Category Archives: निबन्ध

निबन्ध / Essay

निबन्ध : वर्षायामका गीतहरूमा सौन्दर्य

~जीवन शर्मा~ अरू विधालाई जस्तै बर्षा यामका गीतहरूलाई पनि सौन्दर्यशास्त्रीय आँखाले राम्रोसँग नियाँल्न सकिन्छ । यस्ता गीतहरूमा सौन्दर्य कसरी छिपेको हुन्छ भन्ने कुरा बुझ्न सौन्दर्यशास्त्रका आधारभूत मान्यता, सिद्धान्त र नियमको ज्ञान हुनु आवश्यक छ । यी गीतहरूको वर्गीय स्वरूपको ठीकसँग … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : छन्द र लय

~लक्ष्मीप्रसाद देवकोटा~ मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड मलाई मन पर्दैन, न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी संस्कृत र नेपालीमा कविता लेख्नु हुन्थ्यो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अन्तर्वार्ता

~भैरव अर्याल~ काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : जिन्दगीको खोजी

~कृष्णचन्द्रसिंह प्रधान~ कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर । समाप्तिपछि अर्थहीन लाग्ने परिभाषाले हामी नापिन्छौँ र तौलिन्छौँ । समय बाँचेर हामी बाँचिदिएका हौँ, हामीमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ट्‌विटर पुराण

~प्रविन कँडेल~ व्यास बाजेले अठार पुराण लेखे, तर इन्टरनेटको ज्ञानको कमीले सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न सकेनछन्‌। त्यसैले त वेदव्यासको युगमा नलेखेको कुरो आज वेदनाशको युगमा मैले लेखेर अपुरो काम पुरा गर्दै छु! फेरी तैँले यत्रो कुरा कसरी सम्झिस्‌ र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रा राम

~तिलकप्रसाद सापकोटा~ म बसेको घरमा एकजना राम छन् । उनीसँग नजिक भएदेखि एक महिनासम्म मैले उनका सबै क्रियाकलाप नियालें । यतिन्जेलमा उनले अठारभन्दा बढी रामावतार लिएछन् । तिनले त्रेतायुगका अयोध्याका राजा रामचन्द्रदेखि हाम्रा गाउँका तल्लो टोलदेखि माथ्लो टोलसम्म र बजारका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : ‘मन’-कहाँ छ कहाँ ?

~अजय रिसाल~ म पेसाले एक मानसिक रोग विशेषज्ञ, मनोविज्ञ वा मनोचिकित्सक…..अर्थात् मनलाई जान्ने मान्छे । मनको कुरा खुलस्त बुझ्ने । पत्ता लगाउन सक्ने स्रोत व्यक्ति…..वास्तवमा यही ‘मन कहाँ छ ?’ भन्ने जिज्ञासा शान्त पार्न नै मैले मानसिक रोगको अध्ययन गर्ने … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बधशालाको सहिद

~रमेश भट्टराई ‘सहृदयी’~ एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान भएको रहेछ, मान्छेको लामो भीडका बिचबाट १५० किलोको माला … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : आऊ हामी अपराध गरौं

~कृष्णचन्द्रसिंह प्रधान~ बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो – कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु । म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : प्रश्न र कारणहरू

~प्रकाशमणि दहाल~ त्यस दिन ३ कक्षामा पढ्ने नातिनीको एसएमएस प्रश्नले एक वर्षअघि देवीबहादुर थापा (सुरभि स्रष्टा परचिय, पृ.१११)को एउटा टिप्पणीको याद दिलायो । उनले सोधेकी थिइन् ः ‘हजुरबा, मिडासलाई जे छोए पनि सुन भएपछि खानेकुरा पनि छुनासाथ सुनै हुने कुरा किन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : अन्ध सुरुङको यात्राः एउटा अन्तहीन वास्तविकता

~प्रकाशमणि दहाल~ गाडी छुट्नासाथ पछाडि सिटमा कोही बोल्यो, “मलाई गाडीको यही बानी मन पर्छ, यात्री कुरनिरहने । वास्तवमा यात्री कुररिहने र जहाँसुकै रोक्ने गाडीले नै बानी बिगार्छन् ।” अर्को उत्तेजित स्वर घन्कियो, “छुट्नासाथ कस्तो कुदाउँछन् नि रेस कम्पिटिसनजस्तै !” तेस्रो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : जीवन शब्द र जीवनको अनुभूति

