in कविता | Tagged | Leave a comment

गजल : पिरतीको गाम भेट्छौ!!

~राजन कोइराला~ छाती चिरी देखाइदिदा केवल तिम्रो नाम भेट्छौ आँखा खोली येता हेर, पिरतीको गाम भेट्छौ! तिम्रो साथ प्यारो लाग्छ संसार तिमी भित्रै देखें चिहाई हेर त्यी आँखाले, माया गर्ने ठाम भेट्छौ !

Posted in गजल | Tagged | Leave a comment

कविता : देश अनप्लग्ड

~प्रवीण राई जुमेली~ देश कति पछौटे छ हाम्रो भन्दै र देश भनेको समाज हो थप्दै अहा सुधारको शोध गर्ने एक दस्ता जुर्मराइउठ्यो युवाहरुको एक संस्था

Posted in कविता | Tagged | Leave a comment

कविता : लकडाउन

~सुशिला आले मगर~ तिम्रो यादहरु पनि सताउछ र फरार भैदिन्छ, एउटा मजदुरलाई लकडाउन कारागार भैदिन्छ। एउटा गल्तिको सजाय बारबार भैदिन्छ, यदि गल्ती गर्ने निमुखा भैदिन्छ।

Posted in कविता | Tagged | Leave a comment

ग‌ंग विवस आर.सी.का चार मुक्तकहरू

~ग‌ंग विवस आर.सी.~ १‍ मुलको चिसो पानी नमिठो लाग्छ असत्य मिठो र सत्य तितो लाग्छ गाउँ छोडेर शहर बस्न थालेपछि आफन्त सकिए सबै रित्तो लाग्छ २ भोको मान्छे गास नपाउन सक्छ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रेयसी को थियो ?

~दिपक निरपेक्ष~ कति भाग्यमानी रहेछन यी आँखा , सारा दुनियाँ छाडी उसैमा ठोकियो, भएर आभारी , देउरालीमा पाती, टेकाउँदै शीर, सब देउता ढोगियो । जति जे छन मनका खुशी या वेदना, उमंग उदासी उसैमा पोखियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश हेरी आशु बगाएँ

~रश्मी रैखोला~ त्यो पहाडलाई हेरी आँशु बगाएँ त्यो जहाजलाई हेरी आँशु बगाएँ न त पहाड मलाई लिन आयो न त जहाज मलाई लिन आयो भोक भोक्कै छू भन्दा पनि न त कसैले एक गास दिन मान्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : समवादी कोरोना

~दीपक कुमार ज्ञवाली~ हा हा के भयो यस्तो मृत्यु मडारियो गाथ गाथमा । आएर हेर प्रभु जगतमा मानवमा हा—हाकार छायो । दृश्य शत्रुसंग लड्नलाई बनाएका हात हतियारहरु । अदृश्य शत्रुरहेछ कोरोना भए निस्तेज हतियारहरु । १ ज्यान नलेउ भनी बिन्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment