Category Archives: कविता

Nepali Poems

कविता : फुल र तिलहरी

~फुच्ची जमुना~ ए “फुल” साच्चै कती सुन्दर तिमि हेर त, भमराहरु झुम्मिइरहेछन् भरिएको जवानी देखि सायद ति पनि लालायित भए र त तछाड मछाड छ उनिहरु बिच अनी फुल तिमी मुस्काइरहिछौ उनिहरु कै स्वागतको लागि मैले भनेकी थिए – ‘तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : त्यो म संग छैन

~सुष्मा बस्नेत~ माया र श्रद्धाको कुनै मोल हुदैन रे हो, मैले त्यहि अनमोल माया र आदर पाएको छु । तिमी सोच्लाउ मैले के कमाए ! मैले कहिल्यै नहराउने मन र मुटुभरिको माया कमाएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अधेरीमै म रहि रहे

~माया भट्टराई~ आशु खस्यो आँखा बाट ,! काहा लुकाऊ त्यों त,! ढुंगे मुटू होइन मेरो ,! सहनलाई धेरै चोट ,! झरना माँ बगि जाने,! पहराको आशु ,!

Posted in कविता | Tagged | Leave a comment

कविता : देश र निद्रा

~ओमप्रसाद घायल~ देश व्यूँझने समय घर्किसकेको छ देशवासीहरु निद्रामा परेको देशलाई व्यूँझाउन म यतिखेर गाउँशहरमा जुलुश लिएर हिँडिरहेको छु ज्ञापनपत्र बोकेर हिँडिरहेको छु कतै प्रवचन, छलफल र अन्तरसंवाद….

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : नेता आतंक

~चट्याङ मास्टर~ टिभी हेर्‍यो नेता देखाउँछ, रेडियो सुन्यो नेता कराउँछ छापा सबले नेता पढाउँ छ, जनमानसमा नेता छाउँछ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सुस्तरि-सुस्तरी

~ऐत राज तुम्रोक~ प्रिय साथीहरु सुस्तरि-सुस्तरी केही पनि हुँदैन खाली मृत्‍यु हुन्छ सुस्तरि-सुस्तरी केही पाइन्न खाली मृत्‍यु पाईन्छ ……… सुन दोलकको लय मन्द हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुकले

~ऐत राज तुम्रोक~ बन्दुकले धेरैलाई सलामि चडायो बन्दुकले धेरैलाई मलामी बनायो र देशले धेरैपटक फुल चडायो लासमाथि। अब त गोलिको बर्षा हुँदैन भन्छन रगत नै पानी बनेको गाउमा आलो रगत हरायो भन्छन तर कटकटिएको रगतको टाटा फुर्बा दाइको पनि हुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र काँडा

~अपराजिता प्रभास~ सहिदको पवित्र हातले रोपेको फूल जोगाउन मालीहरु आइसके काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहन्छन् तर काँडाहरुको छलकपटको सोचदेखि सारा नेपाली जनता अघाइसके किनकि

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : प्लिज !

~चट्याङ मास्टर~ देश बचाउने कुरा छोड्नुहोस् न प्लिज, देशलाई केही भएकै छैन, बचाउनुपर्ने नेपालीलाई हो, विचरोलाई मारेर भ्याएकै छैन !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ” दलित ” वकल्न छोड दरिद्रहरु !

~राज थापा~ सुन्दैछु मान्छे बनायो इश्वरले सोधछु म इश्वर बनायो कसले ? हिजो ढुंगाको मुर्ति बनायो कसले त्यसलाई इश्वरभनि चिनायो कसले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिहार

~हेमन्त श्रेष्ठ~ हरेक दिन ढाडभरि दाउराको छाप बोकेर हिड्ने कुकुर जिल्ला भ्रमणमा हिडेको नेता जस्तै घाँटीभरि माला लगाएर आज लसकलसक हिडिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्लेकार्ड

~केशव शिलवाल~ म हुँ एक प्लेकार्ड राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित जी-दशको बैठकस्थल अगाडि बोकिएको एकदमै ओसिलो आँसु जतिकै फुलेको मसिले लेखिएको संधै फोहर कुल्चिएझैँ कुल्चिएको मेरो अस्तित्व आज मई दिवस फेरि काम आउँछ मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : रहरहरु

~गिरीराज शर्मा~ किन यसरी भत्किरहन्छन् रहरहरु थोरै अङ्कुरण हुन खोज्दा निठुर आँधीले भाँची दिन्छ गुज्रिरहेको यो समय दिनहुँ रित्तो हात लिएर भित्र पस्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : समय–सत्ता

~प्रमोद धिताल~ कठोरभन्दा कठोर तानशाहभन्दा पनि क्रूर धेरै कठोर छ समय–सत्ता पुरिन्छन् जसको प्रवाहमा पुरिनै नसकिएका घाउहरु ढल्छन् जसको प्रहारमा अकल्पनीय महलहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : नायक र अभिनय

~आस्था के.सी.~ नायक पर्दा उघ्रिन उघ्रिन लागेको छ अघिल्तिर र, तिम्रो जीवन्त अभिनय हेर्न दर्शकदीर्घामा सास थामेर बसिरहेकी छु म । रंगमञ्चमा उक्लिनुअघि देखाएथ्यौ तिमीले थरी–थरीका इन्द्रेणी सपनाहरु तिनै इन्दे्रणी सपनाहरु आज सल्बलाइरहेछन् मेरा आँखाहरुमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मूर्त वस्तुभित्रको अमूर्ताकार

~मनु लोहोरुङ राई~ म सादा कागजको रिम लेख ! तिम्रो सिद्धान्त… चुपचाप सहि दिन्छु । पहाडले आकाश हेरे झैं, आकाशले पहाड नियाँले झैं- म त्यही अक्षरसहरुमा तिम्रो/जीवनको रस निचोर्छु बौद्धिक छलाङ,,,,, मेरो निख्लम मनको स्वऐन्द्रिक सम्भोगको भोगले आयामलाई गर्भवती बनाएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन ?

~राकेश कार्की~ संहार गर्न सजिलो छ किन निर्माण गरुन् ? हल्ला गर्न मजा आउंछ किन तपस्या गरुन् ? भाषण गरेर फसाउन सकिन्छ किन चिन्तन गरुन् ? रिमुट दबाएर नचाउन सकिन्छ किन स्वयं झरुन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी बसेँ हुँला ?

~विधान आचार्य~ १. यति धेरै दिन, मलाई थाहा छैन तिम्रो स्पर्शबिना, म घाउ कहराएर मलम नहुँदा जीवनको दुख सहँदै म कसरी बसेँ हुँला ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नेताजी भन्नुहुन्छ

~गिरेन्द्र प्रधान~ खुट्टा ढोग्नु परे पनि परोस् । चाकडी गर्नु परे पनि परोस् । पार्टी नै फुटाउनु परे पनि परोस् ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटाले अर्को नेपालीलाई

~राजीब नन्दन कर्माचार्य~ एउटाले अर्को नेपालीलाई मारेर केहि पाउदैनौ मेची काली झै बगेको रगत हामी त हेर्न सकदैनौ बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विनलादेन

~गोविन्दप्रसाद आचार्य~ तिमी आतंकको आगो बालेर, निभाउँने स्वाङ रचिरहेछौं ! तिमी विचार होइन , विश्वलाई आतंकको विष बाँडिरहेछौं ! तिमी विचारका जोगी, र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ ! तिमी मान्छेलाई घैटोमा कुहाएर रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो सुदूरपश्चिम

~अनिलकिशोर घिमिरे~ शैपालको काखमा निश्पट्ट हुस्सुभित्र सङ्लो सेती रोइरहेको छ खप्तडको हिउँ मेरो यात्राको चुनँैती भइरहेको छ लाली गुराँसको पहाड मुस्कुराउन खोजे पनि धारिलो भासु भिरले मन सिरिङ बनाएको छ घाइते मंगलसेनले उपचार खोजिरहेको छ हाम्रो कालापानीमा गिद्दहरूको रजाई छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रिक्सा र साइकल चलाउँछौं

~एन.पि.मगर ‘रोल्पाली’~ किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठ मै बस्थे रे

~टोष्ट राज क्षेत्री~ हाम्रा बाजे – गोठ मै बस्थे रे , निकै स्वस्थ थिए रे , शुद्ध दुध, दहि घ्यू महि सहित , कहिले कहिँ घर आउथे रे , अनि घर को दाल-चामल पोको पार्दै,

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल कम नेपाल

~सरुभक्त~ कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर जीवनका मृत सागरमा म रोलर कोस्टरका सपनाहरु देख्दैछु ढापसुङ वस्तीतिर कठपुतली आत्माहरु साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन् संघात तरङ्गः दन्दनाउँदा रथहरु भुत्याहा जाहाजहरुमा सवार छन् पग्लिएका ढुङ्गाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर समय

~सरुभक्त~ मृत्युमहोत्सव पीडाहरुको कोलाहल वगेर आखेटिक विश्वासहरुमा धुमकेतु उदाएको वेला म हब्वलका आँखाहरुले हेर्दैछु मान्छेका अन्तरिक्षहरु उन्मीलित ताराहरुको देश च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि किरणस्नान गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरा

~सरुभक्त~ मृत्युपर्वत हिमयुगदेखि हिमयुगसम्म आफ्नै भारले नुहेका चुलीहरु साइवरयुगीन महाभारत रच्दैछन् अन् लाइन च्याट्का हिमावर्तनहरु नियति सञ्जालग्रस्त छन् चतुर्थ महाकल्पका आविर्भावहरुदेखि किन मानवता एक अन्त्यहीन युद्धमा होमिएको छ ? हेर ! हेर ! जीवाष्महरु वटिकाष्म उपकरण बोकी डायनासोरस र महागजहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ‘खानी हो यो पानी ?’

~चट्याङ मास्टर~ बुढापाका भन्नी गर्थे सुन बाबु नानी जस्तो खानी पानी उस्तै हुनी बानी मुहानको पानी खानी बुद्धिमानी चुहानको पानी खानी भ्रस्ट बानी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साइवरपीडाः तारकयुद्ध सञ्जालहरु

~सरुभक्त~ जिन्दगीका मिथकयात्राभरि छन् खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ र आनिकहरु ? अफिमखेतीः च्वेस्याङ र फाहियानहरु श्रापित विरुपाक्ष भूमितिर आजभोलि वाढीग्रस्त छन् मितेरी साँधुहरु ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~मेख ब थापा~ वास्तबमा भनौ भने स्वार्थि बस्ने शहर अरुलाई मारि–मारि इच्छा पुरा गर्ने शहर

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य छोक : म र देश

~चट्याङ मास्टर~ मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्, मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्, मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कबिता : झरेको देखें मैले

~प्रतिमा के.सी~ प्रकृतिका फुल पनि फुल्दा फुल्दै झरेको देखें मैले चाहे पनि अजम्बरी अल्पायु मै मरेको देखें मैले दुखद दृश्य के देखेथें भावविभोर भए म पनि हाँस्य कलाकारले सबेरै आँसु छरेको देखें मैले

Posted in कविता | Tagged | Leave a comment