~कृष्ण सिंह पेला~ रेश्मा ! मैैले तिमीलाई तिम्रो पत्रमा लिखित शब्दहरुको बीचको अवकाशमा बडो धैर्यताका साथ पढें । तिम्रा शब्द र भावको कोमलताले तरंगित भएको मेरो हृदयसागरमा जुन आनन्दका लहरहरु उठे तिनलाई म पुनः शब्दहरुमा अनुवाद गर्दैछु । विचार,अभिव्यक्ति र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : तोरीलाहुरे चोकमा एक छिन

~रुद्र खरेल~ मेरो छेवैमा एउटी प्लास्टिककी मोडेल युवती सिसाभित्र उभिएकी छ । वास्तवमा ऊ कहिल्यै बस्दिन र सुत्दिन पनि । उसले केही सोच्नुपर्दैन । सुनौलो केशभित्र उसको टाउको खोक्रो छ, आकर्षक बनाउन प्रयत्न गरिएको उसको छातीभित्र न मुटु छ न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : रक्सीको मात

~बासु ढकाल~ मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : पहाड काम, वीर काम

~इन्द्रबहादुर राई~ मलाई हाम्रो प्रतिष्ठानले दार्जिलिङबाट डाकिएकोमा मेरो मनमा संशय प¥यो । मलाई किन उहाँहरूले डाक्नुभयो मनमनै विचार आइहाल्यो । मभन्दा धेरै अधिकार पाउने धेरै अरू लेखकहरू छन्, नेपाली साहित्यको निम्ति मैले भन्दा धेरै बढ्ता योगदान दिनु भएका साहित्यिकहरू यहाँ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मेरो सभ्य सभ्यता र सँस्कृती

~दीपक कुमार ज्ञवाली~ म मानव सभ्यता र सँस्कृतीको पक्षधर हूँ । सभ्यता मेरो अलङ्कार हो । सभ्यता मेरो पहिचान हो । म सभ्य समाजमा मेरो सभ्य सभ्यता र सँस्कार बोकेर रमाऊन चाहान्छु । मेरो सभ्यता सँगै म जिउन चाहन्छु । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : घरबेटी बा

~गोपाल बराल~ होचो होचो, भँुडी ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको, कपाल फुलेको, तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटिहाल्छन्, त्यो मान्छे हाम्रो घरबेटी बा भनेर । उनको हुलिया बताएपछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुँदैन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : सत्य र भ्रम

~भीष्म उप्रेती~ हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : नेपालका सन्दर्भमा लुसुन

~निनु चापागाईं~ विश्व साहित्यका महान् हस्तीहरूले आफ्ना कृतिहरूको रचना खास सामाजिक, ऐतिहासिक परिप्रेक्ष्यमा सीमित भएर गर्ने गरेका छन्, तापनि कालान्तरमा आफ्नो रचना सामथ्र्यका कारण तिनका रचना आफ्नो देश र काललाई अतिक्रमण गरेर विश्वव्यापी बन्न पुग्दछन् । आधुनिक चिनियाँ साहित्यका संस्थापक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जता जाँदा पनि ‘वा’ नै ‘वा’

~हरि मञ्जुश्री~ भ्रमणमा हिँड्दा हामीले धेरै ठाउँमा ‘वा’ नै ‘वा’ भेट्यौँ । ती ‘वा’ हरूको नाउँ मैले सानैदेखि सुनेको थिएँ । तर ‘वा’ भनेको के हो, मैले वास्ता गरेको रहेनछु । सोधिखोजी गरेको पनि रहेनछु । धेरैवटा ‘वा’ तर्नुपर्दो रहेछ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : रित्तिन सकू म

~निर्मोही व्यास~ ‘कृष्ण त्वदीय पदपङ्कज पञ्जरान्ते अद्यैव मे विशतु मानसराजहंसः प्राण प्रयाणसमये कफवातपित्तै– र्कण्ठावरोधनविधौ स्मरणंकुतस्ते’ संस्कृत साहित्यको भक्ति धाराका एक कविले आफ्ना उपास्य कृष्णको भक्तिमा चुर्लुम्म डुबेर माथिको स्तुतिपद्यमा आफ्ना आकाङ्क्षा यसरी प्रकट गरेका छन् ः ‘हे कृष्ण, तिम्रो पाउकमलरूपी … Continue reading →

Posted in निबन्ध, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : राष्ट्रिय सहमति

~रुद्र खरेल~ मुलुक लुटिएको खबरले मेची महाकाली हल्लियो । यसले मेरो मथिंगलमा पनि आठ रेक्टरको भुँइचालो ल्यायो । पालेपिलो सरकारमा बस्नेहरु जम्माजम्मी दुई थरिका थिए । एकथरिले भाग्य, पुनर्जन्म र ईश्वरमा विश्वास गर्दथे भने अर्काथरिले चाहिँ यस जन्ममा मात्र विश्वास … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘बन्द मन्त्रालय’ खोल्ने कि ?

~राजकुमार रेग्मी~  एकजना सनकी मानिस आफ्नो अजंगको कुकुर लिएर बाटोको बीचमा बसिरहेको थियो। एकजना वटुवाले डराउँदै सोधेछ, ‘तपाईको यो कुकुरले टोक्ने त होइन?’ त्यो मानिसले कुकुर च्याप्प समातेछ, मुख तन्काएर हेर्दै भनेछ, ‘यसको मुखमा दाँत छ, कुकुर मेरो हो तर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : प्लास्टरको पीडा

~निर्मोही व्यास~ तन ठीक नभए मन पनि ठीक हुँदो रहेनछ र मन ठीक नभए तन पनि ठीक हुँदो रहेनछ, अनि तन र मन दुबै ठीक नभएपछि त झन् अरू केही पनि ठ्याम्मै ठीक हुँदोरहेनछ । अहिले आजका मितिमा म त्यही … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : भोक

~भीष्म उप्रेती~ ‘जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन’- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा

~हृदयचन्द्रसिँह प्रधान~ मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देखेर मलाई लोभ भएको थियो । अर्को कुरा ईष्र्याको कारण पनि मैले जुँगालाई … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : छेपारो उही स्वभाव उही

~विष्णु विभु घिमिरे~ जीवन वयको आरोहण जति अगाडि बढ्दै जान्छ, विचार अनुभूतिमा पनि त्यस्तै परविर्तन हुँदै जाँदो रहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदो रहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भारपछि बाध्यतावश जति ठूलो भारी पनि बोक्नै पर्दो रहेछ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : खासखुस

~पिँडालु पण्डित~ कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म पनि छु । सामूहिक होस् वा एकल, दलगत होस् वा व्यक्तिगत, ऊध्र्वगत होस् वा भूमिगत, लैङ्गिक होस् वा भाषिक, वर्गीय होस् वा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

निबन्ध : नोटको नक्कल

~राजेन्द्र तारकिणी~ धेरै थरी मान्छे चिन्न सकेँ । कुरा के भने, भरखरै मैले एउटा कलाको रचना गरेथेँ । पाँच सय रुपैयाँको नोट हुबहु नक्कल गर्न तम्सिएँ । दुरुस्तै आएन । अलि फरक परिगो । त्यो नोट सक्कली थियो । यन्त्रद्वारा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुब्बिनी बज्यै

~चूडामणि खनाल~ दम्पतीको शयनकक्ष एउटै भए पनि ओछ्यान भने छुट्टाछुट्टै छन् । एकले अर्काको घुरेको आवाज पनि सुन्छौँ अनि अन्टसन्ट बर्बराएको पनि थाहा पाउँछौँ । हाम्रो रात्रिकाजस्तो दैनिकी भने हुँदैन । उनी दिनभरि घरमै बस्छिन् र गृहिणी हुन्छिन् म भने … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कवि, कविता र टिकट

~राजकुमार रेग्मी~ एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : थुइक्क तोरीलाहुरेहरु

~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment