Category Archives: नेपाली काव्य

Poetry

गजल : आमा

~रेखा पन्त~ सन्तानको निम्ति परेली, रुझाउँछिन् आमा !! हाँसो सुम्पिएर पीडा, लुकाउँछिन् आमा !!! घाम पानी झरी बादल् , पर्वाह नगरी जसोतसो दिन्मा दुई छाक् ,जुटाउँछिन् आमा !

Posted in गजल | Tagged | Leave a comment

कविता : पसिना बगाउँ

~अमृत सिङ थिङ~ बाँजो खेतमा खसाउ तिम्रो पसिना सुनको वाला लहकिनेछ त्यहाँ भिर पाखामा पोखाउ तिम्रो पाैंरख लहरा बनि झाँगिने छ त्यहाँ जहाँ पसिनाको थोपा खस्नेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : जवानीको मात थियो

~निर्मला अवस्थी~ बैंशालु त्यो यौवनमा जवानीको मात थियो तिमी एक्लै म नि एक्लै त्यो जुनेली रात थियो।। चकमन्न भएपछि मेरो छेउ आयौ तिमी उस्तै उस्तै दूई आत्माको मिलनको बात थियो।।

Posted in गजल | Tagged | Leave a comment

कविता : नाम :गंगामाया, उमेर: ५३ बर्ष

~योगेन पौडेल~ म गङ्गामाया बर्ष ५३, बेहोशीमै बर्बराउछु, आँशुले लेखेको मेरो कहानी आज तिमीलाई सुनाउछु। यो चीसो बेड भन्दा अली पर यो अस्पताल भन्दा अझै पर यी चीसा मनहरु भन्दा धेरै पर

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वास

~उपेन्द्र सुब्बा~ देउरालीमा सिन्दुरले रातै पोतिएर फूलपातीले छ्याप्पै छोपिएर एउटा ढुङ्गा देउता भएर बसेको छ। देउता ढुङ्गा पनि हुन सक्छ ढुङ्गा देउता पनि हुन सक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षर

~विधान आचार्य~ १ अक्षरहरूको जुलुस विचारको ब्यानर र नीबका प्लेकार्ड लिएर आएपछि अक्षर नरुचाउने भाषण र शब्दहरू हाहाकार गर्दै दौडिरहेको दृश्य हेर । २ देश सधैँ झूठको फसल खाँदैन देश सधैँ रगतको टीका लगाउँदैन देशमा मानिसहरू छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कुनै नाम छान्दैन

~श्यामल~ बुस, गोर्भाचोभ, तेङ वा राजीव गान्धी अहँ, ऊ कुनै नाम छान्दैन कुनै पनि नाम सद्दाम होस् चाहे कुवेतको अमीरको नाम होस् या अली खमेनीको

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्वामित् यस् गिरिधारिले

~भानुभक्त आचार्य~ ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी, यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी। ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ, मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।। बीस् साल् सम्म त ज्यान त्यान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाहिनेशक्ती

~विक्रम सुब्बा~ भ्यालेन्टाइनको रातो थुंगाका ओँठले मेरो निँधारको स्वाभिमान चुमेर तिमीले मायाको वीउ छरिदिएपछि मेरा मनका पातहरूमा टेकेर जवान मायाको भुवैभुवा फुलेकोछ ओँठका किरणहरू चुमेर तिमीले मेरो मुस्कानमा प्राण हालिदिएपछि दुई अधरका तरंगहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कविता अनशनमा छे

~बद्री पलिखे~ १. मेरी कविता पर्चाबाँड्दा र पोस्टर टाँस्दाटाँस्दै भागदौडमा पक्राउ परी । २. मेरी कविता हातमा प्लेकार्डबोकेर जुलुसमा नारा लगाउँदालगाउँदै पुलिसको लाठीचार्जमा सख्त घाइते भई।

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्रोह

~किरण दहाल~ बरालिँदा साँझपख यो सहरमा नदेखियोस् तिमीलाई ढल्न आँटेको कुनै राणाकालीन पुरानो घरजस्तो सम्झिराख्नु हरहमेसा– सहर आधुनिकता मन पराउँछ कुनै ब्रान्डेड स्प्रे छरेर बास्नादार फूलजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : लु त जवाफ देउ

~बी .पी. बजगाईँ~ ए राज्य सत्ता! मलाई थाहा छ, तिमी हाम्रो मृत्युको उत्सव मनाउने तयारीमा लागेको छौ, यहाँ भेला भएर हामी तिमीलाई नयाँ आकार दिने तयारीमा लागेका छौं| हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शशि शाहका घोडाहरू

~मदन राई ‘लामाखुले’~ ऊ उड्छ आकशमा ऊमाथि घोडा चड्छ करेली खैंचेर घोडाले उस्लाई दौडाउछ् हातमा कुचिको सिर्कना लिएर शसी शाहको टाउकोमा दुख्ने गरी हिर्काउछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : हावा

~बिमल गुरुङ~ अहा ! कति मिठो हावा चलिरहेछ बहोस् … बहिरहोस् … युगयुगसम्म जुगजुगसम्म आजकल गरम दिउँसो कत्ति साह्रो अनुभब हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : टुक्रिएर रोएको छ

~कोमल भट्ट~ आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै प्वालै प्वाल पर्ने गरी उध्रिएर रोएको छ ll

Posted in गजल | Tagged | Leave a comment

कविता : बलात्कार

~प्रज्वल अधिकारी~ केही जड्याहाहरू दिनदहाडै भट्टी पसेर रक्सिको इज्जत लुटेर निस्केका छन! स्खलित भएर निस्केका उनीहरुको- होस हराएको छ शरीर बेहालत हल्लिएको छ कोहि नग्न सरि छन कोहि छाद्दै छन

Posted in कविता | Tagged | Leave a comment

कविता : टोपीका कुरा

~मोहन बन्जाडे~ तिनका क्राउन र सेता टोपीले कति युद्ध रचे, ग्यास च्याम्बर लादे सभ्यता सके , भाषा बिर्साए संस्कृति, संस्कार मासे सम्पदा नासे सम्पति लुटे खै अफ्रीकी र माया सभ्यता

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आलोक

~प्रह्लाद पोख्रेल~ १. मान्छेले जब भोग्नुपर्छ सहसा अत्याउँदो वेदना चिन्ताको चुचुरो चुलिन्छ जहिले खुस्काउँदै चेतना यात्रामा तब हिँड्नुपर्दछ उँभो हेर्दै गुराँसे वन यात्रा गर्न जुराइए सहजमै बन्ने मनै कञ्चन । २. छन् छाँगा छहरा कतै मनहरा चौडा सफा पोखरी पीडा, … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : राष्ट्रिय वियोग

~हुमाकान्त आचार्य~ आपत्ति पर्‍यो विपत्ति पर्‍यो पर्‍यो नि बज्रपात भन्दै रुदैछिन नेपाल आमा खोज्दै लौ हाम्रो साथ यो काख लुट्यो, सिन्दुर पुछियो

Posted in कविता | Tagged | Leave a comment

गजल : कागलाई बेलसरी

~हिरारत्न श्रीशा~ मलाई यो चाडपर्व हुन्छ कागलाई बेलसरी गरिबको जिन्दगी यो सधै साउने भेलसरी युगौदेखि पिल्सिएर बाँचेको छु यो समाजमा हर खुशीमा बन्देज छ, भा छ जीवन जेलसरी

Posted in गजल | Tagged | Leave a comment

कविता : अनुरोध आमालाई

~एम. वि. बुढा~ आँगनीमा नखोज्नु आमा मेरो अर्कै संसार छ आफ्नै छेउ नडाक्नु आमा लडाइँको संघार छ । बाटो छेक्ने हैन आमा पुगिसके मेरा मित्र छैन मुक्ति यहाँ आमा पुरानो उही जन्जिरभित्र

Posted in कविता | Tagged | Leave a comment

गजल : नेता भेटिन्छन्

~कल्पना पौडेल “जिज्ञासु”~ चिल्ला कारभित्र रोडमा नेता भेटिन्छन् पैसै पैसा फल्ने बोटमा नेता भेटिन्छन् चुनावको बेला मात्र गरिबको आगनीमा

Posted in गजल | Tagged | Leave a comment

कविता : भन पण्डित्

~कमल कुमार~ भन पण्डित् फलाकेर क्लिष्ट मन्त्रहरु कति बालिकालाई पढ्न सिकायौ? घिउमा मुछेका अन्नका दानाहरु होमेर अग्नी देवतालाई कति भोकलाई शान्त पार्यौ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–२

~गोविन्दप्रसाद आचार्य~ खान नपाएजस्ता तिम्रा दूतहरू जो–कोहीसँग एक गिलास चिया माग्ने गर्छन् कस्ता दूत पालेछौँ यमराज ? कहिल्यै अन्न नदेखेजस्ता सुकिला पोशाकमा रूमाल ओछ्याएर सडकमा माग्लान्जस्ता तिम्रो भाँडा माझ्न पाउँदा फुल्ने दूतहरू तिम्रो ठाउँ पाए कस्ता होलान् यमराज ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवित अभिभावकको टुहुरो म

~रमेश भट्टराई ‘सहृदयी’~ १. मेरा बाबा आमाको प्रेमिल अनन्य सपनासँग म पहिलो भविष्यको कल्पना सागर…. कैयौँ रात म गृहकार्यका पानासँगै मेरो भाग्य रेखाका गन्थन सुन्थेँ म मुक थिएँ सायदै तर, मेरा मगजले बेलवज तर्कना पस्किरहन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : ओत लाग्न कहाँ जाऊँ ?

~निर्मोही व्यास~ ढले आदर्शका मेरा सहारा बर-पीपल ओत लाग्न कहाँ जाऊँ ? कहाँ तापूँ म शीतल ? दधीची-शिविका निम्ति छन् ताता झीर आज झन् पासो थापेर जो चारो छर्छन्, ती दानवीर छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : चर्किएको घर

~अनुष्कर पुष्कर गुरुङ~ पोथ्रा पोथ्रैले पोतिएको पात्रो घर पत्ता र पत्तकरको पतारिंगेको पात्रो जस्तो रनेको चर्किएको घर छ त्यो घरमा के छ भनेर हेर एउटा थाल ,एउटा बटुको र एउटा ग्लास भूइमा लड़ेको छ कालो मोसोले रंगिएको कराइ , डेक्चि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐतिहासिक मुकुन्डो

~अनुप जोशी~ सबैभन्दा सजिलो हुन्छ कहिल्यै नदेखेको अनुहार सम्झिन जुनको चमकता लेपेर उज्यालै उज्यालो छरिदिए पनि हुन्छ फूलको कोमलता मिसाएर मनैभरी सुम्सुम्याईरहे पनि हुन्छ हुन्छ-कल्पनाको क्यानभाषमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~अनिल श्रेष्ठ~ जिन्दगी म जिन्दगी जिइरहेको छु म जिन्दगी महसुश गरिरहेको छु म जिन्दगी खोलाझैं बगिरहेको छु समुन्द्रको मझदारबाट म जिन्दगी किनारा पु-याउने कोसिशमा छु जिन्दगी शब्द मै ज्यान भरिएको छ यसैमा सबै बाँच्न चाहिरहेको छ यसैलाई सबैले खोजिरहेको छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देश

~अनिलकिशोर घिमिरे~ कालो सुनको पहाडमा सल्लाघारी ढकमक्क छ दाजुभाइहरू खानीभित्र छट्पटिएका छन् कराही घोप्टिए जस्तो कालो थुम्कोबाट मुठीभर ठेकेदार दिनका दिन

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बनाऊँ आफ्नै देश

~रामेश्वर राउत ‘मातृदास’~ माउरी पाल्ने माउरी पालौँ गाई पाल्नेले गाई परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई जन्मभूमि नेपाल आमा बिर्सी जान्छौ कहाँ ? सोची सम्झी नयन खोले के छैन र यहाँ पहिले आफ्नै देश बनाऊँ जोस जाँगर जगाई परदेश … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ओ चित्रकार !

~अमर गिरी ~ ओ चित्रकार ! तिमीले जुन चित्र बनाइरहेछौ त्यो मेरो होइन । त्यहाँ मेरो शिर, हात र खुट्टाहरू छैनन् त्यहाँ मेरा आँखा, नाक र ओठहरू छैनन् त्यहाँ मेरा सुख-दुःख

Posted in कविता | Tagged | Leave a comment