Category Archives: हास्य – व्यङ्ग्य

हास्य – व्यङ्ग्य / Satire – Humor – Comedy

व्यङ्ग्य निवन्ध : बाबुराम रणनीति: ‘हुलास’ले भारत रिझाउने, ‘मुस्तांग’ले चीन फकाउने

~मनोज गजुरेल~ ‘पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापादेखि, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र झलनाथ खनालसम्मले करोडौं पर्ने प्राडो र पजेरो चढिरहेका छन्। तर भट्टराईजीले जाबो सोह्र लाखको गाडीमा चढेर हिंसात्मक संकेत दिएका छन्। महंगा गाडी डाँडाकाँडामा गुड्न नसक्ने भएकाले माओवादी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : तीन महिनाको क्यालेन्डर

~मनोज गजुरेल~ जेठ १४ गते मध्यरातमा म्याद सकिने भए पनि भोलिपल्ट बिहान ४ बजे पाँच बूँदे सहमति गरेर तीन महिना संविधान सभाको म्याद थपियो। थपिएको यो अवधिमा उनीहरुले जे जे गर्ने भनेका हुन्, त्यो त्यो नगर्नलाई एउटा क्यालेन्डर बनेको छ। … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : आम्दानी महात्म्य

~डा. सुमन राज ताम्राकार~ काठमाडौं नाम मात्रले पनि भारिलो छ । उहिले उहिले भए काठमाडौं भने बित्तिकै पशुपतिनाथ, स्वयम्भु, धरहरा, घण्टाघर, शहिदगेट सम्झिन्थ्यौं , आजकल त काठमाडौं भन्यो कि आलु धार्नी ५०, प्याज धार्नी १२०, साग मुठा १०, चामल किलो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : घरको जग हाल्दै

~बूँद राना~ बूँदजी !, काठमाडौँमा घर बनाउनु भो ? केही समय यतादेखि मेरा परिचितहरूले मसँग सोध्ने गरेको प्रश्न हो यो । यो प्रश्न सोध्नेक्रम घट्लाजस्तो लाग्दैन, बरु बढ्ला । काठमाडौँ र घरको प्रसङ्ग उठ्दा विगतका तत्सम्बन्धी केही भावनात्मक तथ्यहरू मेरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एक मन चित्त लगाइ चाकरी गर्या

~भानुभक्त आचार्य~ एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि । मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : खोल

~भैरब अर्याल~ अस्पतालको सगाल पलङमा सेतो सुकिलो ओच्छ्यान पाई नयाँ रोगी रम्दछ पहिले खोल र तन्ना सुम्सुम्याई अहा ! कस्तो सफा विच्छौना, हातको मयल पनि सर्ला जस्तो कति नरम औ कति मनोरम खोपीभित्रको शैय्या जस्तो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कारिन्दा

~भैरब अर्याल~ उठ् पुछ् खा चुठ् दुगुर्–दुगुर् स्वाँ–स्वाँ बस् धस् हस् हजुर लुखुर–लुखुर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चरिचुच्चे ‘च’

~भैरब अर्याल~ हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘उडाउनु’ सित एकछिन उड्दा

~भैरब अर्याल~ एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : केही राष्ट्रिय रोग : एक अनुसन्धान

~भैरब अर्याल~ केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नाम फर्ने धुनमा

~भैरब अर्याल~ …धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’ भन्दा कति जाग्लिन् ? अनि म … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जय भोलि !

~भैरब अर्याल~ पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : भान्सा भो हजुर ?

~भैरब अर्याल~ “भान्सा भो हजुर ?” आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चुरोट : केही झिलिमिली संस्मरण

~भैरब अर्याल~ एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नेता नम्बर एक सय एक

~भैरब अर्याल~ दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : विकृति प्रतियोगिताको आयोजक समिति

~भैरब अर्याल~ नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाहुरेको यात्रासंस्मरण

~भैरब अर्याल~ एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मादक वस्तुको सेवन

~शङ्कर लामिछाने~ झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना, फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : माया नं ६५३

~शङ्कर लामिछाने~ माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : देउताहरू कस्ता कस्ता

~चट्याङ् मास्टर~ बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि 

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : ह्याप्पी न्यू यर !

~चट्याङ मुरारि (चट्याङ माष्टर)~ पुरानै वर्ष फेरि आयो दुइशय पाँच उही लिई आठको सट्टा नौ ल्यायो दुःख कष्ट अनेक दिई

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जंगल महोत्सवको चटक

~मुन पौडेल~ जंगल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट मालिकहरूले रिसोर्टको प्रचारबाजीको लागि कवि, साहित्यकारहरूलाई जंगलमा नचाएर गरेको महोत्सव होइन । यो जंगली जनावरहरूले नै मनाएको महोत्सवको कुरा भइरहेको छ ।

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सिस्नोपानी नेपालको देउसी भैलो

आहै भन भन भाइ हो – सहमति आहै भन भन बैनी हो – सहमति आहै देउसिरे भन – भन्दैनौ आहै भनेको मान – मान्दैनौ

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : ब्रम्हा, विष्णु र महादेव: को ठूलो ?

~भैरब अर्याल~ एक दिन ब्रम्हा र विष्णुकाबीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ । दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन् । महादेवले पनि आफ्नो लंगौटी उचालेर दुबैलाई अर्हाउँदै भनेछन््- “लौ एउटा उँधो जाओ, अर्को उँभो । … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आदिकवि भानुभक्त आचार्यलाई चिठी

~राजकुमार लामिछाने~ आदरणीय कवि ज्यू साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना, मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक … Continue reading

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : मोराले सजिलै झुक्यायो

~लक्ष्मण गाम्नागे~ एक  सिस्नुपानी नेपालका हामीहरू हरेक पटक देउसी तयारी गर्ने क्रममा ‘आउँदो वर्ष चाहिँ बेलैमा देउसी तयार गर्ने है’ भन्ने गर्छौ । प्रत्येक आउँदो दसैंमा भने उही पारा दोहोर्‍याइरहन्छौँ । तिहारको मुखमुख आए पछि अत्तालिँदै जुट्न थाल्छौं । जुट्न … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

फेसबुक च्याट–भट्टीकी साहिँली सँग

~चरिचुच्चे च~ “खाली दिमाग सैतानको घर” भनेको पनि ठीकै रहेछ । जब मान्छे काम धामबाट अलग्गिन्छ, तब उसलाई समय बिताउन बहुत गाह्रो पर्छ, अनि त मानिसको दिमागमा ज्ञानगुनको चासो प्रियसीको नासो, अतीतको डायरीबाट भावनाको सायरीबाट, कागजको पानामा बोरा च्यातिएझैँ गानामा … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सिद्धहस्त म

~फिरन्ते काइलो~ एकाबिहानै दाढी सफाचट् पारेपछि मैले आफ्नो अनुहार ऐनामा नियालेँ । कता कता वीपी कोइराला हुँ कि जस्तो लाग्यो । दोषी चश्मा लेख्न बसेका कोइराला जस्ता । आँखामा कालो बिँड भएको चश्मा र गोलो टाउकोमा भादगाउँले टोपी लगाएर हेरेँ … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : ब्रहृमनालबाट प्रत्यक्ष प्रसारण

~डा. सुमन राज ताम्राकार~ म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ध्रुवेको डायरी

~वसन्त बस्नेत~ सबभन्दा चर्को मानवअधिकार (पशुअधिकार) को कुरा गर्नेहरू अहिले कहाँ गए कुन्नि। काठमाडौंमा भुस्याहा कुकुर मार्नखोज्दा विरोध गर्नेहरू मेराबारे किन चुँ बोल्दैनन्। न्युज पढ्या थें- फ्रान्समा सर्कस देखाउन नेपालबाट लगिएका दुई हात्तीलाई टिबी भएपछि सुइ दिएर मार्न खोजिँदैछ। त्यसविरुद्ध … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : प्यारा छोराहरू, ढिँडाका काल मोराहरू !

~लक्ष्मण गाम्नागे~ प्रिय केटा हो ! धेरै धेरै माया छ । घरमा दशैंको छायाँ छ । इज्जोत आब्रुक बायाँ छ, अभाव र मुहुँगी दायाँ छ । यो बूढो काया मर्दै बाँच्तै जसरी तसरी घिस्रिदैछ । एक पछि अर्को रोग जिऊभित्र … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : आमबाग

~विमल निभा~ एक ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ । यही बाटो भएर दुलिचन्द आउने खबर भरताले पठाएको थियो । ऊ नाडी घडीतिर हेर्छ … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment