Category Archives: नेपाली काव्य

Poetry

कविता : हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!

~राजन कोइराला~ हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ! खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!! तिम्रो पालामा जस्तो रामायणको भाषानुवाद हुदैन अचेल विदेशी भाषाका पुस्तकले प्राथमिकता पाउँछ विद्यालयमा यहाँ राष्ट्रिय जनावर बाघ अनि राष्ट्रिय फुल कमल भनेर सिकाइन्छ जहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनचक्र !

~तारा साम्पाङ राई~ थाङ्नाको पोकोभित्र गुटमुटिएर स्वतन्त्र कोक्रोमा हल्लिरहेको दिनहरू हातखुट्टा टेकेर खेलौना ज्यानलाई घिसार्दै बुलबुल र्यालका फोकाहरू निकाल्ने ती क्षण, ती दिनहरू बालपनमै छोडिएछ । आमाको न्यानो काखमा, एकमज्जाले तेर्छिदै

Posted in कविता | Tagged | Leave a comment

गोधूलि दिनेशको महा-भुकम्प बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ पिङ मच्चिँदा, धर्ती फाट्यो, देख्यौ? अनुशासित यी।१। पिङ मच्चिँदा, सागर उर्ल्यो, देख्यौ? स्वाभिमानी यी।२।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : ओ सरकार !

~डी के वाइबा~ ओ सरकार ! तिमीले विस्फोटक हतियारका रुपमा देखेको कोदालो तिम्रै कृषी विभागले वितरण गरेको हो तिमीले देखेको आर्चरी तिम्रै खेल विभागले वितरण गरेको हो तिमीले देखेको हँसिया, मार्तोल र आरी तिम्रै श्रम विभागले वितरण गरेको हो

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : क्षात्रमूर्ति जना

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ १. देश वर्णन २. युद्धको घोषणा ३. जना-जङ्ग संवाद ४. युद्ध-दुर्ग ५. युद्ध ६. परमपद सरस्वती प्रार्थना आऊ माता शारदे तिमी यो पुत्र छेउमहाँ त्यागेर शरणागत जान्छ्यौ तिमी कहाँ ॥१॥

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : पीडा

~विष्णु खरेल~ देश रोइ रहयो अविरल साउने झरी झै म किंकर्तव्यविमुढ न देशको आंसु पुछन नै सके न सान्त्वना दिन नै सकें

Posted in कविता | Tagged | Leave a comment

कविता : विज्ञापन

~डा.मधु माधुर्य~ नखुर्मुरुन्जेल वीरताको भूमिकामा कहालीलाग्दो भीरको बाटो हिंडेर युग-युगान्तर समयलाई/ संसारलाई तर्साइरहेका छौं केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं कसैको अनुरोधमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरू

~नवराज सुब्बा~ समान रुपमा हामीले बोल्ने बुझने भाषा अनि एउटै अर्थ लाग्ने शब्दहरु जब माकुराहरु जाल बुन्छन् ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो जीवन

~गोपाल अश्क~ मैले त पिएर हेरेँ, तिमीले पनि पिएर हेर विषले भरिएको जीवन तिमीले पनि जिएर हेर । मेरो जीवन जीवन नभई भइहाल्यो एउटा सजाय मर्न भयो पनि कठिन है छैन जिउन कुनै उपाय

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन

~इश्वरवल्लभ~ मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन धूपीका उकाली ओरालीहरू चियाका बुट्टाका भार पनि छैनन् म स्वतन्त्र छु, ती बाँझा बालुवा जस्ता मेरा खालि पनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कुज्जवर्तिनी विप्रलव्धा

~लेखनाथ पौड्याल~ कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल । औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।। फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गलको कुरा

~मनप्रसाद सुब्बा~ तिम्रो रिमोट सेन्सिङ स्याटलाइट कत्तिको संवेदनशील छ हँ ? यो जङ्गलको सास फेराइ सुनेनौ? त्यसो भए मेरो कथा, मेरो शास्त्र पनि सुनेनौ । भुइँमा फैलिँदै पर पर पुगेका यी लहराहरूमा कान थापेर सुन त – मेरो रगत कुदिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जूनले पोल्नु हजुर

~सदानन्द अभागी~ जूनले पोल्नु हजुर नेत्रले बोल्नु हजुर छैनलौ आफ्नु सरह आत्म के खोल्नु हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : अन्यायको खेल भयो

~अनिता भण्डारी पौडेल~ जानै मन थिएन अन्यायको खेल भयो उनी माथी नियतिको जाल झेल भयो उनका थुप्रै परिवार र शुभचिन्तकहरु जाने बेलामा न कसैसंग मेल भयो

Posted in गजल | Tagged | Leave a comment

कविता : चन्द्रागिरी अबकोल्टे फेर

~निमानन्द रिजाल~ चन्द्रागिरी कठोर छ । रातलाई लम्बाई रहे छ । समताका सपनालाई चकनाचुर पार्दै । आफना महलहरु गनीरहे छ र जनता होइन, मुठीभर लठैतहरुमा रमिरहे छ । यसै संगै चन्द्रा गिरी पनि लठी रहे छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवितामा पहाड (दुई)

~भीष्म उप्रेती~ मेरो घर पहाडमा छ पहाडकै ढुङ्गा फुटार गाह्रो लगाएको पहाडकै रातो माटोले टालेको कमेराको रङ र ढुङ्गाकै छानो मेरो घर सानो तर पहाडजस्तै छ । पहाडजस्तै दु:ख पनि छ यहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : लिँडे पुच्छर

~गणेश शर्मा~ साहित्यले बाटो बिराउँदै गयो, प्रज्ञा लिँडेपुच्छर मात्र पो भयो । जोडी करान्जली दुवार वीच, चाकडी मात्र हुन गो उदेक ।। विद्धानको विद्धता कता गयो ? मगन्तकोे झोली र थैली झैं भयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्य ग्रहण

~अर्जुन शर्मा निरौला~ पानी परिरहेछ झरररर ऽऽऽऽऽऽ माथी डाॅड़ोमा कुइरो ड़म्म बसेको छ। घड़ी हेरिरहेछु मध्यान्न समय छ। । बाह्र नांग्दैछ। । अचानक अध्यारिन्दैछ उज्यालोहरू लेख्दैछु, हेर्दैछु। । कान टाड़ो पारेर सुन्दैछु बड़ो आनन्दित भइरहेछ मन ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर र फूलहरू-१

~रामगोपाल आशुतोष~ इश्वरद्वारा इश्वरहरूकै लागि इश्वरकै स्पर्षले फुल्छन् फूलहरू इश्वर कै इशारामा सुगन्ध फैलाउँछन् मनमोहक फूलहरू इश्वरकै देशमा । फूलहरू इश्वरको स्पर्षमा फक्रन्छन् फूलहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा बिग्रीएको घरपरिवारको इजलास!

~सुजन बुढाथोकी ‘कान्छा’~ सधै घर झगडा भैरहने परिवारको बिसयलाइ लिएर एकदिन नगरकार्यलयमा छलफल भयो । उपस्थित दुबै जना लोग्ने स्वास्निले आफुलाइ बढो पिडित बताइरहेका थिए । जहाँ ,लोग्ने आरोप लगाइरहेको थियो र यो बताइरहेको थियो कि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आँगनमा

~तीर्थराज वन्त~ मेरो आँगनको डील सम्म क्रान्तिका लहरहरू आउँदै जाँदै गर्छन्, अनि मेरा साथीहरू इतिहासका पाना पल्टाउँदै भन्छन् – अब त पर्खाल तोडिन्छ होला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेनेज आ थ्वाँ

