Category Archives: नेपाली काव्य

Poetry

कविता : ओअसिस

~रिता राई~ हिड्दै थिएँ एकल यात्री बनी कोहि आयो गोरेटोमा मित्र भै चोर्यो मेरो सुख-शान्ति छोड्यो मलाई दोबाटो मै। हिंड्नु मेरो नियति हो विश्वासघाती साथी भेटें भुलाईदिए सबै कुरा गल्ती सम्झी बाँचेकोछु म पनि फेरी डुल्ने आस मै।

Posted in कविता | Tagged | Leave a comment

गजल : चट्टान फोड्नुु छ

~दीपक भोजपुुरे~ तिम्रो मेरो साथ मिलाई चट्टान फोड्नुु छ । छुुवाछुतको नेपालमा पर्खाल तोड्नुु छ । घमण्ड छ केही जातको केही धर्म संस्कार, मानव सबै एक हुुन् भनी सन्देश छोड्नुु छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : किन थुकेर जान्छ

~समीर सिम्खडा~ जस्ले पनि मलाई किन थुकेर जान्छ । जून हेर्छुु बादल भित्र लुुकेर जान्छ । दैवले नि मलाई नै गर्छन् कि हेला , कुुकुुरले नि मलाई देख्दा भुुकेर जान्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यही मान्छे

~एकादेशको गगनराज~ बनिन्छ कहिले देवदुुत् यही मान्छे । र हुुन्छ लोकमा अछुुत् यही मान्छे । मान्छेले बेच्छ मान्छेकै मर्यादा , कमाउँछ दौलत अकुुत् यही मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

गजल : हिसाव भएन

~खगेन्द्र साउद ‘समर्पण’~ कैले अघाइयो होला हिसाव भएन । कैले नखाइयो होला हिसाब भएन । एउटै पानाबाट त्यो बेला थरि थरिका, के के बनाइयो होला हिसाब भएन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आन्दोलनमा छन्

~लक्ष्मण मिलन विष्ट~ हलिया मसाल बोकेर आन्दोलनमा छन् । कमैया चुपचाप–चुपचाप अनसनमा छन् । म तिमीलाई जुन तारा उपहार कसरी दिउँ ? तिमी आफैँ टिपेर ल्याऊ ऊ त्यो गगनमा छन् । मलाई प्यार गर्नेहरु जीवन सुुम्पनेहरु , कोही मेरो दिलमा … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यार हुुँदैन

~कपोल कल्पित~ रहरै रहरमा प्यार हुुँदैन । चाहेकै भरमा प्यार हुुँदैन । आँखाले मनको भाव नवोले , एकै नजरमा प्यार हुँदैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यो ठाउँमा आउनेछ

~कपिल अन्जान~ अन्जान एकदिन यो ठाउँमा आउनेछ । र यी विभेदका पर्खालहरु भत्काउनेछ । बाबुले घरमा हतियार राखि दिएपछि , छोरो कतिञ्जेल दुुनियाँसँग डराउनेछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : संविधान बनाउछु

~युुगल योगेन लिम्बू~ छोड एक्लै जनताको संविधान बनाउछु । सवै राजनितिक दललाई एक चिहान बनाउछु । अन्तर क्रिया गर्नु हुन्न उठाउनै पर्छ बन्दुक, राजदरवार जस्तै सिंहदरवार निसाना बनाउछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आइसक्रिम हैन माँया पलभरमै बिलाउने

~जीतु खड्का गाउँले~ आइसक्रिम हैन माँया पलभरमै बिलाउने काउशो नि हैन माँया छुदै खेरी चिलाउने !! दुई आंत्मा मिलेपछी आँफै बस्छ माया प्रिती जाम पनि हैन माँया पिउने र पिलाउने !!

Posted in गजल | Tagged | Leave a comment

गजल : हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ

~फणिन्द्र ‘शान्त’~ हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ ए गाँठे हौ! गणेश पनि आसन छोडी भाग्छु भन्छ ।। शान्त नै छ महासागर हेर फूर्ति खहरेको धमासैमा किन नहोस् जल सत्ता हाँक्छु भन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

नैना निर्झरा का मुक्तक

~नैना निर्झर~ व्यथा बोकेर कोशीको किनारा दुखेझैं लाग्छ, गृहयुद्दको भुमरिमा सर्वहारा दुखेझैं लाग्छ मनभरी अनगिन्ती बिरही तरंगहरु बोकेर, अनकन्टारबाट देश नियाल्दै रारा दुखेझैं लाग्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त

~बुद्धि मोक्तान~ तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त ! एक्ली रैछौ साथ दिन ताने भने मान्छौ कि त ! तानी चुमी भाग्छ भनी डराएछौ भित्र भित्रै तर हैन त्यही आफ्नो ठाने भने मान्छौ कि त !

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्यालेन्टाइन नजिकिदा उनको मेरो दुरी बढ्यो

~रामचन्द्र कार्की~ भ्यालेन्टाइन नजिकिदा उनको मेरो दुरी बढ्यो, दुरी किन बढ्यो भनि मनमा कुरी कुरी बढ्यो । अचानकै देखे उन्लाई क्षितिज पारी डोली भित्र, अपार माया देकै थिएँ किन मनमा छुरी बढ्यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लज्जा झुक्दो छ रहर च्याउदो छ

~भरत पौडेल~ लज्जा झुक्दो छ रहर च्याउदो छ होश गुम्दो छ प्यास छाउदो छ आबाज दमित छ नजर बोल्दो छ धड्कन बढेर सरगम गाउदो छ

Posted in गजल | Tagged | Leave a comment

गजल : सँधै हाँसी बस्ने जूनले

~भगवती कंडेल~ सँधै हाँसी बस्ने जूनले अधेँरीमा ठाउँ पायो ! ओहो ! कालो गाजलुले परेलीमा ठाउँ पायो !! बगरको ढुङ्गा सरी भएका छन् धेरै जीवन् ! भाग्यमानी त्यो हो जस्ले कलेजीमा ठाउँ पायो !!

Posted in गजल | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : कुरूप काठमाडौँ

~नरनाथ लुइँटेल~ तँ बेइमान छस् जतिसुकै सुन्दर छु भनेर फूर्ति लाए पनि तँ कुरूप छस् लाँकुरीभञ्ज्याङबाट हामी धेरै-धेरैले एकैसाथ हेर्‍यौँ तँ आफ्नो मुख लुकाएर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

केस्रा : पीडा

~कृष मगर~ आउंछु भनि मलाई किन ढाँटेको त्यसैले मेरो यो मन नि फाटेको नबल्झाउ भरि सके पीडाहरु

Posted in केस्रा | Tagged | Leave a comment

गजल : जन्ती हुन कि मलामी ?

~सुशिल ताम्रकार~ यो कस्तो भीड हो ? जन्ती हुन कि मलामी ? भिक्षुहरु दिदैं छन अङ्गुलिमारलाई सलामी । रात नाङ्गै नाच्छन, कोइ आए करङ्ग भाच्छन् । प्रात गेरु वस्त्रमा जप्छन बुद्धम शरणम् गच्छामी।

Posted in गजल | Tagged | Leave a comment

गजल : उजेलीमै भेट हजूर रात छ बेइमान

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ उजेलीमै भेट हजूर रात छ बेइमान अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान । भो न भो मेरी हजूर आँखाले अरु नपिलाउ अनर्थ होला बेहोसीमा मात छ बेइमान ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सजिरा’छ कतै दरबार अझै

~सप्रेम अर्चना~ सजिरा’छ कतै दरबार अझै डुबिरा’छ कतै घरबार अझै जमिरा’छ कतै मन चिन्तनमा उठिरा’छ कतै तरबार अझै

Posted in गजल | Tagged | Leave a comment

गजल : नझार आँसुका ढिका म आँसु हेर्न सक्दिन

~सप्रेम अर्चना~ नझार आँसुका ढिका म आँसु हेर्न सक्दिन र आँसुमा तिमी डुबे म सास फेर्न सक्दिन बितेर जान्छ बैँस यो, प्रहार गर्छु प्रेमले समीप भाग सुस्तरी म दूर घेर्न सक्दिन

Posted in गजल | Tagged | Leave a comment

गजल : मायाले भरिएँ म, मायामै पोखिएँ

~डा. ऋषि बस्ताकोटी~ मायाले भरिएँ म, मायामै पोखिएँ । कुन साइत के भयो, तिमीमै ठोकिएँ । न तिम्ले रोजेको, न मैले खोजेको, लेखेको त्यही रै’छ, तिमीमै तोकिएँ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अखवारिया

~ओमप्रसाद घायल~ अखवारमा जबजब, म लेख्न थाल्छु स्वतन्त्रताका नविन गीतहरु म उत्खनन् गर्छु तिम्रा काला कर्तुतहरु र प्रकाशन गर्छु आफ्नो अखवारमा तिम्रा बेहिसाव ज्यादतीहरु त्यतिबेला तिमी मेरो कलम बिरुद्ध

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मुबायलगीता

~कोमलप्रसाद पोखरेल~ भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै, लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वैक हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै । यता गयो मुवायलै उता छ मान एसको गरीब होस् … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आँधी, भीर र सपनाहरु

~सरुभक्त~ एकदिन मनका पहाडहरुले साउती मारेर जिन्दगीका गीतहरु खोजिरहेको बेला म कुन आँधीले हुत्तिएर आँधीहरुको देशमा पाइपुगेको छु भीरहरुको देशमा आइपुगेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~राम दाहाल~ मृत्यु त जीवन आसन्न लक्ष हो बाँच्नेले यसलाई कुर्नै पर्छ जीवन निर्धारित कोशेढुंगा हो मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको आवाज

~दीपक जडित~ ए गुलाब जुन माटोमा टुसायौ तिमी किन बुdmेनौ अdmै सयपत्री पनि त्यहि माटोमा टुसाएको हो एकै फूलबारीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हेप्छौ किन ?

~मन्जील दिप शुब्बा ‘गरिव’~ हेप्छौ किन जिउदा म सडकको पेटी हरुमा! मैले पनि त देश रुदा आशुले आँखा धोएको छु!! थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा! मैले पनि त भोको पेट र लाज छोपेकै छु!!

Posted in कविता | Tagged | Leave a comment

गजल : सुनको भाउ सँग बिक्छ मंगलसुत्र

~बिमर्श~ सुनको भाउ सँग बिक्छ मंगलसुत्र यहाँ सिन्दुर पनि बिक्छन यहाँ । अधेरी रातको सन्नाटासँगइ योबन पनि बिक्छन यहाँ । जस्ले पियो मायापिरतिको अमृत दिनको उज्यालो सँगइ, चम्किलो ताराहरुसँगइ बिछोडको बिश पनि पिउछन यहाँ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : फूलै फूल फूल्ने गाउमा

~भुवन त्रिपाठी ‘निश्छल प्रत्यासी’~ आयौ तिमी कस्तो ठाउमा फूलै फूल फूल्ने गाउमा । सारा दुख कष्ट छाडी झन्जट सवै भुल्ने गाउमा । जिन्दगीको लामो यात्रा सगै सगै हिडदै गर्दा वल्ल आज भेट भयो हृदयनै खुल्ने गाउमा ।

Posted in गजल | Tagged | Leave a comment

खेम भण्डारीका पाँच हाइकु

~खेम भण्डारी~ १.बियोगका ती अध्यारो रातहरु रोएर बिते २.त्रि्रो मुस्कान एकान्त यो ठाउँमा सम्भिmरहन्छु

Posted in हाइकु | Tagged | Leave a comment