Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कथा : बादलको देशमा नेपाली जुनियर जेम्स

~कार्तिकेय घिमिरे ~ सगरमाथा हिमालको काखमा एउटा रमाइलो गाउँ थियो । त्यही गाउँमा बस्थ्यो जीवन । भर्खरै–भर्खरै बोर्डिङ स्कुल खुलेर अंग्रेजी पढ्ने रहर जागेका केटाहरूले जीवनको नाम जेम्स राखिदिएका थिए । कोही कोही उसलाई जुनियर जेम्स भनेर पनि भन्थे । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

Poem : Leaf and Tree

~Himanshu Nibha Kunwar~ Leaf helps the tree by giving food Thousands and thousands of leaves make One tree grow

Posted in Poem, बाल कविता | Tagged | Leave a comment

बाल कथा : सहयोगी मैना

~ललिता ‘दोषी’~ झिसमिसे बिहानीमा कस्तुरी सधैँझैँ आहाराको खोजीमा आˆनो बासस्थान छोडेर केही परको जङ्गलमा पुग्यो । कस्तुरीको आँखा लहलह परेर पलाइरहेको राम्रो घाँसमा पर्‍यो । घाँस उमि्रएको ठाउँमा केही खाल्डो भएकोले कस्तुरी उफ्रिएर तल झर्‍यो । झर्दा पेटमा नीलकाँडा बिझ्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गजल : जुनुमामा जुनु

~छविलाल कोपिला~ आँगनीमा हेर्न आऊ, जुनुमामा जुनु पापा दिनु हुन्छ ल है, मामाले न रुनु बुबु खान छोड अब, खेल्न जाऊ तिमी हेर बाबु चिचि मारी, ल्यायो मुनु मुनु ।

Posted in बाल गजल | Tagged | Leave a comment

बाल कथा : अचम्मको देश

~कार्तिकेय घिमिरे ~ एकदिन कान्छी र म शहर घुम्न भनेर हिड्यौं । बाटोमा मैले थुप्रै अचम्मका दृश्यहरु देखें । एउटा केटो बाटोमा चकलेट खान लागेको थियो । उसले खाने चकलेट झिलिमिली कागजले बेरेको निकै राम्रो थियो । हेर्दा खेरी त्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : पहिलो माया

~आदर्श मण्डल~ तिमीलाई पहिलो चोटी हेर्दा मेरो मनले तिमीलाई सम्झदा तिमी नभए बाँच्न सक्दिना एक्लो जीवन बिताउन सक्दिना केटी हेरे धेरै किसिमका

Posted in बाल कविता | Tagged | Leave a comment

व्यङ्ग्य बाल कविता : बोल्ने बानी

~सञ्जय संयोग~ सुशीलजीको तोते बोली सुन्दा मीठो लाग्छ । देउवाजीको लटपटाउँदो बोली नसुनी मन भाग्छ ।।

Posted in बाल कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कविता : मेरो देश

~रन्जन पटेल~ पहाड, हिमाल अग्ला देखिए आाखाले बोकी ल्यायो तराई वनको मीठो हावाले सानो तर विशाल विश्वमा छ यसको नाउा पाइन्छन् अग्ला शिखर छन् विभिन्न धार्मिक ठाउा छ सुन्दर लुम्बिनी, बुद्धको यो जन्मभूमि

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : बोल्ने गुफा

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा खरनखर नामक एउटा सिंह बस्दथ्यो । एकदिन भोकले आकुल–व्याकुल भएर शिकार गर्नको लागि जानवरहरूलाई खोज्न यताउति भौतारिंदा पनि साँझसम्म कुनै जानवर फेला पार्न सकेन । सूर्यास्त भइसकेपछि उसले कुनै जानवर बस्ने एउटा रित्तो गुफा देख्यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : सानी मेरी नानी

~दीपक कुमार ज्ञवाली~ छम् छम् गर्दै आईन् सानी मेरी नानी तोते बोली बोल्दै सोध्छीन् आमा लोरी गाऊ‘ने मेरी सानी नानी लोरी सुन्दा रमाऊने हे हे मेरी नानी तिमी कति ज्ञानी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : दसैँ

~कार्तिकेय घिमिरे ~ “हाम्रो घरमा त दसैँ पनि आएन । खै हाम्रो त बाबा नै घर आउनुभएन । कस्तो नरमाइलो भयो हगि दादा ?” आफ्नी फूलजस्ती बहिनीको बोली सुनेर मनेश झसङ्ग हुन्छ । ऊ एक तमाससँग बहिनीको अनुहारमा हेरिरहन्छ । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गीत : ऐना हेर्दा सानो भाइ

~रञ्जुश्री पराजुली ~ ऐना हेर्दा सानो भाइ आँखा झिम्क्याउँछ आफू जस्तै अर्को देख्दा ताज्जुप भई हेर्छ । जिब्रो देखाई हात हल्लाई जिस्क्याउँदै खेल्छ

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : ताली

~कार्तिकेय घिमिरे~ रमेशले पुरस्कार पाउँदा सबैले ताली बजाएको सुवासले हेरिरहेको थियो । उसलाई त्यतिबेला खल्लो लागिरहेको थियो । उसले मनमनै सोच्यो – “मैले खेल्न सक्ने खेल पनि भइदिएको भए, मैले पनि यसरी नै पुरस्कार पाउँथे होला ।” यिनै कुरा सोच्दासोच्दै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : रमाइलो चाड फागु

~रञ्जुश्री पराजुली~ शंकरलाई फागु पूर्णिमा कहिले आउँला र साथीहरुसँग फागु खेलौंला भन्ने हतार लागिरहेको थियो । उसलाई यो चाड धेरै रमाइलो लाग्छ । यसपाली फागु खेल्न भनेर उसले पैसा पनि जोगाएर राखेको छ । भोलि फागु पूर्णिमा भएकोले ऊ आफ्नो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : प्रकृतिको वेदना

~अजयप्रसाद चौधरी~ धेरै माया र स्नेहले मैले बनाएको थिए मानिस जातिलाई आफ्नो मनको फूल तर अहिले मलाई नै चोट पुर्‍याउने किन गर्दैछन् त तिनीहरु भूल आफूलाई जीवन बनाई बनाएका थिए

Posted in बाल कविता | Tagged | Leave a comment

बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

~कार्तिकेय घिमिरे~ स्थान – एउटा घरको बैठक कोठा समय – दिउँसो पात्रहरु आमा : ३५ वर्षकी अधबैंसे । छोरी : ११ वर्षकी । (पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कथा : लोभको परिणाम

~रमेश पटेल~ एउटा गाउँमा एकजना मध्यमवर्गीय किसान बस्दथ्यो । किसानका तीनजना छोराहरू थिए । छोराहरू यौवनावस्थामा पुगिसकेका थिए । किसानले आफू बुढेसकाल लागेपछि जेठो छोराको विवाह गरिदिएको थियो । किसानसँग एक बिघा जति खेत थियो तर घडेरी सानो थियो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : सानी चरी

~निर्मला अवस्थी~ फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी मेरो घरको दलानमा बस्छन् डेरा गरी एक्लै होइन दुबै मिली घुर्‍‌र्यान बटुलेर बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर। जीवन साथी होलान् दुबै मिली काम गर्छन् घुर्‍‍र्यान सबै फालि दिए फेरि खोजि … Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : मिहिनेती बिकास

~मीना बज्राचार्य~ विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ । विकासले साथीभाइलाई मात्र होइन पशुपंक्षीलाई पनि उत्तिकै माया गर्छन् … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : घण्टावाल ऊँटको कथा

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा उज्वलक नाम गरेको सिकर्मी बस्दथ्यो । जति काम गर्दा पनि पर्याप्त आम्दनी नहुने भएकोले दरिद्रताले उसको घरमा स्थायीरूपमा वास गरिसकेको थियो । आफ्नो यो दुदर्शा देखेर ऊ खिन्न भएर सोच्दथ्यो–यस नगरका प्रत्येक मानिसले आफ्नो–आफ्नो काम गरेर … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

~कार्तिकेय घिमिरे~ रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे । ‘ल अब … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सडक र विद्यार्थी

~रञ्जुश्री पराजुली~ रीता चार कक्षामा पढ्दथी । उसको स्कुल घर नजिकै भएकोले हिडेरै जान्थी । घर नजिकै भएका सबै केटाकेटी हिँडेरै स्कुल जान्थे । उनीहरुलाई स्कुलमा गुरुमाले अनि घरमा अभिभावकले “चारै तिर हेरेर मात्र बाटो काट्नु है” भनेका थिए । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : नाक

~सुधा रिसाल शर्मा~ रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : धर्म बुद्धि र पाप बुद्धि

~उमाशङ्कर द्विवेदी~ कुनै शहरमा धर्म बुद्धि र पाप बुद्धि नाम गरेका दुई मित्रहरू बस्दथे । त्यसमध्ये पाप बुद्धिले एकदिन मनमा विचार गर्‍यो– “म मूर्ख तथा दरिद्र छु । अत: यस धर्म बुद्धिको साथमा लागेर विदेश जानुपर्छ तथा त्यसको प्रभावले धनापार्जन … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल गीत : सानैदेखि हाम्रो मन

~प्रभा भट्टराई~ सानैदेखि हाम्रो मन भाँच्न नखोज हामीलाई पैसासँग साट्न नखोज चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो हामीलाई पैसाभन्दा बाबाआमा प्यारो । न्यानो काख छुटाएर किन पार्छौ पाखा

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : विनोद सर

~मीना बज्राचार्य~ विनोद ज्यादै मेहनती केटा थियो। ऊ सहरदेखि धेरै टाढाको गाउँमा बस्दथ्यो। त्यस गाउँ निकै दुर्गम स्थानमा थियो। त्यहाँ यातायात तथा बाटोघाटोको त के कुरा खोला तर्न पुलको पनि व्यवस्था थिएन। स्कुल पनि धेरै टाढा थियो। त्यहाँ पनि निम्न … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : उँट, स्याल र काग

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा मदोत्कट नामक सिंह बस्दथ्यो। बाघ, काग तथा स्याल तीनजना उसका सहायक थिए। एक दिन आफ्नो झुन्डबाट छुट्टिएको कथनक नामक एक्लो उँट देखा पर्‍यो। त्यस उँटलाई देखेर सिंह छक्क पर्‍यो। सिंहले आफ्ना सहायकहरूलाई बोलाएर भन्यो–हेर त, यो … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : पर्खंदैन समय

~रामेश्वर राउत ‘मातृदास’~ लौरो टेक्ने बूढाले थर्थर गोडा कमाए, यताउति हेरेर रूखका जरा समाए । पढ्ने लेख्ने बेलामा गुच्चा हान्थे ठेलामा अहिले आँसु झारेर रून्छन् कठै हेलाँमा ।

Posted in बाल कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : वल्मीकोदरस्थसर्प

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा देवशक्ति नाम गरेका राजा बस्दथ्ये । उनको छोराको भुँडीमा एउटा सर्प बस्दथ्यो । उदरस्थ त्यस सर्पको कारणले त्यो राजकुमार दिन प्रतिदिन दुब्लाउँदै गएर क्षीण हुँदै गइरहेका थिए । असल असल वैद्यहरूको शास्त्रीय विधिको उपचार तथा औषधिले … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

~कार्तिकेय घिमिरे~ “गे रामजनम” – रामजनमकी आमा झिजिया चिच्याउदै कराई। उसको आवाज सुन्नासाथ सबै केटाकेटी सतर्क भए। उनीहरू हतार-हतार किनारामा निस्किएर कट्टु गन्जी लगाउँदै घरतिर दौडिए। रामजनम डराउँदै-डराउँदै आमा छेउमा गएर उभियो। मोटी थाक्सी गजधम्म शरीर भएकी उसकी आमा देख्दै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

~अज्ञात~ अकबर बादशाहको दरवारमा बीरबलको प्रवेश भएपछि अरु सभासदस्यहरुको महत्व नै घट्न थालेको थियो । अकबर बादशाहले बीरबललाई अरु सभासदस्यहरुलाई भन्दा बढी चाहन्थे र विश्वास गर्थे । साथै उनी बीरबलको सम्मान पनि गर्थे । अकबर बादशाहको दरवारमा एउटा हिन्दूले यति … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : डाँफे चरी

~रञ्जुश्री पराजुली~ डाँफे चरी भन्छन् जसलाई त्यो हो पंक्षीराजा रमाउँदै बस्छन् डाँफे हिमाली क्षेत्रमाझ दुई खुट्टा दुई आँखा दुई कान यिनका रङ्चङ्गी सप्तरङ्गी प्वाँखे लुगा यिनका । प्वाँखे रङ्गी यिनका लुगा औधी राम्रा हुन्छन् हिउँ पर्दा जाडो हुँदा बाक्ला प्वाँखले … Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment