Category Archives: कविता

Nepali Poems

व्यङ्ग्य छोक : चुप !

~चट्याङ मास्टर~ कसैको कृपाबाट उहाँले पद पाएकै होइन ! देशलाई कृपा गरेर उहाँ पदमा बसिदिनुभएको हो ! कताबाट उठ्यो उहाँले देश सेवा गर्ने कुरा? देशले उहाँको सेवा गर्ने मौका पाएको हो !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी र म

~विद्या सापकोटा~ तिम्ले जित्न मात्र चाह्रौ हारिदिए म मुटु जल्दा शितलता दिन भेटिएनौ तिमी सुचिराखे पुरै जोवन खाली अंगालोमा समेटिएनौ तिमी ॥ साक्षि जुनतारा नै थे

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँ

~टिका भाई ~ १. बाबुको आङ्मा बुई चडेको होस्, आमाको औँलामा ताते हिँडेको होस् वा घर्सिदै बामे सरेको सैसव होस् थाम्ने भुइँ हो। २. दिनभरी उड्छन् चराहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणय दिबस

~बोज़ बराल ~ अँगेनाको डिलमा, उही ठुटो चुरोट, निभाउंदै, फेरी सल्काउँदै, चिम्टाले घरीघरी, कोइला पल्टाउँदै, बाँसको ढुङ्ग्रोले, सकी नसकी,

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले कोरेको मेरै कविता

~बिनोद खड्का~ मरुभुमीका ढेर अर्थहिन बालुवामा छटपटिदै समुद्रको पल्लो क्षीतिज नियाल्दै बिहानीदेखी अर्को बिहानीसम्म नै म मेरा अविरल पाईलाहरु नाप्दै गरेको हुन्छु । निराशाका बादलभरी एउटै आकाशको आभाशले आशाका तानाबाना संगै कहिल्यै नहराएको म मेरो देश खोजि रहेको हुन्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्र आयो रे !

~शेखर ढुंगेल~ घरमा फोन गरें सानो बच्चाले भन्यो- “बाबा आजकल लक्की कुकुर भुक्दै भुक्दैन ” पछाडिबाट गृहमन्त्रीले थपिन्- “यसलाइ पनि लोकतन्त्र लाग्या छ।” सरकारी कार्यालयको एउटा काम ‘थ्यो श्रीमतीलाई जिज्ञासा राखें गर्न सक्यौ ? उनले जोसिँदै भनिन्- “आजभोलि म पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म्याद सकियो महाराज !

~उमेश उपाध्याय~ यसपाली पनि मसाल बिसाउन पाईएन जितिएको युध्द कति कतिपल्ट बल्झिएर फेरी आईलाग्छ निको हुनै नसक्ने ज्यानमारा घाउजस्तो बल्झन्छ चर्कन्छ दुख्छ मरणान्त पीडा निचोरेर असह्य दुखाईमा चिरेर पीप रगत फ्याँकेर मलहम लेपेर निको भएको भ्रममा अस्थायी राहत गुजारेर फेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुङ्गाको मुर्ती

~“जीवन्त” रुकु~ मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन कति खोजें माया यहाँ तर कतै पाउदै पाईन देउता मान्दै बार बार पुकारा मैले गरिरहें जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन

Posted in कविता | Tagged | Leave a comment

कविता : ईतर युद्ध मोर्चाहरु

~सरुभक्त~ उभिण्डो टोपी लाएर निर्वस्त्र शान्ति रेसकोर्टका घोडाहरुझैं दगुरे खोई, क्रयाक्पट् वुद्धहरु कता लागे ? गडम्यानहरु सैतानहरुका वस्तीमा छन् हिजो हामीले प्रेमदिवस मनायौं आज घृणादिवस मनाउँदैछौं ‘गोली ठोक्नु पर्छ त्यस्तो कविलाई !’ युगकविको युगीन वाणी हो चरमराएका मानवविकास परिसूचकांकमा खोई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमगीत

~श्रवण मुकारूङ~ यी जन्तीजस्ता पर्वत चराको माला बुकी र बतास यी सनईजस्ता भन्ज्याङ लोकन्ता खोला गोधूलि र मौनता यी मान्छेका आदिम र आधुनिक दुःखहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यागुतोत्सव

~सरुभक्त~ सर्पखाने सर्पहरु म्याग्नाकार्टा वोकेर हिडिरहेछन् वालुवाका नदीहरुमा शवगृहः पिटिसन अफ् राइट राजा चाल्र्स – क्रमवेल नियतिका समीकरणहरु छेपारोका रङ्ग समिश्रित ‘म नै राज्य हुँ !’ वुरबनवंशीय अहम्नादहरु मेडम घाटा – रानी एन्टोनियटका वुर्जुवाई अज्ञानताहरु ‘पाउरोटी छैन भने केक खाउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माझी गाउँको हल्ला

~श्रवण मुकारूङ~ नदीमा ताराहरू डुबेका छन् भन्ने गाउँभरि हल्ला चलेपछि ऊ सबेरै बल्छी बोकेर हिँड्यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड र मान्छे

~विद्या सापकोटा~ जव म एक्लै हुन्छु कल्पना र यथार्थको धरातल नाप्न मन लाग्छ कति मनोरम छ संसार ॥ देख्छु हेर्दाहेर्दै ठडिएको सुन्दर हिमाल

Posted in कविता | Tagged | Leave a comment

कविता : सनकी तारा

~श्रवण मुकारूङ~ सनकी तारा कसैलाई वास्ता छैन– उसको आगमनको । बरु छ– भर्खरै, त्यो तरुनी चन्द्रमाको हातबाट एउटा निरीह फूल झरेको खेतको आकाशलाई सानो झरीको दाग लागेको धानको बाला थोरै उठेको

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको कथा

~श्रवण मुकारूङ~ उहिल्यै–उहिल्यै फूलहरू कविता लेख्थे । फूलहरू– आदिकवि थिए महाकवि थिए युगकवि थिए जनकवि थिए उहिल्यै–उहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कविता : मोहन कोइराला

~श्रवण मुकारूङ~ कति हिँडेँ हुँला यो जीवनमा म कति हिँडेँ हुँला यसरी– कतिपल्ट बिसाएँ हुँला– यो अडेसोमा ? मेरो सपनाजस्तो बगिजाने यो खोलाको पानी कहाँ पुग्यो होला अहिले कठै ! यो रुख

Posted in कविता | Tagged | 1 Comment

कविता : म मानवता को खोजीमा निस्कीएको छु

~मेदिनी भण्डारी~ म मानवताको खोजीमा निस्कीएको छु ए वाटाका परतहरू, ए मेरा मनका तरंङ्गहरू, मलाई नरोक नटोक नछेक म, म भित्रैको शान्ती खोज्न हिडेको हु“ शान्ती रिसाएको जस्तो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना र शिव अधिकारीहरु

~सरूभक्त~ यातना घर इरेजरले मेटिएका अनुहारहरू स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन् यो युग नरभक्षी बाघहरूको युग होइन नरभक्षी नरहरूको युग हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सौगात

~विद्या सापकोटा~ प्रिय ! थाहा छ तिम्लाई कति दिनदेखि चञ्चल थिए मेरा इन्द्रियहरु (??)

Posted in कविता | Tagged | Leave a comment

कविता : जलेको झझल्को

~विद्या सापकोटा~ एक प्रफुल्ल प्रभात सपनाको झुण्ड लिएर आयो जहाँ रङ्गहरुको शहर थियो प्रेमको बस्ती थियो स्पर्शको आभास थियो ऊ थियो, म थिएँ फूल थियो, पात थियो ……………………….॥

Posted in कविता | Tagged | Leave a comment

कविता : स्केच प्रेमको

~विद्या सापकोटा~ बिहानै, बच्चो घामको इन्द्रणी आँखा हुदैं देखिए–केही राता पत्रहरु मुसुक्क–मुसुक्क आफ्नै मुटुको गमलामा फूलको (?) सायद ! गुलाफको (??)

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो मानिस

~श्रवण मुकारूङ~ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ तिमीसित अब के छ त्यस्तो कुरा ? सुधारिएको प्रजातन्त्र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मिठो कविता लेख्न सकिएन

~आर. आर. चौलागाईं~ कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन आरम्भ, मध्यान्तर र उपसंभार कस्तो हुन्छ पहिल्याउन सकिएन लेख्दै जाँदा नारा मात्रै हुने हो कि ! त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~राज थापा~ नारी तिमी हौ सत्य रूपा ,जननी मायाँकी खानी तिमी हौ धर्ती ,सागर,उस्तै छेऊ घाम,जुन पनी !

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी

~नाकिमा~ कसले भन्छ ? छिमेकीको साँढे पसेर कोदोबारी दल्दैन । कसले भन्छ ? छिमेकीले साँधको ढुङ्गा अरुकोतिर सार्दैन ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : जाबो एउटा भोट !

~चट्याङ मास्टर~ भोट मात्रै तपाईँको हो, नोट मेरै कमाई हो ! दिएर मात्र एउटा भोट, कत्रो आस गराइ यो ? शिक्षा, स्वास्थ्य, सडक, बत्ती चाहिएको छ कतिकति ! जाबो एक भोटको बद्ला कहाँ पाइन्छ खोजे जति ? !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : नयाँ अफिस ट्याम

~चट्याङ मास्टर~ ९ बजे नै अफिस खुल्छ, १० बजे त पुग्नै पर्‍यो भलाकुसारी हाकिमलाई, एक घण्टा त दिनै पर्‍यो, “के छ ?”, “सञ्चै ?”, “नमस्कार” भन्दैमा १२ बज्दछ, पत्रपत्रिका उल्टाउँदा, घडीले एक भन्दछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : ढाल ! ढाल !

~चट्याङ मास्टर~ कार्यकर्ता ! ढालिदेउ नेता, नेताले पार्टी ढालिदेउ ! पार्टीले ढालिदेउ सरकार, सरकारले देश ढालिदेउ !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बन्द

~चट्याङ मास्टर~ न स्कुल खोल्छ नेताले, न त उद्योग चलाउँछ, आफू काम गरुँ भन्छु, ऊ जुलुसमा बोलाउँछ, भाषण के-के ठूलै गर्छ, ताली पिट्न लगाउँछ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : बेकार लाग्छ

~सुरेश खनाल ‘बिर्खे माईला’~ बास्ना आफ्नो ठाउँमा छ, कोमलता आफ्नो ठाउँमा छ, सौन्दर्य आफ्नो ठाउँमा छ, र फक्रेर बिहानि बोलाउने कोपिला आफ्नो ठाउँमा छ! तर सुगन्ध भेट्न जरा देखि उकालो लागेको म;

Posted in कविता | Tagged | Leave a comment

कविता : कालुको कलम

~छक्कु उदासी~ कसैसँग नडराउने निदर कालुको कलम कसैसँग नझुक्ने स्वाभिमानी कालुको कलम झुटो बोल्न नजान्ने निर्दोष कालुको कलम सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम यति मात्रै हैन ! कालुको कलम

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रदेशी

~छक्कु उदासी~ केहि हराए जस्तो केहि नपूगे जस्तो केहि गूमाए जस्तो केहि चूकाए जस्तो बिचरा प्रदेशी आंकाक्षाहरुमा ताल्चा थोकेर आफैले थाम्नै नसक्ने अदभूद उद्देश्य बोकेर

Posted in कविता | Tagged | Leave a comment