Category Archives: कविता

Nepali Poems

कविता : मन

~तोया गुरुङ~ दुख्छ मानिसको नदुख्ने छाती यति कोलाहल यो बीभत्स त्यहां घाम र, यहां म उनको पोटिलो शरीर तर उनको पातलो शरीर

Posted in कविता | Tagged | Leave a comment

कविता : राम्रो ‘म’

~अवतार ढकाल~ आउनुहोस महासय मसँग आउनुहोस, एउटा आदिम समयको अविश्वासिलो कथा सुन्नुहोस र अरुलाई सुनाउनुहोस । ऐनाको आविस्कार नभएको बेलाको कुरा आफ्नै छायाँ चिन्न नथालेको बेलाको कुरा ‘म’ राम्रो थियो – ‘म’ मात्र राम्रो थियो त्यो बेला र ‘तँ’हरु ‘तँ’हरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिर्मिरेमा लाली छरी…

~विपिन किरण~ मिर्मिरेमा लाली छरी किरण खुलेसरि मनको सगरमा तिमी हुन्छौ सधैंभरि तिम्रो मेरो यो नाता नटुटोस् मन बरु यति सानो बनोस्कि तिमीबाहेक अरु कोही नअटोस्।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ, बाउ र छोराहरु

~कमल कुमार~ रातो सूर्यास्तका बेला गाउँ एक्लो छ बाउ एक्लो छ दिनभरि कामबाट फर्केर ढोका उघार्न आइपुग्दैन कुनै छोरो । नजिकै छिमेकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिमीले

~निर्मोही व्यास~ कतै उर्लिँदो वेदनाको नदीमा डुबी छट्पटाईरहेको थिएँ म बनी स्नेहले जिन्दगीको किनारा दियौ हात मीठो मलाई तिमीले ० तिमीसङ्ग ‘यायावरी’ स्वप्न मेरो— ‘लगाऔंँ दुवै सृष्टिको लाख फेरो’

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन : एक दृष्टिकोण

~भेषराज रिजाल~ तिमीले दिएको अभिशप्‍त जीवनले मलाई जतिसुकै पछार्न खोजे पनि त्यही अभिशापलाई वरदान ठानेर युगौँयुगसम्म बाँचिदिन सक्छु तिमीले आँखाभरि आँसु दिएर मलाई जतिसुकै रुवाउन खोज सबै आँसु तनतनी पिएर तिमीभन्दा बढी हाँसिदिन सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम, वेदना र पर्खाई

~वसन्त कट्टेल~ हराउदै कल्पनामा नियाल्दै तिम्रा तस्विर बोलाउँछु सुस्तरी.. तर बोल्दैनन् ! छिचोल्दै सन्नाटा चिर्नुछ उदासिपन, दिलभित्र सल्केको आगो निभाउन खोज्दैछु रापले, जलाउँदै आफैलाई ।। छिन्नभिन्न हुँदै कोरिने यी शब्द तिम्रै प्रेरणा हुन् स्रोत उद्धृत गर्न नसकुँला तर मनमनै तिमिप्रति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलै फूलमा

~दिलिप योन्जन~ फूलै फूलमा सजाउछु भन्नेले,काडाको बास पारी दियो जन्म२ सगै जिउने मर्नेले, आधा बाटोमा छाडी दियो ! जुन तारा दिन्छु भन्नेले, घर न घाटको बनाई दियो हासो खुसी दिन्छु भन्नेले,आसुको सागारमा डुबाई दियो !

Posted in कविता | Tagged | Leave a comment

कविता : संबिधान

~निर्मला अवस्थी~ संबिधान किन लेख्ने? कसले लेख्छ? संभव भए सम्म सबै देश विदेश घुम्ने बिहानको समयमा हावा खान डुल्ने धाम धुम जसरी नि पैसा कमाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : आपतकाल

~बिमल गुरुङ~ राँकेभुत छट्पटाउँछ/ अत्तालिंन्छ/ टेबुल ठटाउँछ । कन्चटमा हात राख्छ तातिएको खप्परलाई एक टिन रगतमा भिजाएर निकालेको रुमालले हलुका बनाउन खोज्छ चिच्याउँछ/ कराउँछ/ रिसाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै अघि बढ शुभकामना तिमीलाई

~दिपक अभिमन्यू~ अझै अघि बढ शुभकामना तिमीलाई | पुरुषले मेरी प्यारी अर्धाङ्गीनी मेरी प्यारी जीवन सङ्गीनी वा मेरी प्यारी ममतामयी आमा प्यारी दिदी वा प्यारी बहिनी वा मेरी रानी महारानी दिलकी रानी वा हृदयकी रानी मेरी प्रेमिका वा मेरी प्यारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता: अर्को भ्यालेन्टाइनमा तिमलाई चुम्बन

~सविता सापकोटा~ वर्षाै भइसकेछ प्रिय तिमी बिदेशियकाे तिम्रै हातमा हात समातेर भ्यालेन्टाइनमा सँगै दुनियाँ नघुमेकाे जहाजमा उडेर तिमी गएजस्तै म तिमीसँग उड्न सकिन् यसमा मेराे के दाेष प्रिय ? याे भ्यालेन्टाइनमा पनि तिमीलाई चुम्न सकिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्वुवान

~टंक सम्वाहाम्फे~ लिम्वुवान युगौ देखि थियो नेपाली मानचित्र भित्रै काहा मेटिएको छ र? छ अहिले पनि उस्तै र रहिरहने छ धरतीको अस्तित्व रहुन्जेल

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल मजदुर

~प्रकाश सुनुवार ‘निराकार’~ आज श्रमिक दिवस जताततै हार्षोल्लास छाएको छ सारा दुनियाँका मजदुरहरु रमाइरहेका छन् संसार निर्माण गर्न सफल भएकोमा नाचगान गरिरहेका छन् संसारलाई अझ सुन्दर वनाउने संकल्पहरुका साथ एकआपसमा शुभकामनाहरु वाँढिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बेपत्ता

~रमेश क्षितिज~ अझै मेटिएका छ्रैनन् ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू पढाइरहेको थियो ऊ विद्यार्थीहरूलाई नैतिक शिक्षा अचानक आएर हतियारधारीले बलजफ्ती घिसार्दै लगेपछि फर्केको छैन ऊ स्कुल र कलिला आँखाहरूमा अझै व्याप्त छ त्रास गाउँमा – चाडपर्व, उत्सवहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : एक टूक्रा घाम

~प्रेमा शाह~ सुन फुल्ने देशमा एक टुक्रा घाम छुनै डर लाग्ने कोपिला घाम वरीपरी फैलिएको पातलो घाम पछी पछी लाग्दा लाग्दै कता हराउछ घाम कस्तुरीको बास्ना झै छोप्ला जस्तो घाम

Posted in कविता | Tagged | Leave a comment

कविता : सिता वाणी

~प्रणिका कोयु~ सिता वाणी सदियौंसम्मको मौनता तोडेकी छु मेरो जिवनगाथा तपाईको जानकारी जाँच्दैछु शिवधनु? राम बलशाली थिए, वा हतियारले लडाकु चिन्यो? कि मैले खुसुक्क थाहा दिए आखिर पूजा त म गर्थें नि दिनानुदिन वनवास? कहाँ दरबारिया किचलोभित्रको बुहार्तन

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तर

~ बिना थिङ तामाङ ‘सुनगाभा’~ मन त लागेकै हो कालो गाउन र दोहोरो त्रिकोणिय घेराको स्काफ कहिल्यै नलम्बिएको यो घाँटीमा सर्लक्क भिरेर बडेमानको तस्वीर खिचाउँ त्रि.बि.को दिक्षान्त समारोहमा रंगशालाको प्राङ्गणमा इच्छाहरुको पहाड छैन म संग

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाँस्नु कि रूनु

~टंक आचार्य~ औँलो दिँदा डुँडुलो निल्नु ‘सु’ गर्ने बाहेक केहीमा मन नमिल्नु । कर छल्नु , नतिर्नु विदेश पुगेछि घर नफिर्नु ऋण लिनु तिर्ने कुरै नगर्नु

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : गणतन्त्र

~पशुपति कर्माचार्य~ जनआन्दोलनको आलो घाउबाट जन्मेकी, रजस्वला नभएकी, कलिलो बालिकाको घाँटी थिची-थिची सामुहिक बलात्कारको शिकारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शेरको काँधमा प्रचण्ड

~कृष्णराज खनाल~ अब हामी सुन्न चाहान्नौँ बन्दूकको नाद तिमी ढाडमा चढेर टाउकोमा नहान ! प्रिय प्रचण्ड, तिमी अहिले शेरको काँधमा सवार छौ ढलिमली गर त्यसमाथि लगाम कस उसलाई कुन्दा हान यो ‘बहादुर’ छ किनकि यो बुद्धु छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आफैलाई चिट्ठी

~प्रमोद अधिकारी~ आँखा चिम्म गर्दा संसार सुन्दर देख्छु म निस्पट्ट अन्धकारमा सबै एकै रङ सबै समान सबै एकैनाश । आँखा खोल्न तर्सिन्छु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पप्पी सेम सेम

~लक्ष्मण गाम्नागे~ हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी । सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन् केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कुटिल शासनशैयामा

~दीपक कुमार ज्ञवाली~ धर्मको नाममा, अधर्मलाई नष्ट गर्नको लागि धर्मलाई साछी राखेर अधर्मको युद्ध गर्नेहरुको समाजमा पूजनीय अवस्थाले वारम्वार प्रेरित गरिरहेकोछ यूद्धआमन्त्रणरुपि जुवाको खालमा बस्न

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म्यादीमाइला

~डा. ऋषि बस्ताकोटी~ मधुमाइला हिजै जस्तो लाग्छ- जोत्दजोत्दैको हलगोरू फुकाएर, चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर तिमी म्यादी पुलिस भएको। हिजैजस्तो लाग्छ– देशको मुहार फेर्ने चुनाव गराउन भनेर तिमी रातो टोपी लगाउँदै कटबाँसको लाठी टेकेर सातदोबाटो भञ्ज्याङमा गएको।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

युद्ध कविता : जसमान राई

~काङमाङ नरेश राई~ पेन्सनविहीन ९७ औं जन्मदिन… सापेक्ष धर्म निरपेक्ष अभाव म्लेच्छसँग उठबस किट ब्यागमा दाग होला जसमान राईको देशका शासकहरूको हुकुम पक्लिहवाको पानी पतिया, मोहोर र सुुकी जातीय रीतितिथि किल्चेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~निर्दोष प्रबिना~ जब नारीकाे पैतालाले पहिलाे पटक धर्ती टेक्छ त्यसपछि कसैकाे छोरी बन्छे कसैकाे बुहारी, कसैकाे श्रीमती हुँदै काेही न काेहीकाे आमा बन्छे । नारी दुर्गा हुन् – जाेगाउन सक्छे मातृत्व

Posted in कविता | Tagged | 1 Comment

कविता : हिउँफूलको देशबाट

~डाइमण्ड राई~ हिउ फूल्ने रुखहरुमा गुलाब खोज्दै हिड्दा सग्लो बैश रित्ती सकेपछी आज जीबनको अर्थ अलिकती बुझ्दैछु । हो आमा !! तिम्रो ममता नबुझेकै रहेछु तिमीले भने जस्तो आफ्नै आगनका मखमली र सयपत्रीको सुगन्धमा रमाउनु पथ्र्यो मैले औँशीको रातमा पुर्णेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कम्मरमा खुर्पा खुरुम्मी भिरी उठौ नारि हो

~लक्ष्मिकला राई ‘जुनकिरी’~ चुल्हो र चौकामा मात्रै सिमित होइन, अव, कम्मरमा खुर्पा खुरुम्मी र खुकुरी भिर्ने दिदि बहिनि पनि चाहियो, मनोमानी अरुको सेवा गर्दै मात्र बस्ने होइन, अव आफ्नो लागि लड्नु पर्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाहरू

~शान्ति प्रियवन्दना~ कहिलेकाहीँ सपनाहरू बिद्रुप बन्ने गर्छन् र पछ्याउने गर्छन् डोबहरू पहिल्याउँदै उज्याला अँध्यारा पाटाहरू जीवनका बौरिन्छन् रोदन गर्दै र अट्टहास गर्ने गर्छन् । सपना दोहोरिनु कुनै नियति होइन नियति आकस्मिकता पनि त मानिँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : सुदूर गाउँको कथा

~हाङयुग अज्ञात~ गल्लीको अन्तिम कुनामा पुगेपछि यो शहरको विसर्जन हुँदो रहेछ र शुरु हुँदो रहेछ कुनै सुदूर गाउँको कथा ! पुतलीहरूसित खेल्दा(खेल्दै कतिबेला आवश्यकताहरूले उसका कोमल भावनाहरूमा जिन्दगीका ढुंगाहरू थुपारिदिएछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कथा जन्मास्त घामको

~टीका चाम्लिङ~ म मङ्गोलिया झुल्किन्छु पहिलो प्रहर पोखिन्छु पौरखी प्राण प्राचीन छातीभरि दौडिन्छु बोकेर ताजा सपना आँखाभरि उघार्छु नवीन दैलो हरेकदिन मुस्कुराउँछु युगीन सभ्यता र, छरिन्छु सर्वत्र आधुनिक चीन चढ्छु चोमोलुङ्मा चेतना देख्छु घुर्मैलो यलाखोम, निदौरो बुद्ध,

Posted in कविता | Tagged | Leave a comment