Category Archives: नेपाली काव्य

Poetry

कविता : भैया

~अनन्त वाग्ले~ तपाईं ज्ञान र सूचनाले भरिएपछि कुनामा थुपारेका अखबार लिन आएको म तपाईं फिलिली हुँदा थुप्रिएका बोतल बटुल्न आएको म र पुराना अखबारमा जब देख्छु, काठको बाकसमा मोरिएका तपाईंका भाइभतिज बोतल उठाउँदा उठाउँदै सम्झन्छु ओखती नपाएर घिटघिट गाउँले र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मनको त्यो स्वतन्त्रता

~प्रविण अर्याल~ छन्द : पञ्चचामर हैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै । अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।। तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् । हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।। सकेको जति कोशिस्ले … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : महाकाव्य लेख… !

~गीता त्रिपाठी~ महाकाव्य लेख कवि, मेरो दुःख टिपी दुनियाँले बुझेन खै यो आँसुको लिपी ! झेल्दैछु म महाभारत, शकुनिका पासा, बुझे पनि नबुझे झै कपटका भाषा !

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रै आसपासमै छु म

~मिथिला प्याकुरेल~ कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म । छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सबै सबै भङ्ग देखे

~अतित मुखिया~ सम्झौता र सर्तहरु सबै सबै भङ्ग देखे आफन्तकै ब्यवहारमा नौलो रुपरङ्ग देखे आस्थाका लडाईमा साथ दिन्छु भन्थ्यो जस्ले उही मित्र भनाउदोलाई शत्रुहरुको सङ्ग देखे

Posted in गजल | Tagged | Leave a comment

कविता : युद्ध

~नन्दलाल आचार्य~ १) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मनमनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटकपटक भूकम्प ल्याइस् सडक तताइस्, न्रि्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुनाकन्दराबाट र्समर्थन भेटिस्

Posted in कविता | Tagged | Leave a comment

कविता : अनागरिक आवाज

~शशि लिम्बू~ ढालेर बूढो रूख आफैंलाई होमिदिएँ मैले दावानलमा र, लगाएर निधारमा आफ्नै आँसुको विभूति गरेँ— श्रद्धापूर्वक प्रणाम धरती उधारेर उँभो निस्किरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~ठाकुर बेलवासे~ आज पनि छैन मेरो घरको धुरीमा घामको स्पर्श मेरो घरको आँगनमा एउटा आदिम दुःख अग्लिरहेछ अझ्ै पनि देखिएको छैन मेरो घरको धुरीमाथिको आकाश म गर्व गर्छु, म घमण्डले उन्मत्त छु मैले बाँचेको जीवन, तिमीले मात्र होइन सम्भवतः कसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दैनिकी

~सरिता तिवारी~ सबेरै उठेर उघार्नु छ घरका ढोका बढार्नु छ कसिंगर र धुलो पुछ्नु छ भुईं चमक्क चम्किएको भुईं हेर्दै मुस्कुराउनु छ गृहिणी मुस्कान सजाउनु छ बैठक मिलाउनु छ शयनकक्ष र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो दौडनु छ भान्साको अविदित भूगोलमाथि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्री नन्दीलाई

~विनोदविक्रम केसी~ ए साँढे ! निकाल तेरो पशुपतिनाथलाई बाहिर म त्यसलाई देखाउन चाहन्छु मेरो सेप्रो पेट जहाँ कोरेको छु मैले त्यसले कल्याण गरिरहेको देशको मानचित्र निकाल बाहिर ! भित्र के गरिरहन्छ तेरो पशुपतिनाथ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आंगनमा दसैं पर्व

~पुरुषोत्तम सुवेदी~ हेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो । मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।। पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो । पाखा बारीको लिंगे पिङ् मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : म दाग भएरै बाँचुला

