Category Archives: नेपाली काव्य

Poetry

कविता : श्रद्धान्जली शिवलाई

~आचार्य प्रभा~ हे शिव! तिमी कुन हत्तारमा थियौ त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ हावाको बेग झै रफ्तारमा बहनु पर्ने के त्यस्तो बाध्यता थियो ? तिमी मीठो अभिष्ट पालेर बिदेसिएका थियौ शायद — अमीट आकाङ्क्षा बोकेर

Posted in कविता | Tagged | Leave a comment

गजल : नओडनु है काली

~नविन आचार्य ‘लेटांगे’~ पराइको घुम्टो तिमी, नओडनु है काली भुलेरनी अन्तै नाता, नजोडनु है काली उतार चडाब जिन्दगीको, रित नै हो बुझ दुख पर्दा मेरो साथ, नछोडनु है काली

Posted in गजल | Tagged | Leave a comment

कविता : सत्ता

~दिनेश अधिकारी~ जसरी पनि जालन्धरलाई मार्नैपर्ने उद्देश्यमा समर्पित छ विष्णु र, उसका लागि ठूलो चुनौती बृन्दाको निष्ठा भएको छ । शक्तिले नसकेपछि षड्यन्त्रमा ओर्लन्छ देउता पनि विष्णु

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~शुभ श्री~ साथी हो हेर देउरालीमा बिकास पलाउदै छ आज एका बिहानै देखी यहाँ मान्छेहरुको चहलपहल छ वेल्दिङको झिल्का सँगै केही अनुहारहरु अथक प्रयासमा एउता सन्केत कोर्दै छन।

Posted in कविता | Tagged | Leave a comment

कविता : जोखीम

~नोवल निरौला~ तिर्न रिन लागेका, बस्न आफ्नै घरमा पढाउन वालवच्चा, चलाउन जिवनमा लागेथें म विदेश, कमाउन भनेर वोकेका ति सपना, पुर्याउन भनेर गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो

Posted in कविता | Tagged | Leave a comment

गजल : हेरिएर गयो

~दीपक बस्याल~ सुन्दर बदन हेरिएर गयो हेर्दा हेर्दै मन फेरिएर गयो न तनले आट्यो, न मनले ढाट्यो यौबन बिछयौनामा बेरिएर गयो

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई खाम चाहियो…

~नाइलु क्याबचा~ सुखको नाममा अर्काको दास्वत्तो बोकेको हैन दु:खै भए पनि मलाई स्वाभिमानी काम चहियो, परिवर्तनको नाममा टुक्रा टुक्रा परेको हैन मज्बुद बिसाल मलाई सिङो नेपाल नाम चहियो । राडी र पाखिमा कती आनन्द छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भय

~प्रकाश प्रधान~ त्यत्रो बलिदान, उपादान र अभयदानपछि त्यत्रो हर्षोल्लास समारोहबीच सबै मिली बालेको दिव्यज्योति फहराएको विजय पताका त्यो महायज्ञको पुर्वाङ्गमा नै साङ्गे नहुँदै निभ्ने ढल्ने त होइन कतै भन्ने डरले मलाई किन हो अचेल सताइरहन्छ यो डरबिना कारणको नहोला दैनिकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पगरी पागल

~कुन्दन काफ्ले~ रोगी भएँ मानसिक, हेला कति गर्दछौ । म पनि त मान्छे नै हुँँ, आँखा कति तर्दछौ । दृष्टि तिम्रो बुझाई हो, पागल भनी जो भन्दछ । भेदभाव र घृणाले, मान्छे पागल बन्दछ । कुण्ठाहरुले मन मेरो त भित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुक

~बिमल गुरुङ~ बन्दुक के हो, अच्या … म थुक्छु लाखौं लाख थुक बेकार छ तिमीहरुको बन्दुक बन्दुक … ?! आच्या … बज्र ! ओईरेऊ !

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक र देश

~निश्चल काउचा~ चकमन्न अध्याँरोमा चित्-चित् एकोहोरो छेपारोको कराई हाम्रो बज्यै भन्नु हुन्थ्यो जव रातमा छेपारोलाई जाडो हुन्छ बिहान भयो भने म घर बनाउछु भन्दै कराउछ रे जव बिहान हुन्छ न्यानो घाम लाग्छ चेपारो पारिलो घाममा भुसुक्क निदाउछ फेरी उही कथा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियान

~टंक सम्वाहाम्फे~ हामी अहिले अभियानमा छौ कसैलाई थाहा होला कसैलाई थाहा नहोला के कस्तो अभियानमा छु होला भनेर तर उ अभियानमा सम्मिलित भैसकेको हुन्छ वास्तवमा अभियान संकल्पको यात्रा हो विश्वासकोगोरेटो हो कसैले नगरेको हुन सक्छ संकल्प कसैले नवुझेको हुनसक्छ दायित्व

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन नसक्ने कुरा

~प्रणिका कोयु~ सादा कागजमा तिम्रो नाम लेखें धेरै चोटी मायाले लेखें रीसमा लेखें खुशि-दु:खमा लेखें आशा-निराशा दुवैमा लेखें लेखिरहें यसरी मैले धेरैचोटी सादा कागजमा तिम्रो नाम! आकाशका सबै रंग घामका सबै ताप

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणय अनुराग

~हुसैन खाँ~ रमाएछ आँखा नयाँ कल्पनामा रसाएछ छाती नयाँ भावनामा । सधैँ याद आयौ तिमी सम्झनामा दिलै यो लगाई बसेँ साधनामा ।। मनै भो विभोरै ऋतूराज आए र नाङ्गा रुखैले नयाँ वस्त्र पाए । हँसाई–नचाई गरे मारुनीझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसेर बाँच हाँसेर मर….

~दिलिप योन्जन~ खुशीमा बाँच हजारौ हजार शतब्दी समानता र स्वतन्त्रमा अन्याय र रुढिबादको बिरोधमा उन्नति र प्रगतिको किरण छर्दै बाँच्न त बाँच सधै हाँसेर स्वार्थमा ढेश डुबाएर नबाँच

Posted in कविता | Tagged | Leave a comment

गजल : के गर्नु ?

~विक्रम तिमिल्सिना~ नचाहिने नाताहरू गाँसिन्छन् के गर्नु ? बनाउँथेँ ताजमहल भासिन्छन् के गर्नु ? मनभित्र सजिएका मनमै मर्दा रै’छन् आफ्नै मनले नखाएका टाँसिन्छन् के गर्नु ?

Posted in गजल | Tagged | Leave a comment

कविता : लाल ख्वामित्

~निभा शाह~ लाल ख्वामित महाराजकी जय होस्, ख्वामित ! लाल ख्वामित ! तिमीलाई देवता बनाउन थुप्रै लाल ‘सीता’हरू जले

Posted in कविता | Tagged | Leave a comment

कविता : विजय

~डा. सरोज धिताल~ होला त भनी मैले तिम्रो कुरा सुनेँ मेरो हीरो ! मिल्काएँ आफ्ना आग्रहहरू र, तिमीले दिएको झेला भिरेँ । झेलामा एउटा कलम थियो र, थियो एउटा बन्दुक तिमीले भन्यौ “कलमलाई हतियार बनाउ र, संहार गर

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेशलाई सन्देश…

~सोम खनाल~ शीखरै फुल्ने त्यो मेरो नेपाल, गुराँश थुंगाको कस्तुरी डुल्ने ती डाडा पाखा, चप्लेटी ढुंगाको स्म्रीती मीठो आतैमा बोकी छोडेर आको छु मुटुमा रोपी देशको माया गोडेर आको छु । थाहा छ मलाई के फुल्छ सधै पाहाडी पाखामा बिरह … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : नेपाल हाम्रो घर

~कृष्णप्रसाद पराजुली~ जोड्यौँ गौरवमानका सिलसिला उक्ल्यौँ उकालै पनि नेपाली वसुधा सुधाम्य भयो यै घाम छाया पनि

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : मान्छे ठान्छु म त

~शिव वियोगी चौलागाईं~ देख्या छैन तर पनि आफ्नै मान्छे ठान्छु म त जे सुकै होस् तिमीलाई प्रेम नजरले हान्छु म त टाढा छ गन्तब्य हिड्न धरै बाँकी छ जीवनको सहयात्री तिमीलाई मान्छु म त

Posted in गजल | Tagged | Leave a comment

कविता : म बिक्री भएको छैन

~महेश रेग्मी~ म क्षत्रि्रस्त जीवन लिएर हिँडिरहेको छु सिंहदरबारको बाटो काठमाडौं मलाई धोका दिइरहेको छ काठमाडौं मेरो हुन सकिरहेको छैन काठमाडौं मलाई कहीँ सिफारिस गर्दैन मलाई मार्न खोज्छ बाँच्न दिँदैन मैले उसलाई जीवनका अङ्गहरू बुझाएको छु तर म उसको छेउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : समय नै दोषी होला

~खगेन्द्र पराजुली ‘शून्य’~ भेटाएर छुटाउने समय नै दोषी होला ह”साएर रुवाउने समय नै दोषी होला धेरै-धेरै गल्तीहरु भए होला मित्रतामा खुशी मन दुखाउने समय नै दोषी होला

Posted in गजल | Tagged | Leave a comment

कविता : अभिषाप

~बसन्त मोहन अधिकारी~ लोभी, पापी, निर्दही, निर्मोही ! रुप, रङ्ग उडाएर चुस्न सम्म चुस्यौ । बदनाम गराएर उपभोग गर्यौ । त्यतिले नपुगेर

Posted in कविता | Tagged | Leave a comment

कविता : अरुलाई भुल्न थाले

~बिजयकुमार श्रेष्ठ~ विद्याकी खानी तिमी सबैलाई सुबुद्धिको ज्ञान दिने सुबुद्धि दिएका थियौ तिमीले कहाँ गए विधा लिने । गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले ।

Posted in कविता | Tagged | Leave a comment

गजल : माया पनि लिई गयौ

~केशब आचार्य ~ छाडिगयौ साथ मेरो माया पनि लिई गयौ ब्यथाहरु जिन्दगीका धेरै धेरै दिई गयौ । ओकलेर फालिएको बिष जत्ती मेरै भयो घडाबाट निकालेको अम्रीत सबै पिई गयौ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सतिसाल

~पुरुषोत्तम सुवेदी~ ठूलो वरको रूखको टुप्पोमा काटिएको टाउको आन्द्राभुँडी, कलेजो र करङका लाप्सा ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै समयको बूढो गिद्ध मुक्तियुद्धको पराजयको

Posted in कविता | Tagged | Leave a comment

कविता : अविराम लयः जस्तै जिन्दगी

~साम्ब ढकाल~ मत्स्यन्द्र दाइ हो रहेछ जिन्दगी त अविराम लय नै हो रहेछ । यो कसैगरी कतै जोडिएकै छ नटुटाइकन आमाको काखमा घुँक्कघुँक्क आँसुको गीत हरेक लडाइँमा हारको माला

Posted in कविता | Tagged | Leave a comment

गजल : पानीले झन् पोल्छ

~मनु ब्राजाकी~ आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ । आफूलाई बेच्न खोज्यौ भने बुझिराख किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सिपाहीको पत्नी

~शुष्मा रुपाबुङ~ स्वर्णिम अक्षरहरुमा धेरै कुँदिए सिपाहीका कथाहरु वीरत्वको कथा आँट र साहसको कथा धैर्यता र सहनशीलताको कथा त्याग र तपस्याको कथा एउटा अमर इतिहास रचेर लेखकको ताज पहिरिए अनि बेचिरहे सिपाहीका कथाहरु र नेपथ्यमा बने थुप्रै ब्यापारीहरु किन्नेहरु चुकचुकाउँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा यात्री

~वैरागी जेठा~ उतिसका पातहरू साउती मारिरहेछन् सल्लाहरू आँसु झारिरहेछन् चम्पापुर उक्लिँदैछु मेरो बन्दुक चूप बसेको छ यात्रा छाँटिएर बीचबाटोमा रोकिएको छ सेनलाई बोकेर म उनकै छायामा हिँडीरहेछु टन्टलापुर घाममा साथी बुझ्दैन सेनको गन्ध सुङ्घदै

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी संर्घष मै रमाउँछौं

~हस्तबहादुर केसी~ हामी संर्घष मै रमाउँछौं संर्घष मै बाँच्दछौं ।। संर्घष नै हाम्रो ज्यान हो संर्घष नै हाम्रो प्राण हो ।। हामी संर्घष मै क्रान्तिका गीत गाउँदछौं संर्घष मै हामी क्रान्तिकारी नाँच नाच्दछौं ।। संर्घष नै हाम्रो उद्देश्य हो संर्घष … Continue reading

Posted in कविता | Tagged | Leave a comment