Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : अफिसर छोरी

~कृष्ण राजभण्डारी ~ पहिले पहिले सरिताको सबैले प्रशंसा गर्ने गर्थे । टोलछिमेकमा शिष्ट मिजासिली शीलस्वभाव स्पष्ट वक्ता र मेहनती युवतीको उदाहरण दिनु पर्दा सबैले उनै सरिताको नाम लिने गर्थे । उनको पढाइ पनि असाध्यै राम्रो थियो । उनको मेहनत र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्रा

~कृष्ण प्रसांई ~ ब्रहृमपुत्र नदीकिनारका अविकसित माझी जातिको विषयमा अनुसन्धान र अध्ययन गर्न अष्ट्रेलियाको सिड्नीबाट आएकी सुश्री सूजनले गिलासमा बचेको कक्टेल बियर एकैसासमा घुट्क्याइसकेर भनी – “साँच्चै ! तिमी नेपालीहरू अति नै भाग्यमानी र गौरवान्वित छौ, तिमीहरूका हिमालय श्रृङखंलाहरूले हामीहरूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कती दिन पो बित्न सक्छ र यस मान्छे सँग

~कृष्ण धराबासी ~ मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन। कसैले प्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखेको थिएन। आफ्नो प्रेमी वा पति यस्तैयस्तै होस् भन्ने जस्तो अवधारणा पनि बनिहालेको थिएन। तर त्यसैत्यसै शरीर र मन भने चञ्चल र कस्तो-कस्तो हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब कहिले आउँछ्यौ नानी

~कृष्ण धराबासी~ “तिमी पनि जान लाग्यौ नानू  !” बाबाको अनुहार एकदम दयनीय र कारुणिक थियो । निरीह थिए आँखा । ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए । जहाँबाट आएर पनि सधैं बस्ने उहाँको त्यही त एउटा विशेष … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

भित्ते गणेश (अनुभुती)

~कृष्ण धराबासी ~ हरेक बिहान अफिस जान माइक्रोबस चढ्नुपर्छ भित्ते गणेशबाट। भाडा तिर्ने बेलामा खलासीले सोध्छ― “कहाँबाट चढ्नुभएको?” उत्तर दिन्छु― “भित्ते गणेश।” शायद गणेशको यो नाम काठमाडौंका थुप्रै गणेशभक्तहरूलाई थाह छैन। कस्ता भव्य-भव्य विनायकहरूका अघि यो फुच्चे भित्तेको के मूल्य? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~कृष्ण धराबासी~ धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हनुमानेको थेला

~कृष्ण धराबासी ~ इतिहासले कुल्चेर गएका समयका सबै क्षणहरूमा काला दागहरू मात्र छापिएका छन् । पश्चाताप, विलाप, घृणा र अविश्वासहरूको डरलाग्दो ग्रन्थ भएर उभिएको इतिहास विगतको अनुहार हुँ भन्छ । हामी हरेक वर्तमानमा खडा भविष्यको सुन्दर आकृति खिच्न व्यस्त छौँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ती उदासी आँखा

~कृष्ण धराबासी~ सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरालो

~कृष्ण धराबासी~ भित्तामा टँसाएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिएँ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइनँ । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम मलामी

~कृष्णदेव रिमाल~ यतिखेर कसैले सोधेमा मैले आफू मलामी भएको परिचय दिनै पर्ने हुन्छ । मेरो अगाडि चिता दन्किरहेको छ । दागबत्ती दिनुभन्दा पहिले मूढाहरूको चाङमाथि शव सुताइएको थियो । मृतकका छोरा रमेश शोकाकूल थिए , विह्वल थिए । अनिवार्य नियतिलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डम्बरे र बाटुलीको सपना

~खगेन्द्र लामिछाने~ अशोक रत्नपार्कबाट वीर अस्पतालपट्टबिाट हिँडिरहेको थियो, बिनाउद्देश्य । घाम नलागेकाले दिन चिसो थियो । धूवाँ र तुवाँलो मिश्रति धमिलो वातावरणमा रंगीचंगी ज्याकेट, स्वीटर र ऊनीका टोपी लगाएका मानिसहरू आफ्ना दुवै हत्केलामा मुखबाट तातो श्वास फुक्दै हातहरू रगड्दै थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : लिओनारा र मन

~जे बि शेर्पा ~ वाउ ! आई लव दिस् पिक्चर…! उतेजना र ख़ुशी मिश्रित स्वरमा बोल्दै कंप्युटरको डेस्कटप ब्याक ग्राउंडमा सजिएको इगल नेबुलाको मनमोहक फोटो नजिकै आई एक टक हेर्दै थिई उ ! डु यु लाइक एस्ट्रोनोमी? मुस्कुराउदै अलिक असजिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अलबिदा हावी

~इन्दिरा शाह~ भेस्डिङ मेसिन -पैसा खसालेर बटन दबाउने मेसिन) बाट दुईवटा चिसो कोकको बोतल झिक्यो र एउटा मतिर बढायो । अर्को बिर्को खोलेर एक घुटको पियो । जुन महिनाको प्रचण्ड गर्मी थियो । खेतमा कुनै बाली लगाइएको थिएन, सायद लगाउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूनरावृत्ति

~हेमनाथ घिमिरे~ सधैं झैं आज पनि बिहानको नित्यकर्म सकेपछि स्वास्थ्यचौकीबाट मूल सडकतिर ओर्लिएर मायाको चिया पसलतिर लागेँ । स्वास्थ्य शिविरको लागि यहाँ आएको दोश्रो पटकदेखि नै उनको पसलमा गएर बिहानको चिया पिउने बानी परेको थियो । स्वास्थ्यचौकीबाट उनको पसल पुग्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुनौलो सपना र अँध्यारो गल्ली

~हरिहर खनाल~ बिहान सबेरै उठ्नु पर्छ, पाँच बजेको हाराहारीमा। त्यति नगरे काममा समयमा पुगिन्न। समय घर्केपछि काममा जान राधेश्यामका लागि कत्ति पनि राम्रो लाग्दैन। ऊ ठान्छ, त्यसो गर्नु भनेको ठगेर खानु हो। ठगेर खानु र चोर्नुमा के अन्तर छ? ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभु मलाई बचाउनुहोस्

~हरिहर दाहाल ~ घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संजोग

~हरिप्रसाद भण्डारी~ म ब्यूँझदा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । अचम्म लाग्यो मलाई । म किन र कसरी त्यहाँ पुगेँ भन्ने कुरा मेरा दिमागले ठम्याउन सकिरहेको थिएन । त्यसबेला मेरो सारा शरीर दुखिरहेको थियो । टाउको गह्रौं भइरहेको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फूलजस्तै छे मेरी ऊ

~रामेश्वरी पन्त~ बाहिरबाट हेर्दा यो घर खण्डहर जस्तो लाग्छ, मानौँ वर्षौँदेखि यो खालीखाली छ । चारैतिर अत्यासलाग्दो झाडी र झुम्म परेका रूखहरूको बीचमा ठडिएको यो घरलाई सडकमा ओहोरदोहोर गर्ने जो कोहीले पनि एकपटक पुलुक्क हेरेर जान्छन् । सायद उनीहरूको मनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ती दुई निर्दोष आँखाहरू

~रमेश विकल~ तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाहुरी भैंसी

~रमेश विकल~ ‘लुखुर्‍या’ घराँ त निकै रमझम देखिन्छ नि ? ‘आँगनाँ’ पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले आँगनको डिलबाट नियालेर हेरे, लुखुरेको आँगनमा एउटा कालो-कालो वस्तु पनि देखिन्थ्यो- क्या हो त्यो, लुखुरेको आँगनाँ ?’- उनी आफैं हडबडाए, मानौं त्यहाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीडसँगै हिंडिरहेको एउटा मान्छे

~रमेश विकल~ भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक

~रमेश विकल~ एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

कथा : कर्णेल सापको कुकुर बौलाएछ

~रमेश विकल~ एक दिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र ? यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनका गोरेटोहरू रहेछ

~राजेश नतांश~ साँच्चै जिन्दगीका हरेकपलहरू कष्टप्रद हुँदारहेछन् । जीवनपथका हरेक खुड्किलाहरू अप्ठ्यारा हुँदारहेछन् । हिँड्न नजान्दा लखराएर लडिदो रहेछ । लडेर के हुन्छ ? त्यो त परिस्थितिले नै बताउँदो रहेछ जीवनका मोडहरूमा ।त्यतिखेरका मेरा सुनौला दिनहरू निकै रोमाञ्चकारी भएर बित्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतीतका ती पलहरू

~राजेश नतांश~ अनायासै, मध्यरातमा एक्कासि म ब्यूझिएँ। सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ। वातावरण सुनसान थियो। दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए। बस् त्यसलाई कापीमा उतार्नुपर्ने थियो। छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए। उनीहरूको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा पात्रहरूसँगको रात

~राजेश नतांश~ चिसो हावा आफ्नै गतिमा प्रवाहित भइरहेको छ । सडकहरू सुनसान छन् । सडक छेऊका हाइपावरका सडक बत्तीहरूले सडक उज्यालो पारेका छन् । सडक बत्तीहरूमा पुतलीहरू झुम्मिरहेका छन् । लाग्छ त्यहाँ एक प्रकारको मोहनी मन्त्र लगाइएको होस् र त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लण्ड्री प्रेम

~राजव~ घरबाट उसलाई बिहे गर्न नेपाल डाक्याडाक्यै थिए। हरेक पटकको फोनमा अरू कुराभन्दा बढी उसलाई बिहे गर्नु पर्‍यो, बूढो हुन लागिसकिस् आइज भनिरहन्थे। उसलाई पनि घरकाहरूको यो कुरो ठीक लाग्न लागिरहेको थियो। त्यसकारण उसले फोनमा बाउलाई सुनाएको थियो, “हुन्छ मङ्सिरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिटर्न टिकट

~राजव ~ यताको मौसम सुधि्रएपछि म आइपुगेँ। अन्तिम अप्रिलको दिन, वातावरणमा न्यानो फैलन थालेको थियो। म आइपुगेको लगत्तैको बिहान मे महिना शुरु भयो। “घमाइलो दिन भर्खर हो शुरु हुन थालेको”, छोरोले भन्यो। “तर यहाँको घाममा ताप अझ् बढ्न सकेको रहेनछ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडकबासी

~रत्न प्रजापति~ “यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!” पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फागुको रङले तरङ्गएिको मन

~रत्न प्रजापति~ उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको । देशमा द्वन्द्व चर्किर्एपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्‍यो र बाँच्नका लागि खानै पर्‍यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पछ्यौटे अग्रगमन

~मनु ब्राजाकी~ गणतान्त्रिक नयाँ नेपालको थाप्लोमाथि पुरानो साबिक सूर्य उदायो । वाग्मती भनिने ढलमतीको एउटा किनारमा पौराणिक भए पनि उत्तरआधुनिक देब्रे ढल्किएको शिवलिङ्ग पूजा प्राप्त गर्न ठडिएको छ । साबिक सूर्यको धूमिल गुलाफी प्रकाशमा कतैबाट एउटा भुस्याहा र लुत्याहा कुकुर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैगो दिनुपर्दैन

~मनु ब्राजाकी~ एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ? आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment