Category Archives: नेपाली काव्य

Poetry

व्यङ्ग्य गजल : नेताजी काम कमाल

~इन्द्रकुमार ‘विकल्प’~ साम, दाम, दण्ड, भेद नेताजी काम कमाल भ्रष्टाचारी दुराचारी नेताजीका नाम कमाल जनतामा राम नामी खोकिलामा छुरा लुकाई सुरा सुन्दरीका सँगै नेताजीका साम कमाल

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : संसार चेली रहेछ

~सदानन्द अभागी~ संसार चेली रहेछ आकार वेली रहेछ साकार आकार हेर माहान ठेली रहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : अन्धकारको देशबाट

~अनिता भण्डारी पौडेल~ सम्झिदैछु तिमीलाई यो अन्धकारको देशबाट गाँस बाँस कपास अभाव, हाहाकारको देशबाट कोही खान देउ भन्छन कोही बाँच्न देउ भन्छन कुर्सीमै निदाईरहने कुम्भकर्ण सरकारको देशबाट

Posted in गजल | Tagged | Leave a comment

कविता : मैभित्र आफ्नो प्रतिरूप छैन

~गोविन्दराज विनोदी~ छन् काम नै यी न त कामजस्ता छन् नाम नै यी न त नामजस्ता छन् राम नै यी न त रामजस्ता छन् जो सबै नै बदनामजस्ता बिहानमा छैन नयाँ बिहानी छन् रातजस्ता दिनका कहानी

Posted in कविता | Tagged | Leave a comment

कविता : मुग्लान

~पल हिरा~ पोल्टा भरी खुशी को भिक्ष्या भर्न मुग्लान नै भासिनु पर्ने बाध्यता चुर्लुम रिन को थैली बोकी क्षितिज पारीको सुख खोज्नु बिकल्प नै के थियो र ? मुठी भरी बर्कौला सरि सिटमोल

Posted in कविता | Tagged | Leave a comment

गजल : वाचा गरेर भुल्न

~राजेन्द्र चोथाले~ मलाई पनि सिकाऊ वाचा गरेर भुल्न प्रत्येक ऋतु पिच्छे रङ फेरेर फुल्न सक्दिन म सहन आँसुहरू कसैको रुँदा अरूका आँखा खुसीहरू बटुल्न

Posted in गजल | Tagged | Leave a comment

कविता : फूल र क्षण

~गोपालप्रसाद रिमाल~ “फूल झर्दछ, फुल्दछ फुल्दछ, झर्दछ” तर त्यो फूल जसले छाती थापी फक्रेथ्यो त्यो थोपालाई तृप्ति दिने जब जगमा अमृत झरेथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार क्वारेन्टाइन जान्न म ।

~सुजन बुढाथोकी ‘कान्छा’~ सरकार क्वारेन्टाइन जान्न म। दिनडाहडै बलत्कार हुन्छ त्यहा भर्खर कलकलाउदो बैसालु यौवनमा टेकेकी केटि हु । रहर छैन मलाइ बलत्कृत भएर बाच्न सरकार यसैले म कैले पनि क्वारेन्टाइन जान्न । सरकार एकैओछ्यान एकैठाममा किचन

Posted in कविता | Tagged | Leave a comment

कविता : कन्चनजंगा

~भिमा राई ‘तोलाछा’~ कारंगकुरुंगका हुल पुनः एक पल्ट आकाशै ढाकेर उड़िरहेछ कालो बादल हटेर गोर्खाको शिर शिरमा लालीगुराँस सजिएको छ प्रत्येक गोर्खाको छाती छातीमा सम्पूर्ण कन्चनजंगा एउटा गतिलो आभा भएर मस्तसित उभिएको छ बन्द कमानका मजदुरहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : बिना शर्त गरी रा’छु

~रवि प्राञ्जल~ जे जे भन्छौ सबै बिना शर्त गरी रा’छु । किनार भेट्न अझै मैले नर्क तरी रा’छु। थाहा छैन त्यो मुटुमा कहाँ निर छु म ? सगरमाथा जस्तै हरेक वर्ष सरी रा’छु।

Posted in गजल | Tagged | Leave a comment

कविता : माटो-मुक्तिको प्रयोगशालामा

~जय क्याक्टस~ कति तिक्खर हुन्छ माटोको सुगन्ध स्वबोधको प्रयोगशालामा। भनेको छु- एकैक्षण, कविता, एकैक्षण मौनता बोलिदेऊ – त्यही मौनताको एन्थ्रेक्स बोकेर म हाम्रो परिचय खोज्छु। पहिले।

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरको तिर्खा

~इश्वरवल्लभ~ किन अचेल तिर्खा लाग्छ बिहान र त्यसको वरिपरिको परिवेशको कतै बिहानमा तिमी त छैनौ, कि किरण भएर अल्झिरहेको , कि भएर पानीजस्तो शिखरबाट छहरा झैँ झरिरहेको होइन, सबै विडम्बना हुन् म ढाँटिरहेको छु – म तिमीलाई लेख्न खोज्छु र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~विष्णुकुमार श्रेष्ठ~ अँधेरो एक कुनामा दिन पर्खी रात बिताउन । मेरै मधुरो स्वप्न सँगाली घोरीई रहेकी होली ।। फूलको कोपिला हेर्दै दील खोली गीत गाउन । कल्पनाको नील गगनमा चहारी रहेकी होली ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : अतृप्त चाहना

~मधुश्री~ तिमी सँग सँधैँ भरी खुशी-खुशी बाँच्न पाउँ ति नजर भित्र बसी तिम्रै दृष्टि देख्न पाउँ मुस्कानमा तिम्रो खुशी सर्वत्र नै हेर्न पाउँ अरु केही चाहिन्न भो तिम्रो प्रिय बन्न पाउँ तिमी हाँस्दा यस्तो लाग्छ जुन तारा चम्किँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन छायाँ

~डा.मधु माधुर्य~ मेरा यात्रीहरु, लौ हेर मेरो मन चित्र भित्र बाहिर सबै देख्यौ ? भयो विचित्र शून्यताको गुँडभित्र पूर्णताको वास छ सास छउञ्जेल जीवनको अनमोल आस छ साथमा मेरो छाया छ, म एक्लो छैन… । सुखमा साथ दिनेहरु छन्

Posted in कविता | Tagged | 2 Comments

कविता : निष्ठुरी बालक

~राजेश ढुंगाना~ ईश्वरले मलाई हात दुवै दिए तर यी हातले म केही गर्न सक्दिन त्यसैले । कहिले म सोच्दछु, सपना रहेछ जीवन कहिले म सोच्दछु अन्धकार रहेछ जीवन

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिचान !

~शरद पौडेल~ भ्रममा नपर साथी! अहँ, जुनसुकै प्रयत्नले पनि उ तिमीजस्तो हुनै सक्दैन ! उ फरक बीज हो स्वयंमा अनि तिमी पनि ! दारी पाल्दैमा न त मार्क्स बनिन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भो अब नसम्झ

~कृष्ण शर्मा सुमु~ फुटेका काँचका चुरा हुँ थुकेको थुकको छिटा न सम्झ अब भो मलाई टुटेको साथको विदा। न बोलाउ मलाई गाजलु नभन भो अब मायालु बाटो फरकफरक बनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : चियाबारी-हाम्रो बिर्ता

~अर्जुन शर्मा निरौला~ पहाड़ मधेश तराई सबैतिर रूपिॅयाको पौधा पिता पुर्खा मुग्लान पसे यी पोथ्राले गर्दा।। रूपिॅया फल्ने बुच्का हाम्रो चिया यस्को नाम कति पुस्ता बितिसके गरी यही काम ।। चिनिॅया र आसामेली – दुईथरी यस्को जात

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिक्षा

~स्वर्णिम गुरुङ~ सुदूर देशबाट … तिमी फर्कि आउने प्रतिक्षामा सुस्त सुस्त ढल्न लागेको मेरो जोबनलाई तिम्रा मनका आँखाले नियालेर हेर त कान्छा.. कैंयौ वर्षहरू तिम्रै बाटो कुर्दा कुर्दै व्याकुल भएर मेरो जोबन यहाँ आँखाका नुनिला पानीले गलाएर अब त लत्रक्कै

Posted in कविता | Tagged | Leave a comment

कविता : बुझ्नु यहाँ तब

~बि. कुलुङ~ जब जलप्रपातले रुझेका कौलास्ने रातहरुमा फटयांग्रोले रात्रि कालिन गीतहरु गाउन छोडछन् जब सीकसीक लाग्दा त्यो लामो रजनीहरुमा भ्यागुतोले बिट बक्सहरु बजाउन छोडछन् जब उतिस(रुखको आड लिएर झ्याउँकिरीहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको रिभर्स

~बलराम तिमिल्सिना~ बुढी गाई त पहिलै थियो दौरा सुरुवाल पनि फर्कियो सारी चोलो फर्कियो अव विस्तारै फर्कन सक्छ ‘श्रीमान गम्भीर’ मस्कदै मस्कदै नागार्जुनबाट ओर्लन सक्छ निर्वासित अतित !

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराधीले पछारेको थियो

~सबिता लामा~ हो मलाई अपराधीले पछारेको थियो.. ढुङ्गा माटो गेगरमाथी थचारेको थियो..!! रोए अनि कराए म सुन्ने कोहि नहुदा.. शरीर भरी जताततै चिथारेको थियो..!!

Posted in कविता | Tagged | Leave a comment

कविता : सीमाभञ्जक सोच !

~बलराम तिमिल्सिना~ मात्र दुई वटा विकल्प दिइयो- कि जित्न तयार हौ र लड्न आऊ कि हार्न तयार हौ र हात उठाऊ जिते विजेताको माला लगाउँछौ फूलको हारे हरुवाको माला लगाउँछौ फलामको छिटो छिटो रोज /कुनै यौटा रोज यो दुईमा एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्मी १

~अबिर खालिङ आगोको साइरन बजाएर उ हाम्रो शहरमा पसेको छ लु को बुट बजार्दै गरेको छ आनन्दको चिरहरण रिक्सवालाको खोपिलामा च्यापिएर घुमिहिडेको छ शहरमा ज्यामीको निधारमा भरियाको थाप्लोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बार्ता भङ्ग

~मिलन मल्ल~ खोइ हिजो तिमी कहाँ थियौ ? तिमिलाई हामीले कहाँ खोजेनौ ? गल्ली गल्ली खोज्यौं, भट्टी भट्टी खोज्यौं, तिमीलाई सुन्नेहरुको पछि लाग्दै कहिले पाटन तिर, तिमीलाई देख्नेहरुको भर पर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मह

~यकिना अगाध~ हे मेरो ब्रम्हादेव ! हे मेरो सृष्टिकर्ता ! अघि बनाइ दियौ हजुरले

Posted in कविता | Tagged | Leave a comment

गजल : असल सखिया भइ दिए

~इलामेली टीकाराम दुलाल~ शीरमा श्री लेख्नै पर्दैन असल सखिया भइ दिए लोचनबाट मोती झर्दैन असल सखिया भइ दिए जीवनसाथी,पढाइ साथी,घनिष्ट होस वा अरु कोही मनको माया मर्दै मर्दैन असल सखिया भइ दिए

Posted in गजल | Tagged | Leave a comment

गोधूलि दिनेशका पाँच हाइकु

~गोधूलि दिनेश~ फागुको दिन, रङ्गिन हल्लाहरू – मुसो एक्लो म ! क्याफेरिनामा, फूल काँडाको हाँसो – हिमाल मौन !

Posted in हाइकु | Tagged | Leave a comment

कविता : समानान्तर दृश्यहरु

~डा.मधु माधुर्य~ आँखा खोलेपछि रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै र देखिन थाल्छन् विविध दृश्यहरु प्रेम र घृणाका प्रकरणहरु अर्थात् निर्माण र विनासका शृंखलाहरु ! भगवानले मान्छे बनाएको देखेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्रको मृत्युदिवस

~उज्ज्वल बमजन~ उपसंहार – चीरहरण भइछाड़्यो यो युगमा अल्पसङ्ख्यक आदिवासी द्रौपदीको बेलतलाको खुल्ला सडकमा। कृष्णले उपस्थित भई

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा तीब्र बिहान

~इश्वरवल्लभ~ ती तीब्र उज्याला परिवेशहरू पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन् तर पनि पग्लिनु स्थिर हुनु होइन, पानी हुनु हो । परिवेश पग्लिँदा नदी हुनु हो ।

Posted in कविता | Tagged | Leave a comment