Category Archives: कविता

Nepali Poems

कविता : दुःस्वप्न सुन्दरी

~हिमांशु केशव~ कैलो घुम्रेकेश हावामा लहराउँदै तलाउमा ढुंगा हान्ने र उठेका तरंगहरू हेर्दै निःसंकोच अट्टहास गर्ने बैँसोन्मत्त यौवनाले आँखा नचाएर आमन्त्रण गर्दा अभिसारका लागि मेरो ढुकढुकी एकदमै बढेको थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उम्मेदवार

~स्नेह सायमि~ देश, जनता र पार्टीको काममा जीउज्यान गुमाउनेले पनि नपाएको धेरैले धेरैपटक घुर्की देखाएर पनि नसकेको मैले पाएँ टिकट म उम्मेदवार हुँ तिम्रो पार्टीको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयोग उर्फ जीवन

~रोहित खतिवडा~ म कोलम्बस, हिँडेर कोही नहिँडेको जीवनपथ पुग्नु छ पहिलोपल्ट आफ्नै जीवनको अमेरिका । म तेन्जिङ, उक्लिएर कोही नउक्लिएको जीवनशिखर चुम्नु छ जीवनको सर्वोच्च आनन्द । त्यस्तो ठेगान नै कहाँ छ र कसैले तोकिदिएको पुगौं त्यहि ठेगानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कुनै पनि समयमा

~छम गुरुङ~ कुनै पनि समयमा सोच्न पाइन्छ सोच्छु म जसरी पनि सोच्न त पाइन्छ । बीच बाटोमा सोचिँदैन, छेउछाउ हिँडिरहेछु पहिलोचोटि गुच्चा हानेको माझी औँलाझैँ अप्ठ्यारा पाइला साथ छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झम झम झरीमा

~अज्ञात लेखक~ आकाश माथि यसो हेरेको बादलुले ढाकेको छ चम्किदै छ बिजुली गर्जदै आकाश तर्साउदै छ यती बेला आँखाको गाजल

Posted in कविता | Tagged | Leave a comment

कविता : मारिया, म तिमीलाई प्रेम गर्न सक्तिनँ !

~सरुभक्त~ तिम्रो देशमा कङ्क्रिटका बिशाल जङ्गलहरू छन् सुन्दर, चौडा एभेन्यूहरू छन् रेलहरू पनि पारमाणिक विद्युत ऊर्जामा भूमिगत – भूमिगत चल्छ भन्छन् र बाटाहरूमाथिका फ्लाईओभर बाटाहरूमा गतिशील लुकामारीको खेल खेल्दा उदेकको आनन्द आउँछ भन्छन् तर मारिया, माफ गर अविकसित देशको बासिन्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आदर्श छोरो

~अमृता पाण्डे~ कैयौँ पुस्ता खेर गइसक्यो तर, आदर्श छोरो जन्मिएन वषर्ा आयो, विध्वंस भयो हरियो वन मरुभूमि बन्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : घाउ

~अनु शाह~ कसैको घर भत्काएर आफ्नो संसार जोडुँ कसरी ? तिम्रो कामनालाई विर्सिएर आफ्नो कसम तोडु कसरी? आँखाको नीर रित्याएर भए पनि तिम्रो आकाश सजाइ दिन मन छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शिशिर ऋतु

~राम प्रसाद पोखरेल~ शिशिरले पाईला टेक्दा, जताततै चिसो, वालक वृद्धा दुःखी भए, खोजे तातो मिठो। जताततै हुस्सुछायो, घामको किरण छैन, पानी पनि जम्न लाग्यो, बल्न थाल्यो मैन।। (१) निमोनियाले सताउने भो, बालक बृद्धालाई, तातोचिल्लो खानाखानु, न्याना लुगालगाई। घर भित्र बसी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : इन्द्रेणी गीत

~ईन्द्र नारथुङ्गे~ घाम र पानी चढेर बायूपंखी घोडा समयको जब सँगै झर्छन् धर्तिमा… तब, आकाशले इन्द्रेणी माला लाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याल

~मुकुल दाहाल~ जति लगाउँन खोजे पनि मेरो कोठाको झ्याल बन्द हुदैन लाग्छ कुनै कुनै बेला त बन्द पनि होस यो झ्याल तर खुल्लै रहँदा आनन्द पनि लागिरहन्छ प्रत्येक क्षण हावा जस्तै उडीआउने स्मृतिका झोक्काहरूले उघारिदिने यो झ्याल सधैँ खुलिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भिन्नै ब्रित्तको खोजीमा

~विमल कोइराला~ रन्थनिएर ईलाका, बस्ती र गाउँ भौतारिएर शहर, देश र परदेश टुक्र्याएर आफुलाई चौटा चौटामा के खोज्दै छौं हामी ? हाम्रो बिपन्नताको बिकल्प होइन रगत हाम्रो पछौटेपनको उपचार होइन घ्रीडा मायामा उनिएर खुशीका फुलहरुको सप्तरङी माला लगाएर खुशी हुनेहरुका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हली

~हेमन्त विवश~ जदौ गोसाइँ चिन्नु भो ? तपाइँ मेरो पुर्खाको गौरव म उही हली हुँ मालिक तिम्रा मोबाइल र कम्प्युटरमा दगुर्ने औंलामा टाँसिए टानँसिएनन् माटाका कणहरु त्यही माटोको आद्रता ओढेर त्यही माटोको सुवास बोकर झुलाएको थिएँ अन्न बाली वर्षौ वर्षसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो

~दिनेश बराल~ मट्याङ्ग्रा बनाउन पनि काम लाग्छ माटो भाडा बनाउन पनि काम लाग्छ र त माटो जीवन र मरणको दोसाधमा सधै उभिइरहन्छ माटोको छुट्टै अस्तित्व छ माटोको छुट्टै स्थायीत्व छ त्यसैले त माटो मुर्ति बनाउन पनि काम लाग्छ माटोले कहिलै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमिल चाहना

~यमुना पुन~ एउटा सुक्दै गरेको बोटमा पानी छर्केर जगाँदै फूलाउने आसाले मनमा बिस्वासको खात लगाएर बोटमा जेलिएका जञ्जिर हटाउँदै तिम्रै निम्ति सजाई रहेछु यो शब्द र केरिरहेछु यो अक्षर । क्षितिजको रातो घामसँंग लुकामारी खेल्ने गोधुली साँझमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पारीको गाऊँ

~कृष्ण कट्टेल~ यो गल्ली र म बिचको साइनो वर्षौदेखिको हो यहि गल्ली हुँदै पुगेको छु म कहिल्यै नपुगेको ठाँउ देखेको छु क्षितिज पारिको क्षितिज त्यसैले, म जाँदापनि फर्किदापनि बिहानपनि दिउँसो वा बेलुकापनि जतिबेलै यो गल्ली चुपचाप चुपचाप बसिरहेको हुन्छ, हेरिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विवादित खुट्टोहरु

~मौलश्री लिम्बू~ हे भगवान ! हे ईश्वर ! हे अल्लाह ! हे प्रभु ! हे माङ् ! [किरात धर्मालम्बीहरुको पुकार] हजुरहरु अदृश्य भए पनि आतिशबाजी गर्दै देखा पर्नु होस् नत्र एक पटक पालैपिलो खुट्टो देखाई दिनु होस् म नतमस्तक भई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुस्कुराउँछु

~मीरा आचार्य~ ह्रदयघात भा’को थियाे साच्चै मुटु चर्किएको थियो बाेल्दा आवाजमा पीडाको मिश्रण हुन्थ्यो तिम्रो पिडाको सहज अवतरण गराऊन मैले माैन ब्रत लिए ! त्यसैले म चुप बसे ! कठीनताहरुमा तिमी बिचलित नहाै अप्ठ्यारोहरुमा पनि तिमी बाँच्न सक

Posted in कविता | Tagged | Leave a comment

कविता : स्रोता खोज्न हराएको कवि

~देवेन खरेल~ कविको मोह कवितासँग कविताको परिभाषा स्रोतासँग अर्थ यथार्थ भाव र अनुभूतिहरुलाई थोरै ङिच्च हाँसोमा घोलिदिएर पोल्टोमा एउटा सानो कविताको टुक्रो घिसार्दै आजका मानिसहरुको भीडमा एउटा जाबो स्रोता पत्ता लगाउन निस्केको मेरो कवि धेरै दिन भयो । त्यो दिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो संविधान

~गौतम “उदय”~ चिन्ता थियो कतै, टुक्रेला भन्ने छिन्नभिन्न हुँदै, पराधीन बन्ने हिमाल तराई एउटै गरायो हाम्रो संविधानले राष्ट्रियता झनै मजबुत बनायो हाम्रो संविधानले । आत्मामा थियो, चुच्चे र चिम्से ब्यबहारमा थियो, पहाडे मधिसे सबलाई समान अधिकार दिलायो हाम्रो संविधानले फाटेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अध्याँरोमै देखिन्छन् सपनाहरु

~युवराज श्रेष्ठ~ ए, जुन ! तिमी नचम्क भो यहाँ मान्छेहरु उज्यालो मन पराउँदैनन् । दिनभर सूर्यको प्रकाशले उनीहरु अत्तालिएका छन् नचाहेका धेरै देखेका छन्, चाहिने थोरै गरेका छन् । मान्छेहरु धेरै निदाउन चाहन्छन्, र त दिउँसै रात पार्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको आत्मा

~मोमीला~ ईश्वरको जस्तो मेरो अनुपस्थित उपस्थिति मेरा रचनाहरुमा मानौं महाशून्यमा निर्वासित सृष्टिको प्रथम फूल मैले सुरक्षित राख्नु छ म मेरो जीवनप्रति आभारी छु जसले बाँचेको आभासमा हर सूर्याेदयलाई अभिवादन अर्पन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी आउछौ ?

~सुजन सेलिङ~ सयौ पटक फसाईेएका झुक्काइएका सिर निउराइएका पुर्खाहरुको नाहाङ माङ्हेना उठाएर आउ । तिमी र, म, हामीहरु उभिएको माटोलाई अपमानित अपवित्र बनाइएको छ, सेक्मुरी,अन्दङ,नाम्योबाहरु कलसमा राखेर फेरी कहिलै नओईलिने अजम्बरी फूल फुलाएर आउ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबन्दी शृंखला

~रेवती राज खड्का~ यो निर्जीव खाल्टोमा शिशिरले पात खाएपछी घामले माटो चुसेपछी चैते कुइरो दिउँसै लाग्दा म अझै सम्झन्छु लालबन्दी । यी खोक्रे बोक्रे दुनियाँमा परीधानी यो राजधानिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पेटीकोटका झण्डाहरु

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्थायित्वका अबोध गोरेटाहरु

~नवीन लामा `सुरेश`~ चिहाएर क्षितिजमा देखिन्छ कि नौलो बिहानी भनेर हेर्दैछु म ! धमिलो यौटा तारा चम्किने प्रयत्न गर्दै उदाएको छ त्यो निलो आकाशमा, तेतिकैमा यौटा झलमल्ल लामपुछ्रे उस्को त्यो प्रयत्नको बिरोधी भएको आभास गर्दैछु ! बिरोध अनि बिरोधाभाष भित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी र केही टुक्रा …

~चन्द्र गुरुङ~ १ बन्द गर– नून, तेल र, ग्याँस । युगौँदेखि यी थोक खाएर बाँचिरहेको होईन मेरो स्वाभिमान । २ नाकाबन्दी गर अन्धकारमय बनाऊ हाम्रा दिनहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्महत्याको योेजना

~जस बेखर्ची~ तिम्रो मुस्कानको पासो बनाएर तिम्रै परेलीनेर मैले मेरो आत्महत्याको योजना बनाएकोछु । मेरो जीत त थिएन नै, मेरो हार पनि स्विकार गरीनौ । कति पल्ट तिम्रो आँखा गीत बने,

Posted in कविता | Tagged | Leave a comment

कविता : निरीह झिंगाहरु

~कृष्ण बिश्वकर्मा~ कठै ! सदियौं भो मूक छन् घृणित् छन् शोषित् छन् हेयका पात्र झिंगाहरु ! श्वेत , सफा र आलिशान दरबारहरु महलहरु अझ भनु… मठ – मन्दिरहरुमा निषेध छ – “प्रबेशाज्ञा ”

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अघोषित युद्ध

~जलन दीप~ एउटा अघोषित युद्ध चलिरहेछ निरन्तर चलिरहेछ शताब्दियौं देखि आजसम्म हो त्यो अघोषित युद्धमा बमहरु निस्क्रिय छन बन्दुकहरु सुतेका छन बारुदको धुवाँ अल्मलिएको छ अरु बमहरु साथी बमको प्रतिक्षामा टोलाइरहेका छन तर पनि घनघोर युद्ध चलिरहे कै छ /

Posted in कविता | Tagged | Leave a comment

कविता : घाइतेे सपना

~दिल निशानी मगर~ ‘थबाङ्गे’ आमा, सार्है नै लाटी भइन अनी ‘जलजला’ पहाड, झनै लाटो भयो यती सम्म की मलाई आमा ले ‘चोली’ साटेको अनूमान छैन, र हेक्का छैन-पहाड ले ‘इमान’ बेचेको तर

Posted in कविता | Tagged | Leave a comment

कविता : बाआमाप्रति

~उमेश लुइटेल~ जसका सान्निध्यले पूर्ण र सुरक्षित तुल्याउँछ ममतामयी आलिङ्गनले पीडादायी घाउ दुख्न बिर्सिन्छ रूवाइ एकाएक हर्षमा अनूदित हुन्छ सूर्य चट्टान फोरेर झुल्किन्छ उष्णता आर्दता बनेर छरिन्छ । जसले खुरूखुरू कष्टका मुस्ला सहिरहन्छन् यद्यपि ओठमा रश्मिका नवजात मुस्कान देखाउँछन् र … Continue reading

Posted in कविता | Tagged | Leave a comment