Category Archives: कविता

Nepali Poems

कविता : ध्वजाको गीत

~अनन्तप्रसाद वाग्ले~ हररात धर्तीमा र्झछ र निर्विध्न लडिबुडी गर्छ जून पानीमा, माटोमा, जङ्गलमा, हिमालमा प्रत्येक बस्ती मैलिएको छ हरेकको मन धस्सिएको छ को निदाउन सक्छ जूनको चित्कारले घोच्ताघोच्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : थाकेको म

~राजेश्वर कार्की~ जब कहीँ फूल र्झछ म शोकमग्न हुन्छु जब मेरो घाम डुब्छ म रातग्रस्त हुन्छु र हिँड्दाहिँड्दै थाकेको, म

Posted in कविता | Tagged | Leave a comment

छोक : दन्त्यकथाको राक्षस

~राजेश्वर कार्की~ उहिले-उहिलेको दन्त्यकथामा पहाड उखेल्दै नदी सुकाउँदै सखाप पाथ्र्यो रे यस धरतीको राक्षसले तर अहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : इलाम

~राजेश्वर कार्की~ इलामले जुन बेला चिया रोप्यो त्यस बेला उसले देशलाई सम्झयो र देशलाई चियाबगान बनाउने सपना देख्यो इलामको परिचय त हरियालीमा खुल्दै गयो तर देश झन् उजाडिंदै/रित्तिंदै गयो देश- कतै परिवेशमा रित्तियो कतै भावनामा रित्तियो कतै संवेदनामा रित्तियो कतै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जाजरकोट

~मोमिला~ प्रिय सम्बोधन ⁄ तिमी जहा उभिएर मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई म वारिबाट तिमी उभिएको इतिहास सोधिरहेछु यतिखेर तिमी सहिद भएको इतिहाससंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्धसत्यमा पीडा

~मोमिला~ हरेक सांझ उज्यालो मबाट गुज्रिन्छ तर मसंग उज्यालो रहन्न … हरेक बिहान एउटा आशा नबल्दै मेरो आंखामा निभ्छ यसैले कि-

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा बलेको रात

~मोमिला~ मेरो कविताको रोमान्टिक मुर्र्च्छना यो रात शब्दको किनारबाट भागेर, म- तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु यतिखेर मलाई भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ शब्दसंग शब्दको टक्करमा केवल शब्दकै आविष्कार

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको बिम्ब

~मोमिला~ शून्यबाट फूलको बिम्ब झरेको छ पत्थरको बस्तीमा कांडा र फूलको दूरी नजिक भएर पनि कत्ति टाढा र मौन लाग्छ एउटै बिछयौनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता देखि पुस्ता सम्म

~मनु लोहोरुङ राई~ ‘मेरो च्याब्जुले फाँडेको खोरिया’लाई च्याब्जुकै छिमेकीले खेत बिराए पछि मेरो बाजेको अस्तित्व छेउ लागेको हो जब बाजेको अस्तित्व छेउकटुवा भएर बाँच्दै थियो, ‘जिन्दगी’हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |

Posted in कविता | Tagged | Leave a comment

कविता : खोला

~कुन्ता शर्मा~ खोला मौन थियो शरद पूर्णिमाका जुलेनीहरू खेल्न पाएनन् छातीमा नीर निलिमायुक्त आकाश अटाउन पाएन वक्षमा खोला निःशब्द थियो, क्लान्त थियो खोला व्यथित थियो, मरणान्त थियो । विकृतिहरूले पत्रपत्र भएर छोपिदियो यसको छाती

Posted in कविता | Tagged | Leave a comment

कविता : एक धर्को सिन्दूर

~राज थापा~ एक धर्को सिन्दूरको केभर छर ? जीबनको यौवन सँगै मौलाएको कुरकुरे बैशमा जोडी बाँधीएको प्रमाणीत गर्थ्यो सिउदोको सिन्दूर

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवा गिटी

~गोविन्दप्रसाद आचार्य~ बालुवा गिटी जंगल पानी मान्छेको पसिना माटो र ढुंगा जरा र बुटा पार्दियो असिना त्यो ठूलो देशले यो सानो देशलाई के विधि सतायो उसैका दलाल सिंहदरबारमा हुलकाहुल पठायो (१) मुटु नै पिरो भएर आउँछ यी पहाड भत्काउँदा बालुवा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो रात

~ज्योति जंगल~ अध्यारोको साङ्लोमा लमतन्न बेहोस छ, र निशब्द निदाएको बहाना गर्छ यो रात हज्जारौं सपनाहरु हज्जारौं तलाका महल उक्लन्छन् बन्द आँखामा, कोशौं टाढाको मित्र सेकेण्डभर छेवैमा आइपुग्छ टाउकाको क्षितिजमा उडेर । खै देवताहरु के गर्छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी गाथा

~सरुभक्त~ चिसो मरुभूमिमा ध्वजावाहक काला जादुगरहरु इन्क्युवेटरमा वालुवाका सपनाहरु कोरल्दैछन् अपधर्मका पैगम्वरहरु कुहिरोको सुरुङभित्र पसेर मरुद्यान – ओयसिस तृष्णाका पूmलहरु फुलाउँदैछन् ठिंगुराभित्र वालुवाका मान्छेहरु अल्झिरहेछन् जिन्दगीका प्रायोरीहरु अकालमुखे बच्चाहरु प्लाष्टिकका दूधेमुन्टा चुस्दैछन् सोनीहरु कविता खोज्दै रारा पुगे

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे भनेको …

~सरुभक्त~ ब्रह्माण्डमा महाविस्फोट छः देशमा वमविष्फोट छ पहाडहरुका मन भैचालाका शान्तिहरु रोएका छन् हेर ! हेर ! असनका साँढेहरु फ्रायडका दुःस्वप्नहरुमा यौनाङ्गवादी प्रेमरचना गर्दैछन् डेथ जोनः खरपसकालीन मनस्थितिमा चराहरु वसाइसराइ गर्दैछन् दाँतेका दैवी सुखान्तहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडहरुको मृत्युः घाटेवैद्यहरु

~सरुभक्त~ पहाडहरुको मृत्युः घाटेवैद्यहरु रगतका वीभत्स छिटाहरु पोतेर प्रेमपत्रहरुको तस्करी गर्दैछन् फेरि युद्धविराम फेरि युद्धका सन्त्रासहरु दुर्दान्त वैताल तालहरु वन्दी वेपत्ता अनुष्ठानः मण्डलेदेखि कमण्डलेसम्म दिमागमा खाक्सी लाएर सफाया अभियान चलेको छ उः ! सभ्रान्त भूतवङ्गलावासीहरु सधैं गोलमेच सम्मेलनका तयारीमा छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : विस्मयबोधक

~बिमल पुन~ अचम्म लाग्छ मलाई , हिजो आजका बुद्धिजिवीहरुलाई देख्दा किन चुप लागेरै बस्छन् अरुले लुम्विनी नेपालमा पर्दैन भन्दा दङ्ग लाग्छ मलाई स्वतन्त्र देशभक्तहरुलाई देख्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : म एक्लो छु

~चकेद्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सँगै टाँसिन जानिन ……। किनार भएर नदी सँगै गाँसिन जानिन……। अन्यायको जातोमा मकै सरी पिसिन जानिन……। आकाश भएर क्षितिज सँग मिसिन जानिन……। त्यसैले…. म एक्लो छु , नितान्त एक्लो ! न बुढो राजनीतिक

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्यो

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ म र मेरो कर्तव्य के हो ? सिकाउने एउटा पाठशाला चाहियो, बन्द, हडताल, आगजनी र चक्काजाम, लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान निस्तेज गर्ने, एउटा वधशाला चाहियो किनकि, एउटा कुर्ची दुख्यो, निरन्तर दुख्यो, निरन्तर दुख्यो ….

Posted in कविता | Tagged | Leave a comment

छोक : नेपालको छोरो !