~गणेश कार्की~ तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला तिमी बेल लटरम्म, म काग भएरै बाँचुला । डसेर घाउ दियौ, माया होला भनी सम्झिरहे भन्छौ ऐले तिम्ले डस्यौ, लौ नाग भएरै बाँचुला ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : सहयात्री

~रजनी ढकाल~ आकाशमा टाँगिएको क्षितिजसँग उषामा उदाएको उज्यालोसँग वनसँगै हाँसिरहेको हरियालीसँग र घामसँगै फैलिएका किरणहरूसँग कसरी माग्न मिल्छ मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारका यी मान्छे

~योगेश ढकाल~ यी मान्छे, भेटिंदा पनि हतारमा छन् छुट्टिंदा पनि हतारमा छन् भोजमा पनि हतारमा हुन्छन् मेलामा पनि हतारमा हुन्छन् सातु पनि छैन साथ पनि छैन। न पाइलाहरूको बाटो छ

Posted in कविता | Tagged | Leave a comment

गजल : अरुले नै किन्न लागे

~बद्रि चम्लागाई~ हेर आज नेपाललाई अरुले नै किन्न लागे सिमानाका खम्बाहरु आज सबै छिन्न लागे बाहिर -बाहिर माया गर्ने नेपालका सन्तान हरु भित्र- भित्र देस बेची अन्त कतै हिड्न लागे

Posted in गजल | Tagged | Leave a comment

गजल : हिड्ने बाटो

~नवराज योन्जन~ उसले रचना कोर्दाकोर्दै, शब्दहरु फोरेको थियो | काहिँ भाव लुकेका थिए, ल्याएर जोडेको थियो || समय र परिस्थिति संगसंगै ,बगेका मषीहरुले सम्पूर्ण जीवन जोड्दै, कुविचार तोडेको थियो ||

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा कथा

~अभागी कान्छा गाउँले~ जिन्दगीको एउटा कथा, लेख्दै थिए आज ! हर अक्षरमा उनैलाई, देख्दै थिए आज !! शब्द-शब्द लेख्दै गए, नयनलाई रुझाई सपनीमा उनकै बाटो, छेक्दै थिए आज !!

Posted in गजल | Tagged | Leave a comment

गजल : चकित छु अहिले

~राबत~ यो जमघट देखेर चकित छु अहिले आफ्नै दुश्मनहरूको मीत छु अहिले । जब ढोका हालेँ, घरमै त्रसित थिएँ ढोका फालेदेखि सुरक्षित छु अहिले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तन

~सुनील पुरी~ कुनै युग यो देशमा धर्मग्रन्थकै श्लोकहरू मार्गदर्शक थिए, महावाणी थिए चेतना र सभ्यताको स्रोत तिनै सीमित धर्मग्रन्थ थिए यो विज्ञान युगमा ज्ञान र चेतनाको स्रोत बढिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : माग

~अनमोलमणि~ गोलीले छिनेको मेरो खुट्टो फिर्ता देऊ छर्राले चुँडाएको मेरो दाहिने हात फिर्ता देऊ फिर्ता देऊ मलाई कैयन् दिनसम्म झ्ण्डा ओढेर सुतेको मेरो फराकिलो छाती जहाँ टाउको अड्याएर रोएकी थिई मेरी मायालु भिजाएकी थिई मेरो छातीको फाँट,

Posted in कविता | Tagged | Leave a comment

कविता : मीठो उच्छ्वास भर्दै

~आचार्य प्रभा~ मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप म्रीगत्रीष्णा बोकेर पुगेँ म पनि तिमी नजिक ………….. बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ………..

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : तृष्णा

~हरिकृष्ण काफ्ले~ पुग्न कहाँसम्म होला, कहाँबाट आउँदैछ? अघि बढ्ने प्रेरणा कहाँबाट पाउँदैछ? अरू कति जीवन खोलाबाट तिर्खा मेट्छन्,

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कलाकार चन्द्रको सपना

~श्रवण मुकारुङ~ पृथ्वीनारायण शाहको सैनिक भएर युद्ध लडेका जाबर शेख र उसको सन्तान– रियाद शेखको अग्लो तर पुरानो घर र त्यसको भुईंतलाको आधा अँध्यारो छिँडीमा प्रथम किराती राजा यलम्बरको एक थोपा खुन कलाकार चन्द्र रानाहँछा जग्गा दलालको नयाँ गाडीको नम्बरप्लेट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्ने आत दह्रो छैन

~कमल प्रकाश पौडेल ~ कति दयनीय जीवन, बाँच्ने आत दह्रो छैन निर्लज्ज भै उभिन नि, टाउको धन्ने जरो छैन ।। दैवको नै नियतिले, हान्यो लात कति रुखो दुनियाका महल हुँदा, ऊ ओत्ने टहरो छैन ।।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : दशैं

~बद्री पौडेल~ सोचेथें प्रत्येक दशैंमा नेपाल जाउँला बुढा बाआमाको हातबाट टीका लाउँला हरियोपत्ताको लोभी मनले जाने आँट गरेन बाबुआमा मरेर गए पत्तो हातमा परेन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

गजल : छले पनि गै´ हाल्छ्यौ

~बासुदेव बुढाथोकी ‘सागर’~ नियतिले छल्दै छ, छले पनि गै´ हाल्छ्यौ, छाती मेरो जल्दै छ, जले पनि गै´ हाल्छ्यौ । तिमीसितै जाने छन् मेरा हाँस्ने बहाना, आँसु मात्रै जुनीभर फले पनि गै´ हाल्छ्यौ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सालपते फट्याङ्ग्रोलाई

~लक्ष्मी प्रसाद देवकोटा~ क. चिल्लो ताजा हरियो सुन्दर सालको नकली पात ! दुरुस्त रेखा, धर्सा, शिरा छन् ! विशालताका साल विपिनको तरु शाखाको ए सुन्दर पतङ्ग ! अभिनवजात ! ख. रुपकी माउ, इच्छाशक्ति, जादूगर्नी खासा !

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्द फूल

~भिम बहादुर थापा~ नचिने नि आज चिनेर तिमीलाई नबुझे नि आज बुझे झैं तिमीलाई स्वागतको यो एक शब्द फूल। ** बिर्सिए नि आज संझेर तिमीलाई ओइलिए नि आज सजल तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रापितकाल

~विप्लव प्रतीक~ तुइनले काटिएको डुंडो हात लिएर राजमार्ग पारि नदीले बारेको गाउँबाट नियाल्दै बसेकी छ एउटी किशोरी पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई। परिवारले काढेको ऋण तिर्न अब पर्दैन जानु अरूको खोपीमा घरकै सुरक्षा घेराभित्र, कुलीन कहलाइनेहरूको बाहुपाशमा किचीमिची हुन पाउँछन्

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बडा दशैं

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित आयो हेर बडा दशैं, दश दिशा उल्लास बन्दै गयो । हिन्दू मात्र महाँ अपार खुशिको उत्सव् तयारी भयो ।। राजारंक समान हर्ष विधिले श्री देव माता महाँ । सन्तोष् मंगलका निमित्त झगडा छोडेर पुजा महाँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : लाचार नबन

~रामचन्द्र कार्की~ देशका लागि केही गर लाचार नबन, जन्तालाई दुखी पार्ने समाचार नबन । शासन गर्ने पापी भए देश नै डुबाए, रक्सीसँग खान मिल्ने अचार नबन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : दाऊ दाऊ दाऊ

~कोइँचबु काःतिच ‘उत्तम’~ दाऊ दाऊ दाऊ कलो कलो कलो च्व् च्व् च्व्…! तर्सिएका आस्थाका पर्खालहरू लगलग कामेर आँत्तिदाखेरी बारम्बार सातो डाकेर खुवाउँदाको हैरानी, का˜तीच पोइँबो सानेलाई । दाऊ दाऊ दाऊ

Posted in कविता | Tagged | Leave a comment