Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

बिद्रोहीको सपना

~ओमप्रकाश निरौला~ “युद्धबाट र्फकदै गर्दा जङ्गली जनावरको शिकार गर्ने जुक्ति पलायो साथीहरूमा” । केही शिकार पनि गर्‍यौं हामीले । मृग, जरायोहरू मार्न सफल भयौं । अति नै भोग लाग्दा कस्तो हुन्छ भन्ने राम्रो अनुभुति भयो त्यतिबेला । शिकार गरेका मृग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो छोरो घूस खाँदैन

~मनु ब्रजाकी~ हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो । “गधा … गोबे्र कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीमा रेखा

~ गौतम “उदय’~ औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रागर्न लायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : चकलेट

~नयनराज पाण्डे~ पजेरोलाई सदरमुकाममै छाडेपछि स्वकीय सचिव र म लखरलखर हिंड्न थाल्यौं । गाउँको बाटो धूलो र माटो डुङडुङ् गनाउने गोबर र गुहु । गाउँ किन यस्तो फोहोर हुँदै गएको ? अहिले म आफ्नो गाउँ जाँदैछु । चुनाव जितेर गएपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बले बौलाएछ

~एकराज प्रधान~ गर्मीले ‘सेन्डो’ छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्‍याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, ‘थाहा पाइस्, बलेको त खुस्केछ नि !’

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : बस स्टप

~गंगा सुवेदी~ घुमन्ते चियापसले बाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता लठ्ठ परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हेर्‍यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँचबर्ष मात्र टेकेको फुच्चे सानुको काँधहल्लाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरिया

~सीता पाण्डे~ रमाइलो कुरा के भइदियो भने दुःखनाले आफ्नी छोरीको नाम सुन्दरिया राखेको थियो । सुन्दरिया नाम किन र कसरी राखियो ? भलै, यसको कारण बिस्तारै आउला । तर अहिलेलाई सुन्दरियाको कथा यसरी नै सुरु हुन्छ । सुन्दरिया सानैमा पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मितभाइ

~रक्ष राई~ म तिम्रो पर्खाइमा थिएँ । तिमी आउँछौ भन्ने मलाई थाहा थियो । कारण तिमी आउनुअघि यहाँ फोन गरेका थियौ । मैले पनि मेरा श्रीमान् आज रातिमा ड्युटी छन् भनेर तिमीलाई जानकारी दिएकी थिएँ । त्यसैले तिमी आयौ, सधैंझैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आम्सटर्डमको रातो गल्ली

~महेशविक्रम शाह~ एल्जो टयाक्सी पार्किङमा यात्रुहरुको प्रतीक्षा गरिरहेकी थिई । रात जति गहिरिँदै थियो, रेड लाइट एरियाका राता बत्तीहरुको उज्यालो झन् प्रगाढ हुँदै थियो । रेड लाइटका हरेक गल्लीमा टेक्ने ठाउँ थिएन । धक्कमधक्का गर्दै मान्छेहरु आˆनो बाटो बनाइरहेका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता

~विद्या सापकोटा~ प्रेम, सम्बन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्व हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ? बारम्बार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडहरु

~गौतम “उदय”~ एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई !

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विसर्जन

~मणि लोहनी~ म पेरिस आएँ । ’प्रेम’ हो आइफेल टावर जो उभिइ रहन्छ मनमा । टावर ढल्छ भन्ने अविश्वास हो सम्वन्ध । र पनि मनभरि उभ्याएर प्रेमको आइफेल टावर मानिसहरु जिन्दगीको नाममा त्राही त्राही बाँचिरहेछन् ।  ’दुनियाँभरबाट युगल प्रेमीहरु यहाँ आउँछन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्दाकोभी

~कृष्ण अविरल~ यतिखेर मेरो हातमा सीता पाण्डेको ‘यौन र अनुभूति’ भन्ने पुस्तक छ । एक दशकअघि नै बजारमा आएको यो पुस्तक यतिखेर दोहोर्‍याएर पढ्दैछु म । मानसपटलमा भने सुशीलाको अनुहार आइरहेको छ । हरेक पानैपिच्छे, सन्दर्भैपिच्छे उनैलाई सम्झिन पुग्छु म

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अवैध गर्भ

~कौशल चेम्जोङ~ -’मैले खाना त खाएँ, तेरो बाउको खाइँन, आफ्नै बाउको खाएँ ।’ -’खायौ आफ्नै बाउको । तर, रक्सी खानु रक्सीले चाहिँ हजुरलाई नखाओस् ।’ -’के रे के ?’

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य कथा : त्यो किताब

~शैलेश भट्टराई~ करिब चार बर्ष अघिको कुरा हो म काम विशेषले नयाँबजार दरबार (अहिलेको लाजिम्पाट दरबार) गएँ | अध्यक्ष कमरेड विहानीको चिसो हावा खाँदै कुर्सीमा उपरखुट्टी लाएर एउटा मोटो न मोटो पुस्तकको गहन अध्ययन गर्न लाग्नु भाको रहेछ | हातमा … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भुतेश्वर

~बखतबहादुर थापा~ माओवादीले गोर्खे पञ्चायतका लागि सानाठूला सबै गाउँलेलाई अनिवार्य उपस्थितिको उर्दी गरेको थियो । ‘यो त अचाक्ली नै हो नि, कामकाज छोडेर सानाठूला सबै चौरमा जम्मा हौ भन्नु सुहाउने कुरा हो त ?’ ‘हैन, माओवादीले यसरी बोलाउनुको उद्देश्य के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रौनक मरेको दिन

~सुबिसुधा आचार्य~ “दाई ! मान्छे पनि सडकमा बेच्न राखेको हो ? कति हो नि मूल्य चैं ?” हरेक दिन आठ-दश समूहबाट हुत्तिने व्यङ्ग्यको तीखो भालाले सिधै मुटुमा घोच्दा आच्छु आँच्छु हुन्छु म । सायद किनिन-बेचिन, लायक-योग्य थियो भने मेरो छोरोमाथि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रवासीकी पत्नी

~विनोद ढकाल~ लौ आज पनि राइसकुकरमा भात छड्किने बेला झ्याप्पै लाइन गयो ! फेरि ग्याँसमै बसाउनुपर्‍यो । साढे ७ भइसक्यो बाबु उठेकै छैन । मुख धोइदिनेदेखि दाँत पनि आफैंले माझिदिनुपर्छ । भात ख्वाएर साढे ८ बजे स्कुल बस भेट्न रोडमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो रात

~दिनमान गुर्मछान ‘दिगु’~ रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोह्रखुट्टे

~भरत जङ्गम~ विश्रामस्थलको नजिकै आइपुगेकी छन् जमिला । जतिजति सोह्रखुट्टे नजिक पुग्यो, उनको पिठ्यूँमा भएको घाँसको भारी गरुङ्गो हुँदै गइरहेछ । सायद विश्रामस्थल नजिकिएकाले घाँसको भारी गरुङ्गिँदैछ उनको । सोह्रखुट्टे मचान अर्थात् सोह्रवटा थामहरूबाट निर्मित जसलाई एक छहारी, जसलाई एक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा कसिलो ह्यान्डसेक

~ठाकुर  केसी~ अफिसबाट बिहानै फोन आयो, तुरुन्तै अफिस अउनु भनेर । ‘किन आउनु पर्ने ?’ मैले तत्काल सोधें । ‘हैन एकपटक तुरुन्तै आउनु पर्यो रे, साउजीले भनेको’ । म हतारिए, किनकी साउजीले बोलाएका थिए अन्यथा म प्रति नकारात्मक धारणा उब्जिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निषेधित लेखक

~रामप्रसाद पन्त~ कल्पनामा हराइरहेको थियो लेखक । ऊ एक्लै थियो आफैले संरचना गरेको त्यो घरमा । त्यो ˆलाटमा । आफ्नै कोठाको ओछ्यानमा । घरक्क ढोका बजेको आवाज आयो । हेर्‍यो, डम्म लगाएको ढोका बाहिरबाट कसैले तानेर अलिकति उघ्राएको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्याग

~कृष्ण के श्रेष्ठ ~ “बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनिदिनु न ल, अनि खसी पनि काट्नु पर्छ नि यो पाली त ।” दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिंड्दै गरेको बेला भन्छे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरणच्याँसे मौन भयो

~गीता थापा (दोषी)~ पाँच बर्ष अघि काठमान्डौ पसेको अन्तरे आज आउला भोलि आउँला भन्दभन्दै घर फर्किएन।अन्तरीले भने उसको प्रतिक्षा गरी नै रही । यता अन्तरेले काम केही नपाएर पशुपति छेउमा हात पसारेर माग्न थाल्यो। दिनानुदिन मानसिक तनाबका कारण अन्तरेले आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भारी

~भागीरथी श्रेष्ठ~ आज कवि भुपेनको बिहेको पार्टी । किताब पढ्दापढ्दै झलक्क सम्झन्छु । र्‍याडिसन होटलमा ५ बजे पुग्नुपर्छ मलाई । बिहेका पार्टीहरूमा जान तयार हुन नै गार्‍हो । दराज खोल्छु-अनगिन्ती हृयाङ्गरमा झुण्डिएका विभिन्न रङका पार्टीमा जाने सारीहरू छान्न खोज्छु-कुन रङको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो/उज्यालो

~गोपालचन्द्र भट्टराई~ छोराको तेह्र दिने काजकिरिया हिजो मात्र सकियो । घरमा आउने-जाने मानिसको हूल अब रहेन, बिहान एकछिन तेह्र दिनभरि भएको खर्चको हिसाब-किताब सम्झाउन छिमेकी नरेशमान आएको थियो । ऊ पनि गएपछि बूढा दिनभरि आफ्नो कोठाबाट बाहिरै निस्केनन् । साह्रै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

जिजीविषा

~माधव काभ्रेली~ म उपन्यासको पछिल्लो फन्कामै व्यस्त थिएँ । जेसिकाको सम्पत्तिसँग भनौं या विदेशिने मोहले भनौं हिमालको विचार डग्मगाएको थियो । उर्सुलाजस्ती नायिकालाई छोडेर ऊ बान्की नमिलेकी, विदेशी, सेती, नेपाली पनि राम्रो बोल्न नजान्ने एउटी केटीसँग बिहे गर्न तयार भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पात्र र भूमिका

~बालाकृष्ण अधिकारी~ कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आˆनो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आˆनो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी ! मैले उसको भूमिकाको बारेमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनभिज्ञ

~कोप बहादुर थापा~ ऊ सँग गत हप्ता कुरा भएको थियो । दुई दिन भयो , उस्को फोन नआएको । अन लाइनमा पनि देखा परेकी थिइन । मैले फोन गर्दा पनि उठाइन । हिजो बेलुकीसम्म पनि उस्को फोनको प्रतिक्षामा बसेँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घुर्की

~गोपाल अश्क~ त्यो रात, कुन्नि के भो, रमाले आफूलाई सधैँझैँ संयमित राख्न सकिनन् । उनको अविनाशसँगको वैवाहिक जीवनको तीस वर्षको लामो अवधिमा यति साह्रो नैराश्य भाव आएको थिएन । हिजोसम्म बडो प्यारो लाग्ने उनको दश बाई एघारको कोठा, कोठामा रहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवाजहरु

~राममणि ढुङ्गेल~ “सवितायै नमः” गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्‍यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमपत्र

~विभोर बराल~ मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा। “दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।” ऊ सानै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment