Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : ढुलमुले चोक

~दिनेश बस्नेत~ ”एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : सतिप्रथा

~गंगाराम ढकाल~ धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे । पण्डीत बाजेको यति ठूलो नाम … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गफाडी शिर्षक

~आर. आर. चौलागाईं~ मैले प्रवेशिका दिनेबेलाको कुरा हो। हामी अखिलेश नाम गरेका शिक्षककहाँ ट्युसन पढ्थ्यौँ। पढाइबाहेक कहिलेकाहीँ अनौपचारिक गफ पनि हुन्थ्यो त्यहाँ। अखिलेश सर निकै गफ हाँक्नुहुन्थ्यो। वहाँका कतिपय कुरा त पत्याउन पनि मुस्किल पर्थ्यो। तैपनि हामी चाख मानेर सुन्थ्यौँ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अफिमची

~विमल निभा~ ‘ रे रामचन्दर खिसियाइल बन्दर मठिया के छुछुन्दर रे रामचन्दर…।’ हामी केटाकेटी उसलाई चारैतिरबाट घेरेर उभिन्थ्यौं ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : पर्खाइ

~एकराज थापा~ आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : बिना-निष्कर्ष

~लीलाराज दाहाल~ नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : युद्धरत एक रात

~आवाज श्रेष्ठ~ बितेको पल । नफर्किएको हिजो । ढलिरहेको वर्तमान । रोकिन्छ कसरी ? खोला कहीँ गतिहीन हुन्छ र ? १२ वर्षमा खोला फर्किन्छ रे । उखान चलेकै छ । आखिर भ्रम रहेछ सब । खोलो फर्किंदो रहेनछ । यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मैले सरिताको हत्या गरेँ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ ‘म यति, यति अशक्त र यति भित्र–भित्र कठ्याङ्ग्रिएको छु कि मेरो मर्ने एक मात्र इच्छासमेत मरिसकेको छ। म बाँचिरहेछु, खालि बाँचिरहेछु। तर किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो’– त्यो आफैँलाई सोध्ने समेत ममा इच्छा छैन। ‘म झ्यालखानाभित्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

लघुकथा : ठूलो मान्छे

~सफल घिमिरे~ यहाँ एकदम बौध्द शुन्यता छ । किनकि आज कर्फ्यु लागिरहेको छ । परेवाहरु उडेका छैनन् । धुमिल आकाशमा अलिअलि चराहरु मात्रै आहारा खोज्दै भौतारिरहेका छन । बन्द कोठामा टि.भी. र टि.भी. सामुन्ने ऊ बन्दी भएर बाँचेको छ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एक बिहानको कथा

~सफल घिमिरे ~ एकाबिहानै फेवातालमा जाल हान्ने माझिदाइलाई मैले सोधेँ- “दाइ के हो जिन्दगी ?” सर्सराउँदो जालीको सप्का तान्दै उनले भने:

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अग्नियुद्ध

~इस्माली ~ ‘राजालाई नजिस्क्याउनू, आगोलाई नखेलाउनू ।’ बाले भन्नुभएको यो कुरो ऊ अहिले पनि झलझली सम्झन्छ । हिउँदको घुर ताप्दा उनीहरू घुरको आगो चलाउँथे, कहिले घुर फुक्थे, कहिले घुर खोस्रन्थे, कहिले घुर सल्काउँथे त कहिले घुर छोप्थे । उनीहरूका त्यस्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार्ज सिद्धियो

~रमेशजङ्ग थापा~ आज सारै मुडअफ छ उसको । भान्छाको कुरा सम्झदा उसको अनुहार लाजले रातो भयो । उसले दायाँबायाँ पल्याकपुलुक हेर्‍यो । साथै मनमनै थकथकायो! “खान बस्दा स्वास्नीले भात जीउमा फालिदिनु कम बेइज्जती हो ? अलिकति नछलेको भए दालभातको स्नान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तृष्णा

~जयन्ती ‘स्पन्दन’~ लौन चाँडो गर्नुपर्‍यो, डा. शर्मालाई तुरुन्त खवर गर्नुपर्ने भयो । रुम नम्वर ४ को प्यासेन्टको हालत एकदमै खराव छ, ‘सिस्टर कमला हतासिँदै एक सासमा बोल्न पुगिन् । ‘तिमीले मेथर्जिन दियौँ ?, इन्जेक्सन नि । एकचोटि दिएर त हेर,’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छेको के विश्वास ?

~श्रीरामसिं बस्नेत~ मानिसहरू उसलाई प्रतिभाशाली तर सन्की कलाकारको रुपमा चिन्दछन् र ऊ छ पनि त्यस्तै । उसलाई मुड चलेको दिन एकै क्षणमा तीन चार वटा चित्र बनाउँछ तर मुड चलेन भने महिनौं दिनसम्म पनि कुची र रङ्गलाई छुँदैन । उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मान्छे

~गणेश घिमिरे ‘मार्मिक’~ उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् । उसको मनमा उसले सुनेका ती कुराहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मेरो मने

~शारदा पराजुली~ दसैँको अष्टमीको दिन बिहानैदेखि घरघरबाट मासुको हरहर बास्ना आइरहेको थियो । ललीताका बुबा पनि मासुको स्वादको कल्पना गर्दै जिब्रो फड्कार्दै खसी काट्ने तरखरमा लागेका थिए । खसी काट्दा चाहिने खुकुरी र रक्ती हाल्न चाहिने भाँडो उनको छेउमै थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुष्टि कसरी गर्ने ?

~होमशंकर बास्तोला~ विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो । एक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दशैं र अबोध फ़ुच्चे

~छक्कु उदासी~ दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आफ्नोपन

~चिरन शर्मा ~ विदेश गएको पाँच बर्षपछि ह्यारी नेपाल फक्र्यो । नेपालमा बाले हरि-हरि बनेर बोलाउने ह्यारी नेपाल फर्कदा कसैले नचिन्ने होकी भन्ने चिन्तामा थियो उसलाई । काठमाडौं हवाइ अड्डामा कालो चस्मासहित आधुनिक क्यामरा कम्प्युटर र अंग्रेजी रहनसहनका साथ झर्र्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पर्खाइ

~सिर्जना दाहाल~ त्यो गाउँ गरिबी र अशिक्षाले ग्रस्त छ । नारी शिक्षाको त कुरै छोडौँ पुरुष शिक्षा पनि कमै छ । अधिकांश पुरुषहरू घरको कामकाजको लागि आफू भन्दा जेठी र परिपक्व केटी विवाह गर्छन् । जसले गर्दा घर व्यवहार गर्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म हराएको समय

~शर्मिला खड्का दाहाल~ जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतीले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~ छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्ति हराएको समाज

~शर्मिला खड्का दाहाल~ म यो सडकमा हिँडिरहेको छु । सडकलाई सडक हुनुको बोध गराइरहेको छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्याक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : आवृत्तिको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मूल्यहीन मृत्यु

~शर्मिला खड्का दाहाल~ मध्यरातको एकोहोरो रुवाइले गर्दा मालिकले उसको प्यारो कुकुर बन्जोलाई गाली गर्छ । गाली गर्दा पनि केही नलागेर एकदुइपल्ट हिर्काउछ । हिर्काउदा पनि कुकुर एकनासले रोइरहन्छ । उसको एकोहोरो रुवाइले गर्दा उसलाई ज्यादै रिस उठ्छ । रिसको झोकमा

Posted in लघुकथा | Tagged | Leave a comment

यौन कथा : स्मृतिको क्यानभासमा

~शर्मिला खड्का दाहाल ~ (यो कथा कथोपन्यास ‘क्यानभासमा कथाहरू’को एउटा श्रृङ्खला हो। कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग ‘समयको क्यानभासमा’ कथामा भेट भएपछि जन्मिएका कथाहरू हुन् यी। त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ। – लेखिका) कथाकार दिवाकर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरिता मलाई माफ गर

~शर्मिला खड्का दाहाल ~ दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ । ‘हैलो…. हो˜ म.. विनोद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मुग्लानको चिठ्ठी

~शेखर ढुङ्गेल~ वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेवारीसे उजुरी

~शेखर ढुङ्गेल~ चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?” पसलेले उनी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उपहार

~शिव प्रकाश~ ‘आइ हेट माइ फादर, हि इज ग्रीडी! आइ लभ यू शाइवा, आइ लभ यू! यू आर असम!’ साइकल पाएपछि केभिन तीन हात उफ्रियो। सायद जीन्दगीको सबैभन्दा खुशीको दिन होला आज, उसको! ‘शाइवा, तिमीले जति यसलाई आफ्नो सोच्यो त्यति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शपथ

~शिव प्रकाश~ एककान दुईकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा। गाउँको स्कूलको एउटा साधरण मास्टर, राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको। अहिले के छैन उनीसँग श्रीमतिका नाउँमा आलिसानको बङ्गला। सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा। घरमा महँगो गाडी पार्क … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जैमाली

~शिव प्रकाश~ उसले चारैतिर खोज्यो देखेन । अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो तर कतैदेखेन । कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन । बीस वर्षभयो जैमलीलाई नदेखेको । उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment