Category Archives: नेपाली काव्य

Poetry

कविता : अनुभूति

~ईन्द्र प्रकाश शाह~ निशब्दताको उत्कर्षमा हरेक पल नियालीरहे जिन्दगीका पाटाहरू पाए त केवल मौनताका स्वप्निल आयामहरू खुसीका मन्द परिदृश्यहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडक !

~अर्जुन ढकाल~ म सडक ! हिजो भरिलो अनि आज खाली छु म जागिरको खोजीमा भौतारिएका हुन् या विद्रोहका कालोपट्टी बाँधेर लतारिएका हुन् कहिले देश भोग्नेहरूले त कहिले देश सोच्नेहरूले बजारेका बुट-बाजाहरूको मैले साँचेको छु लामो अनुभव ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानी माहात्म्य

~नव बिहानी~ समयका पल्लव बिहानहरू सधैँ नयाँ हुन सक्छन् तर हुन सक्दैनन् – सुहागरातले रंगाएकाेे प्रेमिल बिहानजस्तो ! बरू हुन सक्लान्

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिजको बार्दलीबाट चिह्याउने म ‘लाप्चा’

~समर हुम्ली~ क्षितिजको बार्दलीबाट तप्प तप्प शितका थोपाहरू स्पर्श गर्दाको क्षण क्याङ्हरूको बगाल खाङहरूको अस्तित्व प्याङ३हरूको खोजी गर्दै ‘लाप्चा’को काखबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : जुकाको बकपत्र

~डा. मधुसूदन गिरी~ हजुर जुका हो म जुका हुँ हजुर यो प्रकृतिका सर्वश्रेष्ठ जुका – ठुलो घरमा बस्नु हुन्छ, सानो दरबारमा बस्नु हुन्छ म यो प्रकृतिको बदनाम जुका पातपतिंगरमुनि बस्छु ढुङ्गा,माटो….

Posted in कविता | Tagged | Leave a comment

गजल : हार्ने कसरी हो ?

~नरेश अल्पबिराम~ जडता र भ्रमले हार्ने कसरी हो ? दिवसले फरक पार्ने कसरी हो ? बहिनीलाई अझै जाँतो छोड्दैन भाइहरुमा त्यो सार्ने कसरी हो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : चिडियाघरमा कोलाहल

~श्यामल~ एक हुल मानिसहरू साङ्ग्ला र बन्दुकसहित तिनको घरमा पसे तिनलाई खोसेर लगे तिनको अभयारण्यबाट र मानिसहरूको ठाउँमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरलोकवासी जननी

!सुरेन्द्र चौहान~ कलम लिइकन हातमा, के लेख्न म सक्थेँ र! सम्झना सुरलोकवासी जननीको, के छेक्न म सक्थेँ र!! समाई पाउ मुसार्दा यसै, पोस मलाई मिल्दथ्यो कि! पिठ्युँमै हुर्काइन उनले, थलमा कीटले पो चिल्द्थ्यो कि!!

Posted in कविता | Tagged | Leave a comment

गजल : केही फरक गर्नु नि

~खगेन्द्र गिरी ‘कोपिला’~ मसँग व्यवहार त केही फरक गर्नु नि मलाई गर्ने प्यार त केही फरक गर्नु नि उनै घुर्की नखरा, उनै कटाक्ष मात्रै छन् ममाथी अत्याचार त केही फरक गर्नु नि

Posted in गजल | Tagged | Leave a comment

कविता : डाक्साव् मलाई मर्न दिनुस् !

~मनोज शाही~ डाक्साव् मलाई मर्न दिनुस् ३ वटा अस्पताल रेफर भएर आज यहाँ आई पुगें मलाई जसरी नी बचाउँछु भन्नु भो होइन ! डाक्साव् मलाई मर्न दिनुस् म त अहिले बचे पनि पछि परिवारसँग मर्न पर्ला भैगो, डाक्साव् मलाई मर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हत्केला नै खोस्नेहरु छन्

~नविन ध्यार~ औंला दिदा हत्केला नै खोस्नेहरु छन् फूलै दिए पनि काँडा रोज्नेहरु छन् दयै गरी आफैले सवैथोक सुम्पिदा पनि भिखारी नै भयो भनि सोंच्नेहरु छन्

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : जता हेर्छु मैले बबन्डर

~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम जता हेर्छु मैले बबन्डर बबन्डर कतै शान्ति छैन पिएकोछु हन्डर । बनेको छ प्यासा यहाँ आफ्नो आफै खोजी दाउ हान्ने लुकेकोछ खन्जर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बिस्मात

~दीपक कुमार ज्ञवाली~ समयको माग भन्दै मौन बसे । के देख्नुपर्‍यो जीवन बिछोडको । उठ समाऊ लहरा जीवन डोर्‍याउन । उगाऊ पानी आफ्नै जीवन बचाऊन । शेचनगर अःन्तकरण जाग्नेछ स्मृतिहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~गोपीनाथ लोहनी~ मुहार् कमलको झलक पलकमा मलाई दियौ अपूर्व रसदानले मन हरेर मेरो लियौ । तसर्थ अब प्रेमले यति सकार बिन्ती पनी नवीन घरको बहार् गर तिमी नवीना बनी ।।१।। वसन्त ऋतुको छटा रमणिलाइ दिल्दार् हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोव्यथाको उत्तर

~चक्रपाणि चालिसे~ सारा मनोरथ कथा हुन गै बिचारा दारासुतादिहरूले गर्ने पुकारा ।। आराम शून्य मनले त्यजी अस्रुधारा हाये राम! रुन्छु कसरी म छुटाउँ भारा।।१।। विद्वच्छिरोमणि रसिला प्रिय मित्रसाथ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनसार

~बाबुराम आचार्य~ हुक्का चिलमको शरणै लिनाले। अल्छी गरी हर्दम सूतनाले।। भन्दैन कोही उसलाइ मानिस। गर्नू पर्छ इलम भनेर जानेस्।।१।। चेत्याँ बल्ल भुल्याँ र धन्जनमहाँ सारा उमेर् नाश् भयो।

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्कस वर्णन

~शम्भुप्रसाद ढुङ्गेल~ देखेर सर्कस पनी बुझी इन्द्रजाल । मानीस मूर्ख हुन गै राछन् हवाल ।। बुद्धि पुर्‍याउन सकेन जसै विचारी । भन्छन् छ शक्त्ति शिवको भनि दोष टारी ।।१।। हा दैव! हामीहरूमा किन ये विचार । हे दैव!! हामीहरूलाई तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र गृहस्थी

~प्रमोद धिताल~ गृहस्थी र आमाको साइनो धेरै यूग पूरानो हो आामाले गृहस्थी चलाउनुहुन्छ या गृहस्थीले आमालाई चलाउँछ ? यसको जवाफ छैन वहाँसँग हरेक विहान पूर्वक्षितिजमा पहेलो सूर्य नउघ्रदै आमाले आगो सल्काउनुहुन्छ या आगोले आमालाई सल्काउँछ ? यसको हिसाब पनि छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~गोविन्दराज विनोदी~ स्वप्न रोजै नयाँ देख्न चाहन्छु म स्वप्नमै जिन्दगी लेख्न चाहन्छु म सत्य खोज्दा सधैँ चुक्छ यो जिन्दगी सत्यले घोचिँदा दुख्छ यो जिन्दगी सत्यका मार्गमा ठेस नै ठेस छन् सत्यभन्दा यिनै स्वप्न नै बेस छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आह्वान

~द्वारिका क्षेत्री~ असहाय छैन न त निर्धो नै छ नारी तन र मनले कोमल तर आत्मविश्वासले दह्रो छ नारी। जन्म अामाको कोखबाट लिन्छ तर जीवन जिउने र धर्यको प्रशिक्षण स्वयं प्रकृति अामाले दिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिसो घाम बिरूद्ध !

~शरद पौडेल~ होईन नि लिखेई आमा, कोल्ले सिध्याम्नि र गरीप्मारालाई ? कोल्ले सोत्तर पार्नु र देश लुट्नेलाई ? बलत्कारी नि उसै छन् भष्टाचारी नि उसै छन् बरू ति त,

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर पहाडको आक्रोस

~भक्ति शीला~ मेरो यो सुन्दर कोमल छात्ती भरि अनेकौ बिद्रोहको पाईतालाले कुल्चेर आज मलाई दुषित बनाएकोछ मेरो छात्तीभरि चियाको कलिला मुनाहरु,लाली गुराँस,चाँप चमेली

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~असीम सागर~ भान्सा घरको आलमारीमा सजाई राखिएको छ धोई पखाली केही गिलास र कटोराहरू प्रत्येक गिलास र कटोराभित्र प्रतिबन्ध अँध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी स्वास्नीमान्छेको अन्तरवार्ता

~पारिजात~ ज्यू, काम गरेकोमात्र थाहा छ दुःख पाएको मात्र थाहा छ फाटेको चोलो र जडाउरी गुनिउँ लगाएकोमात्र थाहा छ जोबन सोध्नु भएको ? त्यो त हजुर आएको गएकै थाहा छैन । खै, जान्ने सुन्नेले भनेको मेरो जोबन त जिम्मुवालको ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गङ्गा नीलो बग्छु

~वैरागी काइँला~ यात्री – उ भि न्छु । कुदेर बुद्विसम्म भित्र-बाहिर कति पुगिनँ-छु-ले नित्य शिलाखण्ड उभिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश डिजिटल भयो अब

~बि.कुलुङ रंगबुले राई~ भ्रष्टाचारी, काला धन राख्ने व्यापारी घुसखोरी,ट्याक्स चोरी गर्नेहरूलाई बुलेटट्रेनमा खाँदेर कालापानी पठाईदैँछ त्यसैले मेरो देश डिजिटल भयो अब माग्नेको हातमा मोवाईल थाँङनेको झोलामा ट्यापलेट

Posted in कविता | Tagged | Leave a comment

केशबलोचन शर्माका पच्चिस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~ ‘आमा’ १. ब्रम्हाण्ड पो हौं के भनेर पुकारौं आमा – जननी । २. दया कि खानी परिवार कि दासी मायालु आमा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

ऋषि बस्ताकोटीका दश मुक्तक

~डा. ऋषि बस्ताकोटी~ हिजो रावण थियो, राम बनायौ आज, अँध्यारो दिनेलाई घाम बनायौ आज, हनुमानजी पहाड त बोक्यौ उसैका लागि- तर आफ्नै भने बदनाम बनायौ आज । ***************************** सम्पत्तिको कुरा गर्छौ, मैले त भनिदिएँ जे जति छन्, सर्वहाराको अरु के … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अनुभूति

~विमला तुम्खेवा~ तिम्रो स्पर्श कैयौं वर्षदेखि यहीँ कतै मभित्र अल्झिरहेछ र, अल्झिरहेछ त्यतिबेलै सुकिजानुपर्ने यो आँसुको मुहान मसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेश

~अर्जुन उपाध्याय~ दिनभरी दलिएछु , गुन्दै मनमा नानाथरी । ज्यानै दिई गर्दा पनि , सुख छैन क्षण भरी ।। अनौठा छन त्यहाँ मैले , गर्नुपर्ने कामहरु । असफलताको सुचीमा , भए मेरा नामहरु ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : उसलाई थाहा थियो

~पवित्रा लामा~ जब ऊ हिँड़ेथ्यो आफ्नो घरबाट आँखाभरि, मुटुभरि, छात्तीभरि बोकेर सपना बासभूमिको ऊ जान्दथ्यो, यो उसको अन्तिम यात्रा हो यो उसको अन्तिम लड़ाईँ हो। उसले छोइराख्यो देउता थान

Posted in कविता | Tagged | Leave a comment

कविता : रगताम्य अभिषेककालागि

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ उस्तै उस्तै परेड ताण्डपका नास बिनासका राता रेखाहरु बस्ति बस्तीका अंग अंग बटारिदै स्वप्नील सपना अन्त्यष्टिमा झुण्डिदैछ फासिका डोरि झै मनुवाका आरोह अवरोहमा

Posted in कविता | Tagged | Leave a comment