~विप्लव प्रतीक~ आज ऊ फेरि आउनेछ तिम्रो घरमा बाहिर उसको पदचापले नै तिमीलाई थाहा हुनेछ ऊ आइपुगेको कुरा । तिम्रा ढुकढुकी बढ्नेछन् र, लाली छाउनेछ गालामा जूनको उज्यालो आँखामा आउनेछ शरीरलाई खहरेको चञ्चलताले बेर्नेछ पाइलाले हरिणको चाल पाउनेछ आँखीभौँ तिम्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन प्रिये

~भानुभक्त आचार्य~ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् तिम्रो त्यो मुख चन्द्र

Posted in कविता | Tagged | Leave a comment

कविता : नदीको किनारमा

~भिमदर्शन रोका~ बितोस् सन्ध्या मेरो एक नदीको किनारमा होला घाम पश्चिमी बादलको पुछारमा डुबेको होला वन र पाखा झिंगुरको झङ्कारमा डुबेको हुँला म पनि एक गहिरो विचारमा बितोस् सन्ध्या……..

Posted in कविता | Tagged | Leave a comment

रमण पनेरुका नौ सेन्र्यू

~रमण पनेरु~ माया गर्छु त बिना मारी हाल्छु भन्थी भन्न त *** उ गैहली म पनि सति जान्छु भन्न भएन *** मुटु छदै छ माया सिकाएकी छे खोजौंला अर्की

Posted in सेन्र्यू | Tagged | Leave a comment

सौगात गजमेर’मात्र’को पाँच तियाली

~सौगात गजमेर ‘मात्र’~ मुटू भएको छ चिरा मोतिको भएसी हिरा मायाँको हुनाले किरा ——— ढल्किदैछ जवानी हजुर भेटिन कुनै ताल न सुर हुनेछु पक्कै बुढो जरूर

Posted in तियाली | Tagged , | Leave a comment

गजल : पियारी

~सदानन्द अभागी~ याद आयो मलाई पियारी आउ आजै सबै नै सियारी पूmल शैया बसौला’दुवै लौ बन्छ यो नै सबैमा नियारी

Posted in गजल | Tagged | Leave a comment

कविता : आन्दोलित फूलहरु !

~सुनील बाबु श्रेष्ठ~ हेर्दै गयौ खोज्दै गयौ सोध्दै हिडेयौ भने सबैले दिने फूलहरुको अर्थ जहाँपनि एकै हुन्छ कोमल हुनु रंगीचंगी हुनु सुन्दर हुनु सुवासित हुनु

Posted in कविता | Tagged | Leave a comment

गजल : पछि यो फर्कन्न

~कोमल श्रेष्ठ मल्ल~ समय बुझ है पछि यो फर्कन्न तिमी आउ दिलमा पर्खनु पर्दैन जिवनको खाल छ मायको ताल छ मायाको माया छ तर्कनु पर्दैन

Posted in गजल | Tagged | Leave a comment

कविता : माया ले माया छिन्छ

~पल हिरा~ यहाँ माया ले माया छिन्छ नभनु भने चोटले आसु दिन्छ बाडेर खुशीहरु साथ जिउ भन्थे सारेर लग्यो थोरै आटहरु पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रीष्म-यात्र – १

~मनप्रसाद सुब्बा~ उखरमाउलो गर्मी छ । हिवडदा हिँडदै आँखाहरू सियाँल खोज्छन् अनि फेरि मलाई तिम्रो याद आउँछ । थर्ममिटरका पाराहरु मेरो अनुहारमा कोरिएका छन् उमेरको डिग्री अङ्कित गर्दै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै यो मोहन ठकुरी

~मोहन ठकुरी~ विपनाहरू उसका कहिले आफ्नो भएनन् अपुग सपनाहरू अँगालोंमा बाँधिएर बसेको हो यो मोहन ठकुरी गमलाको क्याक्टसजस्तो न फुल्नसक्छ, न फैलिनसक्छ।

Posted in कविता | Tagged | Leave a comment