~सुप्रिया गुरूंग~ दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा जोस र आश भर्दै, जन्मभुमिलाई सम्झदै , ऊ निदाउन बिर्सन्छ, अराम गर्न बिर्सन्छ, त्यो अन्धकारमय रातहरुमा पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरका बेर्नाहरु र कलमकिसानहरु

~दीप्स शाह~ अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु! यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन, तर अब भन्नै पर्छ हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन् जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘दिउँसै रात’ पार्ने गरी ‘आधा रातमा घाम’ नहोस्

~मुरारी अर्याल~ ६७ मा जे भो जे भो ६८ मा यस्तो नहोस् कसौंडी र डेक्चिको मोल ‘चम्चा’भन्दा सस्तो नहोस् बगलिमा छुरा राखी मुखमा मात्र ‘राम’ नहोस् सबै चलुन बिधिभित्र कुनै छलछाम नहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशिएका जीवनका कथाहरु…

~नमराज लामिछाने~ पसीना सकिएका सुख्खा शरिर बोकेर आँसु टिल्लबलाएको आँखाले चिहाउदछ । पारिवारीक संसार बाट टाढिएको शरिर बोकेर ममताको ब्याकुलतामा भावुकताले टोलाउदछ । ******* मलिन अनुहारमा फुसि्रएको गाला सँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : छातेढुँगा

~दिपकराज काफ्ले~ पोखरीबाट गौरीगंज जादा, लुंग्छाता भेटीन्छ । ताप्लेजुङ माथि हिमाल छेउमा, देविथान देखिन्छ ।। आशिर्वाद माग्थें – हे पाथिभरा कामना पुरा पाम । गुन्द्रुक र ढीड़ो खाएर पनि, लक्ष्यलाई चुम्न पाम ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जा ए ६६ साल

~विमल गौतम~ जा ए ६६ साल फर्किएर नहेरी जा तेरा दुष्कर्म हरु साथै लिएर जा बास्पानी र डूड़े झारीको घटना लिएर जा जमिम, सिन्हानिया हरुको रगत पिएर जा

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~विमल गौतम~ चुनावका बाचा कसम भुल्ने हरु होसियार संबिधान सभा छाडी डुल्ने हरु होसियार मेरो बाह्रै टक्का भन्ने हठ हरु होसियार

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ सोच नयाँ बर्षमा

~ज्योतिराज अधिकारी~ बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो कस्लाई कहाँ के का लागि खोज्दै हिडिरहेछु यहाँ कसो के हो थाहा छैन जाने बाटो छैन कहाँ । चरालाई सोधे मैले कहाँ जान लाग्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले चडाए फूलको थुङ्गा

~चिन्तन यात्री~ मैले चडाए फूलको थुङ्गा तर दैव भएछ देवीलाई ढुङ्गा न त जात यो ठुलो यो सानो भन्छु न त धर्म यो ठुलो यो सानो भन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भावना

~भवानी हुमगार्इं~ गोरेटोमै पुग्नै नपाई दोबाटोमै साथ छुट्यो सजाएका सपनाहरु क्षणभरमै आज फुट्यो।। जुनदीन तीम्रो र मेरो बीछोड भयो परीवारले रोजेको सँग तीम्रो बीहे हुन्छ तीम्रो घरमा नौमती बज्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्याय

~सोम श्रेष्ठ ‘दोलखामी’~ म त छक्क परें । के बिराए थाहै छैन । सँजाए भोक्दै छु । मेरो भूल के हो बताइ दिए हाँसी हाँसी कबुल गर्थे र चरणमा परि माफी माग्थें । भूलको प्रायश्चित गर्ने म‌ौका नै नदि मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुर जहाँ म पनि त्यहाँ

~कमला ढकाल काफ्ले~ हजुरलाई छोडेर गएकि कहाँ छु र प्रियतम? हजुरले फेर्ने हर श्वासमा छु!!! हजुरको दिलमा धड्कने हर धड्कन मा छु!!! सबै दिलका शब्दहरु ओठमा आउन्न, आँखाहरुको भाषा मा छु!!! हजुरका हर यादहरु मा छु!!! कल्पना मा छु हजुरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ परिवेश

~बिद्या घिमिरे~ हालै साक्षात्कार भएको मेरो रात तिम्रा आँखासँग एकाकार भएर गोप्य सहमति माग्दैछ । बिजुली प्रक्षेपण गर्ने ती आँखा छन्द र महाकाब्यको सङ्गमस्थल बनिदिँदा आँखाको गाजलले मीठो गजलको सुमधुर स्पर्श ल्याउँदो रहेछ ।

Posted in कविता | Tagged | Leave a comment